Tuesday, December 31, 2013

वैदेशिक रोजगारीका नाममा ५५ करोडभन्दा बढीको ठगी

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, १३ पुस
वैदेशिक रोजगारीका नाममा विदेश पठाइदिने भन्दै चालू आर्थिक वर्È २०७०÷७१ को पहिलो चार महिनामा मात्र ५५ करोड रूपैयाँभन्दा बढी ठगी भएको पाइएको छ । स्वदेशमा रोजगारी नपाएका युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने सपना देखाई ठगले उनीहरूलाई विभिन्न प्रलोभनमा पारेर एवं झुक्याएर सो रकम ठगी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको बितेका चार महिनामा मात्र ५५ करोड ३३ लाख २९ हजार ७ सय ९२ रूपैया“ असुलउपरको दाबीसहित विभागमा ८ सय ७० ओटा उजुरी दर्ता भएका छन् ।
जसमा संस्थागततर्फ २३ करोड १३ लाख २ हजार ८ सय १२ रूपैया“को दाबीसहित ५ सय ३२ ओटा उजुरी दर्ता भएका छन् । यसैगरी, व्यक्तिगततर्फ ३२ करोड २० लाख २६ हजार ९ सय ८० रूपैया“ असुलउपरको दाबीसहित ३ सय ३८ ओटा उजुरी दर्ता भएका छन् । सोही उजुरीमध्येबाट चालू आव २०७०÷७१ मा व्यक्तिगततर्फका अदालतमा ४८ ओटा उजुरी १५ करोड ८९ लाख ८३ हजार १ सय ५० बिगो दाबी रकमसहित दायर भएका छन् । गसैगरी, संस्थागततर्फ पनि पाँचओटा उजुरी १ लाख ५० हजार रूपैया“ बिगो दाबी रकमसहित दायर भएका छन् । पछिल्लो समय विभागमा देखिएको ठगीका मुद्दाका फाइल हेर्दा म्यानपावर कम्पनी र एजेन्टलगायतका अन्य दलालहरूले वैदेशिक रोजगारीका नाममा रकम असुल गरी स्वदेश तथा विदेशमा कामदारलाई अलपत्र पार्ने, बढी रकम असुल्ने र सम्झौताबमोजिम सेवासुविधा एवं पारिश्रमिक नदिने गरेको उजुरी बढ्दै गएको विभागले जनाएको छ । 
विभागका निर्देशक दिवस आचार्यले चालू आर्थिक वर्Èको बितेका चार महिना मंसिर मसान्तसम्म वैदेशिक रोजगारीमा पठाउने विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्ट र व्यक्तिगत तवरबाट विभिन्न बाहानामा सो रकम ठगी भएको बताए । उनले अहिले म्यानपावर कम्पनीबाट संस्थागत रूपमा जानेहरूभन्दा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र एजेन्टबाट ठगिनेहरू सबैभन्दा बढी रहेको बताए । उनले अहिले दैनिक करिब तीनदेखि पाँचओटा उजुरी विभागमा दर्ता हुने गरेको जानकारी दिए । अहिले वैदेशिक रोजगारीका नाममा मोटो रकम असुलेर ठगी गरेको भन्दै विभागमा वैदेशिक रोजगारीमा जाने कामदार र विदेश पठाउने व्यक्तिहरूबीच झगडा हुने क्रम पनि बढिरहेको विभागले जनाएको छ ।
ठगी गर्नेलाई मानव बेचबिखनको मुद्दा चलाइनेकाठमाडौं÷रास– वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई मानव बेचबिखनको मुद्दा चलाइने भएको छ । वैदेशिक रोजगारीका विभिन्न घटना बढ्दै गएपछि यस्ता प्रकृतिका अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरीले मानव बेचबिखनविरुद्धकै मुद्दा चलाउने तयारी गरेको हो । कसुरदारलाई कारबाही गर्न मानव बेचबिखन एवं ओसारपसार ऐन २०६४ र मुलुकी ऐन २०२० को ठगीको महल र वैदेशिक रोजगार ऐन २०६४ अनुसारका मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने प्रयास केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरेको छ । यसअघि, वैदेशिक रोजगारका आवरणमा भएका घटनासम्बन्धी मुद्दामा एक वा बढीमा दुई किसिमका मुद्दा चलाउने गरिएको थियो । अहिले वैदेशिक रोजगारीमा अत्यधिक ठगीका घटना बढेकाले सो कार्यलाई निरुत्साहित गर्न र कसुरदारलाई कडा कारबाहीको व्यवस्था गर्न यस्तो प्रयास गरिएको प्रहरीले जनाएको छ ।  

अभिमुखीकरणसम्बन्धी तालिम दिने १३ ओटा संस्था निलम्बनमा
राजधानी समाचारदाता
काठमाडांै, १३ पुस
वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरणसम्बन्धी तालिम नै नदिई तालिमको प्रमाणपत्र वितरण गर्ने विभिन्न १३ ओटा संस्थालाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ । विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा यी अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले विदेश जान लागेका कामदारलाई तालिम नै नदिई प्रमाणपत्र वितरण गरेको भेटिएकाले कानुनी कारबाहीका लागि केही समयका लागि निलम्बन गरेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता एवं निर्देशक दिवस आचार्यले अनुगमनका क्रममा १३ ओटा संस्थाहरूले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान लागेका कामदारलाई तालिम नै नदिई प्रमाणपत्र वितरण गरेको भेटिएकाले केही समयका लागि निलम्बन गरिएको बताए । विभागका अनुसार संस्थागत रूपमा कुनै पनि मुलुकको रोजगारदाता कम्पनीमा  काम गर्न  जाने कामदारलाई त्यहाँको कामगर्ने तरिका एवं नियम कानुनका बारेमा चेतनामूलक व्यावहारिक ज्ञान दिलाउन दुईदिने अभिमुखीकरणसम्बन्धी तालिम दिनुपर्ने प्रावधान छ । यसैगरी, कम्पनीभन्दा भिन्दै व्यक्तिको घरमा ‘हाउसमेड’ मा काम गर्न जाने कामदारलाई भने अनिवार्य २१ दिने तालिम दिनुपर्ने प्रावधान छ ।  अहिले अभिमुखीकरणसम्बन्धी तालिम दिने संस्थाहरूले तालिम नै नदिई प्रमाणपत्र मात्र बिक्री गरिरहेको  व्यापक जनगुनासो आएपछि विभाग र बोर्डले अनुगमनका क्रममा सो प्रावधान नाघेर प्रमाणपत्र मात्र बिक्री गरिरहेका विभिन्न १३ ओटा संस्थालाई निलम्बन गरेको  जानकारी दिए ।
विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराईले अनुगमनका क्रममा कारबाहीमा परेका संस्थाहरूलाई उनीहरूले गरेको गल्तीको प्रकृतिअनुसार एक महिना र १५ दिन निलम्बन गरिएको बताए । विभाग र बोर्डको संयुक्त अनुगमनका क्रममा गल्ती गरी कारबाहीमा परेका संस्थाहरूमा एलाइन्स ओरिन्टेसन, वल्ड वाइड ओरिन्टेसन, युनाइटेड टे«डिङ सेन्टर, मालिका इन्स्टिच्युट, जालपादेवी टे«डिङ सेन्टर, कर्मसियल टे«डिङ सेन्टर, सुकर्मा इन्टरनेसनल र अराउन्ड दि वल्र्ड रहेका छन् । यी अभिमुखीकरणसम्बन्धी तालिम दिने संस्थालाई एक÷एक महिना निलम्बन गरिएको बताउँदै भट्टराईले भने, ‘अनुगमनका क्रममा ती संस्थामा परीÔार्थीको नाम मात्र थियो, परीÔार्थी थिएनन् । त्यसबेला संस्थाका सञ्चालकहरूले कोही खाजा खान तथा कोही खाना खान गएको बहाना बनाएका थिए ’। यसैगरी,  कारबाहीमा परेका अन्य संस्थाहरूमा टास्क टे«डिङ एसोसियन, नेपाल छहारी स्किल डेभलपमेन्ट, एलजी टे«डिङ सेन्टर, माउन्ट एभरेस्ट टेक्निकल इन्स्टिच्युट र रजनिश टे«निङ कन्सल्टेन्सी रहेका छन् । उनीहरूलाई १५ दिन निलम्बन गरिएको छ । ती संस्थामा विभागमा आएको नामभन्दा थोरै परीÔार्थी पाइएको थियो ।
अभिमुखीकरण तालिम दिने संस्थाले विभागमा पठाएको प्रशिÔार्थीको नामको विवरण हेर्दा शंका लागेकाले अनुमगन गरेको महानिर्देशक भट्टराईले जानकारी दिए । उनले भने, ‘अनुगमनमा जा“दा केही संस्थामा विद्यार्थी नभएको र केहीमा थोरै भएको पायौं ।’ उनले विद्यार्थी नभएकालाई  एक महिना र  केही विद्यार्थी भएकालाई १५ दिन निलम्बन गरेको बताए ।  अभिमुखीकरण तालिमबिना वैदेशिक रोजगारीमा जाने कामदारले विमानस्थलदेखि नै विभिन्न किसिमका दुःख पाउने गरेको बताउँदै  भट्टराईले भने, ‘कामदारलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले अनिवार्य तालिम प्रदान गनुपर्नेमा बिनातालिम प्रमाणपत्र दिनु जघन्य अपराध हो ।’ कारबाहीमा परेका केही संस्थाले वैदेशिक रोजगार व्यवसायीले कामदार नपठाएर तालिम प्रदान गर्न समस्या भएको गुनासो गरेको बताउँदै उनले अब सरकारले  त्यस्ता संस्थालाई मौका नदिने र विद्यार्थी नआई प्रमाणपत्र नदिन र विद्यार्थी आएमा मात्र प्रमाणपत्र दिन आग्रह गरेको जानकारी दिए । उनले अब गल्ती गर्नेलाई कडा कारबाही हुने बताए । 
अभिमुखीकरणसम्बन्धी तालिम दिने व्यावसायिक संस्थाहरूको छाता संस्था अभिमुखीकरण महासंघका अध्यÔ पूर्णबहादुर मल्लले पनि तालिम प्रदान गर्ने संस्थामा केही समस्या रहेको स्विकारेका छन् । उनले विभागमा दैनिक आउने नाम सूची र अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्या हेर्दा विभाग वा संस्था कसको गल्ती छ त्यसै प्रस्ट देखिने बताए ।  पहिले तालिम प्रदान गर्ने संस्थामा निकै ठूलो समस्या भए पनि गत मंगलबारको अनुगमनले अहिले ठूलो समस्या नरहेको देखाएको पनि उनले जानकारी दिए ।  सो अनुगमनमा विभागका महानिर्देशक भट्टराई र वैदेशिक रोजगार बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्मालगायतको टोलीले १६ ओटा संस्थामा अनुगमन गरेको थियो । त्यसमा ११ ओटा संस्थाको अवस्था राम्रो देखिएको र बा“की कारबाहीमा परेको विभागले जनाएको छ ।

ओमान र बहराइनमा नेपाली दूतावास खुल्यो,
बहराइन नेपाली कामदारलाई थप अवसर दिन तयार
राजधानी समाचारदाता
काठमाडौं, १३ पुस
निकै लामो प्रयास र प्रतीक्षापछि बल्ल ओमान र बहराइनमा नया“ नेपाली दूतावास खुलेको छ । गत सातादेखि यी दुवै ठाउँको दूतावास विधिवत रूपमा सञ्चालनमा आएका हुन् । खाडी मुलुक ओमान र बहराइनमा कार्यरत नेपालीले वÈौंदेखि नेपाली दूतावास खोल्न निकै प्रयत्न गर्दै आएका थिए । परराष्ट्र मन्त्रालयको टोलीसहित दुवै मुलुकको भ्रमणमा गएका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले दूतावासको उद्घाटन गरेका थिए । यसअघि पनि ती दूतावासले केही महिनायता कार्यालय स्थापना गरी विभिन्न कूटनीतिक काम गर्दै आएका थिए । परराष्ट्र सचिव थापा र बहराइनका विदेश उपसचिव करिम अल सकेरले संयुक्त रूपमा सञ्चालित दूतावासको उद्घाटन गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव थापासँगै त्यहाँका कामदारको वस्तुस्थिति बुझ्न बहराइन र ओमान पुगेर फर्किएका श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले वैदेशिक रोजगारीका लागि सातौं गन्तव्यका रूपमा रहेको ओमानमा कामदार व्यवस्थापनका कुनै समस्या नरहेको बताए । ओमानले अहिले भारत, बंगलादेश र इन्डोनेसियासँग कामदार लिने सम्झौता गरेको जानकारी दिँदै उनले अब नेपालले पछि छिट्टै व्यवस्थित रूपमा सम्झौता गर्ने बताए । घरायसी कामका लागि गत ९ चैतमा प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार ओमानमा न्यूनतम दैनिक तलब ८० र खानाखर्च २० रियाल, अर्धदक्ष कामदारका लागि तलब १ सय र खाना खर्च २०, दक्ष कामदारका लागि तलब १ सय २० र खाना २० रियाल दिनुपर्ने उल्लेख छ । यसैगरी, उच्चदक्ष कामदारका लागि  तलबबापत ५ सय र ५० रियाल खानाखर्च दिनुपर्ने उल्लेख रहेको जानकारी दिँदै उनले अब ओमान र बहराइन दुवै मुलुकमा अन्य खाडी राष्ट्रमा लागू भएजस्तै वैज्ञानिकरूपमा नयाँ तलबस्केल लागू गर्ने तयारीमा सरकार जुटेको बताए । अहिले बहराइनमा करिब ३५ हजार नेपाली कामदार भएको बताउँदै उनले नेपालबाट गएका परराष्ट्र सचिव थापाले ओमानका समकÔी अहमद विनस“ग पनि भेटवार्ता गरेर कामदारको सुरक्षामा ध्यान दिन आग्रह गरेको समेत जानकारी गराए ।
यसैबीच, खाडी मुलुक बहराइनले नेपाली कामदारको संख्या बढाउन आफू सकारात्मक रहेको बताएको छ । बहराइनमा नेपाली राजदूतावास औपचारिक रूपमा सञ्चालनका क्रममा बहराइनले नेपाली कामदारलाई थप अवसर दिन सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा सचिव थापाले भर्खरै काम सुरु गरेको  नेपाली राजदूतावासले नेपाल र बहराइन दुवै राष्ट्रबीचको  सम्बन्ध र सहयोग विस्तारका साथै व्यापार, पर्यटन, आर्थिक सहयोग एवं नेपाली नागरिकहरूलाई रोजगारीको अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरे । सन् २०७० को दशकमा स्थापना भएको नेपाल–बहराइन कूटनीतिक सम्बन्ध समस्यारहित रहेको चर्चा गर्दै उनले संयुक्त राष्ट्रसंघ, Ôेत्रीय एवं अन्तर्राष्ट्रिय मामलामा दुवै मुलुकको साझा धारणा रहेको बताए । सचिव अल साकेरले आफ्नो मुलुकले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउँदै हाल बहराइनमा ३५ हजार आप्रवासी नेपाली कामदार रहेको जानकारी दिए । उनले पारस्परिक सहयोगका Ôेत्र विस्तार गर्न पनि बहराइन उत्सुक रहेको बताए । राजदूतावास उद्घाटनअघि सचिव थापाले बहराइनका आफ्ना समकÔीलाई त्यहाँको विदेश मन्त्रालयमा भेटेर थप नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउन आग्रह गरेका थिए भने बहराइनले  नेपालको सो आग्रहप्रति सकारात्मक जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सचिव थापाले बहराइनको श्रम बजार नियमन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अस्माए अल अब्सीसँग पनि भेटवार्ता गरी नेपाली कामदारको अवस्थावारे जानकारी लिएका थिए । सरकारले कार्यवाहक राजदूतस्तरमा स्थापना गरेको नेपाली दूतावासको प्रमुखमा परराष्ट्र मन्त्रालयका उपसचिव दुर्गाबहादुर सुवेदीलाई नियुक्त गरेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ साल १० फागुनको मन्त्रिपरिÈद् बैठकले ओमानको राजधानी मस्कट र बहराइनको मनामामा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको थियो । सोही बैठकले साउदी अरेबियाको जेद्दामा कन्सुलेट र चीनको ग्वाङडोङ प्रदेशको राजधानी ग्वाङजाउमा कन्सुलेट जनरल स्थापनाको समेत निर्णय गरेको थियो । दूतावास नभएको ओमान र बहराइनलाई यसअघि साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले सहप्रमाणीकरण गर्दै आएको थियो । ओमान र बहराइनमा दूतावास खुलेपछि सबैभन्दा बढी नेपाली भएको साउदीस्थित दूतावासको भारसमेत केही कम हुने अपेक्षा गरिएको छ । ओमानमा सन् २१ जनवरी १९७७  र बहराइनमा १३ जनवरी १९७७ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल ओमानमा करिब ४० हजार र बहराइनमा ३० हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।  
अब खाडीमा कार्यरत घरेलु कामदार शोÈणमुक्त हुने
आगामी वर्È घरेलु श्रम कानुन आउने 

