Tuesday, September 10, 2013

इस्तान्बुल–काठमाडौ सिधा उडान सुरु

काठमाडौ, १७ भदौ
टर्कीको राष्ट्रिय ध्वाजाबाहक टर्किस एयरलाइन्सले सोमबारदेखि इस्तान्बुल–काठमाडौ सिधा  उडान सुरु गरेको छ । युरोपियन मुलुक टर्कीबाट पहिलोपटक विहान सावा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो एयरलाइन्सबाट आउने यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थलक कार्यालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । सो एयरलाइन्सको नेपाल स्थित आधिकारीक जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्स रहेको छ ।  हाल यो नेपाल र यूरोपबीचको  एक मात्र सिधा उडान सेवा हो । यसअघि केही समय नेपाल वायुसेवा निगम, लुपथान्सा लगायतले काठमाडौबाट युरोपसम्म सिधा उडान भरेपनि धेरै दिन टिक्न सकेको थिएन ।  टर्किस एयरलाइन्सले नेपाल उडान थालेपछि अब सिधा उडान सेवा नहु“दा यूरोप र अमेरिकाबाट नेपाल आउन चाहने पर्यटकले भोग्दै आएको असुविधा टर्किसले मुक्त  गरिदिएको छ । यसअघि युरोपमा सिधा उडान नहु“दा यहाँबाट जाने र आउने यात्रुले  निकै महँगो हवाई भाडा तिर्दै आएका थिए । टर्किसले सातामा ४ ओटा उडान भर्ने छ । टर्किसको विमान मंगलबार, बिहीबार, शुक्रबार र आइतबार इस्तानबुलबाट काठमाण्डौ आउने छ । यसैगरि, सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौबाट इस्तानबुल तर्फ जाने बताइएको छ । सो जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले टकिर्सको नेपाल सिधा उडान सेवाले नेपालको पर्यटन प्रवद्र्धनमा प्रत्यÔ सकारात्मक प्रभाव पार्ने अपेÔा गरिएको बताए । सिकागो कन्भेन्सन र आइकाओको मापदण्ड अनुसार नै टर्किसले नेपाल उडान भरेको जानकारी गराए ।  टर्किस एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष सेज्गिम स्यालमले  यस एयरलाइन्सले नेपालको पर्यटकीय सम्भावनालाई ख्याल गरेर थप सेवा विस्तार गरेको बताए।  उनले स्काई ट्राक्स प्यासेन्जर च्वाइस ¥याकिङ्गमा तीन वर्Èसम्म लगातार तीन वर्È ‘वेष्ट एयरलाइन्स इन यूरोप’ को अवार्ड जितेको टकिर्सले आङ्खनो नेटवर्कमा नेपाललाई पहिलोपटक जोडेको बताए । उनले यूरोपमा लोकप्रीयता कमाएको टर्किसले नेपाललाई आङ्खनो सुदूर पूर्वको २९ औं गन्तव्य बनाएको बताए ।  टर्किसले विश्वभर २ सय ३७ सहरमा उडान भर्दै आएको जानकारी दिँदै उनले काठमाण्डौ पर्यटकीय आधारमा महत्वपूर्ण गन्तव्य भएकाले आङ्खनो सञ्जालमा जोडेको बताए । ‘काठमाण्डौ ऐतिहासिक सहर हो, यहा“ पर्यटक आकर्षणका थुप्रै सम्भावना रहेछ ’ उनले भने ।
टर्किस एयरलाइन्सको नेपालस्थित आधिकारीक जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्सका प्रबन्ध निर्देशक जोय देवानले भने, ‘हामी १६ वर्Èपछि सिधै युरोपस“ग हवाई उडान जोड्न सफल भयौं’ । जेनिथ ट्राभलका अनुसार टर्किसको २ सय ८५ सिट Ôमता भएको  एयरबस ए–३३० (वाइड बडी) विमान पूर्ण यात्रुकासाथ काठमाडौ विमानस्थलमा अवतरण गरेको थियो ।  काठमाडौ– इस्तानबुल को हवाई दुरी आउँदा ६ घन्टा र यताबाट फकिँदा साढे ६ घन्टा रहेको छ । सो कम्पनीका अनुसार प्रारम्भीक चरणमा दुईतर्फी न्यूनतम भाडा दर कर तथा अन्य शुल्क सहित ४ सय ६ यूरो (५६ हजार ८ सय४० रुपैयाँ ) तय गरिएको छ । सेप्टेम्बर २ बाट उडान सुरु गरेको सो टर्किसले पहिलो ६ महिनासम्मका लागि स्पेशल अफर पनि सञ्चालन गरेको छ । सो अफरअन्तर्गत ‘माइल्स एण्ड स्माइल्स’ सदस्यहरुका लागि माइल्समा २५ प्रतिशतसम्मको छुट दिइएको छ । यो छुट टिकट जित्न वा आङ्खनो सिटको अपग्रेड गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment