Wednesday, September 25, 2013

मुक्तक प्रतिष्ठानद्धारा बाढी पीडितका लागि रहत रकम हस्तान्तरण

काठमाडौ– दार्चुलाका बाढीपिडितकालागि नेपाल मुक्तक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत १ लाख ७ हजार २ सय ८१ रुपैँया राहत स्वरुप हस्तान्तर गरेको छ । बुधबार अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकक्षमा पुगेर प्रतिष्ठानले सो रकम हस्तान्तरण गरेको हो ।  प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुदूर पश्चिमाञ्चलका बाढी पीडितहरुको सहयोगार्थ केही समयअघि प्रतिष्ठानले काठमाण्डौमा आयोजना गरेको ‘मुक्तक माहौल–२०७०’ बाट उठेको राहत रकम मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत  हस्तान्तरण गरेका हुन ।  प्रतिष्ठानका अध्यक्ष कोनेले नेपाली मुक्तकको विधागत विकास र विस्तारका लागि प्रतिष्ठानले यस्ता महौल हरेक वर्ष आयोजना गर्दै जाने बताए ।  उनले जर्बरजस्ती धम्क्याएर वा मागेर होइन अब मुत्तक मार्फत दाताको मनखुसी पारेरै  सजिलै राहत कोषमा रकम जम्मा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आफुहरुले पहिलोपटक यस्तो कार्यक्रम गरेको बताए ।  प्रतिष्ठानका महासचिव रमेश पौडेलले सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भनेर गत ५ साउनमा काठमाण्डौमा भव्यताकासाथ मुक्तक माहौल आयोजना गरिएको र त्यहाँ संकलित रकम अहिले कोषलाई हस्तान्तरण गरेको बताए । सो कार्यक्रममा मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले श्रष्टाहरुले देश र समाजलाई दिशा निर्देश गर्नुका साथै आफ्ना सिर्जना मार्फत सकारात्मक सोच र सन्देश दिने गरेको बताए । राहत रकम हस्तान्तरण समारोहमा रत्न शम्सेर थापा, राजेन्द्र थापा, उषा शेरचन, ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली, यादव भट्टराई, बादल घिमिरे,आनन्द श्रेष्ठ, कल्पना श्रेष्ठ, दिव्य गिरी र निशा केसीको सहभागिता रहेको थियो ।    

नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण, टानलाई आर्थिक रुपमा पारदर्शी बनाउन पूर्व अध्यक्षहरुको सुझाव

काठमाडौ, ९ असोज –

पदयात्रा व्यवसायीमा संलग्न ब्यवसायीहरुको छाता संस्था टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ । बुधबार टान सचिवालयमा आयोजित कार्यक्रममा पुरानो कार्यसमितिका अध्यक्ष महेन्द्रसिंह थापाले खादा लगाएर नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका हुन । सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवाÈ निरौला र जंगल सफारी लजका बजार प्रवन्धक प्रदिप आचार्यले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । गत ४ असोजमा सम्पन्न ३५ औं वार्षिक साधारण सभा र चुनावबाट आगामी दुई वर्षे कार्यकालकालागि टानको अध्यक्षमा इकोलोजिकल ट्रेक्सका सञ्चालक रमेश धमला सहित उनको सबै समुह निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यÔ धमलाले अब टानको आन्तरिक व्यवस्थापन सुधारी व्यवसायीक एकतालाई जोड दिने बताए । उनले निर्वाचनको बेला दुबै समुहबाट उठेका चुनावी एजेण्डाहरुलाई आत्मसात गरि अघि बढ्ने बताए । उनले अब सबै पÔलाई मिलाएर टानलाई व्यवसायीक हितमा काम गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवाÈ निरौलले पर्यटनको दिगो विकासमा काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे । उनले टानले नेतृत्व गर्ने हरेक कामलाई बोर्डले सहकार्य गरेर अघि बढ्ने बताए । टानका पूर्व अध्यक्षहरु सुमन पाण्डे र  दिपक महतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै टानलाई आर्थिक रुपमा पारदर्शी बनाउन सुझाव दिएका थिए । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यÔमा केशव पाण्डे, प्रथम उपाध्यÔमा कामी रिन्जी शेर्पा, द्धितिय उपाध्यÔमा कुल बहादुर गुरुङ, महासचिवमा सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोÈाध्यÔमा गोपाल बाबु श्रेष्ठ र सह कोÈाध्यÔमा तिलक बहादुर थापा मगर रहेका छन । यसैगरि निर्वाचित कार्यसमिति सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्डी शेर्पा, नमराज गौली, आङपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सीना र धन प्रसाद गुरुङ रहेका छन । टानमा १७ जना निर्वाचित ४ जना सदस्य मनोनित एक पोखरा च्याप्टरका अध्यक्ष र १ जना पूर्व अध्यक्ष सहित २३ सदस्यीय नयाँ कार्यसमिति हुने छ ।  नवनिर्वाचित अध्यक्ष धमलाले करिब १ हजार  टे«किङ कम्पनीहरुको हकहित र व्यवसायिक उन्नतिका लागि प्रतिवद्धता जाहेर गर्दै अब टानमा व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने बताए ।  सन् १९ बैशाख २०३२ सालमा स्थापित टानमा अहिले  १ हजार कम्पनीहरु सदस्य रहेका छन ।

सिए, डाक्टर र वकिलमाथि छानविन गर्न राजस्वको पत्र, दश हजार वकिल हजारसँग प्यान, सय जना मात्रै भ्याटमा, डाक्टर र लेखापरीक्षकको पनि उस्तै

काठमाडौं, ९ असोज – आन्तरिक राजस्व विभागले डाक्टर, वकिल र लेखापरीक्षकमाथि छानविन गर्न कर कार्यालयहरुलाई परिपत्र जारी गरेको छ । विभागले गत विहीबार सबै कर कार्यालयहरुलाई पत्र पठाएर डाक्टर, वकिल र लेखापरीक्षक कर दर्ता भए नभएको र दर्ता भएकाले कर तिरे नतिरेको अनुगमन गर्न निर्देशन दिएको हो । यस्ता सेवा क्षेत्रमा लाग्नेले  अपेक्षित मात्रामा कर नतिरेको भन्दै सरकारी निकायले उक्त तीन वटा पेशा गर्नेमाथि निगरानी बढाएको छ । करिब दुई साता अघि राजस्व अनुसन्धान विभागले नेपाल वार एशोसिएसनका पुर्वअध्यक्ष शम्भु थापा सहित छ जनाको फर्म तथा कार्यालयमा छापा मारेको थियो । सबै वकिलहरु करमा दर्ता छैनन् । दस हजार भन्दा बढी वकिल पेशामा सक्रिय रहेको तर करमा भने एक हजार जति मात्रै दर्ता भएका छन् । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार करिब एक हजारले प्यान नम्बर लिएका छन भने एक सयको हाराहारीमा मात्रै भ्याटमा दर्ता छन् । बाकी सबै करको दायरा बाहिर रहेको भन्दै विभागले कर कार्यालयमार्फत छानविन गर्ने र करको दायरामा ल्याउने गृहकार्य थालेको हो । केही वकिलले निकै ठूलो आम्दानी गर्ने र कर नतिर्ने गरेको अनुमान पनि विभागको छ ।‘तत्काल छानविन सुरु हुन्छ’, आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्माले भने, ‘जसले सहि हिसाबबाट कर तिरेको छ, उसले आफ्नो विवरण देखाए पुग्छ । तर, जसले तिरेको छैन उसलाई कानुनी प्रक्रियाबाट दायरामा ल्याउछौं ।’ डाक्टर र लेखापरीक्षक करमा दर्ता भए पनि तिर्नुपर्ने जति कर नतिरेको अनुमान पनि विभागको छ । लेखापरीक्षकले कर छल्न सहयोग गरेको निष्कर्षमा विभाग पुगेको छ । ‘कतिपय लेखापरीक्षकले कर बुझाइदिने भन्दै पैसा लिएर आफ्नै खातामा राखेको गुनासो पनि करदाताले गरेका छन्’, महानिर्देशक शर्माले भने ‘यस्ता लेखापरीक्षक माथि छानविन सुरु हुन्छ ।’ विभागले गत विहीबार नै यस्ता घटनामा छानविन गर्न र बास्तविकता पत्ता लगाएर कारवाही सुरु गर्न निर्देशन दिइसकेको छ ।
करदाताले लेखापरीक्षकलाई विश्वास गरेर कर तिर्नका लागि पैसा समेत दिने र लेखापरीक्षकले कर नतिरेर आफ्नै खातामा राखेको पनि भेट्टिएको विभागका अधिकारीहरुले जनाएका छन् । प्रमाणपत्र नविकरण गर्न पनि लेखापरीक्षकहरु करमा दर्ता भएका हुन्छन् । कारोबार गलत देखाएर राजस्व छल्ने गरेको आरोप उनीहरुलाई छ । डाक्टरहरुले अस्पताल र नर्सिङहोममा काम गरे वापत पाउने पैसाको कर तिर्ने गरेको तर व्यक्तिगत क्लिनिक र घरमै उपचार गराउँदा लिएको शुल्कको कर नबुझाएको राजस्वका अधिकारीहरुले बताएका छन् । व्यक्तिगत क्लिनिक र घरमै विरामीको जाँच गर्ने डाक्टरलाई पनि अनुगमनको दायरामा राख्ने विभागले जनाएको छ ।

Monday, September 23, 2013

टानमा धमला समुह विजयी, सबै व्यवसायीबीच सहमती र सहकार्यको आधारमा अघिबढ्ने प्रतिवद्धता

काठमाडौ, ५ असोज
पदयात्रा व्यवसायीमा संलग्न ब्यवसायीहरुको छाता संस्था टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा रमेश धमला निर्वाचित भएका छन । शुक्रबार राजधानीमा सम्पन्न ३५ औं वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालकालागि टानको अध्यक्षमा इकोलोजिकल ट्रेक्सका सञ्चालक धमला सहित उनको सबै समुहलाई निर्वाचित गरेको हो । १७ सदस्यीय टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को निर्वाचनमा पुरै धमला समहले भारी मत ल्याएर विजयी हाँसिल गरेको हो । अर्का अध्यक्ष पदका उम्मेदार जाङबु शेर्पालाई ६० मतले पछि पारि ३ सय २१ मत ल्याएर विजयी हाँसिल गरेका  धमला समुहका सबै सदस्यले शेर्पा समुहलाई धेरै मतले उछिनेर विजयी भएका हुन । सो निर्वाचनमा कुल ८ सय ५३ मतदाता सदस्य मध्ये जम्मा ६ सय ७ ओटा मत मात्र खसेको थियो । टानको निर्वाचित वरिष्ठ उपाध्यÔमा माउण्टेन लिडर ट्रेक्सका प्रबन्धनिर्देशक केशव पाण्डे, प्रथम उपाध्यÔमा कामी रिन्जी शेर्पा, द्धितीय उपाध्यÔमा एलायन्स ट्रेक्सका प्रबन्धनिर्देशक कुल बहादुर गुरुङ, महासचिवमा हिमालयन ग्लासियर ट्रेकिङका प्रबन्धनिर्देशक सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोÈाध्यÔमा गोपालबाबु श्रेष्ठ तथा सह–कोÈाध्यÔमा तिलक बहादुर थापा मगर रहेका छन । यसैगरि  सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्डी शेर्पा, नमराज गौली, आङगपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सीना र धन प्रसाद गुरुङ रहेका छन ।  टानमा १७ जना निर्वाचित ४ जना सदस्य मनोनित एक पोखरा च्याप्टरका अध्यक्ष र १ जना पूर्व अध्यक्ष सहित २३ सदस्यीय नयाँ कार्यसमिति हुने छ ।  नवनिर्वाचित अध्यक्ष धमलाले करिब १ हजार  टे«किङ कम्पनीहरुको हकहित र व्यवसायिक उन्नतिका लागि प्रतिवद्धता जाहेर गर्दै अब टानमा व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने बताएका छन ।  सन् १९७५ मे  १ एवं  १९ बैशाख २०३२ सालमा स्थापित टानमा अहिले  १ हजार  कम्पनीहरु सदस्य रहेका छन ।  अहिले पुरै प्यानलले निर्वाचन जितेपनि सबै व्यवसायीसाथीहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष धमलाले भने, ‘ अहिले हामीलाई राजनीति गरेको आरोप लागेको छ, अब टानमा कुनै राजनीतिक गन्ध आउने कुनैपनि कार्य गर्न दिने छैनौं’ । उनले आफ्ना र जाङबु शेर्पाले उठाएका एजेन्डालाई सहमती र सहकार्यको आधारमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सो निर्वाचनकालागि अध्यक्ष पदमा नमस्ते टे«क्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं वर्तमान वरिष्ठ उपाध्यÔ जाङबु शेर्पा र उनको समुहबीच तिब्र प्रतिस्पर्धा भएको थियो ।  शेर्पा समुहको वरिष्ठ उपाध्यÔमा मकालु एड्भेन्चरका प्रबन्ध निर्देशक मोहन लम्साल, प्रथम उपाध्यÔमा गणेश न्यौपाने, द्धितीय उपाध्यÔमा अप्सरा ट्रेक्सका प्रबन्ध निर्देशक कृष्णहरि खत्री ,महासचिवमा आसाही ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक अन्जनकुमार  थापा, सचिवमा द ¥यालि वाइल्ड ट्रेकिङका प्रवन्ध निर्देशक निमा लामा, कोÈाध्यÔमा आउटडोर हिमालय टे«क्सका प्रबन्ध निर्देशक राजेन्द्र सापकोटा र सह कोÈाध्यÔमा रामकृष्ण तिमल्सीना थिए । यसैगरि सदस्यहरुमा फुर्वा ग्याल्जेन शेर्पा, तारानाथ लामिछाने, मुक्ति पाण्डे, राम प्रसाद सापकोटा, विष्णु बहादुर कु“वर, सरोजा हमाल, लाक्पा नुर्बुशेर्पा, विनोद सापकोटा र अनिल भट्टराई थिए । उनीहरु सबैले सो प्रतिस्पर्धामा हार खानुपरेको थियो ।

Saturday, September 21, 2013

दसैंकालागि हवाई टिकट पाउनै मुस्कील

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ असोज 
अहिलेदेखि नै आगामी दसैंकालागि हवाई टिकट पाउनै मुस्किल हुन थालेको छ ।  विभिन्न कामले राजधानी बस्दै आएका सर्वसाधारण वर्षको एकपटक परिवारसँग दसैं मनाउन आ– आफ्ना गाउँघर फर्कन टिकट बुकिङ गर्ने चाप बढेपछि अहिले देखि नै हवाई टिकट पाउन मुस्कील हुन थालेको हो । 
पोखराकी चन्द्रमा ढकालले आगामी २५ असोजमा पर्ने फुलपातीको दिन दुईओटा साना बालबालिका लिएर सपरिवार घर जानुपर्ने भएकाले बुधबार काठमाडौबाट पोखरासम्मकालागि ३ ओटा हवाई टिकट बुकिङ गर्न राजधानीका धेरै ट्राभल एजेन्सिमा चहार्दापनि पाउन मुस्किल भएको बताइन । उनले ठमेलस्थित चिनेको एकजना दाईको ट्राभल एजेन्सिबाट बल्ल आगामी फुलपातीको दिन विहानको टिकट बुकिङ गरेको बताईन । मुस्ताङ टुकुचेका रणबहादुर गौचनले पनि अहिलेदेखि नै आगामी दसैंकालागि आन्तरिक हवाई टिकट पाउनै कठिन भएको बताए । 
उनले आगामी २५ असोजकालागि काठमाडौबाट पोखरा हुँदै जोमसोङ पुग्ने ५ओटा टिकट खोज्न धेरै ट्राभल एजेन्सी धाउँदापनि पाउन मुस्कील भएको बताए ।  उनले पनि धेरै प्रयासपछि बल्ल हात्तिसार स्थित बुद्ध एयरको टिकट काउन्टरमै पुगेर बुधबार मात्र दसैंकालागि घर फर्कने टिकट बुकिङ गरेको बताए । पोखराकी ढकाल र मुस्ताङका गौचन त दसैंकालागि टिकट नपाउने प्रतिनिधी पात्रमात्र हुन ।
यसअघि पनि हरेक वर्ष दसैंकाबेला हवाई टिकट पाउन यस्तै मुस्कील हुने गरेको छ ।  गत साताबाटै हवाई टिकट पाउनै मुस्कील हुन थालेको अधिकाँश यात्रुहरुको गुनासो छ । ति यात्रुहरुका अनुसार आन्तरिक उडानमा राम्रो छबि बनाएका निजी वायुसेवा कम्पनीहरुको टिकट लगभग सत प्रतिशत बुकिङ भइसकेका छन् । केही वायुसेवा कम्पनीले भने आगामी आइतबारबाट दसैंको टिकट बुकिङ खुला गर्दै छन् । सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले विगतका वर्षहरुको तुलनामा  यसपाली बुकिङ कम भए पनि काठमाडौंबाट जा“दा टिकट पाउन निकै मुस्कील हुने बताए उनले जाँदा महँगो परेपनि फर्केर आउ“दा भने निकै सस्तो टिकटमै यात्रा गर्न पाइने बताए । उनले हरेक वर्ष घटस्थापना भन्दा एक साता अघिदेखि यात्रुको चाप अत्यधिक रुपमा बढ्न थाल्ने बताए । सिम्रिकले दसैंमा हवाई यात्रुको चाप उच्च भए उडान संख्या थप्ने योजना बनाएको छ । पोखराका लागि भने दैनिक तीन ओटा उडान भइरहेकामा अहिले दुई ओटा थपेर पा“च बनाइसकेको छ । यसैगरि सिमरा र भैरहवाका लागि एक÷एकबाट दैनिक दुई ओटा  गराउने योजना भएको पनि उनले जानकारी दिए । हाल सिम्रिकस“ग १९ सिट Ôमताका दुईओटा बिचक्राफ्ट जहाज सञ्चालित छ । यसैगरि अर्को निजी वायुसेवा कम्पनी बुद्ध एयरले पनि केहीदिन अघिबाटै दसंैको टिकट बुकिङ खुला गरिसकेको छ । बुद्ध एयरलाइन्सका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बुधबारसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताए । निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ– नेपालका कोÈाध्यÔ समेत गरेका जोशीले भने, ‘हरेक वर्ष दसैंकाबेला यात्रुहरुलाई सकेसम्म सहज रुपमा हवाई सेवा उपलब्ध गराउन उडान थप्ने गर्दै आएका छौं’ । हाल बुद्धले  काठमाडौबाट भद्रपुरका लागि दैनिक दुईओटा उडान भरिरहेको छ । आगामी  दसैंको अस्टमी र नवमीकालागि भने एउटा उडान थपेर दैनिक तीन उडान भर्ने पनि उनले जानकारी दिए । उनले सतप्रतिशत टिकट बुकिङ नभएसम्म उडान नथप्ने बताए । यसैगरि यती एयरलाइन्सले अहिले नै करिब सत प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिएको छ । यतीका बजार प्रबन्धक रोशन रेग्मीले दसैंमा उडान थप्नेबारे अहिलेसम्म खासै निर्णय भइनसकेको बताए। यतीस“ग अहिले २९ सिट Ôमताका सातओटा जेटस्ट्रीम–४१ जहाज सञ्चालनमा छन् । हवाई इन्धनमा भएको मुल्य बृद्धिपछि गत साताबाट लागु भएको नया“ भाडा दर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ८ सय ८० रुपैया“ लाग्छ । यसैगरि  सबैभन्दा टाढा (१ घन्टा २० मिनेट)  दुरीको धनगढी जान १० हजार ८ सय ६० रुपैया“ हवाई भाडा तिर्नुपर्छ । यी सबै भाडा दर करसहित हुन्।  यी सबै भाडा नर्मल नै   भएको विमानकम्पनीहरुले जनाएको छ । यसैगरी भरतपुर जान ३ हजार ३ सय ९०, पोखरा ४ हजार ६ सय ७०, विराटनगर ६ हजार ४ सय ९५, जनकपुर ३ हजार ९ सय ६०, तुम्लीङटार पुग्न ४ हजार ९ सय ८०, भैरहवा ५ हजार ७ सय ६५, नेपालगन्ज ८ हजार ५५ र भद्रपुरका लागि ७ हजार ४ सय रुपैया“ बुझाउनुपर्छ । यतीकै अन्र्तगतकै वायुसेवा तारा एयरले  भने दुर्गम भेगमा मात्र उडान गर्ने भएकाले सस्तो भाडा दरमा उडान गर्दैन।  
थप उडान भर्न वायुसेवा कम्पनीलाई निर्देशन
काठमाडौ, २ असोज  –सरकारले दसैं–तिहारजस्ता चाडपर्वका बेला थप उडान सञ्चालन गर्न वायुसेवा प्रदायक कम्पनीहµलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ बु“दे निर्देशन जारी गर्दै चाडपर्वका बेला अधिकतम उडान सञ्चालन गर्न निर्देशन दिएको  हो । मन्त्रालयका सचिव सुशील घिमिरेको संयोजकत्वमा मंगलबार बसेको बैठकले दसैंमा यात्रु चापलाई सम्बोधन गर्न र सहज आवागमनका लागि यस्तो निर्देशन दिएको जनाएको छ । बैठकमा नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरु पनि सहभागी थिए । वायुसेवा सञ्चालकहरुले आगामी शनिबारसम्म आपूmले हाल उडान भर्न सक्ने अवस्थाका विÈयमा प्राधिकरणमा जानकारी दिनुपर्ने मन्त्रालयद्धारा जारी निर्देशनमा उल्लेख छ ।
यसैगरि दसैंका बेला विस्तार गर्ने उडान तालिकाको योजना पनि आगामी ७ दिनभित्र उपलब्ध गराई स्वीकृत गराउन मन्त्रालयले सम्बन्धीत वायुसेवा कम्पनीहरुलाई निर्देशन गरेको छ । प्राधिकरणले सो अबधिमा स्वीकृत भएका तालिकाबमोजिम उडान सञ्चालन भएको वा नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेस गर्नु पर्ने उल्लेख छ । यसैगरी, दसैं–तिहारका बेला मानवीय उद्धार राहत कार्यक्रम सञ्चालन गर्ने तथा विराटनगर, पोखरा र नेपालगन्जमा रातको समयमा पनि होलिकोप्टर विश्रामको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको सह सचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
सोही छलफलमा मन्त्रालयले विभिन्न वायुसेवा कम्पनीका बिग्रिएर मर्मतको पर्खाइमा विमानस्थलमा ग्राउन्डेट जहाज पनि  मर्मत गराई सकेसम्म छिटो सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । सो निर्देशनमा चार्डपर्वका बेला  अन्तर्राष्ट्रिय चार्टर्ड उडानको स्वीकृति र आन्तरिक चार्टरको व्यवस्थापन टर्मिनल ड्युटी अफिसरबाटै गराउने भनिएको छ । यसैगरि निÈेधित Ôेत्रमा उडान भर्दा गृह मन्त्रालयबाट स्वीकृत लिनुपर्ने तथा एकल इन्जिनका वायुसेवा प्रदायक कम्पनीको पनि अधिकतम उपयोग गर्नुपर्ने उल्लेख छ ।