राजधानी समाचारदाता
काठमाडांै, १३ पुस
संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुबेत, ओमान र बहराइनमा घरेलु कामदारका रूपमा काम गर्ने करिब साढे २ लाख नेपाली कामदार शोÈणबाट मुक्त हुने भएका छन्  । गल्फ कोअपरेसन काउन्सिलमा आबद्ध ती देशहरूले आगामी वर्Èदेखि घरेलु श्रमस“ग सम्बन्धित कानून कार्यान्वयन गर्ने भएपछि ती देशमा काम गर्ने घरेलु कामदारमाथि हुने शोÈण कम हुने भएको हो । घरेलु कामदारलाई कानुनी दायरामा ल्याउन घरेलु श्रम नीति लागू गर्न लागिएको बताइएको छ  । यसको कार्यान्वयनस“गै अब घरेलु कामदारका श्रमको संरÔण त्यहाँको कानुनले नै गर्नेछ । घरेलु कामदारको राहदानी  जफत गर्दै आएका रोजगारदाताले सो कानुन कार्यान्वयन गरेपछि अब राहदानी जफत गर्न पाउने छैनन् । त्यसैगरी, नया“ घरेलु श्रमनीतिले रोजगारदातालाई समयमा तलब दिन बाध्य बनाउनेछ । विभिन्न देशका गरी करिब ४५ लाख घरेलु कामदार यी देशमा कार्यरत छन् । नया“ कानुनमा सबै देशले आधारभूत कामको करार, सातामा एक दिन बिदा, खानेबस्ने सुविधा, कपडा, भिसा शुल्क र विमानको टिकटमा समानता हुनेछ । तीन महिनाको परीÔणकालमा कामदारले उचित कारण भएमा मालिक परिवर्तन गर्न सक्छन् । घरेलु कामदारको करार अवधि दुई वर्Èको हुनेछ । तलबको अनिवार्य रूपमा रिसिप्ट दिने र कामदारको बैंक खातामा जम्मा गर्नुपर्नेछ । सो कानुन कार्यान्वयनमा आएपछि ती मुलुकमा कार्यरत करिब साढे २ लाख नेपालीले प्रत्यक्ष रूपमा लाभ लिनेछन् । यो कानुनले हाउसमेड, क्लिनर, कुक, बल्टलर, ड्राइभर र मालीजस्ता घरायसी रोजगारीलाई कानुनको दायरामा ल्याउनेछ । अहिलेसम्म उनीहरू श्रम कानुनबाट संरÔित छैनन् । घर भित्रमात्र काम गर्ने महिला घरेलु कामदार खाडीमा निकै शोÈित र पीडित छन् । अहिले करिब २ लाख ६० हजार नेपाली महिला खाडीमा घरेलु कामदारको रूपमा कार्यरत छन् ।
अनलाइन सेवा सञ्चालनका लागि दबाब दिन व्यावसायी एकजुट 
वैदेशिक रोजगारीलाई थप सहजीकरण बनाउन सातबुँदे प्रतिबद्धता 

राजधानी समाचारदाता
काठमाडांै, १३ पुस
वैदेशिक रोजगारीका क्षेत्रमा सम्बद्ध विभिन्न संघसंस्थाहरूले हाल वैदेशिक रोजगार विभागमा भइरहेको अनावश्यक भीडभाड र एजेन्टको चलखेल नियन्त्रण गरी त्यहाँको सेवालाई थप व्यवस्थित बनाउन अनलाइन प्रविधिबाट सेवा दिने कार्य सञ्चालनका लागि   दबाब दिन सामूहिक ऐक्यबद्धता जनाएका छन् । अहिले पुरानै शैलीमा निकै असहज तरिकाले भइरहेको श्रमस्वीकृति दिने काम अनलाइन प्रविधिबाट भए विभागमा आइपर्ने र अनावश्यक झन्झट स्वतः अन्त्य हुने भन्दै उनीहरूले सरकारले प्रदान गर्दै आएको सेवालाई सरल, पारदर्शी, व्यवस्थित, सहज र थप मर्यादित बनाउन सामूहिक ऐक्यबद्धता जनाएका हुन् । यसरी, ऐक्यबद्धता जनाउने विभिन्न संघसंस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल स्वाथ्य व्यवसायी महासंघ, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ र म्यादी जीवन बिमासम्बन्धी काम गर्दै आएका विभिन्न बिमा कम्पनीहरू रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीका क्षेत्रमा हाल भइरहेको सेवालाई थप व्यवस्थित र मर्यादित बनाउने कार्यलाई तत्काल लागू गराउन दबाब दिन विभिन्न सातबुँदे प्रतिबद्धतासमेत जनाएका छन् । सरकारलाई दबाब दिएर आफ्ना माग छिटो कार्यान्वयनमा ल्याउन उनीहरूले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङको संयोजकत्वमा चार सदस्यीय एक कार्य समितिसमेत गठन गरेको छ । सो समितिका अन्य सदस्यहरूमा स्वाथ्य व्यवसायी महासंघका अध्यक्ष प्रवीण तिवारी, अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्ल र म्यादी जीवन बिमा गर्ने कम्पनीका तर्फबाट नेसलन लाइफ इन्स्योरेन्सका सहमहाप्रपन्धक चिरायु भण्डारी रहेका छन् । यस समितिले आगामी सातादेखि सरकारलाई घच्घच्याउने खालका दबाबमूलक काम थाल्ने बताइएको छ । 
वैदेशिक रोजगार व्यवसायी संघको  नेतृत्वमा एकजुट भएका विभिन्न संस्थाका प्रतिनिधिहरूले गरेको विभिन्न सातबुँदे प्रतिबद्धतामा वैदेशिक रोजगार विभागको अनलाइन सफ्टवेयरको युजर नेम र पासवर्ड सम्बद्ध व्यवसायीलाई दिन श्रम तथा रोजगार मन्त्रालयलाई सामूहिक अनुरोध गर्ने, वैदेशिक रोजगार अभिमुखीकरण तालिम अनिवार्य रूपमा पढाउने व्यवस्था गर्ने, स्वास्थ्यपरीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने  र सामूहिक प्रतिबद्धता गराउने, बिमा दाबी गर्न आउनेलाई सरल र शीघ्र सेवा प्रदान गर्ने, वैदेशिक रोजगारीमा जाँदा हुने मृत्युदर कसरी घटाउन सकिन्छ सो विषयमा चेतनामूलक शिक्षाको व्यवस्था गर्ने, एजेन्टद्वारा हुने समस्या रोक्न पहल गर्ने र स्वास्थ्यपरीक्षण र अभिमुखीकरणमा देखिएको कमिसनलाई निरुत्साहित गर्न सामूहिक प्रयत्न गर्ने रहेका छन् । बिहीबार संघमा आयोजित बृहत् छलफल कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन सफ्टवेयर आवश्यक रहेको भन्दै सफ्टवेयरमार्फत काम गरेमा हाल देखिएका सबै समस्या समाधान हुने बताए । उनले वैदेशिक रोजगार विभाग मातहतमा सफ्टवेयर राखेर सो सफ्टवेयरको युजर नेम र पासवर्ड म्यानपावर व्यवसायी, अभिमुखीकरण, स्वास्थ्य व्यवसायी र म्यादी जीवन बिमा गर्ने संस्थालाई दिन पहल गर्ने बताए । यसले विभागमा हुँदै आएको भीडभाडमा कमी आउनेछ  भने कामदार ठगिनबाट बच्ने उनले दाबी गरे । विभागले अनलाइन प्रविधिबाट सेवा दिन तयारी गरे पनि अझै सेवा दिन सकेको छैन । तामाङले सो प्रविधिबाट काम गर्दा छिटो, सजिलो र व्यवस्थित ढंगले काम हुने बताए । सानो कामका लागि विभाग धाउनुपर्दैन । विभागमा अनावश्यक व्यक्तिको प्रवेश बढेकाले व्यवसायीको बदनामी हुन पुगेको उनको भनाइ छ । अनलाइन प्रविधिबाट काम गर्दा पूर्वस्वीकृति, अन्तिम स्वीकृति, बिमा, अभिमुखीकरण र स्वास्थ्यपरीÔणमा सहज हुने उनले बताए ।
स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रवीण तिवारीले यो व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन सफ्टवेयर चाहिन्छ भनेको धेरै समय भयो, यो प्रविधि समयमा नै ल्याउने हो भने संघ, स्वास्थ्य व्यवसायी महासंघ, अभिमुखीकरण महासंघ र म्यादी जीवन बिमा कम्पनीका लागि फरकफरक सफ्टवेयर राख्नुपर्ने बताए । स्वास्थ्य परीक्षणका कारण हरेक महिना २ सयभन्दा बढी कामदार स्वदेश फर्किनेप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष तिवारीले दुई वर्ष पहिलेको तुलनामा अहिले निकै सुधारिएको बताए । उनले वैदेशिक रोजगारीमा गएका कामदार स्वास्थ्य परीक्षणका कारण फर्कने क्रम केही घटे पनि व्यवसायीले सधंै क्षतिपूर्ति तिर्न नसक्ने बताए । यसलाई सुधार गर्न सके व्यवसायलाई सहजै अघि बढाउन सकिने र कामदारलाई समस्या नपर्ने उनको दाबी छ । तिवारीले अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले स्वास्थ्यसम्बन्धी विषयलाई विद्यालयको कोर्समा राखेर अध्ययन गराउन माग गरे । अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले आफ्नो मागलाई सम्बोधन गरे आफंैले डाक्टर उपलब्ध गराउने समेत उनले उद्घोष गरे ।
अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लले दैनिक १५ सयदेखि २ हजार नेपाली युवा रोजगारीका लागि बिदेसिने गरेको जानकारी गराउँदै उनीहरू सबैले अभिमुखीकरण तालिम लिएर गइरहेका छन त ? भन्ने प्रश्न गरे ।  सबै कामदारले अभिमुखीकरण तालिम लिएका भए अभिमुखीकरण तालिम प्रदान गर्ने कक्षा अधिकांश खाली हुने थिएनन् भन्दै मल्लले भने,  ‘कुन मेनपावर कम्पनीले मेरो संस्थाबाट वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिम लिए, लिएको भए के सिके र के सिकाइयो भनेर सोधेका छन् ? ।’  त्यसको जवाफ होइन उल्टै अभिमुखीकरण तालिम प्रदान गर्दा तिर्ने ७ सय रुपैयाँमा कति कमिसन आउँछ भनेर फोन गर्ने गरेकाले अहिले केही समस्या भएको उनले जानकारी दिए । म्यानपावर व्यवसायीलाई नै कामदारले पढोस् भन्ने चाहना नरहेको उनको आरोप छ ।  ११ घन्टा अध्ययन गर्र्दा कामदारले अधिकांश कुरा बुझ्ने भएकाले हाल देखिएको समस्या समाधान गर्न आग्रह गर्दै उनले बिचौलिया  हटाएर जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउनसमेत माग गरे । नेसनल लाइफ इन्स्योरेन्सका सहमहाप्रवन्धक चिरायु भण्डारीले वैदेशिक रोजगार विभागले सबै काम अनलाइनमार्फत गर्न सफ्टवेयर ल्याए बिमा कम्पनीलाई पनि काम गर्न सहज हुने बताए ।   नेपाली कामदारलाई बढी देखिएको स्वास्थ्य समस्या हृदयघात हो भन्दै उनले हृदयघातले अधिकांश कामदारको निधन हुने गरेकाले अब जानुपूर्व मुटुसम्बन्धी सबै परीक्षण गर्नु आवश्यक भएको बताए ।

Sunday, December 22, 2013

मलेसियन दूतावासविरुद्धको आन्दोलन थप चर्कियो


मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ६ पुस
मलेसियन दूतावासले भिसा शुल्क बढाएर नेपाली कामदारको राहदानी संकलन, मेडिकल रिपोर्ट र भिसा अनलाइनमा राख्ने काम निजी एजेन्ट सफ्टवेयर कम्पनीलाई जिम्मा दिएको विरोधमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीको आन्दोलन थप चर्किएको छ । मलेसियन दूतावासविरुद्ध आन्दोलित भएका व्यवसायीले आगामी सोमबार बिहानैदेखि पुल्चोकस्थित दूतावासमा कालो ब्यानरसहित धर्ना दिएर विरोधका कार्यक्रम अघि बढाउने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा हुने विरोध कार्यक्रमअन्तर्गत पहिलो चरणमा सोमबारबाट दूतावासमा कालो ब्यानरसहित धर्ना दिइनेछ । दोस्रो चरणमा बढेको भिसा शुल्क पहिलेकै दरमा ल्याउने यूएन एजेन्सी (आईएलओ) स“ग छलफल गर्ने, तेस्रो चरणमा नेपाल सरकारका पदाधिकारीहरूस“ग कूटनीतिक पहल गर्न आग्रह गर्ने र त्यसपछि पनि व्यवसायीले उठाएका जायज माग पूरा नभए अनिश्चत कालका लागि मलेसियामा कामदार नपठाउनेसम्मको कार्यक्रम संघले तय गरेको छ । संघका अध्यक्ष बलबहादुर तामाङले दूतावासले भिसा शुल्क बढाएर राहदानी संकलन, मेडिकल रिपोर्ट र भिसा अनलाइनमा राख्ने काम निजी एजेन्ट सफ्टवेयर कम्पनीलाई जिम्मा दिई भिसा शुल्क ३ हजार ९ सय लिने गरे पनि राहदानीमा भिसा शुल्क ७ सय मात्र लेखिने गरेकाले व्यवसायी थप आन्दोलित भएको बताए । उनले अहिले दूतावासले मलेसियाका दलाल ल्याएर यहाँ ठूलो आर्थिक चलखेल गर्न लागेकाले त्यसको विरोधमा आफूहरू उत्रिनुपरेको बताए ।
छिटो भिसा उपलब्ध गराउन भन्दै भिसा शुल्क बढाएको डेढ महिना बितिसक्दा पनि अझै मलेसियन दूतावासबाट भिसा दिने प्रक्रियामा भइरहेको ढिलाइले नेपाली कामदारले थप आर्थिक भारसँगै निकै सास्ती भोग्नुपरेको बताउँदै उनले व्यवसायी तथा कामदारले ३ हजार ९ सय रुपैया“ शुल्क तिरे पनि अझै राहदानीमा टा“सिने भिसा स्टिकरमा ७ सय रुपैयाँ मात्र उल्लेख भइरहेको जानकारी दिए । मलेसियन दूतावासले छिटो भिसा दिएर सेवाग्राहीलाई सहज रूपमा सेवा दिन भन्दै गत १ नोभेम्बरदेखि लागू हुने गरी कामदारलगायत सबै प्रकारको भिसा शुल्क बढाएर ७ सयबाट ३ हजार ९ सय रुपैयाँ पु¥याएको थियो ।
उनले भिसा शुल्क वृद्धि भएको करिब डेढ महिना बित्दा पनि अहिलेसम्म सफ्वेयर परिवर्तन नगरिएकाले ३ हजार ९ सय रुपैयाँ शुल्क लिए पनि राहदानीमा टाँसिने भिसा स्टिकरमा ७ सय रुपैयाँ मात्र लेख्नुपरेको र अब छिट्टै बढेको शुल्क नै लेखिने व्यवस्था हुने दूतावासले बताउँदै आएको जानकारी दिए । एक्कासि शुल्क वृद्धि गरेको दूतावासले राहदानीमा पुरानै शुल्क उल्लेख गरेपछि हामीले दूतावासको ध्यानकर्Èण गराएका छौं, दूतावासले बढेको शुल्क नघट्ने र राहदानीमा ३९ सय प्रिन्ट हुन समय लाग्ने जनाएको बताउँदै उनले भने, ‘दूतावासले आउटसोर्सिङ कम्पनीलाई बीचमा राखेर ३ हजार २ सय रुपैया“ खाइरहेको छ । ‘यो सरासर संस्थागत ठगी हो । कि त ७ सय लिनुप¥यो होइन भने राहदानीमा ३९ सय नै उल्लेख हुनुप¥यो,’ उनले भने । उनले मलेसियामा नेपाली विद्यार्थी र पर्यटकभन्दा बढी कामदार जाने भएकाले रोजगार व्यवसायीले बढेको शुल्कले कामदारलाई मात्र आर्थिक भार थप्ने भन्दै शुल्कवृद्धि फिर्ता लिन दूतावासलाई आग्रह गरेको बताए । उनले मलेसिया नेपाली कामदारका लागि प्रमुख गन्तव्य भएकाले शुल्क वृद्धिको भार कामदारलाई मात्र परेको बताए । घुम्न चाहने र पढ्न जानेले त खर्च गर्न सक्छन् । स्वदेशमा निकै संघर्ष गर्दा पनि रोजगारी नपाएपछि बाध्य भएर बिदेसिने कामदारले सक्दैनन्, तर, दूतावासले तिनलाई नै मर्का पर्ने गरी शुल्क बढाएर ३ हजार २ सयको हिसाब लुकाएको समेत उनले दाबी गरे ।
मलेसियाली दूतावासले निर्धारण गरेको शुल्क व्यवसायी, विद्यार्थी वा पर्यटकले मलेसियन भीएलएन नेपाल प्रालिको नाममा इन्भेस्टमेन्ट बैंकमार्फत ड्राफ्ट बनाउनुपर्ने हुन्छ । त्यो संस्था मलेसियाको हो वा नेपालको भन्नेमा अन्योल नै रहेको अधिकांश व्यवसायीको भनाइ छ । सो संस्थाले नाफा खान भिसा शुल्क बढाएर राहदानीमा ७ सय राखी ३ हजार २ सय रुपैयाँ अवैध रूपमा असुलिरहेको व्यवसायीको आरोप छ ।
मलेसियाकै बेस्टिनेट भन्ने संस्थाले बायो–मेडिकलका नाममा मेडिकल शुल्क बढाई केही मेडिकल सेन्टरलाई मात्र मान्यता दिई सिन्डिकेट लागू गर्न लागेको र फोस्वा संस्थामार्फत मलेसिया जाने कामदारको भिसा लगाउन ३ हजार २ सय रुपैयाँ छुट्टै लिन लागेको आरोप संघकोे छ । अहिले भीएलएन नेपाल प्रालिले भिसा शुल्क ३ हजार ९ सय रुपैयाँ लिइरहेको छ भने अब मलेसियन सरकारले राहदानी संकलन गरी व्यवस्थित रूपमा भिसा लगाउने जिम्मा फोस्वालाई दिन लागेको छ । फोस्वाले भने ३ हजार २ सय रुपैयाँमा नै राहदानी संकलनदेखि भिसा लगाउने सबै काम गर्ने बताइएको छ । फोस्वाले काम सञ्चालन गरेपछि भने अहिले उठाइँदै आएको ३ हजार ९ सय रुपैयाँबाट ७ सय रुपैयाँ सीधै घट्नेछ ।
सो सम्बन्धमा संघले तत्काल कूटनीतिक पहल गरी सो कार्य स्थगित गर्न सम्बन्धित सबै निकायलाई ज्ञापनपत्र बुझाइए पनि कुनै सुनुवाइ नभएको बताउँदै आएको छ ।
बढाइएको भिसा शुल्क वृद्धिमा पुनर्विचार गर्न संघले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, मन्त्रिपरिÈद् कार्यालय, मलेसियाली दूतावासलगायतका निकायमा ज्ञापनपत्रसमेत बुझाइसकेको छ । संघका महासचिव रोहण गुरुङले बेस्टिनेट संस्थाले स्वास्थ परीक्षणका नाममा गर्न लागेको चलखेलपूर्ण कार्यले यहाँबाट जाने कामदारलाई थप आर्थिक भार बढ्ने भएकाले संघ दूतावासको सो कदमविरुद्ध आन्दोलित भएको बताए । मलेसियामा रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीÔण गर्दा पहिला लिइ“दै आएको २ हजार ६ सय २५ रुपैयाँबाट पनि मलेसियाको बेस्टिनेट संस्थाले बायो मेडिकलको नाममा बढाएको छ । संघका महासचिव गुरुङले भने, ‘हाल भएका २ सय ५ ओटा स्वास्थ्य संस्थामध्ये जम्मा ६० ओटालाई मात्र अनुमति दिएर सिन्डिकेट लाद्न खोजिएका छ । अब हामी त्यो निर्णय कार्यान्वयन हुन दिँदैनौ ।’ मलेसियन दूतावासले मलेसियामा जाने कामदारलाई विभिन्न शीर्Èकमा बढी पैसा असुली गरेको एवं छुट्टै शुल्क लिई सक्कल राहदानी संकलन कार्यालय स्थापना गर्न लागेको प्रति पनि व्यवसायी निकै असन्तुष्ट भएको उनले बताए ।
दूतावासले भने मलेसिया सरकारको निर्णयअनुसार भिसा शुल्क बढेको भन्दै घट्न नसक्ने जनाएको छ । यसअघि नै मलेसियन दूतावासले संघलाई पत्र लेखी शुल्क नघट्ने जनाइसकेको छ । दूतावासले बढेको ३ हजार ९ सय रुपैया“ राहदानीमा नै प्रिन्ट हुन समय लाग्ने भन्दै अहिले प्राविधिक कारणले प्रिन्ट हुन नसकेको बताएको छ । दूतावासले अहिले नेपालीका लागि मात्र नभएर अन्य मुलुकका लागि पनि भिसा शुल्क बढाएको जनाएको छ । दूतावासले राहदानीमा ७ सय भिसा शुल्क उल्लेख गरे पनि पैसा बुझाएको भौचर दिने बेलामा ७ सय भिसा शुल्क र ३ हजार २ सय रुपैयाँ ‘प्रोसेसिङ चार्ज’ उल्लेख गरेको छ । सो दूतावासले मलेसियन भीएलएन नेपाल प्रालि मलेसिया सरकारअन्तर्गत नै सञ्चालित भएको जनाएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बढेको भिसा शुल्कले नेपाली कामदारलाई थप आर्थिक भार पर्ने भन्दै फिर्ता लिन परराष्ट्र मन्त्रालयमार्फत मलेसियास“ग आग्रह गरिसकेको बताए । मलेसियाबाट मेडिकल, राहदानी संकलन र भिसा सफ्टवेयरमा थप शुल्क बढ्ने भनेर आइसकेको छ । बढाइएको भिसा शुल्क फिर्ता लिन पत्र पठाएका छौं, तर जवाफ आएको छैन,’ उनले भने ।
मलेसियाको भिसा प्रक्रिया पनि बिबादमा
काठमाडौं÷रास– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मुलुक हो मलेसिया  । अहिले मलेसियामा करिब सात लाख नेपाली कामदार कार्यरत छन् । त्यहाँको वातावरण नेपालको हावापानी सँग मिल्दोजुल्दो भएको र काम पनि भित्र बसेर गर्न पाईने भएकाले हाल वार्षिक करिब डेढ लाख कामदार मलेसिया जानेगरेका छन ।   नेपाली कामदारलाई प्राथमिकता दिइरहेको मलेसियन सरकारले अहिले नेपालमा भिसा प्रक्रिया निजी कम्पनीलाई जिम्मा दिएर व्यवस्थित रुपमा काम गर्ने तयारी गरेको छ । यसको प्रमुख उद्देश्य हो, भिसा प्रक्रियालाई छिटो, छरितो र सहज बनाउनु । तीन बर्षअघि देखि नै मलेसियाले नेपालमा ‘आउट सोर्सिङ कम्पनी’मार्फत भिसा दिने तयारी गरेको थियो । मलेसियन सरकारले मन्त्रिपरिषद्को निर्णय बमोजिम नै अहिले निजी कम्पनीमार्फत व्यवस्थित रुपमा भिसा प्रक्रिया सुरु गर्न लागिएपछि सो प्रक्रिया नै  विवादको घेरामा परेको छ । खासगरि, वैदेशिक रोजगार व्यवसायी संघले गत बिहीबार पत्रकार सम्मेलन गरेपछि यो विवाद सतहमा आएको हो । नेपालको भिसा प्रक्रियाका लागि मलेसियन सरकारले फोस्वा नामक अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिएको छ । जसले श्रीलंका लगायतका मुलुकमा पनि मलेसियाको भिसा दिने काम गर्छ । फोस्वालाई रोक्नका लागि वैदेशिक रोजगार व्यवसायी नै लागेपछि यसको पक्ष र विपक्षमा व्यवसायीहरु विभाजित भएका छन् ।
के हो बिबाद ?
नेपाली कामदारले मलेसियाको भिसा लिन अहिले कम्तीमा पनि ९ दिन कुर्नुपर्छ । मलेसियाको भिसा शुल्क सात सय रुपैयाँ थियो । तर, अहिले भीएलएन नेपाल नामक मलेसियन संस्थाले ३ हजार ९ सय रुपैयाँ असुलेर भिसा दिने गरेको छ । मलेसियाको अल्ट्रा कुराना प्राइभेट लिमिटेड नामक कम्पनीको नेपाल प्रतिनिधि हो, भीएलएन । भीएलएन एउटा सफ्टवेयर प्रदायक संस्थामात्रै हो । जसको सफ्टवेयर प्रयोग गरेर नेपालस्थित मलेसियन दुतावासले भिसा दिने काम गरिरहेको छ । गत १ नोभेम्वर देखि नै  भीएलएनले दुतावासलाई समेत प्रभावमा पारेर भिसा शुल्क बापत ३ हजार ९ सय रुपैयाँ असुली रहेको छ । जबकी मलेसियाको भिसा स्ट्याम्पिङमा भिसा शुल्क बापत ७ सय रुपैयाँ लेखिएको छ । बाँकी ३ हजार २ सय रुपैयाँ कहाँ जान्छ, वैदेशिक रोजगार व्यवसायीहरुले अझै पत्तै पाएका छैनन ।  तर, मलेसियन सरकारले अत्याधुनिक प्रविधिमार्फत छिटो र व्यवस्थित ढंगबाट भिसा दिने निर्णय गरेपछि त्यसको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघ नै जानुले व्यवसायीहरुबीचमै थप  अन्योल  सिर्जना भएको छ । संघले बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर आगामी सोमबार मलेसियन दुतावासमा कालो व्यानर सहित धर्ना  दिने लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ  । तर, कार्यक्रम सार्वजनिक भएको भोलिपल्टै संघका केन्द्रीय पदाधिकारी नै भीएलएनको प्रभावमा परेको पनि केही व्यवसायीबीच चर्चा चल्न थालेको छ । मलेसियन सरकारले आधिकारिक मान्यता दिएको फोस्वालाई नेपालमा कामै सुरु गर्न नदिन भीएलएनका प्रतिनिधिले संघकै पदाधिकारीहरुलाई उपयोग गरेको केही व्यवसायीले आरोप लगाउन थालेका छन । भीएलएनले भिसाको काम गर्न नपाउने भएपनि अहिले नेपालस्थित मलेसियन दुतावासका कर्मचारीले सेटिङमा भिसा समेत दिने काम गरेको छ । भीएलएनको भिसा शुल्क बढी लिने  कार्यलाई टुलुटुलु हेरिरहेका व्यवसायीहरु अहिले फोस्वाको विरोधमा उत्रनुलाई शंकाको रुपमा हेरिएको छ ।
के हो भीएलएन ?
मलेसियाको अल्ट्रा कुराना प्राइभेट लिमिटेडले संचालन गरेको भिसा सम्बन्धी प्रक्रिया अनलाइनमा राख्ने सफ्टवेयर प्रदायक भिएलएन हो । जसले मलेसियाको अध्यागमनसँगको साझेदारीमा भिसाका लागि सफ्टवेयर सेवा प्रदान गर्छ । तीन बर्षअघि चीनस्थित मलेसियन दुतावासमा पहिलोपटक सफ्टवेयरमार्फत भिसा प्रक्रिया सुरु गरेको भीएलएन अहिले दक्षिण एसियामा प्रवेश गर्ने क्रममा छ । त्यसको प्रारम्भ गत १ नोभेम्बर देखि मलेसियन दुतावास अन्र्तगत रहने गरी नेपालमा पनि भीएलएन नेपालले काम गर्न थालेको छ । जसलाई भिसा आवेदनलाई विद्युतीय प्रणालीमा समावेश गर्ने अधिकारमात्र छ । तर, नेपालमा मलेसियन दुतावासलाई मोहोडा बनाएर राहदानी संकलनदेखि भिसा शुल्क समेत असुली गरिएको छ । मलेसियाको भिसाका लागि ७ सय रुपैयाँ लाग्ने भएपनि कामदारले बुझाउने ३ हजार ९ सय रुपैयाँ कहाँ जान्छ ? भीएलएनले जबाफ दिएको छैन । न त मलेसियन दुतावासले नै यो विषयमा स्पष्ट्र जवाफ दिन सकेको छ । विगतमा सात सय रुपैयाँ शुल्क लिँदा पनि भिसा प्राप्त गर्न दुई साता कुनुपथ्र्यो । अहिले ३ हजार ९ सय रुपैयाँ तिर्दा पनि भिसा लिन त्यति नै समय कुर्नुपर्छ ।
दुतावासले बढी शुल्क लिएर व्यवस्थित रुपमा भिसा दिने कार्यकालागि अघि सारेको निजी सेवा प्रदायक कम्पनी फोस्वा र भिएलएन कुनचाँहीलाई रोज्ने भन्नेमा अहिले  नेपालका वैदेशिक रोजगार व्यवसायी अन्यौलमा छन् । अब मलेसियाको भिसाको काम मलेसियन दुतावासमार्फत भीएलएनले नै गर्छ कि फोस्वाले गर्छ ? व्यवसायीमा अन्यौलता देखिएको छ। मलेसियन सरकारको पछिल्लो निर्णय अनुसार, भिसाको काम गर्ने अधिकार भीएलएनलाई छैन । त्यहाँको मन्त्रिपरिषद्ले भिसा आवेदन, त्यसपछिको प्रक्रियादेखि वितरणसम्मको जिम्मेवारी फोस्वालाई दिएको छ । फोस्वाले भिसा स्ट्याम्पीङ बाहेक भिसाको सम्पूर्ण काम गर्ने अधिकार पाएको छ । अहिले दुई सातामा भिसा पाइने भएपनि फोस्वाले काम थालेपछि बढीमा एकसाताभित्र भिसा दिइनुपर्छ । जसका लागि सरकारले व्यवस्थित सफ्वेयर, राहदानी संकलन देखि भिसा शुल्कसहित अधिकतम ३२ सय रुपैयाँमात्र तोकेको छ । फोस्वाले वैदेसिशक रोजगार व्यवसायी संघले माग गर्दै आएको कामदार र अन्यका व्यक्तिकालागि छुट्टाछुट्टै शुल्क तोक्न मलेसियन  सरकारसँग पहल गरिरहेको छ । फोस्वाको यो पहल सफल भएमा रोजगारीका लागि जाने कामदार तथा व्यवसायीलाई पनि अहिलेको व्यभार कम पर्छ । नेपालमा बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा लगायतका राष्ट्रले भिसा दिने प्रक्रियालाई व्यवस्थीत गर्नका लागि छुट्टै एजेन्सी नियुक्त गरी अधिकार दिइरहेका छन् । मलेसियन सरकारले पनि अहिले चीन लगायत दक्षिण एसियाली मुुलुकमा फोस्वालाई भिसाको काम गर्न जिम्मा दिएको छ । फोस्वाले नेपालमा पनि छिट्टै कार्यालय स्थापना गरी व्यवस्थीत भिसा प्रक्रिया थालनी गर्न खाजेको छ । फोस्वाले राहदानी संकलन देखि व्यवस्थीत रुपमा राजदुतावासबाट भिसा लगाउन काम सुरु गर्नासाथ भिसाका नाममा अहिले भइरहेका अवैधानिक कार्यहरु बन्द हुनेछन् भने भिसाकै लामो समय राजधानीमा बस्नुपर्ने बाध्यताबाट कामदारहरु मुक्त हुनेछन् । जसले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अहिले भीएलएन र फोस्वा दुवै रहँदा झन्झट व्यहोर्नुपर्ने भ्रम व्यवसायीमा देखिएको छ । तर, मलेसियन सरकारले फोस्वाको काम सुरु हुनासाथ भीएलएनको सेवा बन्द गर्नेछ । भीएलएनले आफ्नो सफ्टवेयर प्रयोग गर्न फोस्वासँग पहल गरिरहे पनि फोस्वाको आफ्नै सफ्टवेयर भएकाले यी दुईसंस्थाबीच समेत मलेसियामा द्वन्द्व देखिएको छ । यसैगरी,लाखौं नेपालीलाई रोजगारी दिएको मलेसियास्थित नेपाली दुतावासमा कालो झण्डा देखाउने वैदेशिक रोजगार व्यवसायी संघको घोषणालाई सम्बद्ध सरोकारवालाहरुले दुर्भाग्यको रुपमा लिइएको बताएका छन । उनीहरुले यदि संघले कुटनीतिक नियोगमा यस्ता हर्कत देखाए मलेसियामा नेपालको छवि धुमिलिने र त्यसको असर बेरोजगार नेपाली युवाहरुले झेल्नुपर्ने बताएका छन ।  भिसा प्रक्रियालाई सहज बनाउन सहयोग गर्नुको सट्टा विरोधमा उत्रिनु स्वयम् संघकै लागि पनि घातक हुने व्यवसायीहरु भनाई छ ।
 मलेसियामा बन्धक आठ नेपालीलाई घर फर्काइदिन माग
राजधानी समाचारदाता
काठमाडांै, ६ पुस
काभ्रेकी सीमा बस्नेतले विगत पाँच महिनादेखि मलेसियामा बन्धक जीवन बिताइरहेका आफ्ना श्रीमान् प्रकाश बस्नेतसहित आठ नेपाली कामदारलाई तत्काल घर फर्काइदिन आग्रह गरेकी छन् । उनले सुरक्षा गार्डमा काम गर्न मलेसिया पुगेका प्रकाशलाई त्यहाँको अध्यागमन कर्मचारीले पक्राउ गरेपछि उनीहरूलाई पठाएको मेनपावर कम्पनी ट्रस्ट नेपाल ओभरसिज प्रालिले घर फर्काइदिन अनुरोध गर्दा नमानेकाले बाध्य भएर सरकारसँग सो आग्रह गरेको बताइन् ।
उनले सोमबार सो ओभरसिजविरुद्ध कारबाहीको माग गर्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छन् । बस्नेतलगायत बन्दक अवस्थामा रहेका आठ नेपाली कामदारका आफन्तले तत्काल उनीहरूलाई नेपाल झिकाउन विभागमा उजुरी दिएका छन् । उनीहरूले ट्रस्ट नेपाल ओभरसिजबाट गएका १५ कामदारमध्ये आठजनालाई मलेसियाको अध्यागमनमै बन्धक बनाइए पनि मेनपावर कम्पनीले सम्झौताअनुसार अहिलेसम्म नेपाल फिर्ता नगरेको बताएका छन् ।
मलेसियामा बन्धक जीवन बिताइरहेका कामदार दमक–६ झापाका धर्मराज खड्काकी श्रीमती सरु खड्काले १ लाख ८० हजार रुपैयाँ बुझाएर सुरक्षा गार्डमा काम गर्न गएका आफ्ना श्रीमान्को यस्तो खबर सुन्नेबित्तिकै सम्बन्धित मेनपावर धाउँदाधाउँदै अहिलेसम्म घर नफर्काइदिएको बताइन् । गत ३ कात्तिकमा पक्राउ भएको थाहा पाएको बताउँदै सरुले भनिन्, ‘त्यसबेलादेखि अहिलेसम्म तीन वर्षीय सानी छोरी काखमा राखेर रोइरहेको छु ।’
‘सबै कागजात ठीक छ भनेर ट्रस्ट नेपालले मलेसियाको सुरक्षा गार्डमा ९ सय ५० आधारभूत तलब र ओभरटाइम एवं अन्य गरी मासिक १ हजार ४ सय रिंगेट कमाइ हुन्छ भनेर पठाएको थियो, अहिले यो हविगत बनाइदियो,’ उनले भनिन् । पहिलो पटक मलेसिया पुगेका खड्का २९ वर्षका र अन्य आठजना पनि त्यस्तै उमेरका रहेको उनले बताइन् । उनी झापाबाट काठमाडौं आएर डेढ महिनासम्म मेनपावर धाउँदा पनि मेनपावरले स्वदेश फर्काउन पहल नगरेको बताउँछिन् । मलेसियामा अनावश्यक बन्धक जीवन जिउन बाध्य सबै कामदार तीनमहिने कलिङ भिसामा गएको र सो भिसाको म्याद सकिएर त्यहाँको अध्यागमन कर्मचारीले अवैध रूपमा काम गरेको भनेर समातेकाले अहिले यस्तो समस्या आइलागेको उनले बताइन् ।
ती कामदारलाई ट्रस्ट नेपाल ओभरसिजले गत २२ असारमा मलेसिया पठाएको थियो । बन्धक रहेका कामदारहरूमा काभ्रेका प्रकाश बस्नेत, झापाका धर्मराज खड्का, अभिचन्द्र लिम्बू, तिलकराम गिरी, बीबी हाङ लिम्बू, कृष्णबहादुर कुँवर, केशवराज श्रेष्ठ र मोहन पुरी छन् । बन्धक प्रकाश बस्नेतकी श्रीमती सीमाले श्रीमान् प्रकाश बस्नेतलगायत मलेसियामा बन्धक रहेका आठ नेपाली कामदारलाई यथाशीघ्र सकुशल स्वदेश फिर्ता गराउन उनले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावास र अन्य सम्बन्धित निकायलाई आग्रह गरेको बताइन् ।
ट्रस्ट नेपाल ओभरर्सिजका निर्देशक रबिन गुरुङले मलेसियाको मालाकामा काम गरिरहेका अन्य अवैध कामदारमाथि धरपकड गर्ने क्रममा आफ्नो कम्पनीबाट गएका आठजना पनि त्यसै समातिएको बताए । उनले यस कम्पनीबाट मलेसिया पठाइएका मध्ये कसैको पनि अवैध खालका कुनै गल्ती नभएको समेत दाबी गरे । कागजात हुँदाहुँदै पनि समातिएकाले अहिले छुटाउने प्रयास भइरहेको उनले बताए ।
पछिल्लो पटक त्यहाँ पठाइएका १५ जनामध्ये सातजना जोरबारुमा कार्यरत रहेको र त्यसमध्ये आठजना मात्र मलाकाबाट समातिएकाले हाल उनीहरूलाई छुटाएर पुनः काममा नै लगाइने तयारी भइरहेको उनको भनाइ छ । कम्पनीले मलेसियन सरकार र नेपाली राजदूतावासमार्फत सबै प्रक्रिया पूरा गरिसकेकाले छिट्टै पुनः काममा फर्काउन पहल भइरहेको उनले बताए । गुरुङले आठजनाकै कुनै गल्ती नभएको र बन्धक रहेका बेला पनि सबै तलब भक्ता दिलाउने प्रयास भइरहेको समेत बताए । गुरुङका अनुसार उनीहरूलाई गत १५ कात्तिकमा मात्र समातेको हो ।
सो बेला समातिनेमा नौजना नेपालीसहित चिनियाँ, भियतनामी र थाई गरी ४० विदेशी रहेका थिए ।
गैरकानुनी कामदार धपाउन गत भदौदेखि धरपकड अभियान थालेको मलेसियाले गैरकानुनी रूपमा कार्यरत कामदारमाथि निकै कडाइ गर्दै आएको छ । धरपकड थालिएयता गैरकानुनी रूपमा काम गर्ने ५० जनाभन्दा बढी सुरÔा गार्डहरू समातिइसकेका छन् । समातिएका गैरकानुनी कामदारलाई आवश्यक अनुसन्धानपछि घरफिर्ती केन्द्रमा राखिने र स्वदेश फर्काउने जनाइएको छ । तर, त्यसरी स्वदेश फिर्ता पठाइनुअघि उनीहरूलाई पुनः मलेसिया आउन नपाऊन् भनेर बायोमेट्रिक रेकर्ड राखिने गरिएको छ । गत सन् २०११ मा गरिएको गैरकानुनी कामदार दर्ता प्रक्रियामा करिब ३३ हजार नेपाली कामदार भेटिएका थिए । गत २०११ मा भएको आममाफी कार्यक्रममार्फत दर्ता भएका तर वैधता प्रक्रिया अघि नबढाएकालाई केन्द्रित गर्दै विभिन्न ४० स्थानमा गरिएको धरपकडबाट सो संख्यामा नेपाली कामदार पक्राउ परेका थिए ।
वैदेशिक रोजगार विभागले पनि अहिले मलेसियामा बन्धक कामदारलाई उद्धार गर्न कूटनीतिक पहल अघि बढाएको छ । विभागले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उद्धारको प्रयास थालेको हो । विभागले बिहीबार परराष्ट्र मन्त्रालयको कन्सुलर तथा कानुनी परामर्श शाखालाई पत्र पठाई पीडितहरूको वास्तविकता बुझी कूटनीतिक पहल गरी स्वदेश फिर्ताको व्यवस्था गर्न आग्रह गरेको जनाएको छ ।
बन्धक अवस्थामा रहेका आठजना ट्रस्ट नेपाल ओभरर्सिजबाट संस्थागत श्रम स्वीकृति लिएर मलेसियाको एसास सेक्युरिटी सर्भिस एसबी कम्पनीमा काम गर्न गएका थिए । सो कम्पनीले मलेसियाको अध्यागमनमा ल्याई फरार भएपछि अहिले उनीहरू बन्धक अवस्थामा रहेको भन्दै बन्धक कामदार प्रकाश बस्नेतकी श्रीमती सीमा बस्नेतले दिएको निवेदनका आधारमा कूटनीतिक पहल अघि बढाएको विभागले जनाएको छ ।

Tuesday, December 17, 2013

कालोसूचीबाट हट्न उडान विज्ञ ल्याइने

काठमाडौं, १ पुस - युरोपको कालोसूचीबाट सकेसम्म चाँडो हट्न उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालन विज्ञ ल्याउने निर्णय गरेको छ। यस्ता विज्ञ (वरिष्ठ पाइलट) ले प्रत्येक वायुसेवा कम्पनीका उडान सुरक्षा जाँच गर्नेछन्। उनीहरूले वायुसेवा कम्पनीको मात्र नभई प्राधिकरणको पनि 'अडिट' गर्ने अख्तियारी पाउनेछन्।
'हामी केही दिनभित्रै उडान सञ्चालन विज्ञ ल्याएर उड्डयन सुरक्षा चुस्त बनाउने तयारीमा लागेका छौं,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने, 'यसका लागि मागिएको कोटेसनमा दुई विदेशी कम्पनीले चासो देखाएका छन्।'उडान सञ्चालन विज्ञलाई कम्तिमा तीन महिनाका लागि काममा लगाइने समुनले बताए। तत्कालका लागि दुई विदेशी परामर्शदाता कम्पनीको कोटेसन परे पनि यसमा स्वदेशी विज्ञ पनि पर्न सक्ने उनले जानकारी दिए। दुईजना नेपाली र दुई विदेशी पनि हुन सक्ने उनको भनाइ छ।
'त्यस्ता विज्ञले हाम्रा विभिन्न वायुसेवा कम्पनीका प्रत्येक उडानमा पाइलट बस्ने ककपिटभित्रै बसेर सुरक्षाबारे विस्तृतमा निरीक्षण गर्छन्,' उनले भने, 'यसले युरोपेली आयोगको कालोसूचीबाट हट्न ठूलो मद्दत गर्ने विश्वास छ।'
सुमनका अनुसार विज्ञलाई तीन महिनासम्म काममा लगाउन प्राधिकरणकै बजेटबाट ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कोटेसनको काम पूरा गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। विदेशी पाइलट भए वायुसेवा कम्पनीमा जहाज उडाइरहेका भए पनि फरक नपर्ने तर, नेपाली विज्ञका लागि भने पूर्वपाइलट हुनुपर्छ।
'विज्ञले के कति सेवा सुविधा लिन्छन् भन्ने वार्ताबाट तय गर्छौं,' उनले भने, 'प्याकेजमा पनि हुन सक्छ र व्यक्तिगत आउनेलाई त्यसैअनुसार पनि हुन सक्छ।'
युरोपेली आयोगले गत मंसिर २० मा नेपालका सबै वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरिएको 'इयु हवाई सुरक्षा सूची' सार्वजनिक गरेको थियो। त्यसैगरी आफ्ना नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न पनि आयोगले आग्रह गरेको थियो।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको जनाएको थियो।
आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र ईयुभित्र उडान गर्न पाउँदैनन्। त्यसै गरी युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरूले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने निर्णय भएको जानकारी गराउनुपर्छ।
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण भने 'चीनमा निर्मित ५८ सिटयुक्त 'मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको दाबी गरेका थिए।
प्राधिकरणले गत कात्तिक पहिलो साता एमए–६० जहाज नेपालमा उडाउन योग्य रहेको भन्दै टाइप सर्टिफिकेट दिएको थियो। जबकि, युरोप र अमेरिकाले यो जहाजलाई हालसम्म पनि उडानयोग्य प्रमाणपत्र दिएका छैनन्। यस्ता जहाजका उडान सुरक्षा कमजोर रहेको युरोपली आयोग र ईयुको ठहर छ।
चिनियाँ जहाजकै कारण युरोपको कालोसूचीमा परिएको विषयप्रति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरण 'मौन' रहँदै आएका छन्। तर, दुवै निकायले नेपालको उड्डयन सुरक्षा सुधार गर्न गम्भीर तरिकाले अगाडि बढ्ने औपचारिक भनाइ सार्वजनिक गरिसकेका छन्।
प्राधिकरणले आइकाओको अडिटको तथ्य सम्बोधन गर्न अल्प, मध्य र दीर्घकालीन सुधारका कार्यक्रम लागू गर्ने जनाएको छ। यसलाई आगामी ६ महिनाभित्र सुधार गर्ने प्राधिकरणको दाबी छ। त्यसै गरी हवाई दुर्घटना दर न्यून गर्नका लागि प्राधिकरणले दुर्घटना जाँच आयोगका सुझाव कार्यान्वयन गराउन सुरक्षा चेतना अभियान सञ्चालन गर्ने जनाएको छ।
'उपयुक्त समयमा आऊ'
नागरिक उड्डयन प्राधिकरणले आफू र वायुसेवा कम्पनीको उड्डयन सुरक्षा जाँच गर्नका लागि युरोपेली आयोगको टोलीलाई उपयुक्त समयमा आउन भनेको छ।
आयोगले एक साताअघि प्राधिकरणलाई पत्राचार गरी समय मिलाइदिन आग्रह गरेको थियो। उसले फेब्रुअरी २ देखि ८ (माघ १९–२५) र फेब्रुअरी ६ देखि १६ (माघ २५ देखि फागुन ४) मध्ये नेपालको अनुकुलताअनुसार टोली खटाउने बताएको थियो।यसको जवाफ दिँदै प्राधिकरणले उनीहरूलाई जुन समय उपयुक्त लाग्छ, त्यही बेला आउन आग्रह गर्दै पत्र पठाएको प्राधिकरणका महानिर्देशक सुमनले जानकारी दिए। यसबारे सबै वायुसेवा कम्पनीलाई लिखित जानकारी दिएको उनले बताए। 'युरोपेली टोली जुन समयमा आए पनि हामी तयार छौं,' उनले भने।

Monday, December 16, 2013

चौधरी समूहको नवलपरासी र चितवनमा ४ अर्ब लगानी , सिमेन्ट, साततारे होटल र व्यापारिक मल निर्माणाधीन अवस्थामा

मधुजंग पाण्डे÷राजधानी
नवलपरासी, ३० मंसिर
चौधरी समूहले नवलपरासी र चितवनमा थप करिब ४ अर्ब रुपैया“ लगानीमा नयाँ सिमेन्ट उद्योग, साततारे होटल एवं रिसोर्ट  र अत्याधुनिक व्यापारिक मल सञ्चालनमा ल्याउने भएको छ । सो समूहले नवलपरासीको  दुम्कीवासस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गबाट दुई किलोमिटर उत्तरतर्फको पाँच बिघा जग्गामा १ अर्ब ५० करोड रुपैया“को लगानीमा सञ्चालित सिमेन्ट उद्योगबाट सीजी ब्रान्डका नयाँ सिमेन्टको परीक्षण उत्पादन गरिरहेको छ। खाद्यवस्त, इलेक्ट्रोनिक्स सामान, रियलस्टेटलगायतका क्षेत्रमा ठूलो लगानी गरेको यस समूहले अहिले पहिलो पटक सिमेन्ट उद्योग, मोफसलमा साततारे होटल र अत्याधुनिक सुविधासम्पन्न भव्य व्यापारिक मल सञ्चालनमा थप लगानी गरेको हो ।  चितवनको मेघौलीमा करिब ९० करोड रुपैयाँका लगानीमा निर्माण हुँदै गरेको साततारे होटल एवं रिसोर्ट ‘जिंक जर्नी चितवन’ नामक पर्यटकीय होटलमा संसारभर पाउने सबै सुविधा प्राकृतिक हुने चौधरी समूहको दाबी छ । सो होटल आगामी अगस्टदेखि पूर्णरूपमा सञ्चालनमा आउने बताइएको छ । यसैगरी चितवनको भरतपुर नगरपालिका–१० मा अत्याधुनिक व्यापारिक भवन ‘सीजी ल्यान्डर्माक’ निर्माण कार्य हाल दु्रत गतिमा अघि बढेको छ । अहिले धमाधम निर्माण भइरहेका नयाँ होटल र व्यापारिक भवन सञ्चालनमा आएपछि मोफसलमा पनि लगानी विस्तारका क्रमले तीव्रता पाउने अपेक्षा गरिएको छ । चौधरी समूहका अध्यक्ष विनोदकुमार चौधरीले अब नयाँ नेपाल निर्माणसँगै राजधानी बाहिर पनि राम्रा पर्यटकीय ठूला होटल र व्यापारिक महलमा लगानी गर्नुपर्छ भन्ने सोचका साथ थप लगानी गरेको बताए ।
उनले नेपालको पूर्वाधार निर्माणको जग बलियो भएन भने विदेशमा इज्जत नहुने भएकाले आफूले स्वदेशका ग्रामीण क्षेत्रको लगानी विस्तार कार्यमा जोड दिएको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए । मोफसलका जिल्लामा थालनी भएको चौधरी समूहको यस प्रयासले अब मुलुकभरका अन्य स्थानमा पनि थप नयाँ लगानी हुने अपेक्षा गरिएको छ । 
१ अर्ब ५० करोड रुपैया“को लगानीमा सीजी ब्रान्डका नयाँ सिमेन्ट उत्पादन सुरु गरेको चौधरी समूहले  आगामी साताबाट सीजी ब्रान्डका ओपीसी सिमेन्ट बजारमा ल्याउने र त्यसको २८ दिनपछि पीपीसी सिमेन्ट बजारमा ल्याउने बताएको छ । अहिले सीजी सिमेन्ट उद्योगले परीÔण उत्पादन सुरु गरिसकेको छ ।
सोही  समूहका कार्यकारी निर्देशक बरुण चौधरीले आगामी साता सीजी सिमेन्ट बजारमा ल्याउने तयारी भएको जानकारी दिए । ‘अब सरकारी निकायमा केही प्रक्रिया पूरा गरेपछि हामी सिमेन्ट बजारमा पठाउ“छौं,’ कार्यकारी निर्देशक बरुणले भने, ‘ओपीसी सिमेन्ट बजारमा पठाएको २८ दिनपछि पीपीसीको बिक्री सुरु हुन्छ ।’  दैनिक १५ सय टन Ôमताको यो सिमेन्ट उद्योग निर्माणमा समूहका तर्फबाट कार्यकारी निर्देशक बरुणले यस उद्योगको प्रमुख भूमिका निर्वाह गरेका छन् । यो उद्योगमा १ अर्ब ५० करोड रुपैया“ लगानी भएको पनि उनले जानकारी दिए । यो सिमेन्ट उद्योग उत्पादन Ôमताका हिसाबले नेपालकै ठूलो हो ।
उनले अहिले भारत र स्थानीय कम्पनीबाट क्लिंकर लिएर सिमेन्ट उत्पादन गर्न सुरु गरेको र दुई वर्Èभित्रै पाल्पामा आफ्नै कम्पनीबाट क्लिंकर उत्पादन सुरु गर्ने जानकारी दिए ।  यो समूहले पाल्पामा २० करोड टन Ôमताको खानी सञ्चालनमा ल्याउने तयारी गरेको छ भने त्यहाँ पनि यस्तै सिमेन्ट उद्योग निर्माण गर्ने लक्ष्य लिएको छ । वार्Èिक अर्बौं रुपैया“को सिमेन्ट भारतबाट आयात हुने गरेकामा आगामी तीन वर्Èभित्रै नेपाल आत्मनिर्भर हुने दाबी गर्दै उनले सीजी सिमेन्ट उद्योग धूलो र धु“वारहित भएको बताए । ‘हामीले धूलो बाहिर नफाल्ने अत्याधुनिक मेसिन प्रयोग गरेका छौं,’ उनले भने, ‘चीन र जर्मनमा निर्मित आधुनिक प्रविधि प्रयोग गरेका छौं ।’ वातावरणीय प्रभावका विÈयमा निकै सचेत भएको बताउँदै उनले यस उद्योगले चार मेगावाट विद्युत् खपत गर्ने जानकारी दिए । सीजी सिमेन्टको उत्पादन मूल्य ओपीसीको प्रतिबोरा ६ सय ४० रुपैया“ र पीपीसीको ५ सय ६० रुपैया“ रहेको छ ।

भिसा प्रक्रियाको ढिलाईले मलेसिया जानेलाई सास्ती, भिएलएमले ३ हजार २ सय अवैध असुलेको व्यवसायीको आरोप

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २९ मंसिर 
छिटो भिसा उपलब्ध गराउन भन्दै भिसा शुल्क बढाएको डेढ महिना बितिसक्दापनि अझै मलेसियन दुतावासबाट भिसा दिने प्रक्रियामा भइरहेको ढिलाईले नेपाली कामदारले निकै सास्ती भोग्नु परेको छ । मलेसियन दुतावासले छिटो भिसा दिएर सेवाग्राहीलाई सहज रुपमा सेवा दिन भन्दै गत १ नोभेम्वरदेखि लागू हुनेगरी कामदार लगायत सबै प्रकारको भिसाशुल्क बढाएर ७ सयबाट ३९ सय पु¥याएको थियो । बढी पैसा तिर्दा पनि अझै भिसा दिने कामलाई छिटो गर्नुको साटो उल्टै ढिलाई गरेर आवेदन दिएको २ साता भन्दाबढी समय लगाईरहेकाले आफुहरु थप मारमा परेको अधिकाँश व्यवसायीको गुनासो छ । उनीहरुले भिसा दिने प्रक्रियामा भइरहेको अनावस्यक ढिलाईले अहिले कामदारलाई मात्र नभएर वैदेशिक रोजगार व्यवसायीले पनि उस्तै सास्ती खेप्नु परिरहेको बताएका छन् । दुतावासको भिसा दिने प्रक्रियाको ढिलाईले समयमा काम नभएपछि व्यवसायीले अनावस्यक बढी खर्च बेहोर्नुको साथै विदेश स्थित रोजगारदाता कम्पनी र विदेश पठाउने कामदारका परिवारको कचकच खप्नुपर्ने उनीहरुको गुनासो छ ।  पहिले आवेदन दिएको ९दिनमा भिसा दिईसक्ने गरेकोमा अहिले न्युनतम दुई साता लगाईदिएपछि नेपाली कामदारले अनावस्यक सास्ती भोग्नु परेको व्यवसायीको दावी छ ।  अहिले मलेसियाले नियतबस नै नेपाली कामदारलाई भिसा दिने कार्यमा ढिलाई गरिरहेको बताईएको हुनसक्ने उनीहरुको अनुमान छ । अनेक बहानामा वैदेशिक रोजगार विभागबाट उपलब्ध हुने श्रम स्वीकृति र भिसा दिने कार्यमा भईरहेको  ढिलाईले मलेसियाका रोजगारदाताको नेपाली कामदारप्रति विस्तारै आकर्Èण घट्न थालेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । मलेसियाले नेपाली कामदारको विकल्पमा अन्य मुलुकबाट कामदार ल्याउन अध्ययन र छलफल गर्न थालेको ति व्यवसायी एवं सरोकारवालाहरुले बताउँदै आएका छन् । नेपालले मागेका बेला कामदार पठाउन नसकेकाले त्यहा“का रोजगारदाताले विकल्पको खोजी गर्न यस्तो गरेको हुनसक्ने उनीहरुको अनुमान छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङले दुतावासले भिसा शुल्क बढाएको करिब डेढ महिना बितिसक्दा पनि अझै भिसा लगाउने प्रक्रियामा ढिलाई गरिरहेको बताए । उनले राजदुतावासले थोरै समय राखेर एक्कासी शुल्क बढेको सूचना दिएको र व्यवसायी तथा कामदारले ३ हजार ९ सय रुपैया“ शुल्क तिरे पनि अझै राहदानीमा टा“सिने भिसा स्टिकरमा ७ सय रुपैयाँ मात्र उल्लेख भइरहेको बताए । उनले अहिलेसम्म सफ्वेयर परिवर्तन नगरिएकाले ३ हजार ९ सय रुपैयाँ शुल्क लिएपनि राहदानीमा टाँसिने भिसा स्टीकरमा ७ सय रुपैयाँ मात्र लेख्नुपरेको र अब छिट्टै बढेको शुल्क नै लेखिने व्यवस्था हुने दुतावासले बताउँदै आएको जानकारी दिए ।  उनले पहिले ९ दिनमा हुने भिसा लगाउने कामलाई छिटो गराउन शुल्क बृद्धि गरेपनि अहिले झन ढिलो १५ दिन लगाउने गरेकाले संघले सो विषयमा दुतावासका नेपालकालागि मलेसियन कार्यबहाक राजदुत फाद्ली अदिलाहलाई भेटेर जानकारी गराएको बताए । दुतावासले अहिले लागु गरेको नियम एकदमै झन्झटिलो र अव्यवहारिक भएको दावी गर्दै उनले सबै संकलन भएका राहदानी व्यवसायीले नै जम्मा गरेर दिनुपर्ने दुतावासको नयाँ नियम एकदमै चलखेल हुने खालको भएकाले तत्काल बताए । उनले राजदुतावासको सो नियमले व्यवसायीलाई मात्र नभएर कामदारले समेत सास्ती खेप्नुपरेको बताए । कतार र मलेसियामा कामदार पठाईरहेकी आशा इन्टरनेस्नल प्रालिका प्रवन्ध निर्देशक अम्बिका शर्माले बृद्धि भएको शुल्क तिर्दा पनि अझै मलेसियन दुतावासबाट भिसा लिने काममा कुनै सुधार नआएको बताइन् । उनले छिटो काम गर्ने भनेर ७ सय बाट भिसा शुल्क बढाएर ३ हजार ९ सय पु¥याउँदा समेत भिसा दिने प्रक्रिया झन ढिलो भएकाले व्यवसायी मारमा परेको बताइन् ।  उनले मलेसियाको नयाँ नीति अनुसार एक महिना अघिसम्म एउटा कामदारको भिसा निकाल्न बढीमा १ साता लाग्ने गरेकामा अहिले न्युनतम  दुई साताको समय लागेको जानकारी दिइन् । यसअघि गत १ जनवरीदेखि नेपाली कामदारको न्यूनतम पारिश्रमिक ९ सय रिंगेट पु¥याउने सहमति भएको बेलापनि मलेसियाले नेपाली कामदारलाई भिसा दिने प्रक्रियामा ढिलाई गरेको जानकारी दिँदै उनले पुनः अहिले त्यस्तै समस्या दोहोरिएको बताइँन् ।  गत जनवरीमा पारिश्रमिक बढ्नुअघि मलेसियामा कार्यरत कामदारको मासिक पारिश्रमिक जम्मा ५ सय ४६ रिंगेट (१५ हजार २ सय ८८ रुपैया“) मात्र थियो । अहिले मलेसिया जानेहरुले भने न्युनतम ९ सय रिंगेट नै पाउन थालेका छन ।
संघका पूर्व उपाध्यÔ कुमुद खनालले पनि अझै मलेसियाले नेपाली कामदारलाई भिसा दिने कार्यमा ढिलाई गरिरहेको बताए । आवेदन दिएको ७२ घण्टाभित्र भिसा दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता भएपनि अहिले बढी शुल्क लिएर पनि मलेसियाले भिसा दिन १५ दिनसम्म लगाउन थालेको बताए ।  पहिले ९ दिनभित्र भिसा दिने गरेको थियो, अहिले न्युनतम १५ दिन लगाउन थालेको बताउँदै  उनले भने, ‘मलेसियाले बिस्तारै नेपाली कामदारलाई कटौती गरी म्यानमार र भियतनामका कामदारलाई प्राथमिकता दिन खोजको देखिन्छ छ’।  खनाल पनि मलेसियामा धेरै कामदार पठाउने व्यवसायी हुन् । उनले भिसा दिने कार्यमा भईरहेको ढिलाईलाई व्यवस्थित बनाउन व्यवसायीले सम्बन्धीत कुटनीतिक नियोगमा आग्रह गरेको बताए । 
मलेसियाले हाल नेपाल, म्यान्मार, भियतनाम, श्रीलंका, इन्डोनेसिया लगायतका मुलुकबाट विदेशी कामदार लिने गरेको बुझिएको छ । नेपाली कामदारको संख्या बिस्तारै घटाएर म्यानमार र भियतनामबाट लिने कामदार स“ख्या बढाउने रणनीति मलेसियाले अख्तियार गर्न लागेको ती व्यवसायीले जानकारी दिएका छन्। मलेसियाले नेपाली कामदार लिनबन्द गरेमा वा संख्या मात्र कटौती गरे पनि नेपालको आन्तरिक श्रम बजारमा निकै समस्या हुने छ। अब मलेसियाको यस कार्यप्रति नेपाल सरकारले बेलैमा कुटनीतिक पहल नगरे यहाँको बेरोजगारी समस्या थप विकराल हुने छ ।  मलेसिया जाने कामदारलाई आन्तरिक बजारमा व्यवस्थापन गर्न सकिने अवस्था छैन। सरकारले नया“ रोजगारी गन्तव्यको खोजीसमेत गर्न सकेको छैन। नेपाली कामदार सबैभन्दा धेरै जाने मुलुक मलेसिया हो।  यस मुलुकमा मात्र हरेक महिना करिब १० देखि १५ हजार कामदार जाने गर्छन्। यसैगरि नेपाल भित्रिने कुल रेमिट्यान्समा मलेसियाको हिस्सा सबैभन्दा बढी छ ।  अहिले मलेसियाले दÔिण एसियाकै अर्को मुलुक बंगलादेशबाट कामदार लिने तयारी गरिरहेको छ । मलेसियाको किडियनले दुई लाख बंगलादेशी कामदार लिने प्रस्ताव त्यहा“को मन्त्रिपरिÈद्मा पेस गरेको छ । तर अहिलेसम्म मन्त्रिपरिÈद्ले यससम्बन्धमा कुनै आधिकारिक निर्णय भने गरिसकेको छैन । यो प्रस्ताव पारित भएमा नेपाली कामदार पठाउने कार्य निकै नराम्रोसँग प्रभावित हुने छ ।  किडियन त्यहा“को गृह मन्त्रालयअन्तर्गतको विदेशी कामदारलाई अनुमति दिने संस्था हो।  यस विषयमा वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कामदार कटौती गर्ने जानकारी नआएको बताएको छ । 
मलेसिया पुगेका अधिकांश कामदार गैरकानुनी गतिविधिमा संलग्न भएको, बारम्बार कम्पनी परिवर्तन गर्ने, आपसमा झै झगडा गर्ने , युनियन खडा गर्ने लगायतका गतिविधि सञ्चालन गर्न थालेपछि यसअघि मलेसियाले बंगलादेशी कामदार लिन रोकेको थियो । बंगलादेशी कामदार लिन रोकेपछि नेपाली कामदारले बढी अवसर पाउन थालेका हुन्।
अहिले मलेसियाले नेपाली कामदार नलिने भनेर आधिकारिक जानकारी भने गराएको छैन तर बिस्तारै नेपाली कामदारको संख्या घटाउ“दै लैजाने र त्यसको सट्टा अन्य मुलुकबाट कामदारबाट लिने कामदारको संख्या बढाउने रणनीति मलेसियाका रोजगारदाताले बनाएको व्यवसायीले बताउँदै आएका छन । अहिले नेपालले बिदेसिने कामदारलाई समयमै अन्तिम श्रम स्वीकृति दिन सकेको छैन। वैदेशिक रोजगार विभागमा दैनिक २ हजार भन्दा बढी कामदार श्रम स्वीकृति लिन लाइनमा बस्दा त्यहाँका कर्मचारीले अनेक बहानामा श्रम स्वीकृति दिने कार्यमा ढिलाई गरिरहेको छ ।  दैनिक २ हजार कामदार लाईनमा बस्ने गरिपनि त्यसमध्ये विभागले जम्मा आधा एक हजारलाई पनि स्वीकृति दिन सकेको छैन। यसबाट कतिपय कामदारको भिसा नै रद्ध हुने गरेको छ । रोजगारदाताले चाहेका बेला कामदार लिन नपाएपछि उनीहरु नेपाली व्यवसायीस“ग रुस्ट हुन थालेका छन्। मलेसिया गएका कामदार अवधि सकिएपछि पनि गैरकानुनी रुपमा बस्ने क्रम बढेपछि त्यहा“को सरकारसमेत पछिल्लो समय नेपाली कामदारस“ग सन्तुष्ट हुन नसकेको व्यवसायी स्वंयम बताउ“छन्। आन्तरिक श्रम बजारमा रोजगारी सिर्जना हुन नसकेपछि दैनिक करिब २ हजारको  संख्यमा नेपाली कामदार विदेसिन बाध्य छन्। जाने कामदारमध्ये ८० प्रतिशत अदÔ छन्। अदÔ भएकाले अधिकांशको गन्तव्य खाडी मुलुक र मलेसियातर्फ नै हुने गरेको छ । यी मुलुकमा नेपाली कामदार न्यून तलबमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। अहिले यहाँको श्रम बजारमा वार्षिक करिब साढे चार लाख नया“ जनशक्ति थपिने गरेका छन्। जसमध्ये करिब ५० हजारले मात्र आन्तरिक बजारमा काम पाउने गरेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
३ हजार ९ सय लिएर राहदानीमा भिसा शुल्क ७ सय लेखिँदै  काठमाडौ÷रास– नेपालस्थित मलेसियन दूतावासले वैदेशिक रोजगारी र भ्रमण एवं पर्यटकीय भिसामा मलेसिया जाने नेपालीहरुस“ग बढाएको भिसाशुल्क ३९ सय लिइरहे पनि राहदानीमा भने ७ सय मात्र उल्लेख गरिरहेको छ । दुतावासले गत १ नोभेम्वर देखि लागू हुने गरी सबै प्रकारको भिसाशुल्क बढाएर ७ सयबाट ३९ सय पु¥याएको थियो । दूतावासले भिसा शुल्क बढाए पनि राहदानीमा पहिलेकै शुल्क ७ सय रुपैया“ उल्लेख गरिरहेको छ । मलेसियन दुतावासले कामदार भिसा, पर्यटकीय भ्रमण विद्यार्थी र सामाजिक भ्रमण भिसाको शुल्क झण्डै ६ गुणाले बढाएर प्रति व्यक्ति ३९ सय पु¥याएको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङले दूतावासले भिसा शुल्क बढाएको करिब डेढ महिना वित्न लाग्दापनि अझै भिसा लगाउने प्रक्रियामा ढिलाई गरिरहेको बताए । उनले राजदुतावासले थोरै समय राखेर एक्कासी शुल्क बढेको सूचना दिएको र व्यवसायी तथा कामदारले ३९ सय रुपैया“ तिरे पनि अझै राहदानीमा टा“सिने भिसा स्टिकरमा ७ सय मात्र उल्लेख भइरहेको बताए । उनले भिसा शुल्क बृद्धि भएको करिब डेढ महिना बित्दा पनि अहिलेसम्म सफ्वेयर परिवर्तन नगरिएकाले ३ हजार ९ सय रुपैयाँ शुल्क लिएपनि राहदानीमा टाँसिने भिसा स्टीकरमा ७ सय रुपैयाँ मात्र लेख्नुपरेको र अब छिट्टै बढेको शुल्क नै लेखिने व्यवस्था हुने दुतावासले बताउँदै आएको जानकारी दिए । एक्कासी शुल्क वृद्धि गरेको दूतावासले राहदानीमा पुरानै शुल्क उल्लेख गरेपछि हामीले दूतावासको ध्यानकर्Èण गराएका छौं, दूतावासले बढेको शुल्क नघट्ने र राहदानीमा ३९ सय प्रिन्ट हुन समय लाग्ने जनाएको बताउँदै उनले भने, ‘दूतावासले आउटसोर्सिङ कम्पनीलाई बीचमा राखेर ३ हजार २ सय रुपैया“ खाइरहेको छ,।  ‘यो सरासर संस्थागत ठगी हो । कि त ७ सय लिनु प¥यो होइन भने राहदानीमा ३९ सय नै उल्लेख हुनुप¥यो।’ उनले भने ।  उनले मलेसियामा नेपाली विद्यार्थी र पर्यटकभन्दा बढी कामदार जाने भएकाले रोजगार व्यवसायीले बढेको शुल्कले कामदारलाई मात्र आर्थिक भार थप्ने भन्दै शुल्कवृद्धि फिर्ता लिन दूतावासलाई आग्रह गरेको बताए । उनले मलेसिया नेपाली कामदारका लागि प्रमुख गन्तव्य भएकाले शुल्कवृद्धिको भार कामदारलाई मात्र परेको बताए ।  घुम्न चाहने र पढ्न जानेले त खर्च गर्न सक्छन् । स्वदेशमा निकै संघर्ष गर्दापनि रोजगारी नपाएपछि बाध्यभएर विदेशिने कामदारले सक्दैनन, तर, दूतावासले तिनलाई नै मर्का पर्ने गरी शुल्क बढाएर ३ हजार २ सयको हिसाब लुकाएको समेत उनले दावी गरे । 
मलेसियाली दुतावासले निर्धारण गरेको शुल्क व्यवसायी, विद्यार्थी वा पर्यटकले मलेसियन भिएलएन नेपाल प्रालिको नाममा इन्भेष्मेन्ट बैंक मार्फत ड्राफ्ट बनाउनुपर्ने हुन्छ । त्यो संस्था मलेसियाको हो वा नेपालको भन्नेमा अन्योल नै रहेको अधिकाँश व्यवसायीको भनाई छ ।  सो संस्थाले नाफा खान भिसाशुल्क बढाएर राहदानीमा ७ सय राखी ३ हजार २ सय रुपैयाँ अवैध रुपमा असुलीरहेको व्यवसायीको आरोप छ । भिसाशुल्क वृद्धिमा पुर्नविचार गर्न संघले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, मन्त्रिपरिÈद कार्यालय, मलेसियाली दुतावास लगायतका निकायमा ज्ञापनपत्र समेत बुझाएको अध्यक्ष तामाङले जानकारी दिए ।  दूतावासले भने मलेसिया सरकारको निर्णय अनुसार भिसाशुल्क बढेको भन्दै घट्न नसक्ने जनाएको छ। यसअघि नै मलेसियन दुतावासले संघलाई पत्र लेखी शुल्क नघट्ने बताएको छ।  दुतावासले बढेको ३ हजार ९ सय रुपैया“ राहदानीमा नै प्रिन्ट हुन समय लाग्ने भन्दै अहिले प्राविधिक कारणले प्रिन्ट हुन नसकेको बताएको छ । दुतावासले अहिले नेपालीकालागि मात्र नभएर अन्य मुलुककालागि पनि भिसाशुल्क बढाएको जनाएको छ।  दूतावासले राहदानीमा  ७ सय भिसा शुल्क उल्लेख गरे पनि पैसा बुझाएको भौचर दिने बेलामा ७ सय भिसा शुल्क र ३ हजार २ सय रुपैयाँ ‘प्रोसेसिङ चार्ज’ उल्लेख गरेको छ । सो दूतावासले मलेसियन भिएलएन नेपाल प्रालि मलेसिया सरकार अन्तर्गत नै सञ्चालित भएको जनाएको छ ।
