Wednesday, July 2, 2014

११ महिनामा साढे ४ लाख कामदार बिदेसिए, सबैभन्दा बढी मलेसिया र कतारमा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १४ असार
चालु आर्थिक वर्षको वितेका ११ महिनामा वैदेशिक रोजगारीका लागि कुल ४ लाख ६६ हजार ५ सय १५ जना कामदार विदेशिएका छन । गत आवको सोही अवधीमा कुल ४ लाख १६ हजार ९ सय ३५ जना गएका थिए । सो संख्या गत आवको तुलनामा ११ दशमलब ८९ प्रतिशतले बढी हो ।  सो संख्या चालू आवको पहिलो महिना साउनदेखि जेठसम्मको अवधिमा विभिन्न मुलुकका लागि बिदेसिएका कामदारको  संख्या हो । अनेकौं संघर्ष गर्दा पनि स्वदेशमा भनेजस्तो रोजगारी नपाएका कारण यसरी वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली कामदार मध्ये ४ लाख ३९ हजार ४ सय ८१ जना पुरुÈ र २६ हजार ४ सय ११ जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्Èको सोही अवधिको तुलनामा यसपालि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारको संख्या केही बढी हो । 
यसैगरी, यहाँ लामो समयदेखि जारी  अस्थिर राजनीतिक अवस्था एवं खस्कदो आर्थिक अवस्थाका कारण स्वदेशमा सञ्चालित विभिन्न उद्योग धन्दा एवं कलकारखाना विस्तारै बन्द भएर स्वदेशमा रोजगारी नपाएपछि बाध्यतावश वैदेशिक रोजगारीका लागि युवा बिदेसिने क्रम बढेको  सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।
अहिलेसम्म  आन्तरिक द्वन्द्वमा ध्वस्त भएका उद्योगधन्दा एवं विकास निर्माणका कार्यले गति लिन नसक्नु र नया“ संरचना पनि नबनेका कारण अहिले दैनिक करिब २ हजार ५ सय युवा शक्ति श्रम बेच्नकै लागि बिदेसिन बाध्य भएको वैदेशिक रोजगार व्यवसायीको  भनाइ छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्र वैदेशिक रोजगारीका लागि ५४ हजार ९ सय २६ जना कामदार  श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् । यसरी बिदेसिने कामदारमा पहिलो पटक श्रम स्वीकृत लिएर जाने र पहिले गएर घर बिदामा आई पुनः श्रम स्वीकृत लिएर जाने कामदारको संख्या मात्र भएको विभागले जनाएको छ । श्रम स्वीकृति नलिईकन छिमेकी मुलुक भारतीय बाटो हुँदै जानेहरूको संख्या पनि निकै रहेको विभागले बताएको छ ।  जेठ महिनामा मात्र ३ हजार ८ सय ८३ जना कामदार पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका विभागले जनाएको छ । यसरी बिदेसिने मा एक पटक विदेश गएर स्वदेश फर्किएका कामदार पनि स्वदेशमा कुनै काम नगरी पुनः जाने गरेका छन् । अहिलेसम्म राज्यले विदेशमा नेपाली कामदारले सिकेको सीपलाई सही रूपले प्रयोगमा ल्याउन नसकेका कारण पुनः श्रम स्वीकृति लिएर जाने क्रम पनि निकै बढेको सम्बन्धित व्यवसायीले बताएका छन् ।
पुनः श्रम स्वीकृत लिएर जेठ महिनामा १३ हजार २ सय ३९ युवा बिदेसिएका मध्ये १३ हजार ५ जना पुरुÈ र ३ सय ३४ जना महिला कामदार रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
