Wednesday, September 11, 2013

महिनादिनमै दुई पटक इन्धनको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ५ , डिजेल र मट्टितेलमा ३ रुपैयाँले बृद्धि

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ भदौ
नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मुल्य भारी बृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ । निगम भित्रको आन्तरिक चुहावट, र कमिसनको कारण मासिक १ अर्ब ६२ करोड घाटा बेहोर्दै आएको निगमले अन्तर्राष्ट्रिय बजार अनुरुप समायोजनको बहानामा निजी पेट्रोल पम्पहरुसँग मिलेर एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको मंगलबार सा“झ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैया“ले मूल्य बृद्धि गरेको हो ।  निगमले गरेको यस नयाँ मूल्य बृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैया“ पुगेको ।  यसैगरि डिजेल र मट्टितेलको मुल्य प्रति लिटर १ सय ३ पुगेको छ । यसैगरि आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैया“ले बृद्धि भएको निगमले जनाएको छ ।
निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय हवाई इन्धन र खाना पकाउने एलपी ग्या“सको भने मुल्यवृद्धि भएको छैन । यसअघि निगमले गत २६ साउनमा पेट्रोलमा दुई रुपैया“ बृद्धि गरेर १ सय २५ रुपैयाँ पु¥याएको थियो ।  त्यसबेला डिजेल र मट्टितेलमा १ रुपैया“ बढाएर प्रति लिटर १ सय रुपैयाँ पु¥याएको थियो ।
दसैं÷तिहार र छठपर्व  लगायतका चार्डपर्वको मुखैमा आएर एक्कासी गरिएको इन्धनको मुल्य बृद्धिले उपभोक्ताको दैनिक खर्च र भान्छा थप महंगिने भएको छ । यसैगरि सवारी  भाडा र उपभोग्य बस्तुहरुको मुल्य पनि थप अकासिने छ । चाडपर्वको बेला निगमले एक्कासी बढाएको पेट्रोलियम पदार्थको भारी मुल्य बृद्धिले महंगीको मार खेप्न बाध्य उपभोक्ताको ढाड सेक्ने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले चर्को बिरोध गरेका छन । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले निगमले निजी पेट्रोल पम्पहरुमा प्रयाप्त तेल जम्मा गरेर व्यापारीहरुसँग मिलेमत्तो गरि मुल्य बृद्धि गरेको आरोप लगाए । पेट्रोलमा प्रति लिटर एकैपटक ५ रुपैयाँले बृद्धि गर्नु भनेको अन्तर्राष्ट्रिय बजारको मापदण्ड विपरित भएको बताउँदै उनले समायोजनको नाममा निगमभित्र कमिसन हावी भएको दावी गरे ।  उनले चार्ड पर्वको मुखैमा आएर सर्वसाधारण उपभोक्ताको दैनिकी थप कस्टकर हुनेगरि बढाईएको यस मुल्य बृद्धिले आगामी ४ मंसिरको निर्वाचन समेत विथोल्ने सरकारको नियत रहेको दावी गरे । निगम व्यवस्थापन समितिका अध्यक्ष जर्नादन नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले मुल्य बृद्धि गर्ने निणर्य गरेको हो । मुल्य बृद्धि गरे लगत्तै निगमका महानिर्देशक सुरेशकुमार अग्रवाल, प्रवक्ता शिवप्रसाद पुडासैनी र अध्यक्ष नेपाल सञ्चारकर्मीहरुसँग सम्पर्कबिहिन भई बेखवर भएका थिए ।

No comments:

Post a Comment