Saturday, September 21, 2013

दसैंकालागि हवाई टिकट पाउनै मुस्कील

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ असोज 
अहिलेदेखि नै आगामी दसैंकालागि हवाई टिकट पाउनै मुस्किल हुन थालेको छ ।  विभिन्न कामले राजधानी बस्दै आएका सर्वसाधारण वर्षको एकपटक परिवारसँग दसैं मनाउन आ– आफ्ना गाउँघर फर्कन टिकट बुकिङ गर्ने चाप बढेपछि अहिले देखि नै हवाई टिकट पाउन मुस्कील हुन थालेको हो । 
पोखराकी चन्द्रमा ढकालले आगामी २५ असोजमा पर्ने फुलपातीको दिन दुईओटा साना बालबालिका लिएर सपरिवार घर जानुपर्ने भएकाले बुधबार काठमाडौबाट पोखरासम्मकालागि ३ ओटा हवाई टिकट बुकिङ गर्न राजधानीका धेरै ट्राभल एजेन्सिमा चहार्दापनि पाउन मुस्किल भएको बताइन । उनले ठमेलस्थित चिनेको एकजना दाईको ट्राभल एजेन्सिबाट बल्ल आगामी फुलपातीको दिन विहानको टिकट बुकिङ गरेको बताईन । मुस्ताङ टुकुचेका रणबहादुर गौचनले पनि अहिलेदेखि नै आगामी दसैंकालागि आन्तरिक हवाई टिकट पाउनै कठिन भएको बताए । 
उनले आगामी २५ असोजकालागि काठमाडौबाट पोखरा हुँदै जोमसोङ पुग्ने ५ओटा टिकट खोज्न धेरै ट्राभल एजेन्सी धाउँदापनि पाउन मुस्कील भएको बताए ।  उनले पनि धेरै प्रयासपछि बल्ल हात्तिसार स्थित बुद्ध एयरको टिकट काउन्टरमै पुगेर बुधबार मात्र दसैंकालागि घर फर्कने टिकट बुकिङ गरेको बताए । पोखराकी ढकाल र मुस्ताङका गौचन त दसैंकालागि टिकट नपाउने प्रतिनिधी पात्रमात्र हुन ।
यसअघि पनि हरेक वर्ष दसैंकाबेला हवाई टिकट पाउन यस्तै मुस्कील हुने गरेको छ ।  गत साताबाटै हवाई टिकट पाउनै मुस्कील हुन थालेको अधिकाँश यात्रुहरुको गुनासो छ । ति यात्रुहरुका अनुसार आन्तरिक उडानमा राम्रो छबि बनाएका निजी वायुसेवा कम्पनीहरुको टिकट लगभग सत प्रतिशत बुकिङ भइसकेका छन् । केही वायुसेवा कम्पनीले भने आगामी आइतबारबाट दसैंको टिकट बुकिङ खुला गर्दै छन् । सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले विगतका वर्षहरुको तुलनामा  यसपाली बुकिङ कम भए पनि काठमाडौंबाट जा“दा टिकट पाउन निकै मुस्कील हुने बताए उनले जाँदा महँगो परेपनि फर्केर आउ“दा भने निकै सस्तो टिकटमै यात्रा गर्न पाइने बताए । उनले हरेक वर्ष घटस्थापना भन्दा एक साता अघिदेखि यात्रुको चाप अत्यधिक रुपमा बढ्न थाल्ने बताए । सिम्रिकले दसैंमा हवाई यात्रुको चाप उच्च भए उडान संख्या थप्ने योजना बनाएको छ । पोखराका लागि भने दैनिक तीन ओटा उडान भइरहेकामा अहिले दुई ओटा थपेर पा“च बनाइसकेको छ । यसैगरि सिमरा र भैरहवाका लागि एक÷एकबाट दैनिक दुई ओटा  गराउने योजना भएको पनि उनले जानकारी दिए । हाल सिम्रिकस“ग १९ सिट Ôमताका दुईओटा बिचक्राफ्ट जहाज सञ्चालित छ । यसैगरि अर्को निजी वायुसेवा कम्पनी बुद्ध एयरले पनि केहीदिन अघिबाटै दसंैको टिकट बुकिङ खुला गरिसकेको छ । बुद्ध एयरलाइन्सका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बुधबारसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताए । निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ– नेपालका कोÈाध्यÔ समेत गरेका जोशीले भने, ‘हरेक वर्ष दसैंकाबेला यात्रुहरुलाई सकेसम्म सहज रुपमा हवाई सेवा उपलब्ध गराउन उडान थप्ने गर्दै आएका छौं’ । हाल बुद्धले  काठमाडौबाट भद्रपुरका लागि दैनिक दुईओटा उडान भरिरहेको छ । आगामी  दसैंको अस्टमी र नवमीकालागि भने एउटा उडान थपेर दैनिक तीन उडान