Sunday, July 6, 2014

१५ दिनभित्र विमान खरिदको प्रस्ताव पेस गर्न मन्त्रीको निर्देशन

काठमाडौं, १७ असार –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले आगामी १५ दिनभित्र थप एउटा ठूलो र दुईओटा सानो विमान खरिदको प्रस्ताव मन्त्रालयमा पेस गर्न नेपाल वायुसेवा निगम व्यवस्थापनलाई निर्देशन दिएका छन् ।
मंगलबार राजधानीमा आयोजित निगमको ५६औं वार्Èिकोत्सव समारोहमा मन्त्री आचार्यले निगम व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् । विगत दुई महिनादेखि नयाँ विमान खरिद गर्ने निर्णय सञ्चालक समितिबाट पारित गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म अटेर गरेर बसिरहेको भन्दै उनले निगमको ५६ बर्से यात्रामा अहिलेसम्म कुनै गौरव गर्ने ठाउ“ नरहेको बताए ।  स्थापनाकालदेखि हरेक वर्È एक÷एक विमान थप्दै आएको भए पनि अहिलेसम्म ५६ ओटा भइसक्ने बेलामा अझै निगम विमानविहीनजस्तै हुनु निकै दुःखद भएको बताउँदै मन्त्री आचार्यले भने, ‘कहिले विमानको चक्का हराउ“छ, कहिले यात्रुको लगेजका समान हराउ“छ, कहिले के हराउ“छ, त कहिले के बिग्रिन्छ, यस्तो अवस्थाबाट निगम अघि बढ्न सक्दैन ।’राम्रो कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी एक महिनाभित्र दुईओटा एमए–६० र दुई साना विमान खरिद गर्ने प्रस्ताव ल्याउनसमेत निगम व्यवस्थापनलाई निर्देशन दिए । अहिलेको जस्तो अवस्थामा निगममा केही परिवर्तन नआउने भएकाले अब निगम व्यवस्थापनलाई समयअनुकूल सुधार गर्नु आवश्यक भएको बताए । 
हाल निगममा देखिएको गैरजिम्मेवार प्रवृत्तिलाई तत्कालै नियन्त्रण गर्नुपर्ने धारणा राख्दै उनले निगम आङ्खनै व्यवस्थापकीय कमजोरीका कारण आन्तरिक उडानमा मात्र निजी Ôेत्रस“ग प्रतिस्पर्धा गर्नुपरेको बताए । उनले निगमलाई निजी क्षेत्रसँग नियमित उडान सञ्चालनका लागि निकै आक्रामक र प्रतिस्पर्धी भएर अघि बढ्न सुझाव दिए । निगमले अन्तर्राष्ट्रिय उडानका लागि सन् २०१५ मा एयरबसका दुईओटा न्यारो बडी विमान ल्याउन लागेको भन्दै उनले थप चारओटा विमान ल्याउनुपर्नेमा जोड दिए । अहिले चीनबाट ल्याइँदै गरेको पाँचओटा बाहेक अझै आन्तरिक उडान भर्ने थप ६ ओटा एमए–६० विमान खरिद गर्नका लागि पनि आवश्यक पक्रिया अघि बढाउनसमेत निगम व्यवस्थापनलाई सुझाव दिए ।
अब निगमले आङ्खनो योजना सुनाएर मात्रै बस्न नहुने भन्दै उनले सकेसम्म छिटो आगामी कार्ययोजना तयार पारी कार्यान्वयन गराउनतिर लाग्नुपर्ने बताए । निगमका तल्लो निकायका कर्मचारीदेखि मन्त्रीसम्म यसको भागीदार रहेको बताउ“दै मन्त्री आचार्यले अब छिट्टैै निगमले आङ्खनो बिग्रिएको साख फर्काउन लागिपर्नुपर्ने धारणा राखे । अब दीर्घकालीन व्यावसायिक योजना बनाएर अघि बढ्न सुझाव दिँदै उनले अबको केही वर्Èभित्र नेपाली निजी विमान कम्पनीले पनि अन्तर्राष्ट्रिय उडानमा प्रतिस्पर्धा गर्ने भएकाले त्यसतर्फ निगमले सोच्नुपर्ने बेला भइसकेको बताए ।
