Tuesday, September 10, 2013

दसैंकालागि अग्रिम टिकट बुकिङ ५ असोजबाट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ भदौ
विभिन्न कामले राजधानी बस्दै आएका यात्रुलाई सहज तरिकाले दसैंमा बसको टिकट उपलब्ध गराउन व्यवसायीहरुले आगामी  असोजको पहिलोसाताबाट अग्रिम टिकट बुकिङ सुरु गर्ने  भएका छन् । आगामी १९ असोजको घटस्थापनाको दिनबाट प्रारम्भ हने दसैंकालागि करिब आधा महिना अघिबाट अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने तयारी भईरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसवर्ष दसैं सुरु हुनुभन्दा दुई साता अघिबाट मात्र अग्रिम बुकिङ सञ्चालन गर्ने तयारी भईरहेको बताए ।
संभवतः पहिलो साता भित्र ५ असोजदेखि अग्रिम बुकिङ थालिने छ भन्दै उनले यसपाली  विगतका वर्षहरुको भन्दा चार्डपर्वकालागि सञ्चालित अग्रिम टिकट बुकिङ कार्य निकै व्यवस्थित र मर्यादित् हुने दावी गरे । उनले अहिले महासंघले मुलुकभरका सबै व्यवसायीहरुलाई टिकट बुकिङ थाल्ने जानकारी सहित निर्देशन गरिसकेको बताए । उनले असोजको पहिलो साता सबै बस व्यवसायी समितिले आफ्ना काउन्टरबाट एकैपटक अग्रिम बुकिङ सुरु गर्ने तयारी भएको बताए ।  यसअघि दसैं सुरु हुनुभन्दा करिब एक÷डेढ महिना अघि देखि नै क्षमता भन्दा बढीको टिकट बुकिङ गरेर यात्रुहरुले समयमा यात्रा गर्न नपाएको जनगुनासोलाई मध्यनजर गरेर महासंघले यसपाली यस्तो प्रयास गरेको जानकारी दिँदै कर्माचार्यले भने, ‘अहिले जम्मा दुई साताकालागि मात्र अग्रिम टिकट बिक्री खुल्ला रहने छ’।
विगतका वर्षहरुमा लामो समय अग्रिम बुकिङ सञ्चालन गर्दा व्यवसायीहरुले आफ्नो बसको क्षेमता भन्दा धेरै बढी टिकट विक्री गरेका कारण  यात्रु ओसार्ने कार्य व्यस्थित नभएको भन्दै उनले यसवर्ष महासंघले दसैंका यात्रुलाई व्यवस्थित र सहज रुपमा टिकट उपलब्ध गराउने लक्ष्य लिएको बताए । उनले दसैंकालागि सहजरुपमा टिकट उपलब्ध गराउन महासंघले १४ ओटै अञ्चलका यातायात व्यवसायी  समिति मार्फत अग्रिम टिकट बुकिङ गर्ने समयका बारेमा जानकारी गराईसकेको बताए ।  अहिले देशभरका व्यवसायीलाई सबै रुटमा चल्ने सवारीको अवस्थाबारे जानकारी दिन महासंघले खबर पठाइसकेको बताउँदै अध्यक्ष कर्माचार्यले भने,  ‘संभवतः ५ असोजबाट टिकट बुकिङ खोल्नेगरी महासंघले आन्तरिक तयारी गरिरहेको छ,’ ।  सबै रुटमा सञ्चालन हुने सवारीको एकिन तथ्याङ आईसकेपछि आगामी २८ भदौमा बस्ने महासंघको बैठकले थप निणर्य गर्ने समेत उनले जानकारी दिए । आगामी १९ असोजको घटस्थापनाका दिनबाट  दसैं सुरु हुँदैछ  । यस वर्ष आगामी २५ असोजमा फुलपाती परेको छ । घटस्थापनादेखि अधिकांश शैÔिक संस्था, कार्यालय र उद्योग कल कारखाना बन्द हुने भएकाले सोही दिनबाट उपत्यकाबाहिर जानेको भीड लाग्ने गर्छ । घटस्थापना भन्दा करिब आधा महिना अघिबाट मात्र अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष कर्माचार्यका अनुसार  अहिले महासंघको तर्फबाट बनेपा, पोखरा, विराटनगर, हेटौ“डा, वीरगञ्ज, धनगढी लगायतका ठाउ“मा धमाधम बसहरुको अवस्थाको जा“च र मर्मत कार्य भइरहेको छ । ‘दसै“मा बस अभाव हुन नदिने प्रयास गरिरहेका छौ“’ उनले भने, ‘बस व्यवस्थापनस“गै भाडा पारदर्शी बनाएर यात्रुलाई सहज यात्रा गराउने छौं’ । हाल सञ्चालनमा रहेका बाहेक दसै“का लागि करिब पा“च सय बस थपिने महासंघले जनाएको छ । हाल थानकोट, कोटेश्वर र फर्पिङ नाकाबाट सामान्यता दैनिक एक हजारदेखि १२ सयसम्म बस बाहिरिने गरेका छन् । चाडपर्वका अवसरमा दैकि १६ सय देखि २२ सयसम्म बस सञ्चालनमा ल्याउने तयारी महासंघको छ । दसै“का बेला साविकको भन्दा भाडा नबढ्ने र कसैले बढाएर लिए कारबाही गर्ने पनि महासंघले जनाएको छ । भाडा बढ्दैन, यात्रुलाई मर्का पार्ने पÔमा महासंघ छैन,’ अध्यक्ष कर्माचार्यले भने । चार्ड पर्वकाबेला हुन सक्ने अवैध कार्य एवं पारदर्शी भाडाका विÈयमा महासंघ र सरकारी कर्मचारीले दसैं अवधीभर अनुगमन गर्ने पनि उनले जानकारी गराए ।  उनले दसैंकालागि सञ्चालित यातायात सेवा व्यवस्थित बनाउने महासंघको यस प्रयासमा स्थानीय  प्रहरी, यातायात व्यवस्था विभाग र सडकका क्षेत्रका अधिकारीले सकेसम्म सहयोग गर्नुपर्ने बताए ।  अहिले राजधानीबाट बाहिरिने मुख्य नाका नाकढुंगा मुग्लीनी सडक खण्ड भत्किएकाले यात्रुहरुले निकै सास्ती खेप्दै आएका छन । सो सडक खण्डका  अधिकांश ठाउ“मा खाल्टाखुल्टी रहेकाले यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन समस्या भइरहेको छ । दसैंमा भने यस्तो समस्या नहोस भन्ने महासंघले कामना गरेको छ ।  उनले केही साता अघि नै सो नाकाको बिग्रिएका सडक तत्काल सुधार गर्न महासंघले सरकारको ध्यानाकर्षण गराईसकेको बताए ।

No comments:

Post a Comment