Wednesday, September 25, 2013

नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण, टानलाई आर्थिक रुपमा पारदर्शी बनाउन पूर्व अध्यक्षहरुको सुझाव

काठमाडौ, ९ असोज –

पदयात्रा व्यवसायीमा संलग्न ब्यवसायीहरुको छाता संस्था टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ । बुधबार टान सचिवालयमा आयोजित कार्यक्रममा पुरानो कार्यसमितिका अध्यक्ष महेन्द्रसिंह थापाले खादा लगाएर नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका हुन । सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवाÈ निरौला र जंगल सफारी लजका बजार प्रवन्धक प्रदिप आचार्यले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । गत ४ असोजमा सम्पन्न ३५ औं वार्षिक साधारण सभा र चुनावबाट आगामी दुई वर्षे कार्यकालकालागि टानको अध्यक्षमा इकोलोजिकल ट्रेक्सका सञ्चालक रमेश धमला सहित उनको सबै समुह निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यÔ धमलाले अब टानको आन्तरिक व्यवस्थापन सुधारी व्यवसायीक एकतालाई जोड दिने बताए । उनले निर्वाचनको बेला दुबै समुहबाट उठेका चुनावी एजेण्डाहरुलाई आत्मसात गरि अघि बढ्ने बताए । उनले अब सबै पÔलाई मिलाएर टानलाई व्यवसायीक हितमा काम गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवाÈ निरौलले पर्यटनको दिगो विकासमा काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे । उनले टानले नेतृत्व गर्ने हरेक कामलाई बोर्डले सहकार्य गरेर अघि बढ्ने बताए । टानका पूर्व अध्यक्षहरु सुमन पाण्डे र  दिपक महतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै टानलाई आर्थिक रुपमा पारदर्शी बनाउन सुझाव दिएका थिए । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यÔमा केशव पाण्डे, प्रथम उपाध्यÔमा कामी रिन्जी शेर्पा, द्धितिय उपाध्यÔमा कुल बहादुर गुरुङ, महासचिवमा सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोÈाध्यÔमा गोपाल बाबु श्रेष्ठ र सह कोÈाध्यÔमा तिलक बहादुर थापा मगर रहेका छन । यसैगरि निर्वाचित कार्यसमिति सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्डी शेर्पा, नमराज गौली, आङपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सीना र धन प्रसाद गुरुङ रहेका छन । टानमा १७ जना निर्वाचित ४ जना सदस्य मनोनित एक पोखरा च्याप्टरका अध्यक्ष र १ जना पूर्व अध्यक्ष सहित २३ सदस्यीय नयाँ कार्यसमिति हुने छ ।  नवनिर्वाचित अध्यक्ष धमलाले करिब १ हजार  टे«किङ कम्पनीहरुको हकहित र व्यवसायिक उन्नतिका लागि प्रतिवद्धता जाहेर गर्दै अब टानमा व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने बताए ।  सन् १९ बैशाख २०३२ सालमा स्थापित टानमा अहिले  १ हजार कम्पनीहरु सदस्य रहेका छन ।

No comments:

Post a Comment