विदेश घुम्ने नेपालीबाटै वार्षिक साढे २ अर्ब बाहिरियो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २९ भदौ
अहिले नेपालबाट पर्यटक बनेर विदेशी मुलुकमा घुम्न (आउट बाउण्ड टूर) जाने नेपालीबाट वार्षिक करिब साढे २ अर्ब  रुपैयाँ बाहिरिएको छ । सरकारले विदेशी पर्यटन नेपाल भित्राउन अनेक प्रयास गरिरहेका बेला अहिले विदेश घुम्न जाने नेपालीको संख्या बढेका कारण वार्षिक २ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको हो । ठुला व्यापारिक घरानाका व्यक्तिगत भ्रमण देखि कर्पोरेट हाउस, निजी कम्पनी र स्वदेशी बस्तु उत्पादन गरिरहेका उद्योगहरुले आफ्ना कर्मचारीलाई उपलब्ध गराउँदै आएको विदेश भ्रमण प्याकेजका कार्यले पनि अहिले पर्यटकका रुपमा विदेशीने क्रम बढेसँगै यतिधेरै रकम विदेशीएको हो । हाल केही समयकालागि यसरी पर्यटकीय भ्रमणमा विदेशीनेको संख्या वार्षिक ४० हजार नागिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोही संख्याका आधारमा उनीहरुले विदेश घुम्दा गर्दै आएका न्युनतम प्रति व्यक्ति ६० हजार रुपैयाँलाई जोड्दा वार्षिक करिब साढे २ अर्ब रुपैयाँ विदेशिएको जनाएको छ ।
मन्त्रालयको तथ्याङक अनुसार सन् २०१२ मा पर्यटक बनेर विभिन्न मुलुक घुम्न जाने नेपालीको संख्या अघिल्लो वर्È सन् २०११ को तुलनामा २२ दशमलव ५७ प्रतिशतले बढेको छ । सोही तथ्याङक अनुसार सन् २०१२ मा २५ हजार ३ सय पुरुÈ र १३ हजार ९ सय जना महिला विदेश भ्रमणमा गएका थिए । अघिल्लो वर्È सन् २०११ मा सो संख्या ३३ हजार थियो । अकासिँदै गरेको अमेरिकी डलरको भाउ सँगै अहिले नेपालीहरुको आयस्रोत पनि केही बढ्दै गएको र विभिन्न ट्राभल एजेन्सीहरुले थाइल्याण्ड, मलेसिया, सिंगापुर र युरोपीयन मुलुक लगायको विदेश भ्रमणको आकर्Èक प्याकेज दिईरहेकाले पनि नेपालीहरुबाटै  यतिधेरै रकम बाहिरिने क्रम बढेको हो ।  ट्राभल एजेन्सीहरुले उपलब्ध गराईरहेका आकर्षक भ्रमण प्याकेजका कार्यक्रमले हाल मध्यम वर्गीय नेपाली पर्यटनका लागि विदेश जाने क्रम बढेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले विदेशी पर्यटकलाई नेपालमा आकर्Èण गर्न विभिन्न प्रयास भइरहेको बेला नेपाली आफै पर्यटक बनेर विभिन्न मुलुक जा“दा वार्षिक सो रकम बाहिरिएको बताए । उनले नेपाली आफ्नै खर्चमा विभिन्न देशको पर्यटकीय भ्रमणमा जाँदा नेपालको पहिचान विश्वमा थप बढ्ने भएकाले यसलाई नकारात्मक रुपमा लिन नहुने बताए । उनले विभिन्न कपोरेट हाउस एवं ठुला व्यापारिक घरानाका डिलरशिप मार्फत विदेश गएका नेपालीले विदेशीलाई नेपाल आउन प्रेरित गर्ने भएकाले यहाँबाट आफ्नै खर्चमा विदेश भ्रमणमा जानेहरुबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न थप सहज हुने बताए । यसबाट विदेशी मुद्रा बाहिरिने भए पनि विदेशमा नेपालको प्रचार प्रसार भई पर्यटक आगमन बढाउन थप सहयोग पुग्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको दावी छ ।
नेपालबाहिर जानेलाई लÔित गरेर ट्राभल एजेन्सीले आकर्षक प्याकेज बिक्री गर्नु एवं नेपाल उडान भरिरहेका विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउनाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम बढेको पर्यटन व्यवसायीहरुको भनाई छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्स् ( नाट्टा) का महासचिव अच्युत गुरागाइँले विगतका वर्षहरुको तुलनामा अहिले विदेशी विमान कम्पनीहरुबीच सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउने होड चलेका कारण आउट बाउण्ड टूरमा नेपालीको पहु“च वर्Èेनि बढेको बताए । उनले विशेषगरि ठुला व्यापारिक घराना देखि अन्य निजी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वर्षको एक पटक विभिन्न मुलुकको भ्रमण गराउने चलन बढेकाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम धमाधम बढ्न थालेको बताए ।उनले पनि यसरी विदेशीनेहरुले गरेको खर्च वार्Èिक करिब साढे २ अर्ब रुपैया“ हुने बताए ।   प्रेसिडेण्ट ग्रुप अफ कम्पनीका अध्यÔ भोलाविक्रम थापाले पनि अहिले नेपालीको खर्च गर्ने Ôमतामा भएको वृद्धि स“गै यस्तो टूरको प्याकेज बेच्ने एजेन्सीहरुको संख्या समेत बढेको बताए ।  डलरको मुल्य बढेपछि हाल मनोरञ्जनका लागि देशबाहिर जाने नेपालीले नजिकको गन्तव्य मध्य पूर्वी Ôेत्रका देशको पर्यटकीय भ्रमण गर्न कम्तीमा ६० हजार र यूरोपेली मुलुकमा १ लाख ५० हजार खर्च गर्ने गरेका छन् । अहिले यहाँबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर दुबई र युरोपियन मुलुकहरुमा न्युनतम ३ रात ४ दिन देखि बढीमा २ साता अवधीको टुर प्याकेजमा जाने क्रम बढेको छ । सो क्रम अफिसमा काम गर्ने कर्मचारीले पर्व बिदाको सदुपयोग गर्न र  व्यापारिक घरानाले आफ्ना उत्पादन विक्री गर्ने उत्कृष्ट डिलरहरुलाई खुसी बनाउन यस्तो कार्यक्रम तय गरिरहेका छन । यसैगरि नेपालीलाई विदेशी मुलुकले सजिलै भिसा दिन थालेकाले विभिन्न कर्पोरेट हाउसबाट कर्मचारी विदेश घुम्न जाने प्रवृत्ति समेत बढेको छ । सम्बन्धीत ट्राभल व्यवसायीका अनुसार यसरी नेपालबाट पर्यटनका रुपमा बाहिरिने नेपालीको संख्या भारत पछिको दोस्रो गन्तव्य थाइल्याण्ड रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका नेपाली मध्ये अधिकांश मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), मकाउ, फिलिपिन्स, सिङगापुर लगायतका मुलुकमा जाने संख्या धेरै छ ।  जसमध्ये अधिकाँशले न्यूनतम ३ रात ४ दिनको प्याकेजलाई मन पराउने गरेको उनीहरुको भनाई छ । नेपालबाट प्याकेजमा घुमाउने ट्राभल एजेन्सी प्रायः सबैले हवाई टिकट, बसोबास, चारतारे स्तरका होटलमा खाने–बस्ने र सिटी टुर लगायत सुविधा समावेश गर्ने बताए । घुम्न जानेहरुका इच्छाअनुसार नै ट्राभल व्यवसायीले पाएसम्म सबै मुलुकका लागि प्याकेज बेच्ने गरेका छन् । नेपालबाट बाहिर घुम्न जानेमा कर्मचारी, व्यापारी, उच्च घरानिया“ हुने गरेको भए पनि बाहुल्य भने मध्यम वर्गीय नेपालीकै हुने गरेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।  हाल नेपालमा आउट बाउण्ड पर्यटकीय प्याकेज बेच्ने ट्राभल एजेन्सीको संख्या करीब एक दर्जन छन् । हाल ट्राभल व्यवसायीले सहज रुपमा प्याकेज उपलब्ध गराएकै कारण नेपालबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर, यूएई, इजिप्ट, मौरिसस, चीन, टर्की, युरोपियन मुलुकहरु देखी अमेरिका लगायतका मुलुकहरुको भ्रमणमा जाने क्रम बढेको नाट्टाले जनाएको छ ।

