Monday, September 23, 2013

टानमा धमला समुह विजयी, सबै व्यवसायीबीच सहमती र सहकार्यको आधारमा अघिबढ्ने प्रतिवद्धता

काठमाडौ, ५ असोज
पदयात्रा व्यवसायीमा संलग्न ब्यवसायीहरुको छाता संस्था टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा रमेश धमला निर्वाचित भएका छन । शुक्रबार राजधानीमा सम्पन्न ३५ औं वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालकालागि टानको अध्यक्षमा इकोलोजिकल ट्रेक्सका सञ्चालक धमला सहित उनको सबै समुहलाई निर्वाचित गरेको हो । १७ सदस्यीय टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को निर्वाचनमा पुरै धमला समहले भारी मत ल्याएर विजयी हाँसिल गरेको हो । अर्का अध्यक्ष पदका उम्मेदार जाङबु शेर्पालाई ६० मतले पछि पारि ३ सय २१ मत ल्याएर विजयी हाँसिल गरेका  धमला समुहका सबै सदस्यले शेर्पा समुहलाई धेरै मतले उछिनेर विजयी भएका हुन । सो निर्वाचनमा कुल ८ सय ५३ मतदाता सदस्य मध्ये जम्मा ६ सय ७ ओटा मत मात्र खसेको थियो । टानको निर्वाचित वरिष्ठ उपाध्यÔमा माउण्टेन लिडर ट्रेक्सका प्रबन्धनिर्देशक केशव पाण्डे, प्रथम उपाध्यÔमा कामी रिन्जी शेर्पा, द्धितीय उपाध्यÔमा एलायन्स ट्रेक्सका प्रबन्धनिर्देशक कुल बहादुर गुरुङ, महासचिवमा हिमालयन ग्लासियर ट्रेकिङका प्रबन्धनिर्देशक सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोÈाध्यÔमा गोपालबाबु श्रेष्ठ तथा सह–कोÈाध्यÔमा तिलक बहादुर थापा मगर रहेका छन । यसैगरि  सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्डी शेर्पा, नमराज गौली, आङगपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सीना र धन प्रसाद गुरुङ रहेका छन ।  टानमा १७ जना निर्वाचित ४ जना सदस्य मनोनित एक पोखरा च्याप्टरका अध्यक्ष र १ जना पूर्व अध्यक्ष सहित २३ सदस्यीय नयाँ कार्यसमिति हुने छ ।  नवनिर्वाचित अध्यक्ष धमलाले करिब १ हजार  टे«किङ कम्पनीहरुको हकहित र व्यवसायिक उन्नतिका लागि प्रतिवद्धता जाहेर गर्दै अब टानमा व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने बताएका छन ।  सन् १९७५ मे  १ एवं  १९ बैशाख २०३२ सालमा स्थापित टानमा अहिले  १ हजार  कम्पनीहरु सदस्य रहेका छन ।  अहिले पुरै प्यानलले निर्वाचन जितेपनि सबै व्यवसायीसाथीहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष धमलाले भने, ‘ अहिले हामीलाई राजनीति गरेको आरोप लागेको छ, अब टानमा कुनै राजनीतिक गन्ध आउने कुनैपनि कार्य गर्न दिने छैनौं’ । उनले आफ्ना र जाङबु शेर्पाले उठाएका एजेन्डालाई सहमती र सहकार्यको आधारमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सो निर्वाचनकालागि अध्यक्ष पदमा नमस्ते टे«क्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं वर्तमान वरिष्ठ उपाध्यÔ जाङबु शेर्पा र उनको समुहबीच तिब्र प्रतिस्पर्धा भएको थियो ।  शेर्पा समुहको वरिष्ठ उपाध्यÔमा मकालु एड्भेन्चरका प्रबन्ध निर्देशक मोहन लम्साल, प्रथम उपाध्यÔमा गणेश न्यौपाने, द्धितीय उपाध्यÔमा अप्सरा ट्रेक्सका प्रबन्ध निर्देशक कृष्णहरि खत्री ,महासचिवमा आसाही ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक अन्जनकुमार  थापा, सचिवमा द ¥यालि वाइल्ड ट्रेकिङका प्रवन्ध निर्देशक निमा लामा, कोÈाध्यÔमा आउटडोर हिमालय टे«क्सका प्रबन्ध निर्देशक राजेन्द्र सापकोटा र सह कोÈाध्यÔमा रामकृष्ण तिमल्सीना थिए । यसैगरि सदस्यहरुमा फुर्वा ग्याल्जेन शेर्पा, तारानाथ लामिछाने, मुक्ति पाण्डे, राम प्रसाद सापकोटा, विष्णु बहादुर कु“वर, सरोजा हमाल, लाक्पा नुर्बुशेर्पा, विनोद सापकोटा र अनिल भट्टराई थिए । उनीहरु सबैले सो प्रतिस्पर्धामा हार खानुपरेको थियो ।

No comments:

Post a Comment