Tuesday, September 10, 2013

धमाधम नयाँ होटल निर्माण हुँदै, दुई हजार कोठा थपिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ भदौ
नयाँ होटल खुल्ने क्रमसँगै चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र २ हजार भन्दा बढी कोठा थपिने भएका छन । अहिले राजधानीको ठमेल, केशरमहल लगायत मुलुकभरका विभिन्न भागमा धमाधम निर्माण हुँदै गरेका नयाँ होटलका कारण चालु आव भित्र २ हजार  कोठा थपिन लागेको हो । 
जसका कारण अहिले पर्यटनमा केही सुधारको संकेत देखिएको पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले  बताएका छन ।
उनीहरुले उद्योग व्यवसाय र अन्य Ôेत्रमा लगानी खुम्चिइरहेका बेला अहिले होटल व्यवसायीले निकै जोखिम मोलेरै भएपनि नयाँ संरचना बनाउने कार्यमा करिब १२ अर्ब रुपैया“को नयाँ लगानी थपिरहेको बताएका छन । होटल एसोसियसन अफ नेपाल (हान) का पूर्व सदस्य एवं नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले यहि रफ्तारमा नयाँ होटल बन्ने क्रममा कुनै अवरोध नआए चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र २ हजार भन्दा बढी नयाँ कोठा थपिने बताए । उनले अहिले स्वदेशी मात्र नभएर चिनियाँहरुपनि नेपालको होटल क्षेत्रमा लगानी गर्न उत्साहित भईरहेको बताए ।
उनले चिनियाँ र अन्य मुलुकबाट नेपाल भित्रिने पर्यटकको चाहना अनुसार अत्याधुनिक नयाँ सुविधासम्पन्न होटल खुल्न लागेको जानकारी दिए । दुईदेखि पा“चतारे स्तरसम्मका नया“ होटल र पर्यटकीय रिसोर्टमा सो लगानी हुन लागेको बताउँदै श्रेष्ठले भने, ‘राजधानीको ठमेल र केशरमहलक्षेत्रको खाली जग्गामा तीनओटा ठूला होटल निर्माण हु“दै छन्’ ।  नयाँ खुल्न लागेका सबैलाई अन्तर्राष्ट्रिय  होटल चेन ले व्यवस्थापन गर्ने छन्। त्यहा“ पा“चतारे स्तरको एक, चारतारे एक र तीनतारे एक होटल निर्माण हुँदै गरेको उनले जानकारी दिए ।  सोही क्षेत्रमा अहिले धमाधम होटलसहित एउटै छानाभित्र सबै बस्तु तथा सेवा पाइने निकै ठुलो लगानीमा छायाँ सेन्टर निर्माणको काम भईरहेको छ ।
‘ठमेल भित्रको ठमेल’ भन्ने नाराका साथ निर्माण भइरहेको सो छायाँ सेन्टरमा होटल, अत्याधुनिक फिल्म हल देखि  विभिन्न बस्तु तथा सेवा विक्री गर्ने ठुला सो रुम सञ्चालित हुने निर्माणाधिन छायाँ सेन्टरका बजार प्रवन्धक सुमन पाण्डेले जानकारी गराए । आफ्नो निजी बिद्युत तथा पानिको आपूर्ति, सुरक्षा ब्यवस्था अग्नि नियन्त्रणका साथै अत्याधुनिक उपकरणबाट सुसज्जित हुने यस भवनको १५ तल्ले टावरमा करिब २०० कोठाको ५ तारे होटल तथा क्यासिनो तथा एक डिस्कोथेक समेत रहने उनले बताए ।
 अहिलेसम्म अव्यस्थित रुपमा रहेको पर्यटकीय बजारमा आउने पर्यटकलाई लक्षित गरि थप व्यवस्थित र सुविधासम्पन्न अत्याधुनिक भवन बनाउन थालेको बताए ।  उनले हाल विदेशी मात्र नभएर स्वदेशीले पनि ठमेल आएर विभिन्न सुविधा उपभोग गरि मनोरन्जन लिन थालेकाले आफुहरुले निकै ठुलो लगानीमा छायाँ सेन्टर निर्माण गरिरहेको बताए ।  अहिले पर्यटक आगमन संख्या बढिरहेकाले  व्यवसायीले यसैलाई लक्षित गरि  लगानी थप्न लागेको सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