यसरी बिदेसिनेमध्ये अधिकांश मलेसिया र खाडी मुलुकमा बढी जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ । जेठ महिनामा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कामदार मलेसियामा गएका छन् । जेठमा  २४ हजार ८ सय २२ जना मलेसियामा गएका मध्ये २३ हजार ९ सय ५७ जना पुरुÈ र ८ सय ६५ जना महिला कामदार रहेका छन् । मलेसियामा अन्य देशको तुलनामा बढी कामदार जाने गरेको विभागले जनाएको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च–नेपालका अध्यÔ टंकबहादुर  राउतले मलेसियाको हावापानी नेपाली कामदारलाई सुहाउने खालको भएका कारण पनि अन्य मुलुकहरूका भन्दा केही बढी कामदार मलेसियामा जाने गरेको बताए ।
बढ्दो वैदेशिक रोजगारीको मोहकै कारण अहिले नेपालका अधिकांश गाउँ रित्तो भएका छन् । हुर्के बढेका बलिया युवाहरू सबै विदेश गएपछि विकास निर्माणका कुरा त परै छाडौं । अहिले हरेक गाउँमा मान्छे मर्दा मलामी जाने र शव उठाउने मान्छेको समेत अभाव छ । यति मात्र होइन खाडीका विभिन्न देशका रसायन युक्त एवं जोखिमयुक्त ठाउँमा लामो समय काम गरी फर्किने प्रवृद्धिका कारण अबको केही वर्षपछि नेपालको जनसंख्यामा समेत गम्भीर असर पर्न जाने सम्बन्धित विज्ञ एवं सरोकारवालाको भनाइ छ । उनीहरूले विदेशका जोखिमयुक्त ठाउँमा काम गर्ने युवाहरूमा उत्पन्न हुने नपुंसकता एवं घरमा विवाह गरेको श्रीमती एक्लै छाडेर लामो समय बस्नुपर्ने बाध्यता, बूढाबूढीको पनि उचित स्याहार–सुसार गर्ने मान्छे नभएर अकालमै ज्यान गुमाउनुलगायतका कारण अबको केही वर्षपछि नेपालको जनसंख्या घटी गम्भीर असर पर्ने दाबी गरेका छन् ।
यसैगर,ि नेपाली कामदारको वैदेशिक रोजगारीका लागि दोस्रो आकर्Èक गन्तव्य मुलुक कतारमा १२ हजार ७ सय ३५ जना सोही अवीधमा गएका छन् । जसमा १२ हजार ४ सय ३ जना पुरुÈ र ३ सय ३२ जना महिला कामदार रहेका छन् । सन् २०२२ कतारमा विश्वकप आयोजना हुने भएकाले पनि अहिले कतारबाट विगतका वर्षहरूको भन्दा निकै बढी कामदारको माग आउने गरेको छ । अहिले कतारबाट आउने मागहरूमा नेपालबाट निर्माणको काम (लेबर)का लागि बढी रहेको छ । यसैगरी, साउदी अरबमा ९ हजार १ सय ३१ कामदार वैदेशिक रोजगारीका लागि गएका छन् ।
जसमध्ये ९ हजार ५९ पुरुÈ र ७२ जना महिला कामदार रहेका छन् । यसैगरी, संयुक्त अरब इमिरेट्स(यूएई)मा ५ हजार २ सय २१ जना गएका छन् । जसमध्ये ४ हजार ७ सय २७ जना पुरुÈ र ४ सय ९४ जना महिला कामदार रहेका छन् । यसैगरी, नेपालीका लागि रोजगारीको अर्को श्रम गन्तव्य मुलुक कुबेतमा १ हजार २ सय ६८ कामदार वैदेशिक रोजगारीका लागि गएका छन् । जसमा १ हजार १ सय ५८ जना पुरुÈ र १ सय १० जना महिला रहेका छन् । विभागका अनुसार गत वर्ष कुल ४ लाख ९२ हजार १ सय १४ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए । यसरी, बिदेसिनेको संख्या २०६९ मा कुल ४ लाख ५३ हजार मात्र थियो ।  