वितेका चार महिनामा साढे २ सय कामदारको मृत्यु
श्रम स्वीकृति विना विदेसमा ज्यान गुमाउनेको तथ्याङकै छैन
राजधानी समाचारदाता
काठमाडौ, २९ मंसिर
वैदेशिक रोजगारीकालागि  विदेशिएका मध्ये  चालु आथिर्क वर्Èको बितेका  चार महिना (साउन–कात्तिक) मा विदेशमा ज्यान गुमाउने नेपाली कामदारको संख्या २ सय ५७ जना पुगेको छ।  रोजगारीको सिलसिलामा बिदेसिनेको संख्या बढिरहेकै बेला मृत्यु संख्या पनि त्यसैगरि बढिरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।  बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारका आफन्तले मृतकको शब ल्याउनकालागि दिएको आवेदनको आधारमा मात्र सो तथ्याङ राख्ने गर्दछ । श्रम स्वीकृति विना व्यक्तिगत भिसामा जाने, अवैध बाटोहुँदै जाने र बोर्डलाई जानकारी नै नदिई विदेशमा ज्यान गुमाउने कामदारको संख्या सुन्दैमा कहालिलाग्दो छ । त्यसरी ज्यान गुमाउनेहरुको संख्या एकिन रुपमा बाहिर आएकै छैन । बोर्डको तथ्याङकमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षको बितेका चार महिनामा २ सय ५७ जना मृतक कामदारको शव नेपाल आएको छ । विदेशमा ज्यान गुमाउनेको संख्या यो भन्दा धेरै भए पनि बोर्डले स्वदेश ल्याइएका शवको मात्र तथ्यांक राख्छ । गत वर्È को सोही अवधीको तुलनामा अहिले त्यो संख्या २२ जनाले ले बढी छ ।
गत वर्षको सोही अवधीमा  विविध कारणले विदेशमा ज्यान गुमाएका २ सय ३५ कामदारको शव स्वदेश ल्याइएको थियो । यस वर्È साउनमा ३ महिलासहित ८१ जना , भदौमा ५ महिलासहित ६५ जना , असोजमा ६२ जना र कात्तिकमा ४९ जना कामदारको शव विभिन्न मुलुकहरुबाट स्वदेश ल्याइएको बोर्डले जनाएको छ ।  चालु आर्थिक वर्षको  वितेका चार महिनामा बोर्डले  कुल ३ करोड ८५ लाख ५० हजार रुपैया“ Ôतिर्पूति र्बापत मृतकका परिवारलाई  दिएको बताएको छ। यसरी नेपाल ल्याउने शवको तथ्यांकले विदेशमा दैनिक २ जनाको मृत्यु भएको देखाउ“छ। तर, विदेशमा दैनिक ३ जना कामदारको मृत्यु हुने गरेको बोर्डले जनाएको छ। विदेशमा अलपत्र परेका शवको तथ्यांक तत्काल नआउने हु“दा बोर्डले  मृतक जति सबैको विवरण दिन सक्दैन । बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले विदेशमा ज्यान गुमाएका कामदारको शव नेपाल आएपछि मात्र यहाँ तथ्यांक उपलब्ध हुने बताइन । नेपाल ल्याउन तयार पारिएका, अस्पताल र दूतावासमा रहेका तथा अन्यत्र अलपत्र परेका शवको तथ्यांक बोर्डमा नहुने भन्दै उनले नेपालमा पर्याप्त अभिमुखीकरण तालिम नलिने र चेतना नहु“दा दुर्घटना र हृदयाघातबाट मर्ने कामदारको संख्या बताइन् ।  श्रम स्वीकृति लिई विदेश गएका करार अवधि नसकिएका मृर्तकका परिवारलाई प्रति व्यक्ति डेढ लाखका दरले क्षेतिपुर्ति रकम प्रदान गर्दै आएको जानकारी गराउँदै उनले सो रकम बाहेक मृर्तकको शब विदेशबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उसको घर ठेगानासम्म पु¥याउदा लाग्ने सबै खर्च सरकारले नै बेहोर्ने बताइन ।
उनले वैदेशिक रोजगारीमा जाने हरेक कामदारले वैदेशिक रोजगार विभागमा बुझाएको प्रति व्यक्ति एक हजार रुपैयाँबाट संकलित रकम नै विदेशमा अलपत्र र ज्यान गुमाएका परिवारलाई राहत रुवरुप उपलब्ध गराउँदै आएको बताइन । उनले श्रम स्वीकृति विना जाने कामदारको हकमा भने सो व्यवस्था नभएको जानकारी गराइन ।
वैदेशिक रोजगारीमा जाने कामदारले नै जम्मा गरेको रकम विदेशमा अलपत्र परेका, विदेशको जेल जिवन विताईरहेका, मृत्यु दण्डको मुद्दा, अंगभंग भएका र मृर्तकका परिवारलाई बोर्डले आर्थिक सहायता रकम उपलब्ध गराउँदै आएको उनले जानकारी गराइन । विदेशी भूमिमा ज्यान गुमाउने अधिकाँश कामदारको मृत्युका कारण हृदयाघात नै भएको जानकारी दिँदै शर्माले भनिन्, ‘ काम गर्दागर्दै मेसिनमा च्यापिएर, यात्राको क्रममा दुर्घटनामा परेर, आत्महत्या एवं अरु कसैले मार्ने र अन्य कारणले पनि मरिरहेका छन’ । मृत्युको संख्या न्युनिकरण गर्न सरकारले धेरै प्रयास गरेको उनको भनाई छ । यसैगरि दिनभरि चर्का घाममा काम गरेर बेलुकी चिसो कोठामा बस्ने र मदिरा पिउने गर्दा हृदयाघात हुने गरेको पनि एक अध्ययनले देखाएको छ ।
खाडी मुलुकको तापक्रम स्वाभाविक रुपमा नेपालको भन्दा बढी हुन्छ,’ उनले भनिन । चर्को तापक्रममा काम गर्नुपर्ने, घरपरिवारको चिन्ता र आर्थिक स्रोत जुटाउने तनावमा उनीहरु रहने भएकाले अधिकांशको हृदयघातबाटै  मृत्यु भएको हुनसक्ने उनको बुझाई छ ।  करार अवधि नसकि“दै कुनै कामदारको विदेशमा मृत्यु भएमा सरकारले मृतकका हकवालालाई बोर्ड अन्तर्गतको कामदार कल्याणकारी कोÈबाट एक लाख ५० हजार रुपैया“सम्म सहायता दिने गरेको छ । तर, करार अवधि सकिएपछि मृत्यु तथा घाइते भएकाको हकमा भने प्रकृति हेरेर १० हजार देखि माथि सहायता दिने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी नभएका कारण विदेशमा मर्ने कामदार संख्या बढ्दै गएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाई छ ।  अभिमुखीकरण तालिम दिने संस्थाले प्रमाणपत्र मात्र बेचेको पाइन्छ ।पहिले यसलाई नै प्रभावकारी बनाएपछि मात्र विदेशमा ज्यान गुमाउने कामदारको संख्या घट्ने उनीहरुको दावी छ । ति व्यवसायीका अनुसार विदेशमा मर्ने कामदारको शव नेपाल ल्याउन पनि निकै कठिन छ। मृत्यु भएको एक महिनादेखि ३ महिनासम्ममा पनि शव स्वदेशमा नआइपुग्दा पीडित परिवारमा झन् चोट थपिन्छ। बोर्डका निमित्त निर्देशक शर्माले विदेशमा ज्यान गुमाउने कामदारको कागजी प्रक्रिया र सम्बन्धीत देशको नियमले गर्दा ढिलो हुने बताउ“छिन्। यसैगरि कहिले त लास पहिचान हुन नसकेर, कम्पनी छोडेर भागेका कामदार, मृत्युको कारणबारे अनुसन्धान र कानुनी जटिलताले गर्दा पनि ढिलो हुने उनले जानकारी दिइन् ।  बोर्डले विदेशमा करार अवधि बा“की रहेका कामदारको मृत्यु भए प्रतिकामदार Ôतिपूतिर्वापत परिवारलाई डेढ लाख रुपैया“ उपलब्ध गराउँदै आएको छ । । करार अवधि सकिएर विदेशमा मृत्यु भएका कामदारका परिवारले भने Ôतिपूति पाउ“दैनन्। तर, जिल्लाबाट काठमाडौं आएका आफन्तलाई बाटो खर्च भनेर बोर्डले १० हजार रुपैया“ दिने गरेको छ। बोर्डले गत आर्थिक वर्Èमा १० करोड ८९ लाख रुपैया“ Ôतिपूति र्बा“डेको बताएको छ ।  गत वर्È ११ महिलासहित ७ सय २६ जना कामदारको विदेशमा मृत्यु भएको थियो।
 सरकार र व्यवसायीबीच तालमेन नमिलेपछि नयाँ गन्तब्यको रोजगारी गुम्दै
लागत खर्च र सेवा शुल्कमा समस्या
राजधानी समाचारदाता
काठमाडौं, २९ मंसिर
सरकार र व्यवसायीबीच तालमेन नमिलेकै कारण अझै नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मानिएका मुलुकहरुमा रोजगार प्रवद्र्धन मै समस्या देखिएको छ । सरकार र रोजगार व्यवसायीवीच वजार प्रवद्र्धन, सेवा शुल्क र लागत खर्चमा तालमेल नहु“दा अझै नेपाली कामदारले आकर्षक मुलुकमा रोजगारीमा जाने अवसर सदुपयोग गर्न पाएका छैनन । सरकारले इजरायल, जापान, पोल्याण्ड, रसिया, युगाण्डाजस्ता आकर्षक मुलुकमा नेपाली कामदारलाई रोजगारीमा जाने अनुमती खुला गरेको छ । कम लागतमै आकर्षक कमाई हुने मुलुकमा रोजगारीमा जान पाउ“ने व्यवस्था गरेपनि अझै रोजगारीकालागि कामदार पठाउने प्रक्रिया भने व्यवस्थित हुन सकेको छैन । सरकारले तोकेको सेवा शुल्क र लागत खर्चमा व्यवसायीको असहमती भएकाले पनि नेपाली कामदार राम्रो मुलुकमा रोजगारीमा जाने अवसरवाट वञ्चित भइरहेका हुन । सरकार, व्यवसायी र रोजगारदाता कम्पनीहरुबीच लागत खर्च, सेवा सुविधा, पारिश्रमिक र सेवा शुल्क लगायतका विषयमा तालमेल नहु“दा अझै नेपाली कामदारले आकर्षक मुलुकको रोजगारीमा जाने अवसर समेत गुमाउदै गएका छन् ।  आवश्यक पूर्वाधार निमार्ण नहु“दा प्रक्रिया असहज वन्ने र रोजगार व्यवसायीले समेत वजार प्रवद्र्धन गर्न नसक्ने भएकाले ती मुलुकको रोजगारी अन्योलमा नै रहेको छ । वढी कमाइ हुने श्रम गन्तव्यमा कामदार पठाउन पहल भएपनि कुटनीतिक नियोगको कमजोर भूमिका र सरकारी लापरवाहीका कारण त्यस्ता मुलुकमा नेपाली कामदारले रोजगारीमा जाने अवसर गुमाउदै गएको सम्बन्धीत व्यवसायीहरुले बताउँदै आएका छन । सरकार र रोजगार व्यवसायी बीचको असहमतीले पनि कतिपय आकर्षक मुलुकमा नेपाली कामदार जान सकेका छैनन । सरकारले तोक्ने लागत खर्च र रोजगार प्रवद्र्धनमा व्यवसायी र सरकारबीच तालमेल नहु“ने भएकाले यस्तो समस्या आउ“ने गरेको हो । करिव ४ वर्ष देखि सरकारले आकर्षक मुलुक मानेको जापानमा प्रशिक्षार्थी कामदार पठाउन पहल गरेपनि अझैसम्म प्रभावकारी रुपमा कामदार जान सकेका छैनन । यस्तै, इजरायलमा नेपाली कामदारका लागि रोजगारी खुल्ला भएको भनिएपनि कति लागतमा कस्ता कामदार पठाउने भन्ने अन्यौलता कायमै रहेकाले त्यो प्रक्रिया समेत अघि वढ्न सकेको छैन ।  लागत खर्चमा कुरा नमिल्दा वजार प्रवद्र्धन नहुने र यसको प्रत्यक्ष मारमा नेपाली कामदार परिरहेका छन । सरकारले तोकेको लागत खर्चमा व्यवसायीले कामदार पठाउन नसक्ने भएपछि आकर्षक श्रम गन्तव्यको अवसर समेत नेपाली कामदारले लिन सकेका छैनन् । जापान एन्टरनेशनल टे«निङ को–अपरेशन अर्गनाइजेशन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया समेत अहिले व्यवसायी र सरकारबीचको असहमतीका कारण प्रभावहिन जस्तै देखिएको छ । यस्तै, नेपाली कामदार इजरायल पठाउने प्रक्रिया समेत अन्योलमै छ । कामदार पठाउन लाग्ने खर्च सरकारले निर्धारण गरेपनि त्यो लागत खर्चमा कामदार जान भने सकेका छैनन ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता वुद्धिवहादुर खड्काले सरकारले तोकेको लागत खर्च व्यवहारीक भएपनि वजार प्रवद्र्धनका समस्याले सोचे अनुसार कामदार जान नसकेको वताए । उनले कामदारले ती मुलुकमा गएर कमाउने पारिश्रमिक र सुरक्षाको अवस्था वुझेर मात्र कामदार पठाउनुपर्ने भएकाले आकर्षक मानिएका कतिपय मुलुकमा पनि कामदार जान नसकेको बताए । कामदारका लागि वजार प्रवद्र्धन र प्रवेशआज्ञा (भिषा) प्रक्रिया झण्झटीलो भएकोले सुचिकृत मेनपावर कम्पनीले माग ल्याउन र पठाउन नसकेपछि सरकार प्रक्रिया परिमार्जन गर्ने या सोही प्रक्रिया अन्र्तगत प्राविधिक प्रशिक्षार्थी कामदार पठाउने भन्नेमा समेत अन्योलता वढेको मन्त्रालयले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलवहादुर तामाङले सरकारले तोक्ने लागत खर्च व्यवहारिक नहुने भएकाले आकर्षक मुलुकमा कामदार पठाउन नसकिएको बताए । सहज मुलुकमा सरकार आफैले कामदार पठाउने गरेको र वजार प्रवद्र्धन गन समस्या हुने मुलुकमा व्यवसायीको कारणले कामदार जान नसकेको आरोप सरकारले लगाउने गरेको समेत उनले जानकारी गराए ।  क्यानाडामा कामदार पठाउन म्यानपावर कम्पनीले माग (डिमाण्ड) ल्याएपनि रोजगारदाता र सरकारबीच न्युनतम योग्यताका विषयमा विवाद भएकाले प्रक्रिया प्रभाककारी हुन नसकेको वुझिएको छ । रोजगारदाताले अन्र्तराष्ट्रिय अंग्रेजी भाषा परिक्षण प्रणाली (आइइएलटिएस) उतीर्ण भएको हुनुपर्ने व्यवस्था राख्न निर्देशन दिएपछि यो प्रक्रिया अघि नवढेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई अनिवार्य आइइएलटिएस अनावश्यक रहेकाले यो व्यवस्था लागु गर्न नसकिने भएपछि रोजगारीको अवसरवाट नेपाली कामदार पछि परेको व्यवसायीको भनाईछ।
सरकारले इजरायल, जापान, पोल्याण्ड, रसिया, युगाण्डाजस्ता आकर्षक मुलुकमा नेपाली कामदारलाई रोजगारीमा जाने अनुमती खुला गरेको छ । कम लागतमै आकर्षक कमाई हुने मुलुकमा रोजगारीमा जान पाउ“ने व्यवस्था गरेपनि अझै यि मुलुकमा रोजगारीकालागि कामदार पठाउने प्रक्रिया भने व्यवस्थित हुन सकेको छैन । जापान इन्टरनेशनल टे«निङ को–अपरेशन अर्गनाइजेशन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया समेत अहिले व्यवसायी र सरकारबीचको असहमतीका कारण प्रभावहिन जस्तै देखिएको छ । यस्तै, नेपाली कामदार इजरायल पठाउने प्रक्रिया समेत अन्योलमै छ । कामदार पठाउन लाग्ने खर्च सरकारले निर्धारण गरेपनि त्यो लागत खर्चमा कामदार जान भने सकेका छैनन ।