भर्ने पनि उनले जानकारी दिए । उनले सतप्रतिशत टिकट बुकिङ नभएसम्म उडान नथप्ने बताए । यसैगरि यती एयरलाइन्सले अहिले नै करिब सत प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिएको छ । यतीका बजार प्रबन्धक रोशन रेग्मीले दसैंमा उडान थप्नेबारे अहिलेसम्म खासै निर्णय भइनसकेको बताए। यतीस“ग अहिले २९ सिट Ôमताका सातओटा जेटस्ट्रीम–४१ जहाज सञ्चालनमा छन् । हवाई इन्धनमा भएको मुल्य बृद्धिपछि गत साताबाट लागु भएको नया“ भाडा दर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ८ सय ८० रुपैया“ लाग्छ । यसैगरि  सबैभन्दा टाढा (१ घन्टा २० मिनेट)  दुरीको धनगढी जान १० हजार ८ सय ६० रुपैया“ हवाई भाडा तिर्नुपर्छ । यी सबै भाडा दर करसहित हुन्।  यी सबै भाडा नर्मल नै   भएको विमानकम्पनीहरुले जनाएको छ । यसैगरी भरतपुर जान ३ हजार ३ सय ९०, पोखरा ४ हजार ६ सय ७०, विराटनगर ६ हजार ४ सय ९५, जनकपुर ३ हजार ९ सय ६०, तुम्लीङटार पुग्न ४ हजार ९ सय ८०, भैरहवा ५ हजार ७ सय ६५, नेपालगन्ज ८ हजार ५५ र भद्रपुरका लागि ७ हजार ४ सय रुपैया“ बुझाउनुपर्छ । यतीकै अन्र्तगतकै वायुसेवा तारा एयरले  भने दुर्गम भेगमा मात्र उडान गर्ने भएकाले सस्तो भाडा दरमा उडान गर्दैन।  
थप उडान भर्न वायुसेवा कम्पनीलाई निर्देशन
काठमाडौ, २ असोज  –सरकारले दसैं–तिहारजस्ता चाडपर्वका बेला थप उडान सञ्चालन गर्न वायुसेवा प्रदायक कम्पनीहµलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ बु“दे निर्देशन जारी गर्दै चाडपर्वका बेला अधिकतम उडान सञ्चालन गर्न निर्देशन दिएको  हो । मन्त्रालयका सचिव सुशील घिमिरेको संयोजकत्वमा मंगलबार बसेको बैठकले दसैंमा यात्रु चापलाई सम्बोधन गर्न र सहज आवागमनका लागि यस्तो निर्देशन दिएको जनाएको छ । बैठकमा नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरु पनि सहभागी थिए । वायुसेवा सञ्चालकहरुले आगामी शनिबारसम्म आपूmले हाल उडान भर्न सक्ने अवस्थाका विÈयमा प्राधिकरणमा जानकारी दिनुपर्ने मन्त्रालयद्धारा जारी निर्देशनमा उल्लेख छ ।
यसैगरि दसैंका बेला विस्तार गर्ने उडान तालिकाको योजना पनि आगामी ७ दिनभित्र उपलब्ध गराई स्वीकृत गराउन मन्त्रालयले सम्बन्धीत वायुसेवा कम्पनीहरुलाई निर्देशन गरेको छ । प्राधिकरणले सो अबधिमा स्वीकृत भएका तालिकाबमोजिम उडान सञ्चालन भएको वा नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेस गर्नु पर्ने उल्लेख छ । यसैगरी, दसैं–तिहारका बेला मानवीय उद्धार राहत कार्यक्रम सञ्चालन गर्ने तथा विराटनगर, पोखरा र नेपालगन्जमा रातको समयमा पनि होलिकोप्टर विश्रामको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको सह सचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
सोही छलफलमा मन्त्रालयले विभिन्न वायुसेवा कम्पनीका बिग्रिएर मर्मतको पर्खाइमा विमानस्थलमा ग्राउन्डेट जहाज पनि  मर्मत गराई सकेसम्म छिटो सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । सो निर्देशनमा चार्डपर्वका बेला  अन्तर्राष्ट्रिय चार्टर्ड उडानको स्वीकृति र आन्तरिक चार्टरको व्यवस्थापन टर्मिनल ड्युटी अफिसरबाटै गराउने भनिएको छ । यसैगरि निÈेधित Ôेत्रमा उडान भर्दा गृह मन्त्रालयबाट स्वीकृत लिनुपर्ने तथा एकल इन्जिनका वायुसेवा प्रदायक कम्पनीको पनि अधिकतम उपयोग गर्नुपर्ने उल्लेख छ ।

No comments:

Post a Comment