Wednesday, September 11, 2013

बोर्डमा कामु सिइओको जिम्मेवारी निरौलालाई नै दिन सवोच्चको आदेश

काठमाडौ, २४ भदौ–
सोमबार सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दामोदरप्रसाद शर्माको एकल इजलासले निरौलालाई नै कामु सिइओको जिम्मेवारी दिन आदेश गरेको हो ।
गत २१ साउनमा पुनरावेदन अदालत पाटनले निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । पुनरावेदन अदालतको सो आदेश उल्ट्याउँदै सर्वोच्चले निरौलालाई नै कामु सिइओको जिम्मेवारी दिन यस्तो आदेश गरेको हो ।
विगत लामो समयदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको पर्यटन बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समितिको १ सय ८७ औं बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सोही निणर्यको आधारमा निरौलाले कामु सिइओको जिम्मेवारी पाएका थिए । त्यही निर्णय अनुसार बोर्डबाट रोकिएका काम सञ्चालन गर्ने प्रयास निरौलाबाटै भएको थियो । यसअधि करिब एक महिनासम्म पुनरावेदन अदालतको अन्तरिक आदेशले बोर्डको दैनिक कार्य सञ्चालनको कार्य देखि नयाँ नेतृत्व चयन गर्ने कार्य समेत प्रभावित बन्न पुगेको थियो । अब सर्वोच्चको यस आदेशले कुनै समस्या नहुने अपेक्षा गरिएको छ ।   सर्वोच्चको यस निर्णयसँगै अब उनीले पर्यटन बोडको कार्यकारी समितिको सदस्य सचिवका हैसियतमा पनि कार्य गर्नेछन् । निरौलाले सन् १९९९मा निर्देशकका रुपमा बोर्ड प्रवेश गरेका थिए ।
पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य धुर्बनारायण श्रेष्ठले आफुले सर्वोच्च अदालतले निरौरालाई नै कामु सिइओ को जिम्मेवारी दिन यस्तो आदेश गरेकाले अब काम गर्न सहज हुने बताए ।


सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सिइओ) को जिम्मेवारी पुनः सुवास निरौलालाई नै कायम गर्न आदेश दिएको छ ।

No comments:

Post a Comment