विभागमा फाइल हराउने समस्याले व्यवसायी पिडित
काठमाडौ÷रास– वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतीकालागि पेस गरिएका फाइलहरु हराईरहेपछि अहिले व्यवसायी सो समस्याका कारण पिडित भईरहेका छन ।  वेदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीहरु पटक पटक कुनै न कुनै समस्याले पीडित बनाइएका छन् । कहिले वैदेशिक रोजगार विभागले दिने पूर्व र अन्तिम श्रम स्वीकृतिमा ढिलाइ त कहिले अध्यागमन कार्यालयले अनेक बहानामा विमानस्थलबाटै कामदार फर्काइदिने समस्याबाट व्यवसायीले सास्ती खेप्नु परेको छ ।  कहिले पासपोर्ट नपाइने समस्या कहिले डिमाण्ड नपाइने समस्या, कहिले भिÈा शुल्क वृद्धिको समस्या, कहिले सम्बन्धित राजदूतावासले समयमै मागपत्र प्रमाणीकरण नगरिदिने समस्या, कहिले विदेशी रोजगारदाता कामदार छनोटका लागि आउ“दा बन्द र हड्तालले समयमै कामदार जम्मा हुन नसक्ने समस्या पनि व्यवसायीले भोग्दै आएका छन् । अहिले कतिपय व्यवसायीहरु वैदेशिक रोजगार विभागबाटै फाइल हराउने वा समयमै फाइल फेला नपर्ने समस्याले सताइएका छन् । १०÷१५ दिन अघि सबै प्रक्रिया पूरा गरेर अन्तिम श्रम स्वीकृतिका लागि दर्ता गरेर पेश गरिएका फाइल समेत नभेटिंदा कतिपय व्यवसायीले समयमा नै कामदार उडान गराउन नपाएको मात्र होइन, समयमै टिकट नपाइएला भनेर पहिले नै टिकट कटाइएकाको टिकट वापतको रकम समेत नोक्सान हुने गरेको पाइएको छ । फाइल हराउने मात्र होइन, विभागमा पेश गरिएका फाइलका कागजात हराउने र च्यातिने गरिएको पनि कतिपय व्यवसायीहरुले गुनासो गरेका छन् । यसप्रति विभागमा नयाँ  आएका महानिर्देशक, निर्देशक लगायतका अधिकारीहरुको गम्भीर ध्यान जानुपर्ने उनीहरुको भनाई छ। 