Wednesday, September 11, 2013

महिनादिनमै दुई पटक इन्धनको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ५ , डिजेल र मट्टितेलमा ३ रुपैयाँले बृद्धि

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ भदौ
नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मुल्य भारी बृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ । निगम भित्रको आन्तरिक चुहावट, र कमिसनको कारण मासिक १ अर्ब ६२ करोड घाटा बेहोर्दै आएको निगमले अन्तर्राष्ट्रिय बजार अनुरुप समायोजनको बहानामा निजी पेट्रोल पम्पहरुसँग मिलेर एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको मंगलबार सा“झ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैया“ले मूल्य बृद्धि गरेको हो ।  निगमले गरेको यस नयाँ मूल्य बृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैया“ पुगेको ।  यसैगरि डिजेल र मट्टितेलको मुल्य प्रति लिटर १ सय ३ पुगेको छ । यसैगरि आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैया“ले बृद्धि भएको निगमले जनाएको छ ।
निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय हवाई इन्धन र खाना पकाउने एलपी ग्या“सको भने मुल्यवृद्धि भएको छैन । यसअघि निगमले गत २६ साउनमा पेट्रोलमा दुई रुपैया“ बृद्धि गरेर १ सय २५ रुपैयाँ पु¥याएको थियो ।  त्यसबेला डिजेल र मट्टितेलमा १ रुपैया“ बढाएर प्रति लिटर १ सय रुपैयाँ पु¥याएको थियो ।
दसैं÷तिहार र छठपर्व  लगायतका चार्डपर्वको मुखैमा आएर एक्कासी गरिएको इन्धनको मुल्य बृद्धिले उपभोक्ताको दैनिक खर्च र भान्छा थप महंगिने भएको छ । यसैगरि सवारी  भाडा र उपभोग्य बस्तुहरुको मुल्य पनि थप अकासिने छ । चाडपर्वको बेला निगमले एक्कासी बढाएको पेट्रोलियम पदार्थको भारी मुल्य बृद्धिले महंगीको मार खेप्न बाध्य उपभोक्ताको ढाड सेक्ने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले चर्को बिरोध गरेका छन । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले निगमले निजी पेट्रोल पम्पहरुमा प्रयाप्त तेल जम्मा गरेर व्यापारीहरुसँग मिलेमत्तो गरि मुल्य बृद्धि गरेको आरोप लगाए । पेट्रोलमा प्रति लिटर एकैपटक ५ रुपैयाँले बृद्धि गर्नु भनेको अन्तर्राष्ट्रिय बजारको मापदण्ड विपरित भएको बताउँदै उनले समायोजनको नाममा निगमभित्र कमिसन हावी भएको दावी गरे ।  उनले चार्ड पर्वको मुखैमा आएर सर्वसाधारण उपभोक्ताको दैनिकी थप कस्टकर हुनेगरि बढाईएको यस मुल्य बृद्धिले आगामी ४ मंसिरको निर्वाचन समेत विथोल्ने सरकारको नियत रहेको दावी गरे । निगम व्यवस्थापन समितिका अध्यक्ष जर्नादन नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले मुल्य बृद्धि गर्ने निणर्य गरेको हो । मुल्य बृद्धि गरे लगत्तै निगमका महानिर्देशक सुरेशकुमार अग्रवाल, प्रवक्ता शिवप्रसाद पुडासैनी र अध्यक्ष नेपाल सञ्चारकर्मीहरुसँग सम्पर्कबिहिन भई बेखवर भएका थिए ।

बोर्डमा कामु सिइओको जिम्मेवारी निरौलालाई नै दिन सवोच्चको आदेश

काठमाडौ, २४ भदौ–
सोमबार सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दामोदरप्रसाद शर्माको एकल इजलासले निरौलालाई नै कामु सिइओको जिम्मेवारी दिन आदेश गरेको हो ।
गत २१ साउनमा पुनरावेदन अदालत पाटनले निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । पुनरावेदन अदालतको सो आदेश उल्ट्याउँदै सर्वोच्चले निरौलालाई नै कामु सिइओको जिम्मेवारी दिन यस्तो आदेश गरेको हो ।
विगत लामो समयदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको पर्यटन बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समितिको १ सय ८७ औं बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सोही निणर्यको आधारमा निरौलाले कामु सिइओको जिम्मेवारी पाएका थिए । त्यही निर्णय अनुसार बोर्डबाट रोकिएका काम सञ्चालन गर्ने प्रयास निरौलाबाटै भएको थियो । यसअधि करिब एक महिनासम्म पुनरावेदन अदालतको अन्तरिक आदेशले बोर्डको दैनिक कार्य सञ्चालनको कार्य देखि नयाँ नेतृत्व चयन गर्ने कार्य समेत प्रभावित बन्न पुगेको थियो । अब सर्वोच्चको यस आदेशले कुनै समस्या नहुने अपेक्षा गरिएको छ ।   सर्वोच्चको यस निर्णयसँगै अब उनीले पर्यटन बोडको कार्यकारी समितिको सदस्य सचिवका हैसियतमा पनि कार्य गर्नेछन् । निरौलाले सन् १९९९मा निर्देशकका रुपमा बोर्ड प्रवेश गरेका थिए ।
पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य धुर्बनारायण श्रेष्ठले आफुले सर्वोच्च अदालतले निरौरालाई नै कामु सिइओ को जिम्मेवारी दिन यस्तो आदेश गरेकाले अब काम गर्न सहज हुने बताए ।


सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सिइओ) को जिम्मेवारी पुनः सुवास निरौलालाई नै कायम गर्न आदेश दिएको छ ।