यो त श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक मात्र हो । अमेरिका, युरोपलगायतमा मुलुकहरूको मल्टिपल भिसामा, अध्ययन, डीभी, ग्रिनकार्ड र पीआरबाट बसाइँ–सराइ गरेर उतै बस्ने युवाहरूको संख्या झन् बढी छ ।  यसरी बिदेसिने अधिकांश युवाको उमेर १६ देखि ३५ वर्षभित्रको रहेको छ । विगतका वर्षमा भन्दा अहिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या निकै बढेको विभागले जनाएको छ । लामो समयदेखि मुलुकले भोग्नुपरेको राजनीतिक अस्थिरता, ऊर्जा अभाव र श्रम समस्याले रोजगारी सिर्जना हुने Ôेत्रमा लगानी नहु“दा यसरी युवा बिदेसिनेको संख्या थप बढेको विभागले जनाएको छ ।

बढ्दो वैदेशिक रोजगारीको मोहकै कारण अहिले नेपालका अधिकांश गाउँ रित्ता भएका छन्। हुर्के बढेका बलिया युवाहरू सबै विदेश गएपछि विकास निर्माणका कुरा त परै छाडौं । अहिले हरेक गाउँमा मान्छे मर्दा मलामी जाने र शव उठाउने मान्छेको समेत अभाव छ । यति मात्र होइन खाडीका विभिन्न देशका रसायन युक्त एवं जोखिमयुक्त ठाउँमा लामो समय काम गरी फर्किने प्रवृद्धिका कारण अबको केही वर्षपछि नेपालको जनसंख्यामा समेत गम्भीर असर पर्नजाने सम्बन्धित विज्ञ एवं सरोकारवालाको भनाइ छ । उनीहरूले विदेशका जोखिमयुक्त ठाउँमा काम गर्ने युवाहरूमा उत्पन्न हुने नपुंसकता एवं घरमा विवाह गरेको श्रीमती एक्लै छाडेर लामो समय बस्नुपर्ने बाध्यता, बूढाबूढीको पनि उचित स्याहार–सुसार गर्ने मान्छे नभएर अकालमै ज्यान गुमाउनुलगायतका कारण अबको केही वर्षपछि नेपालको जनसंख्या घटी गम्भीर असर पर्ने दाबी गरेका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको काम प्रभावकारी नभएको गुनासो
काठमाडांै, १४ असार –वैदेशिक रोजगारविज्ञ एवं सरोकारवालाले आकर्Èक श्रम गन्तव्य खोज्न र कामदारको कल्याणकारी काम गर्न स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मृतक नेपाली कामदारका परिवार र अंगभंग भएका कामदारलाई Ôतिपूर्ति दिनुबाहेक कुनै काम प्रभावकारी गर्न नसकेको गुनासो गरेका छन् । 
उनीहरूका अनुसार वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको करिब ६ वर्È पुगिसक्दा समेत कानुनबमोजिम कामको दायरा बढाउन सकेको छैन । चालू आर्थिक वर्Èको १० महिनामा बोर्डले मृतक ७ सय २ कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । ६४ अंगभंग कामदारलाई आर्थिक सहायता, ३ सय ६८ कामदारको शव घरसम्म पु¥याउने र २५ कामदार उद्धार गरेको छ । केही पर्चा तथा हाते पुस्तक वितरण र जिल्ला जनचेतनाको काम गरेको छ । यो नै बोर्डको १० महिनाकोे प्रगति विवरण हो । ६ वर्Èको अवधिमा ३ हजारभन्दा बढी मृतक कामदारलाई Ôतिपूर्ति प्रर्दान गरेको छ । बोर्डको प्रगति विवरण ढा“चाअनुसार मृत्यु तथा अंगभंग भएका कामदारका बालबच्चाको शैÔिक विकास, श्रम कूटनीति