Wednesday, July 9, 2014

बुद्ध एयरको वाराणसी उडानमा नयाँ योजना

काठमाडौ, २३ असार– निजी वायुसेवा सञ्चालक कम्पनी बुद्ध एयरलाइन्सले पुनः वाराणसी उडान थालेको अवसरमा नयाँ यात्रा योजना ल्याएको छ । यस नयाँ योजना अनुसार बुद्धले काठमाडौबाट भारतको वाराणसी जाने यात्रुलाई कर र इन्धन खर्च बाहेक ५ रुपैयाँमा उडाउने छ । बुद्धले सोमबार विज्ञप्ति मार्फत यस्तो जानकारी गराएको हो । उसले वाराणसी जाने यात्रुलाई इन्धन खर्च र कर बाहेक जम्मा ५ रुपैयाँ मात्र हवाई भाडा लिने बताएको छ । सो कम्पनीले हवाई इन्धन र अन्य कर बापत भने प्रति यात्रु थप ३ हजार ७ सय ५१ रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा विदेशीले भने थप त्यसमा १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो दुवैतर्फी भाडा भएको पनि सो कम्पनीले जनाएको छ । यसअघि पनि धार्मिक पर्यटकलाई लक्षित गरेर बाराणसीको उडान सुरु गरेको बुद्धको नियमित उडान केही समयकालागि रोकिएको थियो । अहिले बुद्धले पुनः बाराणसीको उडान थालेको अवसरमा यात्रुलाई यस्तो नयाँ प्रमोसन योजना ल्याएको जनाएको छ । 
सोही विज्ञप्ति मार्फत बुद्धले अहिले नेपाल र नेपालीलाई हवाई माध्यमबाट जोड्न आफुले पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका विभिन्न १० स्थानमा नियमित उडान भरिरहेको बताएको छ । यसै क्रममा बुध्द एयरले भारतको प्राचीन शहर वाराणसीलाई जोड्ने प्रयास पूनः प्रारम्भ गरेको छ, त्यो पनि रु ५ प्रवद्र्धनात्मक भाडाबाट । काठमाडौंदेखि वाराणसीको उडान समय करिब ५० मिनेटको रहेको बताएको छ  । उसले वाराणसीबाट केही घण्टाको यात्रापछि गया तथा बौद्धगया पनि पुग्न सकिने र नेपाली यात्रुहरुलाई सजिलो तथा सहुलियत दरमा वारायणसी उडानका साथै त्यहा“ खाने, बस्ने तथा घुम्ने व्यवस्थाका लागि भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न प्याकेजहरु पनि उपलब्ध गराएको जनाएको छ ।

No comments:

Post a Comment