Tuesday, September 10, 2013

दसैंकालागि अग्रिम टिकट बुकिङ ५ असोजबाट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ भदौ
विभिन्न कामले राजधानी बस्दै आएका यात्रुलाई सहज तरिकाले दसैंमा बसको टिकट उपलब्ध गराउन व्यवसायीहरुले आगामी  असोजको पहिलोसाताबाट अग्रिम टिकट बुकिङ सुरु गर्ने  भएका छन् । आगामी १९ असोजको घटस्थापनाको दिनबाट प्रारम्भ हने दसैंकालागि करिब आधा महिना अघिबाट अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने तयारी भईरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसवर्ष दसैं सुरु हुनुभन्दा दुई साता अघिबाट मात्र अग्रिम बुकिङ सञ्चालन गर्ने तयारी भईरहेको बताए ।
संभवतः पहिलो साता भित्र ५ असोजदेखि अग्रिम बुकिङ थालिने छ भन्दै उनले यसपाली  विगतका वर्षहरुको भन्दा चार्डपर्वकालागि सञ्चालित अग्रिम टिकट बुकिङ कार्य निकै व्यवस्थित र मर्यादित् हुने दावी गरे । उनले अहिले महासंघले मुलुकभरका सबै व्यवसायीहरुलाई टिकट बुकिङ थाल्ने जानकारी सहित निर्देशन गरिसकेको बताए । उनले असोजको पहिलो साता सबै बस व्यवसायी समितिले आफ्ना काउन्टरबाट एकैपटक अग्रिम बुकिङ सुरु गर्ने तयारी भएको बताए ।  यसअघि दसैं सुरु हुनुभन्दा करिब एक÷डेढ महिना अघि देखि नै क्षमता भन्दा बढीको टिकट बुकिङ गरेर यात्रुहरुले समयमा यात्रा गर्न नपाएको जनगुनासोलाई मध्यनजर गरेर महासंघले यसपाली यस्तो प्रयास गरेको जानकारी दिँदै कर्माचार्यले भने, ‘अहिले जम्मा दुई साताकालागि मात्र अग्रिम टिकट बिक्री खुल्ला रहने छ’।
विगतका वर्षहरुमा लामो समय अग्रिम बुकिङ सञ्चालन गर्दा व्यवसायीहरुले आफ्नो बसको क्षेमता भन्दा धेरै बढी टिकट विक्री गरेका कारण  यात्रु ओसार्ने कार्य व्यस्थित नभएको भन्दै उनले यसवर्ष महासंघले दसैंका यात्रुलाई व्यवस्थित र सहज रुपमा टिकट उपलब्ध गराउने लक्ष्य लिएको बताए । उनले दसैंकालागि सहजरुपमा टिकट उपलब्ध गराउन महासंघले १४ ओटै अञ्चलका यातायात व्यवसायी  समिति मार्फत अग्रिम टिकट बुकिङ गर्ने समयका बारेमा जानकारी गराईसकेको बताए ।  अहिले देशभरका व्यवसायीलाई सबै रुटमा चल्ने सवारीको अवस्थाबारे जानकारी दिन महासंघले खबर पठाइसकेको बताउँदै अध्यक्ष कर्माचार्यले भने,  ‘संभवतः ५ असोजबाट टिकट बुकिङ खोल्नेगरी महासंघले आन्तरिक तयारी गरिरहेको छ,’ ।  सबै रुटमा सञ्चालन हुने सवारीको एकिन तथ्याङ आईसकेपछि आगामी २८ भदौमा बस्ने महासंघको बैठकले थप निणर्य गर्ने समेत उनले जानकारी दिए । आगामी १९ असोजको घटस्थापनाका दिनबाट  दसैं सुरु हुँदैछ  । यस वर्ष आगामी २५ असोजमा फुलपाती परेको छ । घटस्थापनादेखि अधिकांश शैÔिक संस्था, कार्यालय र उद्योग कल कारखाना बन्द हुने भएकाले सोही दिनबाट उपत्यकाबाहिर जानेको भीड लाग्ने गर्छ । घटस्थापना भन्दा करिब आधा महिना अघिबाट मात्र अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष कर्माचार्यका अनुसार  अहिले महासंघको तर्फबाट बनेपा, पोखरा, विराटनगर, हेटौ“डा, वीरगञ्ज, धनगढी लगायतका ठाउ“मा धमाधम बसहरुको अवस्थाको जा“च र मर्मत कार्य भइरहेको छ । ‘दसै“मा बस अभाव हुन नदिने प्रयास गरिरहेका छौ“’ उनले भने, ‘बस व्यवस्थापनस“गै भाडा पारदर्शी बनाएर यात्रुलाई सहज यात्रा गराउने छौं’ । हाल सञ्चालनमा रहेका बाहेक दसै“का लागि करिब पा“च सय बस थपिने महासंघले जनाएको छ । हाल थानकोट, कोटेश्वर र फर्पिङ नाकाबाट सामान्यता दैनिक एक हजारदेखि १२ सयसम्म बस बाहिरिने गरेका छन् । चाडपर्वका अवसरमा दैकि १६ सय देखि २२ सयसम्म बस सञ्चालनमा ल्याउने तयारी महासंघको छ । दसै“का बेला साविकको भन्दा भाडा नबढ्ने र कसैले बढाएर लिए कारबाही गर्ने पनि महासंघले जनाएको छ । भाडा बढ्दैन, यात्रुलाई मर्का पार्ने पÔमा महासंघ छैन,’ अध्यक्ष कर्माचार्यले भने । चार्ड पर्वकाबेला हुन सक्ने अवैध कार्य एवं पारदर्शी भाडाका विÈयमा महासंघ र सरकारी कर्मचारीले दसैं अवधीभर अनुगमन गर्ने पनि उनले जानकारी गराए ।  उनले दसैंकालागि सञ्चालित यातायात सेवा व्यवस्थित बनाउने महासंघको यस प्रयासमा स्थानीय  प्रहरी, यातायात व्यवस्था विभाग र सडकका क्षेत्रका अधिकारीले सकेसम्म सहयोग गर्नुपर्ने बताए ।  अहिले राजधानीबाट बाहिरिने मुख्य नाका नाकढुंगा मुग्लीनी सडक खण्ड भत्किएकाले यात्रुहरुले निकै सास्ती खेप्दै आएका छन । सो सडक खण्डका  अधिकांश ठाउ“मा खाल्टाखुल्टी रहेकाले यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन समस्या भइरहेको छ । दसैंमा भने यस्तो समस्या नहोस भन्ने महासंघले कामना गरेको छ ।  उनले केही साता अघि नै सो नाकाको बिग्रिएका सडक तत्काल सुधार गर्न महासंघले सरकारको ध्यानाकर्षण गराईसकेको बताए ।

दुई नयाँ हिमालको नाम तेन्जिङ र हिलारी राखिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ भदौ
सरकारले अहिलेसम्म नयाँ पहिचाहन भएका दुई हिमशिखरको नाम सगरमाथाका प्रथम आरोहीद्धोय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको नाम राख्ने भएको छ । सगरमाथा शिखरमा पहिलो मानव पाइला परेको ६० वर्Èपछि बल्ल आरोहीकोे वास्तवीक सम्मान हुन लागेको हो । यसले नेपालको पर्वतीय प्रवद्र्धनको क्षेत्रमा लागेका सरोकारवालाहरु, आरोही र उनीहरुको परिवारलाई समेत सम्मान भएको महशुस गराउने छ ।  सरकारले तयारी सुरु गरेको यस कार्यले हिमाल आरोहणको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । न्युजील्याण्डका सर एडमण्ड हिलारी र उनका पथप्रदर्शक तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ को २९ मे का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला राख्न सफल भएका थिए । त्यसैबेलादेखि नेपालमा हिमाल आरोहणको थालनी भएको हो ।
संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं पर्यटन उद्योग महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित हिमाल सुधार समितिले नयाँ पहिचाहन भएका दुई हिम शिखरको नाम तेन्जिङ र हिलारी राख्ने तयारी गरेको हो ।   सरकारले वर्षभर मनाइरहेको सगरमाथा हिरक महोत्सवको अवसरमा मन्त्रालयका सह सचिव भट्टराईको  संयोजकत्वमा गठित सो समितिलाई थप सहयोग पु¥याउन अर्को पर्वतारोहण सुधार उप समिति बनाईएको छ । पर्वतारोहण सुधार समितिका प्राविधीक यप समितिका संयोजक एवं नेपाल पर्वतारोहण संघका पुर्व अध्यÔ आङछिरिङ शेर्पाले नयाँ पहिचाहन भएका दुई हिमशिखरको नाम तेन्जिङ र हिलारीको राखिने तयारी भएको बताए । उनले अहिले यस उप समितिले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाईसकेको बताए । आफुहरुले नामाकरणकालागि सरकारलाई सिफारिस गरेको बताउँदै शेर्पाले भने, ‘ सगरमाथा र चोयु हिमालको बीचमा रहेका ७ हजार९ सय १८  मिटर उचाइको चुलीलाई तेन्जिङ र ७ हजार ६ सय ८१ मिटर उचाइको शिखरलाई हिलारी नामाकरण गरिने छ ’ । अहिलेसम्म यि दुबै चुलीको नाम नराखिएकाले यस उप समितिले सरकारलाई यस्तो सुझाव दिएको बताए । उनले हिमाल सुधार मुल  समितिमा अर्थ, गृह, न्याय, कानुन, संसदीय व्यवस्था, पर्यटन बोर्ड नेपाल पर्वतारोहण संघ, टान र सदस्य सचिव पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाका उप सचिव सुरेन्द्र प्रसाद सापकोटा रहेको जानकारी दिए । यसैगरि शेर्पाको संयोजकत्वमा गठित प्राविधीक उप समितिमा पनि आठ जना सदस्य रहेको बताए ।  उनले केही समयपछि सरकारले औपचारिक रुपमा घोषणा गरि सार्वजनिक गराउने बताए ।  धरै वर्षपछि सरकारले आरोहीको सम्मान गरेको बताउँदै शेर्पाले भने, ‘यो सम्मानले नेपालको पर्वतारोहण Ôेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ ।’  अहिलेसम्म नाम नदिइएको सातहजार ६ सय ८१ मिटर अग्लो हिमशिखरको नाम हिलारी राख्ने र सात हजार नौ सय १६ मिटर अग्लो हिमशिखरको नाम तेन्जिङ राख्ने प्रस्ताव समितिले गरेको उनले जानकारी गराए । उनले अहिले यि दुवै हिमशिखर आरोहण आगामी मार्चबाट खोल्ने प्रस्ताव पनि गरिएको बताए । संसार १४ ओटा आठ सय मिटरभन्दा अग्ला हिमशिखर मध्ये आठओटा नेपालमा छन् । पर्यटनले नेपालको अर्थतन्त्रमा चार प्रतिशत हिस्सा योगदान यिनै हिमाल आरोहणकालागि आरोहीले बुझाउँदै आएका रोयल्टीले लिएको छ ।  यसैगरि विभिन्न हिमाल आरोहण कार्यले  हजार्रौलाई रोजगारी दिएको छ । प्रथम सगरमाथा आरोही हिलारीको ८८ वर्Èको उमेरमा सन् २००८ मा निधन भएको थियो ।  यसैगरि अर्का आरोही तेन्जिङको निधन ७२ वर्Èको उमेरमा सन् १९८६ मा भएको थियो । सन् १९५३ पछि अहिलेसम्म स्वदेशी र विदेशी  गरि करिव चार हजारले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । नेपालमा एक हजार तीन सयभन्दा बढी हिमाल छन् तर हालसम्म तीनसय २६ ओटा मात्र आरोहणका लागि खोलिएका छन् । यस वर्È सरकारले सात हजार नौ सय ९९ मिटरसम्म उचाईका थप एक सय ६५ ओटा हिमाल आरोहणका लागि खोल्ने तयारी गरिरहेको छ ।  नेपाल सरकारको यस नयाँ कदम प्रति अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यहाँको पर्यटन प्रवद्र्धनको Ôेत्रमा यस प्रयास निकै फलदायी र उपलब्धीमुलक  हुने जनाएको छ ।