प्रवद्र्धन, गन्तव्य मुुलुकमा रहेका कामदारको स्थिति अध्ययन, अन्तर्राष्ट्रिय रोजगारदातास“ग छलफल, रेमिट्यान्स उत्पादनशील Ôेत्रमा उपयोगलगायतमा प्रगति शून्य छ । वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बोर्डमा अर्बाैं रकम संकलन हु“दासमेत नया“ आकर्Èक श्रम गतव्य खोजी र कामदारको सुरÔासम्बन्धी कुनै पनि काम हुन नसकेको बताउ“छन् । ‘कामदारले जम्मा गरेको रकम ठूलो भइसक्यो,’ उनले भने, ‘बोर्ड भने कार्यालयमै कामदारलाई Ôतिपूर्ति दिनमै सीमित भइरहेको छ । अझै दायरा बढाउन सकेको छैन ।’ उनले युरोप र अमेरिकामा राम्रो कामदारको माग भए पनि मार्केटिङ गर्न बोर्डले पहल नगरेको बताए ।
अहिले दैनिक करिब ३ ओटाका दरले कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गर्छ । यति ठूलो संख्यामा कामदारको शव भित्रिने भए पनि किन कामदारको मृत्यु हुन्छ भन्ने कारण नखोज्नु विडम्बनापूर्ण रहेको गुरुङको भनाइ छ । सकेसम्म श्रम सम्झौतामै पोस्टमार्टम विदेशको सरकारी अस्पतालमा नै रोजगारदाताले गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन् । 
बोर्डका एक अधिकारीले संगठन संरचनामा Ôेत्रीय कार्यालय नहुनु र कार्यकारी निर्देशक नियुक्ति ढिलाइका साथै जनशक्ति अभावका कारण बोर्ड कामदारलाई Ôतिपूर्ति दिनमै सीमित हुन पुगेको स्वीकार गरे । बोर्डमा आप्रवासन र अर्थतन्त्रसम्बन्धी विज्ञ व्यक्तिको दरबन्दी आवश्यक रहेको बताउँदै उनले भने, ‘विज्ञले कामदारको सुरÔा र उद्यमशीलता बढाउनेसम्बन्धी सुझाव दिन सक्छ ।’ वैदेशिक रोजगारमा अधिकांश अदÔ कामदार जाने गर्छन् । गन्तव्य मुलुकमा कस्तो किसिमको काम छ त्यहीअनुसार तालिम सेन्टरको स्थापना गर्न विज्ञ टोली आवश्यक रहेको उनले जानकारी दिए । 

वैदेशिक रोजगारीका नाममा साढे ९३ करोडको  ठगी
काठमाडौं, १४ असार –वैदेशिक रोजगारीको नाममा चालू आर्थिक वर्Èको वितेका ११ महिनामा कुल ९३ करोड ५६ लाख ५३ हजार ३ सय ४५ रुपैया“को ठगी भएको छ । विभागमा २ हजार ३ सय ५ ओटा उजुरीमा सो रकमबराबरको ठगी भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागमा परेको सो ठगीको दाबी रकममा १५ करोड २८ लाख ५५ हजार ३ सय १४ रुपैया“को फरफारक भएको बताइएको छ । अहिलेसम्म विभागमा परेको उजुरीमध्ये ४ सय १७ उजुरीको फरफारक भएको छ । विभागबाट फरफारक हुन नसकेका १ सय १२ उजुरी अदालत दायर भएको छ । अदालतमा दायर भएका १ सय १२ उजुरीमा ४१ करोड ५ लाख ५३ हजार ७ सय ३७ रुपैया“को अदालतमा बिगो दाबी गरिएको विभागको तथ्यांकमा उल्लेख छ । विभागमा परेको ४५ ओटा उजुरी विभागले निर्णय गरेर पीडितलाई ४६ लाख रुपैयाँ बिगो भराएको पनि विभागले जनाएको छ ।
