Tuesday, September 10, 2013

पर्यटकका रुपमा विदेश जानेक्रम बढ्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ भदौ
सरकारले विदेशी पर्यटन नेपाल भित्राउन अनेक प्रयास गरिरहेको बेला अहिले नेपालबाट पर्यटक बनेर विदेशी मुलुकमा घुम्न (आउट बाउण्ड टूर) जाने नेपालीको संख्या निकै बढ्न थालेको छ । ठुला व्यापारिक घरानाका व्यक्तिगत भ्रमण देखि कर्पोरेट हाउस, निजी कम्पनी र स्वदेशी बस्तु उत्पादन गरिरहेका उद्योगहरुले आफ्ना कर्मचारीलाई उपलब्ध गराउँदै आएको विदेश भ्रमण प्याकेजका कार्यले पनि अहिले पर्यटकका रुपमा नेपाली विदेशीने क्रम बढेको हो । अहिले यसरी विदेशीनेको संख्या वार्षिक ४० हजार नागिसकेको छ ।
सन् २०१२ मा पर्यटक बनेर विभिन्न मुलुक घुम्न जाने नेपालीको संख्या अघिल्लो वर्È सन् २०११ को तुलनामा २२ दशमलव ५७ प्रतिशतले बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार सन् २०१२ मा २५ हजार ३ सय पुरुÈ र १३ हजार ९ सय जना महिला विदेश भ्रमणमा गएका थिए । अघिल्लो वर्È सन् २०११ मा सो संख्या ३३ हजार थियो । अकासिँदै गरेको अमेरिकी डलरको सँगै अहिले नेपालीहरुको आयस्रोत पनि केही बढ्दै गएको र विभिन्न ट्राभल एजेन्सीहरुले थाइल्याण्ड, मलेसिया, सिंगापुर र युरोपीयन मुलुक लगायको विदेश भ्रमणको आकर्Èक प्याकेज दिईरहेकाले पनि नेपालीहरुबीच पर्यटक बनेर विदेशिने क्रम बढेको हो ।  ट्राभल एजेन्सीहरुले उपलब्ध गराईरहेका आकर्षक भ्रमण प्याकेजका कार्यक्रमले हाल मध्यम वर्गीय नेपाली पर्यटनका लागि विदेश जाने क्रम बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले विदेशी पर्यटकलाई नेपालमा आकर्Èण गर्न विभिन्न प्रयास भइरहेको अवस्थामा नेपाली आफै पर्यटक बनेर विभिन्न मुलुक जा“दा नेपालको पहिचान विश्वमा थप बढ्ने बताए । उनले विभिन्न कपोरेट हाउस एवं ठुला व्यापारिक घरानाका डिलरशिप मार्फत विदेश गएका नेपालीले विदेशीलाई नेपाल आउन प्रेरित गर्ने भएकाले यहाँबाट आफ्नै खर्चमा विदेश भ्रमणमा जानेहरुबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न थप सहज हुने बताए । यसबाट विदेशी मुद्रा बाहिरिने भए पनि विदेशमा नेपालको प्रचार प्रसार भई पर्यटक आगमन बढाउन थप सहयोग पुग्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने मन्त्रालयको दावी छ ।
नेपालबाहिर जानेलाई लÔित गरेर ट्राभल एजेन्सीले आकर्षक प्याकेज बिक्री गर्नु एवं नेपाल उडान भरिरहेका विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउनाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम बढेको पर्यटन व्यवसायीहरुको भनाई छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्स् ( नाट्टा) का महासचिव अच्युत गुरागाइँले विगतका वर्षहरुको तुलनामा अहिले विदेशी विमान कम्पनीहरुबीच सकेसम्म सस्तोमा हवाई टिकट उपलब्ध गराउने होड चलेका कारण आउट बाउण्ड टूरमा नेपालीको पहु“च वर्Èेनि बढेको बताए । उनले विशेषगरि ठुला व्यापारिक घराना देखि अन्य निजी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वर्षको एक पटक विभिन्न मुलुकको भ्रमण गराउने चलन बढेकाले पनि अहिले पर्यटकका रुपमा विदेश जानेक्रम धमाधम बढ्न थालेको बताए ।