भोज भत्तेर नियन्त्रण निर्देशन तत्काल कार्यान्वयनमा नल्याउः व्यवसायी

काठमाडौं,१९ भदौ
इभेन्टस् व्यवस्थापन एवं पार्टी प्यालेस करोबारमा संलग्न व्यवसायीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि बिबाह भोज एवं पार्टीमा ५१ जना भन्दाबढीलाई सहभागि नगराउन दिएको निर्देशनको विरोध गर्दै तत्काल कार्यान्वयनमा नल्याउन माग गरेका छन । 
उनीहरुले सामाजिक सुधार २०३३ लाई अहिलेको अवस्थामा संसोधन नगरी कार्यान्वयनमा ल्याईए इभेन्टस् एण्ड भेन्यु एशोसियसन अफ नेपाल (पार्टी प्यालेस संघ) मा आवद्ध व्यवसायीका करौडौ लगानी जोखिममा पर्ने अवस्थामा पुगेको बताएका छन । क्याटरीङ्ग र प्याटी प्यालेसमा करोडौंैं रुपैयाँ लगानी रहेको बेला अहिले अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि बिबाह भोज एवं पार्टीमा ५१ जना भन्दाबढीलाई सहभागि नगराउन दिएको निर्देशन पछि मुलुकभर सञ्चालित पार्टी प्यालेसको लगानी थप  जोखिममा परेको उनीहरुको भनाई छ ।
इभेन्टस् एण्ड भेन्यु एशोसियसन अफ नेपाल (पार्टी प्यालेस संघ )द्धारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारसँग सो आग्रह गरेका हुन । व्यवसायीले काठमाडौं लगायत मुलुकभर १ हजार ५ सय पार्टी प्यालेस तथा क्याटरीङको लगानी डुब्ने बताइए । एसोसियसनका अध्यक्ष श्रीमान सिंहले काठमाडौंमा लाखौ रुपैयाँको लगानीमा संञ्चालन भएका पार्टी प्यालेसहरु २ सय ५० ओटा रहेको बताए । 
मुलुकमा धेरै परीवर्तन आईसकेको अवस्थामा सामाजिक व्यवहार (सुधार) ऐन २०३३ अन्र्तगत पार्टीमा ५१ जनाभन्दा बढी व्यक्तिलाई भोजभतेरमा सहभागि नबनाउन सर्वसाधरणलाई गरिएको निर्देशन व्यवहारीक नभएको पनि उनले बताए । लाखौ रुपयाँ खर्च गरेर पार्टी प्यालेस संञ्चालन हुदै आएको बताउँदै अध्यक्ष सिंहले भने,‘ सरकारले तत्काल पुरानो ऐनलाई संसोधन गरेर अघी बढनुपर्छ, ।’
उनले मुलुकमा २०६२÷०६३ को जनआन्दोलन मार्फत ठुलो परिवर्तन आएको बताउँदै उनले  अख्तियारले पुरानो ऐन अनुसार ३७ वर्षपछि फेरी लागु गर्नखोज्नु व्यवहारिक नभएको बताए । सरकार र आयोगको निर्देशन तथा ऐन अनुसार हामी अघि बढ्दै आएको समयमा पुरानो ऐनलाई लागुनगरी नयाँ ऐन तथा निर्देशिका जारी गर्दै अघी बढ्न आग्रह गरे ।
बैंक तथा वित्तिय संस्थाहरुको पनि यस व्यवसायमा ऋण लगानी रहेको अवस्थामा व्यवसाय नै बन्द हुने अवस्था श्रृजना हुनुले पार्टि प्यालेसहरु बन्द गर्ने वा सञ्चालन गर्ने थप अन्योल श्रृजना भएको उनले जानकारी गराए । संघका कोषाध्यक्ष शिवभक्त रंजितले देशभरका १ हजार ५सय पार्टि प्यालेसमा प्रत्यक्ष तर्फ २ हाजार ५सय जना र अप्रत्यक्ष तर्फ प्रति दिन १० हजार  जनाका दरले रोजगारीका अवसर प्राप्त गरिरहेको व्यवसायलाई सोझै प्रभावित गर्न खोज्नु निकै अव्यवहारिक भएको बताए ।  ३७ वर्ष अघिको ऐन लागु भएमा एकातर्फ पार्टि प्यालेसहरु धरासायी हुनेछन् भने अर्को तर्फ कामदारहरु पनि स्वदेशमा रोजगारी नपाई विदेशीन वाध्य हुनेछन कोषध्यक्ष रंजितले भने ।
नेपालमा यस व्यवसाय संञ्चालन भएपछि सर्वसाधरण नागरिक र उच्च वर्गका व्यक्तिलाई विवाह तथा अन्य कार्यक्रममा भोज भतेर गर्न सहज पुगेको संघका कोषाध्यक्ष शिवशक्ति रंजितले बताए । महासचिव गणेश बहादुर खत्रिले यसका अतिरिक्त देशमा उत्पादीत कृषि जन्य पदार्थ तरकारी, दुध र दुधका अन्य परिकारहरु, फलफुल, माछा मासु एवं मिष्ठान्नको व्यापार प्रवद्र्धनमा समेत ठुलो टेवा पुग्दै विदेशवाट ल्याउने कार्य पुर्ण रुपमा रोकिएको बताए  ।  विवाह व्रतबन्ध आदि सामाजिक व्यवहारमा सामुहिक भोजको प्रचलन आदि अनादी काल  देखि निरन्तर चलि आएको सामाजिक परम्परा भएको संघको दावी छ । विवाह सामाजिक व्यवहारमा नातेदार बाहेक ५१ जना भन्दा बढि व्यक्तिहरुको भोजमा प्रतिबन्ध तथा पछिल्ला केही समय देखि होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, बैन्कीटमा सञ्चालित कार्यक्रममा भएको हस्तक्षेप प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघले सरकारले व्यवसायीका जायज मागलाई वेवास्ता गरेमा कडा आन्दोलन गर्न बाध्य हुने बताए समेत चेतावनी दिएको छ।  संघका अनुासर हाल देशभर पार्टी प्यालेसमा २ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाउदै आएका छन् ।
सोही विषयलाई लिएर अहिले होटल एशोशियसन अफ नेपाल, रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य संघ र चेम्वर अफ कर्मर्सले बिबाह भोज एवं पार्टीमा ५१ जना भन्दाबढीलाई  सहभागि नगराउन गरिएको निर्देशनको विरोध गर्दै संघको आन्दोलनमा एक्यवद्धता जनाएको पनि उनले जानकारी गराए । 