उनले जतिसक्दो छिटो निगमले व्यापारिक योजना मन्त्रालयमा पेस गर्छ त्यति नै चाँडो सरकारले नयाँ विमान खरिद कार्यमा सहयोग पु¥याउने आश्वासन दिए । उनले सोमबार विराटनगरमा ग्राउन्डेड भएको एमए–६० विमान ढिलो उड्नुमा निगम चिनिया“ कम्पनी र नागरिक उड्डयन प्राधिकरणले गर्दा ढिलो उडेको स्पष्ट पारे । उनले अब ल्याइने विमानको सबै कागजात तयार पारेर भनेकै मितिबाट नियमित उडाउन थाल्न पनि निगमलाई सुझाव दिए ।
उनले निगमको ह्यांगर पनि चा“डै बन्ने जानकारी दिए । निगम आफैंले ह्यांगर बनाउने नभई दाताले बनाइदिने कुरा भइरहेको जानकारी दिँदै उनले भने, ‘इन्जिनबाहेक विमान नियमित मर्मत सम्भार (सिचेक) का लागि ह्यांगर आवश्यक पर्छ । यसका लागि मैले केही दातास“ग प्रस्तावना मागिसकेको छु’ । चा“डै ह्यांगर पनि बन्ने दाबी गर्दै उनले अहिले आङ्खनो आकाशमा विदेशीे विमान कम्पनीले अधिपत्य जमाएको देख्दा निकै दुःख लागैको बताए ।  निगमका महाप्रबन्धक मदनकुमार खरेलले आङ्खनो १० बर्से व्यावसायीक योजना सार्वजनिक गर्दै अब निगमले नियमित उडानको Ôेत्रमा व्यापक छलाङ मार्ने बताए । उनले यसै वर्È आन्तरिक तथा बाह्यतर्फ गरी १३ ओटा विमान उडाउने निगमको लक्ष्य रहेको बताए । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईओटा बोइङ र आन्तरिक उडानमा दुईओटा गरी चारओटा विमान मात्र रहेका छन् । आन्तरिकतर्फ एउटा ट्विनटरबाट उडान भर्दै आएको निगमले गत सातादेखि चिनिया“ एमए–६० विमानबाट पनि उडान सुरु गरेको छ । निगमका महाप्रबन्धक खरेलले सन् २०१६ सम्म दुईओटा न्यारो बडी र सन् २०१७ सम्ममा दुईओटा वाइड बडी विमान ल्याउने गरी काम अघि बढाउन लागेको समेत जानकारी गराए । उनले नेपालमा महँगोमा इन्धन हालेर विदेशी विमानस“ग प्रतिस्पर्धामा उत्रिन निकै मुस्किल परिरहेको बताएका थिए । उनले कम्तीमा पनि अन्तर्राष्ट्रिय उडानतर्फ सहुलियतमा इन्धन उपलब्ध गराउन सरकारसमÔ आग्रह गरेका थिए । निगम पाइलट एसोसिएसनका उपाध्यÔ मधुवनलाल श्रेष्ठले पनि कर्मचारीहरूलाई आङ्खनो काम ठीक ढंगबाट गर्न आग्रह गरे । वार्Èिकोत्सव समारोह समितिका संयोजक रामहरि शर्माले निगमले बनाएको १० बर्से व्यावसायिक योजना साकार बनाउन कर्मचारीलगायत सबैको सहयोग आवश्यक भएको बताए । सोही कार्यक्रममा निगमले २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाई सम्मान गरी प्रशंसापत्र वितरण गरेको थियो ।

No comments:

Post a Comment