Sunday, July 20, 2014

बिएस फाउन्डेशनद्धारा रक्षा नेपालमा आश्रित बालबालिकालाई भोजन


काठमाडौ,३१ असार – विष्णु सरस्वती ( बिएस) फाउन्डेशनले मंगलबार रक्षा नेपालमा आश्रित २७ जना बालबालिकालाई भोजन गराएको छ । आशा इन्टरनेस्नल प्रालिका प्रवन्ध निर्देशक अम्बिका शर्माले बुबा बिष्णुप्रसाद लामिछाने र स्वर्गिय आमा सरस्वती लामिछानेको संयुक्त नाममा स्थापित बिएस फाउन्डेशनको तर्फबाट आफ्नी स्व.आमाको स्वर्गारोहण भएको तेस्रो वर्षको पुन्य तिथीको अवसरमा रक्षा नेपालका बालबालिकालाई भोजन गराएकी हुन ।
कार्यक्रममा  आशा इन्टरनेशनलका प्रवन्ध निर्देशक शर्माले ७८ वर्षिय बुबा बिष्णुप्रसाद लामिछाने सहित सबै घर परिवारका सदस्यलाई पनि रक्षा नेपालमा पु¥याएकी थिइन् । उनले केही समयअघि फेसबुक मार्फत जानकारी भएको रक्षा नेपालमा आश्रित यौनहिंसा पिडित बालबालिकालाई आफ्नी आमाको तेस्रो पुन्य तिथीमा भोजन गराउने कार्यक्रम बनाएको बताइन् । उनले यस्तो सामाजिक कार्यलाई निखिलेश्वर आनन्द ( डा.श्रीमाली) को प्रेरणाबाट आफुलाई यस्तो पुन्य कमाउने अवसर पाएको बताईन् । 
विगत १० वर्षदेखि यौनजन्य हिंसामा परेका बालबालिकाहरुको संरक्षण गर्दै आएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले अहिले यहाँ ३२ जना बालबालिका आश्रित रहेको बताइन् । यहाँ रहेका मध्ये आधा बालिकाहरु स्वंयम बलात्कारमा परेका र अन्य बलात्कृत आमाबाट जिन्मिएका बालबालिका रहेको जानकारी गराईन्।    

No comments:

Post a Comment