यसैगरी, गत जेठ महिनामा वैदेशिक रोजगारीको नाममा संख्याको आधारमा व्यक्तिगतभन्दा संस्थागततर्फबाट भएको ठगीका उजुरीको संख्या बढी छ । जेठ महिनामा संस्थागततर्फ १ सय ९४ उजुरी परेको थियो । सो उजुरीमा ३ करोड ९० लाख ६२ हजार १ सय ७० रुपैया“को विगो दाबी गरेको छ । सो दाबी रकममा ३ करोड ५९ लाख ३ हजार ९ सय रुपैया“बराबरको उजुरी किनारा लागेको विभागले जनाएको छ ।
यसैगरी, संस्थागततर्फ परेका उजुरीमा कुनै पनि उजुरी अदालतमा दायर नभएको विभागले जनाएको छ । यसरी विभागमा पर्ने गरेका अधिकांश उजुरी विभागमा नै पीडित र पीडक मिल्ने गरेका कारण उजुरी अदालतमा दर्ता नभएको विभागका उजुरी तथा अनुसन्धान शाखाका निर्देशक नारायण रिमालले जानकारी गराए ।  गत जेठ महिनामा विभागले एउटा उजुरीको विभागबाट फैसला गरेर पीडितलाई १ लाख रुपैया“को Ôतिपूर्ति भराएको जनाएको छ । विभागमा संस्थागततर्फको उजुरी संस्था बढी भए पनि दाबी रकम भने व्यक्तिगततर्फको तुलनामा कम हुने गरेको पनि उनले जानकारी दिए । संस्थागततर्फ उजुरी बढी भए पनि थोरै रकमको गठी हुने गरेको छ । संस्थागततर्फको उजुरीमा बढी तोकेको समयमा रोजगारीका लागि विदेश नपठाएको, विदेशमा पठाए पनि भनेको काम नपाएको, तोकेको सेवा सुविधा नपाएको जस्ता उजुरी आउने गरेको विभागले बताएको छ । जसमध्ये संख्याको आधारमा रकम थोरै हुनुको कारण म्यानपावर व्यवसायीले धेरै रकम लिने गरेको र थोरै रकमको मात्र रसिद दिने गरेकाले पनि रकम कम भएको विभागले जनाएको छ । यसैगरी, गत जेठ महिनामा मात्र विभागमा व्यक्तिगततर्फ ८२ ओटा उजुरी परेको थियो । उजुरी संख्या थोरै भए पनि ६ करोड ९० लाख ६२ हजार १ सय ७० रुपैया“को ठगी भएको विभागको तथ्यांकमा उल्लेख छ ।  सो ठगी रकममा २५ लाख ६९ हजार ४ सय ५० रुपैया“ फरफारक भएको छ । सो उजुरीमध्ये १२ ओटा उजुरी मात्र फरफारक भएको छ । यसैगरी, ६ ओटा उजुरी अदालतमा दायर भएको छ । अदालतमा दायर भएका ६ ओटा उजुरीमा १ करोड ३८ लाख ६७ हजार रुपैया“को अदालतमा बिगो दाबी गरेको छ । व्यक्तिगततर्फको कुनै पनि उजुरी विभागले फैसला गरेको छैन ।
अहिलेसम्म विभागमा व्यक्तिगततर्फको अधिकांश उजुरी आन्तरिक लेनदेन, ढुकुटी क्यासिनो, घरजग्गा कारोबारको समेत आउने गरेको विभागले बताएको छ । व्यक्तिगत लेनदेन पछि पैसा उठाउन नसके वैदेशिक रोजगारको कागज बनाएर उजुरी हाल्ने गरेका छन् । त्यस्ता उजुरी विभागमा आए पछि पीडकलाई बोलाएर बयान लि“दा आन्तरिक लेनदेनको पाएमा अदालतमा उजुरी दर्ता गर्ने गरेको विभागको भनाइ छ । व्यक्तिगत भिसामा विदेश जा“दा बढी फस्ने त्रासका कारण संस्थागत रूपमा विदेश जानेको संख्या बढेकाले संस्थागत उजुरी बढेको विभागले जनाएको छ । व्यक्तिगत रूपमा जाने व्यक्ति मोटो रकम बुझाएर विदेश जान नपाएर स्वदेमा नै फस्छन्, संस्थागत रूपमा जाने विदेशमा गएर भनेको काम, सेवा सुविधा नपाएर उजुरी दिने गरेको विभागले बताएको छ ।  अहिले ढुकुटी, क्यासिनोको उजुरीका दाबी रकममा कमी आए पनि १२ देखि १४ लाख रुपैया“सम्मको उजुरी परेको विभागले जनाएको छ ।

No comments:

Post a Comment