पर्यटकका रुपमा विदेश जानेक्रम बढ्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ भदौ
सरकारले विदेशी पर्यटन नेपाल भित्राउन अनेक प्रयास गरिरहेको बेला अहिले नेपालबाट पर्यटक बनेर विदेशी मुलुकमा घुम्न (आउट बाउण्ड टूर) जाने नेपालीको संख्या निकै बढ्न थालेको छ । ठुला व्यापारिक घरानाका व्यक्तिगत भ्रमण देखि कर्पोरेट हाउस, निजी कम्पनी र स्वदेशी बस्तु उत्पादन गरिरहेका उद्योगहरुले आफ्ना कर्मचारीलाई उपलब्ध गराउँदै आएको विदेश भ्रमण प्याकेजका कार्यले पनि अहिले पर्यटकका रुपमा नेपाली विदेशीने क्रम बढेको हो । अहिले यसरी विदेशीनेको संख्या वार्षिक ४० हजार नागिसकेको छ ।
सन् २०१२ मा पर्यटक बनेर विभिन्न मुलुक घुम्न जाने नेपालीको संख्या अघिल्लो वर्È सन् २०११ को तुलनामा २२ दशमलव ५७ प्रतिशतले बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार सन् २०१२ मा २५ हजार ३ सय पुरुÈ र १३ हजार ९ सय जना महिला विदेश भ्रमणमा गएका थिए । अघिल्लो वर्È सन् २०११ मा सो संख्या ३३ हजार थियो । अकासिँदै गरेको अमेरिकी डलरको सँगै अहिले नेपालीहरुको आयस्रोत पनि केही बढ्दै गएको र विभिन्न ट्राभल एजेन्सीहरुले थाइल्याण्ड, मलेसिया, सिंगापुर र युरोपीयन मुलुक लगायको विदेश भ्रमणको आकर्Èक प्याकेज दिईरहेकाले पनि नेपालीहरुबीच पर्यटक बनेर विदेशिने क्रम बढेको हो ।  ट्राभल एजेन्सीहरुले उपलब्ध गराईरहेका आकर्षक भ्रमण प्याकेजका कार्यक्रमले हाल मध्यम वर्गीय नेपाली पर्यटनका लागि विदेश जाने क्रम बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले विदेशी पर्यटकलाई नेपालमा आकर्Èण गर्न विभिन्न प्रयास भइरहेको अवस्थामा नेपाली आफै पर्यटक बनेर विभिन्न मुलुक जा“दा नेपालको पहिचान विश्वमा थप बढ्ने बताए । उनले विभिन्न कपोरेट हाउस एवं ठुला व्यापारिक घरानाका डिलरशिप मार्फत विदेश गएका नेपालीले विदेशीलाई नेपाल आउन प्रेरित गर्ने भएकाले यहाँबाट आफ्नै खर्चमा विदेश भ्रमणमा जानेहरुबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न थप सहज हुने बताए । यसबाट विदेशी मुद्रा बाहिरिने भए पनि विदेशमा नेपालको प्रचार प्रसार भई पर्यटक आगमन बढाउन थप सहयोग पुग्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने मन्त्रालयको दावी छ ।
नेपालबाहिर जानेलाई लÔित गरेर ट्राभल एजेन्सीले आकर्षक प्याकेज बिक्री गर्नु एवं नेपाल उडान भरिरहेका विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउनाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम बढेको पर्यटन व्यवसायीहरुको भनाई छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्स् ( नाट्टा) का महासचिव अच्युत गुरागाइँले विगतका वर्षहरुको तुलनामा अहिले विदेशी विमान कम्पनीहरुबीच सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउने होड चलेका कारण आउट बाउण्ड टूरमा नेपालीको पहु“च वर्Èेनि बढेको बताए । उनले विशेषगरि ठुला व्यापारिक घराना देखि अन्य निजी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वर्षको एक पटक विभिन्न मुलुकको भ्रमण गराउने चलन बढेकाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम धमाधम बढ्न थालेको बताए ।उनले यसरी विदेशीनेहरुले गरेको खर्च वार्Èिक करिब साढे २ अर्ब रुपैया“ हुने बताए ।   प्रेसिडेण्ट ग्रुप अफ कम्पनीका अध्यÔ भोलाविक्रम थापाले पनि अहिले नेपालीको खर्च गर्ने Ôमतामा भएको वृद्धि स“गै यस्तो टूरको प्याकेज बेच्ने एजेन्सीहरुको संख्या समेत बढेको बताए ।  डलरको मुल्य बढेपछि हाल मनोरञ्जनका लागि देशबाहिर जाने नेपालीले नजिकको गन्तव्य मध्य पूर्वी Ôेत्रका देशको पर्यटकीय भ्रमण गर्न कम्तीमा ६० हजार र यूरोपेली मुलुकमा १ लाख ५० हजार खर्च गर्ने गरेका छन् । अहिले यहाँबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर दुबई र युरोपियन मुलुकहरुमा न्युनतम ३ रात ४ दिन देखि बढीमा २ साता अवधीको टुर प्याकेजमा जाने क्रम बढेको छ । सो क्रम अफिसमा काम गर्ने कर्मचारीले पर्व बिदाको सदुपयोग गर्न र  व्यापारिक घरानाले आफ्ना उत्पादन विक्री गर्ने उत्कृष्ट डिलरहरुलाई खुसी बनाउन यस्तो कार्यक्रम तय गरिरहेका छन । यसैगरि नेपालीलाई विदेशी मुलुकले सजिलै भिसा दिन थालेकाले विभिन्न कर्पोरेट हाउसबाट कर्मचारी विदेश घुम्न जाने प्रवृत्ति समेत बढेको छ । सम्बन्धीत ट्राभल व्यवसायीका अनुसार यसरी नेपालबाट पर्यटनका लागि बाहिरिने नेपालीको संख्या भारत पछिको दोस्रो गन्तव्य थाइल्याण्ड रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका नेपाली मध्ये अधिकांश मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), मकाउ, फिलिपिन्स, सिङगापुर लगायतका मुलुकमा जाने संख्या धेरै छ ।  जसमध्ये अधिकाँशले न्यूनतम ३ रात ४ दिनको प्याकेजलाई मन पराउने गरेको उनीहरुको भनाई छ । नेपालबाट प्याकेजमा घुमाउने ट्राभल एजेन्सी प्रायः सबैले हवाई टिकट, बसोबास, चारतारे स्तरका होटलमा खाने–बस्ने र सिटी टुर लगायत सुविधा समावेश गर्ने बताए । घुम्न जानेहरुका इच्छाअनुसार नै ट्राभल व्यवसायीले पाएसम्म सबै मुलुकका लागि प्याकेज बेच्ने गरेका छन् । नेपालबाट बाहिर घुम्न जानेमा कर्मचारी, व्यापारी, उच्च घरानिया“ हुने गरेको भए पनि बाहुल्य भने मध्यम वर्गीय नेपालीकै हुने गरेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।  हाल नेपालमा आउट बाउण्ड पर्यटकीय प्याकेज बेच्ने ट्राभल एजेन्सीको संख्या करीब एक दर्जन छन् । तीमध्ये स्थापित कम्पनीको संख्या भने करिब आधा दर्जन छ । ट्राभल व्यवसायीले प्याकेज उपलब्ध गराएकै कारण नेपालबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर, यूएई, इजिप्ट, मौरिसस, चीन, टर्की, युरोपियन मुलुकहरु देखी अमेरिका लगायतका मुलुकहरुको भ्रमण सहज भएको नाट्टाले जनाएको छ ।

इस्तान्बुल–काठमाडौ सिधा उडान सुरु

काठमाडौ, १७ भदौ
टर्कीको राष्ट्रिय ध्वाजाबाहक टर्किस एयरलाइन्सले सोमबारदेखि इस्तान्बुल–काठमाडौ सिधा  उडान सुरु गरेको छ । युरोपियन मुलुक टर्कीबाट पहिलोपटक विहान सावा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो एयरलाइन्सबाट आउने यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थलक कार्यालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । सो एयरलाइन्सको नेपाल स्थित आधिकारीक जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्स रहेको छ ।  हाल यो नेपाल र यूरोपबीचको  एक मात्र सिधा उडान सेवा हो । यसअघि केही समय नेपाल वायुसेवा निगम, लुपथान्सा लगायतले काठमाडौबाट युरोपसम्म सिधा उडान भरेपनि धेरै दिन टिक्न सकेको थिएन ।  टर्किस एयरलाइन्सले नेपाल उडान थालेपछि अब सिधा उडान सेवा नहु“दा यूरोप र अमेरिकाबाट नेपाल आउन चाहने पर्यटकले भोग्दै आएको असुविधा टर्किसले मुक्त  गरिदिएको छ । यसअघि युरोपमा सिधा उडान नहु“दा यहाँबाट जाने र आउने यात्रुले  निकै महँगो हवाई भाडा तिर्दै आएका थिए । टर्किसले सातामा ४ ओटा उडान भर्ने छ । टर्किसको विमान मंगलबार, बिहीबार, शुक्रबार र आइतबार इस्तानबुलबाट काठमाण्डौ आउने छ । यसैगरि, सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौबाट इस्तानबुल तर्फ जाने बताइएको छ । सो जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले टकिर्सको नेपाल सिधा उडान सेवाले नेपालको पर्यटन प्रवद्र्धनमा प्रत्यÔ सकारात्मक प्रभाव पार्ने अपेÔा गरिएको बताए । सिकागो कन्भेन्सन र आइकाओको मापदण्ड अनुसार नै टर्किसले नेपाल उडान भरेको जानकारी गराए ।  टर्किस एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष सेज्गिम स्यालमले  यस एयरलाइन्सले नेपालको पर्यटकीय सम्भावनालाई ख्याल गरेर थप सेवा विस्तार गरेको बताए।  उनले स्काई ट्राक्स प्यासेन्जर च्वाइस ¥याकिङ्गमा तीन वर्Èसम्म लगातार तीन वर्È ‘वेष्ट एयरलाइन्स इन यूरोप’ को अवार्ड जितेको टकिर्सले आङ्खनो नेटवर्कमा नेपाललाई पहिलोपटक जोडेको बताए । उनले यूरोपमा लोकप्रीयता कमाएको टर्किसले नेपाललाई आङ्खनो सुदूर पूर्वको २९ औं गन्तव्य बनाएको बताए ।  टर्किसले विश्वभर २ सय ३७ सहरमा उडान भर्दै आएको जानकारी दिँदै उनले काठमाण्डौ पर्यटकीय आधारमा महत्वपूर्ण गन्तव्य भएकाले आङ्खनो सञ्जालमा जोडेको बताए । ‘काठमाण्डौ ऐतिहासिक सहर हो, यहा“ पर्यटक आकर्षणका थुप्रै सम्भावना रहेछ ’ उनले भने ।
टर्किस एयरलाइन्सको नेपालस्थित आधिकारीक जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्सका प्रबन्ध निर्देशक जोय देवानले भने, ‘हामी १६ वर्Èपछि सिधै युरोपस“ग हवाई उडान जोड्न सफल भयौं’ । जेनिथ ट्राभलका अनुसार टर्किसको २ सय ८५ सिट Ôमता भएको  एयरबस ए–३३० (वाइड बडी) विमान पूर्ण यात्रुकासाथ काठमाडौ विमानस्थलमा अवतरण गरेको थियो ।  काठमाडौ– इस्तानबुल को हवाई दुरी आउँदा ६ घन्टा र यताबाट फकिँदा साढे ६ घन्टा रहेको छ । सो कम्पनीका अनुसार प्रारम्भीक चरणमा दुईतर्फी न्यूनतम भाडा दर कर तथा अन्य शुल्क सहित ४ सय ६ यूरो (५६ हजार ८ सय४० रुपैयाँ ) तय गरिएको छ । सेप्टेम्बर २ बाट उडान सुरु गरेको सो टर्किसले पहिलो ६ महिनासम्मका लागि स्पेशल अफर पनि सञ्चालन गरेको छ । सो अफरअन्तर्गत ‘माइल्स एण्ड स्माइल्स’ सदस्यहरुका लागि माइल्समा २५ प्रतिशतसम्मको छुट दिइएको छ । यो छुट टिकट जित्न वा आङ्खनो सिटको अपग्रेड गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

