Tuesday, September 10, 2013

दुई नयाँ हिमालको नाम तेन्जिङ र हिलारी राखिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ भदौ
सरकारले अहिलेसम्म नयाँ पहिचाहन भएका दुई हिमशिखरको नाम सगरमाथाका प्रथम आरोहीद्धोय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको नाम राख्ने भएको छ । सगरमाथा शिखरमा पहिलो मानव पाइला परेको ६० वर्Èपछि बल्ल आरोहीकोे वास्तवीक सम्मान हुन लागेको हो । यसले नेपालको पर्वतीय प्रवद्र्धनको क्षेत्रमा लागेका सरोकारवालाहरु, आरोही र उनीहरुको परिवारलाई समेत सम्मान भएको महशुस गराउने छ ।  सरकारले तयारी सुरु गरेको यस कार्यले हिमाल आरोहणको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । न्युजील्याण्डका सर एडमण्ड हिलारी र उनका पथप्रदर्शक तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ को २९ मे का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला राख्न सफल भएका थिए । त्यसैबेलादेखि नेपालमा हिमाल आरोहणको थालनी भएको हो ।
संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं पर्यटन उद्योग महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित हिमाल सुधार समितिले नयाँ पहिचाहन भएका दुई हिम शिखरको नाम तेन्जिङ र हिलारी राख्ने तयारी गरेको हो ।   सरकारले वर्षभर मनाइरहेको सगरमाथा हिरक महोत्सवको अवसरमा मन्त्रालयका सह सचिव भट्टराईको  संयोजकत्वमा गठित सो समितिलाई थप सहयोग पु¥याउन अर्को पर्वतारोहण सुधार उप समिति बनाईएको छ । पर्वतारोहण सुधार समितिका प्राविधीक यप समितिका संयोजक एवं नेपाल पर्वतारोहण संघका पुर्व अध्यÔ आङछिरिङ शेर्पाले नयाँ पहिचाहन भएका दुई हिमशिखरको नाम तेन्जिङ र हिलारीको राखिने तयारी भएको बताए । उनले अहिले यस उप समितिले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाईसकेको बताए । आफुहरुले नामाकरणकालागि सरकारलाई सिफारिस गरेको बताउँदै शेर्पाले भने, ‘ सगरमाथा र चोयु हिमालको बीचमा रहेका ७ हजार९ सय १८  मिटर उचाइको चुलीलाई तेन्जिङ र ७ हजार ६ सय ८१ मिटर उचाइको शिखरलाई हिलारी नामाकरण गरिने छ ’ । अहिलेसम्म यि दुबै चुलीको नाम नराखिएकाले यस उप समितिले सरकारलाई यस्तो सुझाव दिएको बताए । उनले हिमाल सुधार मुल  समितिमा अर्थ, गृह, न्याय, कानुन, संसदीय व्यवस्था, पर्यटन बोर्ड नेपाल पर्वतारोहण संघ, टान र सदस्य सचिव पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाका उप सचिव सुरेन्द्र प्रसाद सापकोटा रहेको जानकारी दिए । यसैगरि शेर्पाको संयोजकत्वमा गठित प्राविधीक उप समितिमा पनि आठ जना सदस्य रहेको बताए ।  उनले केही समयपछि सरकारले औपचारिक रुपमा घोषणा गरि सार्वजनिक गराउने बताए ।  धरै वर्षपछि सरकारले आरोहीको सम्मान गरेको बताउँदै शेर्पाले भने, ‘यो सम्मानले नेपालको पर्वतारोहण Ôेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ ।’  अहिलेसम्म नाम नदिइएको सातहजार ६ सय ८१ मिटर अग्लो हिमशिखरको नाम हिलारी राख्ने र सात हजार नौ सय १६ मिटर अग्लो हिमशिखरको नाम तेन्जिङ राख्ने प्रस्ताव समितिले गरेको उनले जानकारी गराए । उनले अहिले यि दुवै हिमशिखर आरोहण आगामी मार्चबाट खोल्ने प्रस्ताव पनि गरिएको बताए । संसार १४ ओटा आठ सय मिटरभन्दा अग्ला हिमशिखर मध्ये आठओटा नेपालमा छन् । पर्यटनले नेपालको अर्थतन्त्रमा चार प्रतिशत हिस्सा योगदान यिनै हिमाल आरोहणकालागि आरोहीले बुझाउँदै आएका रोयल्टीले लिएको छ ।  यसैगरि विभिन्न हिमाल आरोहण कार्यले  हजार्रौलाई रोजगारी दिएको छ । प्रथम सगरमाथा आरोही हिलारीको ८८ वर्Èको उमेरमा सन् २००८ मा निधन भएको थियो ।  यसैगरि अर्का आरोही तेन्जिङको निधन ७२ वर्Èको उमेरमा सन् १९८६ मा भएको थियो । सन् १९५३ पछि अहिलेसम्म स्वदेशी र विदेशी  गरि करिव चार हजारले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । नेपालमा एक हजार तीन सयभन्दा बढी हिमाल छन् तर हालसम्म तीनसय २६ ओटा मात्र आरोहणका लागि खोलिएका छन् । यस वर्È सरकारले सात हजार नौ सय ९९ मिटरसम्म उचाईका थप एक सय ६५ ओटा हिमाल आरोहणका लागि खोल्ने तयारी गरिरहेको छ ।  नेपाल सरकारको यस नयाँ कदम प्रति अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यहाँको पर्यटन प्रवद्र्धनको Ôेत्रमा यस प्रयास निकै फलदायी र उपलब्धीमुलक  हुने जनाएको छ ।

No comments:

Post a Comment