उनले यसरी विदेशीनेहरुले गरेको खर्च वार्Èिक करिब साढे २ अर्ब रुपैया“ हुने बताए ।   प्रेसिडेण्ट ग्रुप अफ कम्पनीका अध्यÔ भोलाविक्रम थापाले पनि अहिले नेपालीको खर्च गर्ने Ôमतामा भएको वृद्धि स“गै यस्तो टूरको प्याकेज बेच्ने एजेन्सीहरुको संख्या समेत बढेको बताए ।  डलरको मुल्य बढेपछि हाल मनोरञ्जनका लागि देशबाहिर जाने नेपालीले नजिकको गन्तव्य मध्य पूर्वी Ôेत्रका देशको पर्यटकीय भ्रमण गर्न कम्तीमा ६० हजार र यूरोपेली मुलुकमा १ लाख ५० हजार खर्च गर्ने गरेका छन् । अहिले यहाँबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर दुबई र युरोपियन मुलुकहरुमा न्युनतम ३ रात ४ दिन देखि बढीमा २ साता अवधीको टुर प्याकेजमा जाने क्रम बढेको छ । सो क्रम अफिसमा काम गर्ने कर्मचारीले पर्व बिदाको सदुपयोग गर्न र  व्यापारिक घरानाले आफ्ना उत्पादन विक्री गर्ने उत्कृष्ट डिलरहरुलाई खुसी बनाउन यस्तो कार्यक्रम तय गरिरहेका छन । यसैगरि नेपालीलाई विदेशी मुलुकले सजिलै भिसा दिन थालेकाले विभिन्न कर्पोरेट हाउसबाट कर्मचारी विदेश घुम्न जाने प्रवृत्ति समेत बढेको छ । सम्बन्धीत ट्राभल व्यवसायीका अनुसार यसरी नेपालबाट पर्यटनका लागि बाहिरिने नेपालीको संख्या भारत पछिको दोस्रो गन्तव्य थाइल्याण्ड रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका नेपाली मध्ये अधिकांश मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), मकाउ, फिलिपिन्स, सिङगापुर लगायतका मुलुकमा जाने संख्या धेरै छ ।  जसमध्ये अधिकाँशले न्यूनतम ३ रात ४ दिनको प्याकेजलाई मन पराउने गरेको उनीहरुको भनाई छ । नेपालबाट प्याकेजमा घुमाउने ट्राभल एजेन्सी प्रायः सबैले हवाई टिकट, बसोबास, चारतारे स्तरका होटलमा खाने–बस्ने र सिटी टुर लगायत सुविधा समावेश गर्ने बताए । घुम्न जानेहरुका इच्छाअनुसार नै ट्राभल व्यवसायीले पाएसम्म सबै मुलुकका लागि प्याकेज बेच्ने गरेका छन् । नेपालबाट बाहिर घुम्न जानेमा कर्मचारी, व्यापारी, उच्च घरानिया“ हुने गरेको भए पनि बाहुल्य भने मध्यम वर्गीय नेपालीकै हुने गरेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।  हाल नेपालमा आउट बाउण्ड पर्यटकीय प्याकेज बेच्ने ट्राभल एजेन्सीको संख्या करीब एक दर्जन छन् । तीमध्ये स्थापित कम्पनीको संख्या भने करिब आधा दर्जन छ । ट्राभल व्यवसायीले प्याकेज उपलब्ध गराएकै कारण नेपालबाट थाइल्याण्ड, मलेसिया, सिंगापुर, यूएई, इजिप्ट, मौरिसस, चीन, टर्की, युरोपियन मुलुकहरु देखी अमेरिका लगायतका मुलुकहरुको भ्रमण सहज भएको नाट्टाले जनाएको छ ।

No comments:

Post a Comment