Wednesday, July 9, 2014

बायोमेट्रिकको बिबादले स्वास्थ्य व्यवसायी महासंघका व्यवसायी २ समुहमा बिभाजित

काठमाडौ, २३ असार –बायोमेट्रिकको बिबादका कारण अहिले नेपाल स्वास्थ्य व्यवसायी महासंघका व्यवसायी दुई समुहमा बिभाजित भएका छन । मलेसियाको बेस्टिनेट कम्पनीसँगको सम्झौता अनुसार महासंघले बायोमेट्रिक प्रणाली लागु गर्ने तयारी अन्तिम चरणमा पु¥याएपछि दुई समुहमा बिभाजित स्वास्थ्य व्यवसायीविचको ध्रुविकरण थप बढेको छ । व्यवसायी र रोजगारीमा जाने कामदारको हितमा नभएको वायोमेट्रिक लागु गर्न खोजेको भन्दै महासंघ विरुद्धमा उत्रिएका व्यवसायीले कानुनी रुपमा समाधान खोजेपछि अहिले उनीहरुबिच थप विवाद चर्किएका कारण व्यवसायीबीचको धुर्बिकरण झन हो ।
बायोमेट्रिक विरुद्ध संघर्षमा रहेका दुईसयभन्दा बढी स्वास्थ्य व्यवसायी अहिले महासंघको विषेश साधारणसभा हुनुपर्ने माग गर्दै काठमाडौ जिल्ला प्रसासनको ढोका ढकढकाउन पुगेका छन् । महासंघको वर्तमान कार्यसमिति व्यवसायीक हितमा नरहेको भन्दै आन्दोलनरत स्वास्थ्य व्यवासयीले विषेशसाधारणसभाको माग गर्दै जिल्ला प्रसासनमा निवेदन दिएका छन् । उनीहरुले एकसता अघिनै जिल्ला प्रसानलाई विषेश साधारणसाका लागि गुहारेको भएपनि प्रसासनले भने अझै निर्णय दिएको छैन । विधान अनुसार सभा माग गर्दै बहुमत सदस्यको हस्ताक्षर वुझाएका आन्दोलनकर्मीहरुले अहिले प्रसासनले आलटाल गर्न खोजेको बताएका छन् ।
महासंघको वर्तमान कार्यसमिति र काम कारवाहीप्रति असन्तुष्ट रहेका करिब २ सयभन्दा बढी स्वास्थ्य व्यवसायी अहिले तत्काल महासंघको विषेश साधारणसभा गर्नुपर्ने पक्षमा छन् । उनीहरुले वर्तमान कार्यसमिति नफेरीएसम्म रोजगारीमा जाने नेपाली कामदार र स्वास्थ्य व्यवासयीको कहहितका लागि महासंघले काम गर्न नसक्ने भन्दै थप आन्दोलत भईरहेका छन ।  आन्दोलनरत स्वास्थ्य व्यवसायी संघर्ष समितिका प्रवक्ता सीताराम रेग्मीले भने, ‘यो कार्यसमिति व्यवसायी र रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पक्षमा देखिएन, त्यसैले हामीले बायोमेट्रिक प्रणालीको विरोधसँगसँगै महासंघको विषेश साधारणसभाको माग गरेका हौ’।
उनले बहुमत व्यवसायीले बायोमेट्रिक प्रणालीको बिरोध गरिरहेका बेला महासंघका १÷२ जना व्यत्तिले नै बायोमेट्रिक लागु गराउन महासंघको तर्फबाट सहमती दिएको बिबादकै कारण अहिले बाध्यबस स्वाथ्स्य व्यवसायी दुई समुहमा बिभाजित भएको बताए । उनले महासंघले व्यवसायीक एकता र हकहितको पक्षमा काम गर्न  नसकेकाले लाखौं रकम लगानी गरेका स्वास्थ्य व्यवसायी यस व्यवासयवाट हात धोएर बस्न वाध्य हुने अवस्था आएको धारणा राखे । आन्दोलनरत व्यवसायीहरुले एक साता भन्दा अघि नै प्रसासनमा विषेश सभाको माग गर्दै निवेदन दिएपनि अहिलेसम्म कुनै निर्णय नभएकाले अहिले व्यवसायीबीचको धुर्बिकरणको दुरी थप लम्बिएको बताएका छन ।  
जिल्ला प्रसासनले आन्दोलनमा रहेका वयवसायीको माग सुनुवाइ नगरेको उनीहरुको गुनासो छ । व्यवसायीको रोजीरोटी खोस्न सम्झौता गर्ने महासंघको विरुद्ध जसरीपनि आन्दोलन चर्काउन प्रतिवद्ध रहेको प्रवक्ता रेग्मीले जानकारी गराए । महासंघले सरकारी निकायलाई समेत बेवास्ता गर्दै वायोमेट्रिक प्रणाली लागु गर्न सम्झौता गरेको उनको दावी छ । विदेशी कम्पनीसँग त्यस्तो सम्झौता गर्नुपर्दा समाजकल्याण परिषद् मार्फत जानुपर्ने महासंघले सवै सरकारी निकायको बेवास्ता गरेको उनीहरुको भनाई छ । अहिले सरकारले भने अहिले सोही सम्झौताका आधारमा वायोमेट्रिक लागु गर्न स्वीकृती दिने चरणमा रहेको उनीहरुको भनाई छ ।
संघर्षरत व्यवसायीका अनुसार मलेसियाको निजी कम्पनी र नेपालको स्वास्थ्य व्यवसायीको छातासंस्थाबिच भएको यो सम्झौता लागु भएमा नेपालवाट हरेक वर्ष एक अर्वभन्दा वढी रकम मलेसिया फिर्ता हुने छ । यसैगरि, हाल सवैभन्दा बढी नेपाली कामदार मलेसियाको रोजगारीमा जाने गरेकाले मलेसियाले आफ्नो मुलुकवाट नेपाल आउने रेमिट्यान्स फिर्ता लैजान खोजेको वैदेशिक रोजगार व्यवासयीको भनाइ छ । यो प्रणाली लागु हँुदा हरेक मलेसिया जाने कामदारले प्रति व्यक्ति १५ हजार रुपैयाँबढी रकम स्वास्थ्य परिक्षणका लागि तिर्नुपर्ने हुन्छ । त्यस्तै स्वास्थ्य संस्थाले सुरुमा ८ लाख रुपैयाँ तिरेर सफ्टवेयर खरिद गर्नुपर्ने र हरेक वर्ष २ लाख ६४ हजार तिरेर नविकरण गर्नुपर्ने हुन्छ । अहिले सरकारले करिव ३ सय स्वास्थ्य संस्थालाई स्वास्थ्य परिक्षणको अनुमति दिएको छ ।

No comments:

Post a Comment