धमाधम नयाँ होटल निर्माण हुँदै, दुई हजार कोठा थपिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ भदौ
नयाँ होटल खुल्ने क्रमसँगै चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र २ हजार भन्दा बढी कोठा थपिने भएका छन । अहिले राजधानीको ठमेल, केशरमहल लगायत मुलुकभरका विभिन्न भागमा धमाधम निर्माण हुँदै गरेका नयाँ होटलका कारण चालु आव भित्र २ हजार  कोठा थपिन लागेको हो । 
जसका कारण अहिले पर्यटनमा केही सुधारको संकेत देखिएको पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले  बताएका छन ।
उनीहरुले उद्योग व्यवसाय र अन्य Ôेत्रमा लगानी खुम्चिइरहेका बेला अहिले होटल व्यवसायीले निकै जोखिम मोलेरै भएपनि नयाँ संरचना बनाउने कार्यमा करिब १२ अर्ब रुपैया“को नयाँ लगानी थपिरहेको बताएका छन । होटल एसोसियसन अफ नेपाल (हान) का पूर्व सदस्य एवं नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले यहि रफ्तारमा नयाँ होटल बन्ने क्रममा कुनै अवरोध नआए चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र २ हजार भन्दा बढी नयाँ कोठा थपिने बताए । उनले अहिले स्वदेशी मात्र नभएर चिनियाँहरुपनि नेपालको होटल क्षेत्रमा लगानी गर्न उत्साहित भईरहेको बताए ।
उनले चिनियाँ र अन्य मुलुकबाट नेपाल भित्रिने पर्यटकको चाहना अनुसार अत्याधुनिक नयाँ सुविधासम्पन्न होटल खुल्न लागेको जानकारी दिए । दुईदेखि पा“चतारे स्तरसम्मका नया“ होटल र पर्यटकीय रिसोर्टमा सो लगानी हुन लागेको बताउँदै श्रेष्ठले भने, ‘राजधानीको ठमेल र केशरमहलक्षेत्रको खाली जग्गामा तीनओटा ठूला होटल निर्माण हु“दै छन्’ ।  नयाँ खुल्न लागेका सबैलाई अन्तर्राष्ट्रिय  होटल चेन ले व्यवस्थापन गर्ने छन्। त्यहा“ पा“चतारे स्तरको एक, चारतारे एक र तीनतारे एक होटल निर्माण हुँदै गरेको उनले जानकारी दिए ।  सोही क्षेत्रमा अहिले धमाधम होटलसहित एउटै छानाभित्र सबै बस्तु तथा सेवा पाइने निकै ठुलो लगानीमा छायाँ सेन्टर निर्माणको काम भईरहेको छ ।
‘ठमेल भित्रको ठमेल’ भन्ने नाराका साथ निर्माण भइरहेको सो छायाँ सेन्टरमा होटल, अत्याधुनिक फिल्म हल देखि  विभिन्न बस्तु तथा सेवा विक्री गर्ने ठुला सो रुम सञ्चालित हुने निर्माणाधिन छायाँ सेन्टरका बजार प्रवन्धक सुमन पाण्डेले जानकारी गराए । आफ्नो निजी बिद्युत तथा पानिको आपूर्ति, सुरक्षा ब्यवस्था अग्नि नियन्त्रणका साथै अत्याधुनिक उपकरणबाट सुसज्जित हुने यस भवनको १५ तल्ले टावरमा करिब २०० कोठाको ५ तारे होटल तथा क्यासिनो तथा एक डिस्कोथेक समेत रहने उनले बताए ।
 अहिलेसम्म अव्यस्थित रुपमा रहेको पर्यटकीय बजारमा आउने पर्यटकलाई लक्षित गरि थप व्यवस्थित र सुविधासम्पन्न अत्याधुनिक भवन बनाउन थालेको बताए ।  उनले हाल विदेशी मात्र नभएर स्वदेशीले पनि ठमेल आएर विभिन्न सुविधा उपभोग गरि मनोरन्जन लिन थालेकाले आफुहरुले निकै ठुलो लगानीमा छायाँ सेन्टर निर्माण गरिरहेको बताए ।  अहिले पर्यटक आगमन संख्या बढिरहेकाले  व्यवसायीले यसैलाई लक्षित गरि  लगानी थप्न लागेको सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

उनीहरुको अनुसार नया“ होटल काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा धमाधम निर्माण  हुदै छन् । हालसम्म होटल उद्योगमा एक खर्ब ५० अर्ब रुपैया“ भन्दा बढी लगानी भइसकेको छ ।
सोही रफ्तारमा होटल निर्माण हुने क्रम बढ्यो भने आगामी चार वर्Èभित्र होटल उद्योगमा करिब १० अर्ब रुपैया“बराबरको लगानी हुने श्रेष्ठको दावी छ । यो मुलुकको पर्यटन उद्योगमा निकै सकारात्मक सन्देश हो भन्दै  उनले एकैपटक दुई हजार नया“ कोठा थपिनु भनेको पर्यटन उद्योगको भविष्य उज्वल छ भन्ने संकेत हो’ ।
उनले  पनि केशरमहल स्थित खाली जग्गामा तीनओटा ठूला होटल निर्माण हु“दै गरेको बताए । ती सबैलाई अन्तर्राष्ट्रिय होटल ‘चेन’ ले व्यवस्थापन गर्ने बुझिएको उनले बताए । गैरआवासीय नेपाली शेÈ घले, बैंकर पृथ्बीबहादुर पाण्डे र उद्योगी शशिकान्त अग्रवालले केशरमहल भित्रको खाली जग्गामा  छुट्टाछुट्टै तीन ओटा ठूला होटल बनाउन लागेको श्रेष्ठले जानकारी दिए । उनले घलेको पा“चतारे, पाण्डेको चारतारे र अग्रवालको तीनतारे होटल निर्माण भइरहेको बताउँदै श्रेष्ठले भने,  ‘अस्ट्रेलियामा व्यवसाय गरिरहेका शेष घलेले गत चार  महिनाअघि मात्र केशरमहलमा पा“चतारे होटल बनाउने औपचारिक घोÈणा गरेको बुझिएको छ’ ।
उनका अनुसार घलेको पा“चतारे होटलले १४ रोपनी Ôेत्रफल ओगट्ने छ। उनको होटलमा २ अर्ब ५० करोड रुपैया“ लगानी हु“दै छ । होटल काठमान्डु नाम राख्ने तयारी भइरहेको  घलेको सो होटलमा २ सयओटा कोठा हुने छन्। यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय होटल चेन ‘सेराटन’ ले सम्हाल्ने बुझिएको छ ।
सन् सन् १९३७ मा स्थापना भएको अमेरिकाको सेराटनले हाल विश्वका विभिन्न क्षेत्रमा ४ सयभन्दा बढी होटल तथा रिसोर्टको व्यवस्थापन हेर्दे आएको छ । 
यसैगरी केशरमहलभित्रै बैंकर पाण्डेसहित अन्य पर्यटन व्यवसायीको लगानीमा निर्माणहुँदै गरेको चारतारे होटलको नाम छाया“देवी प्रालिको लगानीमा सञ्चालित हुने छ ।  सो होटलले पनि करिब १५ रोपनी Ôेत्रफल ओगट्ने छ । जसमा २ सयदेखि २ सय ५० ओटासम्म कोठा हुने बताईएको छ । यसैगरि केशरमहलभित्रै अर्का उद्योगी अग्रवालले निर्माण गर्न लागेको तीनतारे होटलमा १ सयसम्म कोठा हुने छन् । सोे होटलले साढे दुई रोपनी Ôेत्रफल ओगट्ने छ ।
हानका अनुसार हाल पा“चतारे होटलको एउटा कोठा निर्माण गर्दा १ करोड रुपैया“ खर्च लाग्छ । चारतारेमा ६० देखि ७० लाख र तीन तारेमा एउटा कोठा बनाउ“दा करिब ३० लाख रुपैया“ खर्च हुन्छ ।  सोही हिसाबले २ हजार कोठा बनाउन १० अर्ब रुपैया“ लगानी हुने अनुमान गरिएको छ ।