उनीहरुको अनुसार नया“ होटल काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा धमाधम निर्माण  हुदै छन् । हालसम्म होटल उद्योगमा एक खर्ब ५० अर्ब रुपैया“ भन्दा बढी लगानी भइसकेको छ ।
सोही रफ्तारमा होटल निर्माण हुने क्रम बढ्यो भने आगामी चार वर्Èभित्र होटल उद्योगमा करिब १० अर्ब रुपैया“बराबरको लगानी हुने श्रेष्ठको दावी छ । यो मुलुकको पर्यटन उद्योगमा निकै सकारात्मक सन्देश हो भन्दै  उनले एकैपटक दुई हजार नया“ कोठा थपिनु भनेको पर्यटन उद्योगको भविष्य उज्वल छ भन्ने संकेत हो’ ।
उनले  पनि केशरमहल स्थित खाली जग्गामा तीनओटा ठूला होटल निर्माण हु“दै गरेको बताए । ती सबैलाई अन्तर्राष्ट्रिय होटल ‘चेन’ ले व्यवस्थापन गर्ने बुझिएको उनले बताए । गैरआवासीय नेपाली शेÈ घले, बैंकर पृथ्बीबहादुर पाण्डे र उद्योगी शशिकान्त अग्रवालले केशरमहल भित्रको खाली जग्गामा  छुट्टाछुट्टै तीन ओटा ठूला होटल बनाउन लागेको श्रेष्ठले जानकारी दिए । उनले घलेको पा“चतारे, पाण्डेको चारतारे र अग्रवालको तीनतारे होटल निर्माण भइरहेको बताउँदै श्रेष्ठले भने,  ‘अस्ट्रेलियामा व्यवसाय गरिरहेका शेष घलेले गत चार  महिनाअघि मात्र केशरमहलमा पा“चतारे होटल बनाउने औपचारिक घोÈणा गरेको बुझिएको छ’ ।
उनका अनुसार घलेको पा“चतारे होटलले १४ रोपनी Ôेत्रफल ओगट्ने छ। उनको होटलमा २ अर्ब ५० करोड रुपैया“ लगानी हु“दै छ । होटल काठमान्डु नाम राख्ने तयारी भइरहेको  घलेको सो होटलमा २ सयओटा कोठा हुने छन्। यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय होटल चेन ‘सेराटन’ ले सम्हाल्ने बुझिएको छ ।
सन् सन् १९३७ मा स्थापना भएको अमेरिकाको सेराटनले हाल विश्वका विभिन्न क्षेत्रमा ४ सयभन्दा बढी होटल तथा रिसोर्टको व्यवस्थापन हेर्दे आएको छ । 
यसैगरी केशरमहलभित्रै बैंकर पाण्डेसहित अन्य पर्यटन व्यवसायीको लगानीमा निर्माणहुँदै गरेको चारतारे होटलको नाम छाया“देवी प्रालिको लगानीमा सञ्चालित हुने छ ।  सो होटलले पनि करिब १५ रोपनी Ôेत्रफल ओगट्ने छ । जसमा २ सयदेखि २ सय ५० ओटासम्म कोठा हुने बताईएको छ । यसैगरि केशरमहलभित्रै अर्का उद्योगी अग्रवालले निर्माण गर्न लागेको तीनतारे होटलमा १ सयसम्म कोठा हुने छन् । सोे होटलले साढे दुई रोपनी Ôेत्रफल ओगट्ने छ ।
हानका अनुसार हाल पा“चतारे होटलको एउटा कोठा निर्माण गर्दा १ करोड रुपैया“ खर्च लाग्छ । चारतारेमा ६० देखि ७० लाख र तीन तारेमा एउटा कोठा बनाउ“दा करिब ३० लाख रुपैया“ खर्च हुन्छ ।  सोही हिसाबले २ हजार कोठा बनाउन १० अर्ब रुपैया“ लगानी हुने अनुमान गरिएको छ ।

No comments:

Post a Comment