Wednesday, July 9, 2014

पर्यटन बोर्ड र होटल व्यवसायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौ,२५ असार– आन्तरिक पर्यटन प्रवद्र्धनका गतिविधीलाई थप विस्तार गर्न नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा हाल मुलुकभर छरिएर रहेका ६१ हजार भन्दाबढी होटल व्यवसायीको प्रतिनिधीमुलक संस्था होटल व्यवसायी महासंघ र बोर्डबीच भएको सो समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत( सिइओ) सुवास निरौला र महासंघका अध्यक्ष अमृत भुजेलले हस्ताक्षर गरेका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव एवं सह सचिव रञ्जनकृष्ण अर्यालको रोहबरमा बोर्ड र महासंघबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसअघि काठमाडौमा मात्र केन्द्रित ठुला होटल व्यवसायीहरुसँगको सहकार्यले मात्र देसका विभिन्न ठाउँमा भएका पर्यटकीय गन्तब्यस्थलको प्रभावकारी विकास नभएपछि अन्य विकल्पको रुपमा मुलुकभरका ७५ ओटै जिल्लाका हरेक कुनामा फैलिएको होटल व्यवसायी महासंघलाई नयाँ साझेदारी संस्थाको रुपमा भित्राएरसँगै मिलेर सहकार्य गर्न यस्तो सम्झौता गरेको बोर्डले जनाएको छ । 
पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले पहिलोपटक महासंघसँग भएको यस्तो समझदारीले आन्तरिक पर्यटन प्रवद्र्धन लगायत पर्यटन बोर्डका गतिविधीलाई थप विस्तार गरि देसका कुनाकाप्चासम्म पु¥याएर स्थानीयवासीको आयस्तर विस्तार गर्न समेत निकै टेवा पुग्ने अपेक्षा गरिएको बताए । उनले महासंघसँगको यस सहकार्यले अब गाउँका सामान्य किसानले समेत प्रत्यक्ष रुपमा विदेशी पर्यटकले नेपाल भ्रमणमा खर्च गरेको डलरको केही अँश आफ्नै घरमा बसेर सजिलै प्राप्त गर्ने बताए । उनले महासंघसँग विगत ६ महिलादेखि विभिन्न चरणमा भईरहेको छलफल एवं प्रयास अनुरुप अहिले दुई पक्षबीच सम्झौता भएको बताए । केही समयअघि बोर्ड विरुद्ध भएका बन्द हड्ताल जस्ता गतिविधीले महासंघसँग सम्झौता गर्ने कार्यमा केही ढिलाई भएको बताउँदै उनले पर्यटनमा सबैभन्दा बढी होटल व्यवसायीको लगानी भएपनि अझै यस क्षेत्रको लगानी निकै जोखिमयुक्त भइरहेकाले होटल व्यवसायको क्षेत्रमा भएको लगानीको संरक्षण एवं प्रवद्र्धनकालागि बोर्डले यस्तो सम्झौता गरेको दावी गरे ।
उनले बोर्डसँग भएको यस सम्झौता अनुसार मुलुकभर सञ्चालित साना लगानीका होटललाई पर्यटकको आथित्य सत्कारकालागि आवस्यक तालिम, व्यवस्थापकिय सुधार एवं आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यमा थप सहयोग हुने अपेक्षा गरिएको बताए । उनले बोर्डको आन्तरिक लक्ष्य अनुरुप स्थानीय स्रोत र साधनलाई थप परिचालन गर्न पनि यो समझदारीपत्रपछिको आपसी सहकार्यले व्यवसायी र सरकारलाई निकै फाइदा हुने अपेक्षा गरिएको बताए । निरौलाले महासंघसँगको यस सम्झौताको अवधी आगामी ५ वर्षसम्मको मात्र रहेको जानकारी दिए । पर्यटन मन्त्रालयका निमिक्त सचिव एवं अर्यालले लगानीर रोजगारी र क्षेत्रको हिसावले हान भन्दा निकै ठुलो संस्था महासंघ रहेकाले बोर्डसँगको समझदारीपत्रमा हस्ताक्षर गर्न सरकारले पहल गरेको बताए । अब बोर्डले कानुनी निति नियम अनुसार सहासंघसँग सहकार्य गरेर अघि बढ्ने छ भन्दै उनले अहिले सरकारले पनि आन्तरिक पर्यटन प्रवद्र्धनकालागि नयाँ साझेदारी संस्थासँग सहकार्य गर्ने अवसर पाएको बताए । 
बोर्डसँग भएको १० बुँधे समझदारी अनुसार पर्यटन बोर्ड र महासंघबीच मुलुकको पर्यटन  विकास तथा पर्यटन प्रवद्र्घनका गतिविधिलाई स्थानिय र अन्र्तराष्ट्रियस्तरसम्म विस्तार गरी थप प्रभावकारी बनाउन र नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रवद्र्घन गर्नका लागि होटल व्यवसायी महासंघ अन्तर्गत सदस्य रहेका विभिन्न होटल व्यवसायीहरुसंग समन्वय र सहकार्य हुने छ । यसैगरि, होटल व्यवसायी महासंघका सदस्य रहेका विभिन्न होटल व्यवसायी तथा कार्यरत कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिका लागि बोर्डले दिर्घकालिन र अल्पकालिन तालिमहरु र जनचेतना सम्बन्धि विविध कार्यक्र्रमहरु सञ्चालनका लागि आपसी सहकार्य गर्ने छ ।  देशका विभिन्न स्थानहरुमा रहेका पर्यटकीय सम्पदाहरुको बारेमा आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकलाई जानकारीमूलक पर्यटकीय सूचना संप्रेषणका विविध माध्यमहरु स्थापना तथा व्यवसाय  प्रवद्र्घनका लागि सहकार्य गर्न दुवै पक्ष मञ्जुर छरेको छन् ।
पर्यटकलाई जानकारी दिन देशका विभिन्न स्थानहरुमा महासंघका सदस्यहरुबाट संचालन गरिने क्षेत्रीय स्तरमा पर्यटन सूचना केन्द्र सञ्चालनका लागि सहकार्य गर्न दुबै पक्ष सहमत भएको, होटल व्यवसायको व्यवस्थापन एवं पर्यटनसँग सम्वन्धित सेवा सुदृढीकरणका लागि साझा आचारसंहिता र आवश्यक निर्देशिका तर्जुमा गरिने छ। यसैगरि बोर्डले देशभित्र आन्तरिक पर्यटन प्रवद्र्घन गर्न आयोजना गर्ने सबै पर्यटन मेलाहरु र अन्र्तराष्ट्रिय पर्यटन प्रवद्र्घनका कार्यक्रमहरु तथा पर्यटन मेलाहरुमा होटल व्यवसायी महासंघलाई आमन्त्रण गर्ने र महासंघले आफ्ना सदस्य व्यवसायीलाई सहभागी गराउन पहल गर्ने छ ।
बोर्डले बजेट बिनियोजन गर्दा क्षेत्रीय एवं जिल्ला स्तरको पर्यटन प्रवद्र्घन एवं होटल व्यवसायको विकास एवं सुदृढीकरणका लागि समेत ध्यान दिने उल्लेख छ ।
 होटल व्यवसायीहरुको हकहितको संरक्षण एवं विस्तारका लागि होटल व्यवसायी महासंघबाट प्राप्त प्रस्तावहरुको आधारमा संम्भाव्य कार्यक्रमहरु सञ्चालनका लागि बोर्डले प्राविधिक,भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने लगायतका विषयबस्तु समावेश गरिएको छ ।

No comments:

Post a Comment