Monday, December 9, 2013

उड्डयन प्रतिबन्धविरुद्ध कूटनीतिक गृहकार्य , युरोपेली संघको निर्णयले एयरबस जहाज खरिद प्रक्रियामा धक्का

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २३ मंसिर
नेपाली जहाज युरोप उडानमा लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारले आवश्यक कूटनीतिक गृहकार्य सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आधिकारिक जानकारी नै नदिई युरोपेली संघ (ईयू) ले नेपालमा दर्ता भएका जहाज युरोप उडानमा लगाएको प्रतिबन्ध र युरोपेली नागरिकलाई पनि नेपाली जहाजमा नचढ्न गरेको ट्राभल एड्भाइजरी तत्काल फिर्ता गर्न सरकारले कूटनीतिक पहल गरेको हो ।
अहिले सरकार युरोपेली संघले गरेको सो निर्णय तत्काल फिर्ता गराउन आन्तरिक छलफल एवं कूटनीतिक छलफलको गृहकार्यमा जुटेको छ ।
युरोपेली संघले गरेको यस्तो निर्णयले चीनबाट ल्याउन लागेको ६ ओटा साना जहाजमा मात्र नभएर अब युरोपेली जहाज उत्पादक कम्पनी फ्रान्सबाट ल्याइँदै गरेको नेपाल वायु सेवा निगमको नयाँ एयरबस जहाज खरिद प्रक्रियालाई समेत प्रभावित बनाउने देखिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई जानकारी नै नदिई युरोपेली संघ (ईयू) ले गत बिहीबार नेपालमा दर्ता भएका सबै जहाजलाई युरोप उडानका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले 
‘युरोपेली संघ (ईयू) ले नेपाली जहाज उडानमा रोक लगाएको विषयमा अहिलेसम्म सरकारलाई आधिकारिक जानकारी नआएको बताए । मंसिरको पहिलो साता ब्रसेल्समा युरोपेली युनियनका प्रतिनिधिसँग भएको छलफलमा नेपालको हवाई सुरक्षालाई केही सुधार गर्न दिएको सुझावका आधारमा मन्त्रालयले छलफल गरिरहेको उनले बताए । उनले भने, ‘ईयूले गरेको यस्तो निर्णय एक्कासि सुनियो अब यस समस्याको समाधान खोज्ने जिम्मेवारी सरकारको भएकाले सो उडानको प्रतिबन्ध फिर्ताको विषयमा आवश्यक पहल सुरु गरेका छौं ।’
उनका अनुसार अब युरोपियन कमिसन र युनियनका प्रतिनिधिसँग वार्ता एवं छलफल हुनेछ । उनले ईयूको यस्तो निर्णयले नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको एयरबस जहाज खरिद प्रक्रियामा समेत केही असर पर्न जाने भएकाले सरकारले यस विषयलाई निकै गम्भीर रूपमा लिएको बताए । यहाँको हवाई सुरक्षा व्यवस्था एकदमै कमजोर भएको भने नेपालको हवाई सुरÔाको अवस्थाबारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रतिवेदनले देखाउनुपथ्र्याे ।
दुई÷तीन वर्षदेखि नै यस्ता समस्या आउन सक्ने भनेर आवश्यक छलफल र कूटनीतिक छलफल भएको मन्त्रालयले दाबी गरेको छ । केही साताअघि पनि निजी वायु सेवा कम्पनी र सरकारी अधिकारीबीच मुलुकको हवाई सुरक्षालाई कसरी दीर्घकालीन रूपमा बलियो बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको दाबी मन्त्रालयको रहेको छ ।
यहाँको हवाई सुरÔालाई थप बलियो नबनाए ईयूले पहिला पनि नेपाल कालोसूचीमा पर्न सक्ने चेतावनी दिएको जानकारी दिँदै प्रवक्ता सापकोटाले भने, ‘हवाई सुरÔा कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारे हामी पनि आवश्यक तयारीगत छलफलमै थियौं, आइकाओको प्रतिवेदन आएपछि मात्र ईयूले यस्तो निर्णय गरेको भए राम्रो हुने थियो ।’
पर्यटन मन्त्रालयले उड्डयन सुरक्षाको दीर्घकालीन सुधारात्मक कार्यलाई विशेÈ ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । उसले सकेसम्म छिटो कालोसूचीबाट हटाउन पहल गर्ने र सोहीअनुरूप सेवालाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिनेसमेत बताएको छ ।
नेपालमा चीनका जहाज आउने पक्का भएपछि अचानक यस्तो निर्णय सार्वजनिक भएको भन्दै  उनीहरूले ईयूको यो निर्णयको कारक तŒव व्यापारिक प्रतिस्पर्धा नै भएको र यदि होइन भने आइकाओको प्रतिवेदनले देखाउने दाबी गर्दै आएका छन् । युरोपेली संघले गरेको यस निर्णयले अब निगमले फ्रान्सबाट ल्याउन लागेको दुईओटा एयरबस ठूला जहाज खरिद प्रक्रियामा समेत गम्भीर असर पर्ने भएको छ ।
निगमका लागि सरकारले दुई एमए ६० र चार वाई १२ जहाजका लागि ऋण तथा अनुदान सम्झौता गरिसकेको छ । यही, विषयले युरोप उडान रोक्ने सूचना जारी भएको निजी वायु सेवा सञ्चालकको अनुमान छ । उनीहरूले युरोपियन युनियनले असुरक्षाका कारण नभई राजनीतिक कारण नेपालको हवाई सेवालाई कालोसूचीमा राखेको आरोपसमेत लगाएका छन् । वायु सेवा सञ्चालक संघ नेपालका अध्यÔ रामेश्वर थापाले सार्वजनिक कार्यक्रममै युरोपेली संघले नियतवश नेपाली हवाई सेवालाई कालोसूचीमा राखेको र नेपाली हवाई सेवा असुरक्षित नभई नेपाली वायु सेवा कम्पनीले चाइनिज एयरक्राङ्खट लिन लागेका कारण ईयूले चीनस“गको व्यापारिक प्रतिस्पर्धाका कारण कालोसूचीमा राखेको प्रतिक्रिया दिए ।

युरोपबाट जहाज नकिन्न सरकारमाथि दबाब

काठमाडौं,२३ मंसिर– युरोपेली संघले नेपाली जहाज युरोपमा उड्न प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल वायुसेवा निगमका लागि युरोपबाट एअरबस खरिद नगर्न नेपाल सरकारमाथि दबाब परेको छ।
निगमका लागि फ्रान्समा बनेको ‘एअरबस ३२०-२००’ खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुग्दा संघले त्यस्तो निर्णय गरेका कारण प्रक्रिया रोक्न दबाब परेको हो। उक्त जहाजका लागि तीन किस्ता रकम पठाइसकिएको छ भने अन्तिम किस्ता पठाउन बाँकी छ। युरोपबाट जहाज किनेर ल्याउने अनि युरोपमै उडान गर्न नपाउने भएपछि उक्त जहाज किन किन्ने भन्ने प्रश्न खडा भएको छ।
विभिन्न व्यापारिक समुदाय र पर्यटन व्यवसायीका तर्फबाट यस्तो दबाब परेपछि सरकारले पनि जहाज खरिद प्रक्रियामा पुनर्विचार गर्ने भएको छ। मुख्य सचिव लीलामणि पौडेलले युरोपमा निर्मित जहाज किन्ने निर्णयमा पुनर्विचार गर्न सकिने बताए। युरोपबाट जहाज किनेर ल्याउने अनि उसैको मुलुकमा उडान गर्न नपाउने भन्ने निर्णय सान्दर्भिक नभएको उनको भनाइ थियो।
पौडेलले भने, ‘युरोपले नै तोकेको मापदण्ड, उडान तरिका तथा प्राविधिक दक्षताबाट हामीले जहाज उडाउनुपर्ने अनि उसले उसकै जहाजलाई प्रतिबन्ध लगाउने? यसको स्पष्ट जबाफ माग्न पनि सरकारले एअरबस नकिन्ने निर्णय गर्न सक्छ।’ युरोपेली संघले नेपाली कम्पनीका सबै जहाज युरोपका २८ मुलुकमा प्रतिबन्ध लगाई आफ्ना नागरिकलाई पनि नेपाली जहाजमा नचढ्न आग्रह गरेको छ।
नेपाल वायुसेवा निगमका लागि सरकारले चिनियाँ जहाज खरिद गर्ने भएपछि युरोपले नेपालमा उडान सुरक्षा कमजोर भएको भन्दै प्रतिबन्ध लगाएको हो।
‘हामीमाथि युरोपको हेपाहा प्रवृत्ति देखिएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले भने, ‘संघको निर्णयमा चुप लागेर बस्नु हुँदैन, सोच्नैपर्छ।’ जहाज खरिदको कुरा तत्काल रोक्ने भन्दा पनि नेपालमाथि गरिएको व्यवहारका विषयमा छलफल गरेर निर्णय लिइने घिमिरेले बताए। निगमले भने एअरबस खरिद गर्न रोकिनु नहुने धारणा अघि सारेको छ।
‘तीन किस्ता रकम पठाइसकिएको छ, अन्तिम किस्तामात्रै बाँकी रहेकाले जहाज नकिन्ने कुरा आउँदैन’, निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने। उक्त जहाज सन् २०१५ फेब्रुअरीमा ल्याउने तयारी थियो। नेपालले ल्याउन लागेको जहाज एकपटकमा पाँच घन्टासम्म मात्रै सीधा उडान गर्न सक्ने ‘न्यारो बडी’ हो।
एक सय ५० सिट क्षमता हुने उक्त जहाज नेपालले एक सय ५८ सिट बनाएर ल्याउन लागेको हो। उक्त जहाज युरोपमा ट्रान्जिट भएर जानुपर्ने हुन्छ। यसो गर्दा निगमलाई घाटा लाग्ने, भाडा महँगो पर्ने र जहाजको क्षमतासमेत नपुग्ने हुन्छ। थप जहाज खरिद गरेर दीर्घकालीन रूपमा युरोपसम्म नै उडान गरिने भएकाले प्रतिबन्ध तत्काल हटाउनुपर्ने निगमको भनाइ छ।

Sunday, December 8, 2013

इपिएस शीप परिÔण नतिजा १ पुसमा, माघबाट कोरियामा कामदार पठाउने तयारी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ मंसिर
नेपाली कामदारको उत्कृष्ट गन्तब्य दÔिण कोरिया जानकालागि भाÈा परिÔामा सहभागी भई उत्र्रिण हुने उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षण गर्नेकाम मंगलबारबाट सकिएको  छ ।  गत अगष्टमा सम्पन्न दÔिण कोरियाली भाÈा परिÔामा उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षण गर्नेकाम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृÈि Ôेत्रबाट तीन हजार आठसय ९६ जना शीप परिÔणमा सहभागी भएको नेपालस्थित इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले शीप परिÔणमा सहभागी हुनेहरुको नतिजा आगामी  १ पुसमा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।  गत मंगलबार शीप परिÔण गर्ने काम  सम्पन्न भएको जानकारी दिँदै उनले आगामी ९ जनवरीसम्ममा रोस्टरमा सबैजनाको नाम  इन्ट्रीगरिसक्ने र त्यसपछि रोस्टरमा सहभागी सबैको नाम कोरिया पुग्ने बताए । उनले एचआरडी कोरियाले सोही अनुरुप पहिलो चरणमा कामदार छनोटको प्रक्रिया थाल्ने बताए । सन् २०१४ को फेब्रुवरीबाट दÔिण कोरिया कामदार पठाउने क्रम सुरु हुने बताउँदै इपिएस शाखाका प्रमुख बास्तोलाले भने, ‘ प्रारम्भिक छनोटकालागि यहाँ आइपुगेका कोरियन विज्ञहरुको सुझाव अहिलेका कामदारको शिपमा अझै केही सुधार्नु राम्रो हुने छ ’। उनले उत्पादनमुलक र कृषि क्षेत्रका कोरियन विज्ञहरुले नेपाली कामदार शारिरीक रुपमा निकै सक्षम भएपनि सम्बन्धीत कामको शिपमा भने केही कमजोर नै देखिएकाले अझै जानुभन्दा पहिले शिप सम्बन्धी ज्ञान दिलाउन जोड दिनुपर्ने सुझाव दिएको बताए ।  
नेपाल र कोरिया सरकारसँग भएको सम्झौता अनुसार भाÈा परिÔामा उत्कृष्ठ हुने इपिएस प्रशिÔार्थीको शीप परिÔण गरी प्राथमिक्ताको आधारमा दÔिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बट सुरु भएको थियो । शीप परिÔणमा उत्पादनमुलकतर्फबाट दुई हजार सातसय २९ र कृÈिबाट एहकजार एकसय ६७ जना सहभागी भएको इपिएस शाखाले जनाएको छ । सन् २०१४ मा दÔिण कोरियाकालागि नयाँ कामदार लैजान लिइएको भाषा परिÔामा आठ हजार दुईसय उतिण भएका थिए । भाÈा परिÔामा करिव ४७ हजार सातसय ७२ नेपाली सहभागी भएका थिए । शीप परिÔणका लागि उत्पादनतर्फ दुईसय पुर्णाङकमा एकसय ५२ भन्दा माथि र कृÈि र पशुपालन क्षेत्र तर्फ एकसय ४० भन्दा बढी अंक ल्याएका व्यक्ति सहभागी हुन सक्ने इपिएस शाखा कार्यालयले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीकालागि दÔिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ठ रहेकाले नेपालीको आर्कÈण पनि निकै रहेको छ । हाल दÔिण कोरियामा पुगेका इपिएस कामदारले मासिक करिव एकलाख रुपैयाँ कमाउछन् ।  यो रकम अन्य रोजगारी गन्तव्यमुलुकहरु मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत भन्दा चार गुण बढी पारिश्रमिक हो । दÔिण कोरियामा यि  मुलुकहरुमा भन्दा कामदार सुरक्षा एवं  हक अधिकारको स्थिती पनि निकै राम्रो भएको बताईएको छ । वैद्यानिक रुपमा इपिएस मार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसबेला करिव ३२ हजार नेपालीले भासा परिÔा दिएका थिए ।  सन् २०११ मा सो संख्या बढेर ५१ हजार पुगेको थियो । इपिएसबाट कोरिया जाने नेपाली कामदारको संख्या अहिलेसम्म करिब १८ हजार रहेको बताईएको छ ।  
कोरियामा कामको समय घटने
काठमाडौ÷रास– दÔिण कोरिया सरकारले काम गर्ने समय अन्तराष्ट्रिय स्तरको बनाउने कदम अन्र्तगत हालको समय घटाउने निर्णय गरेको छ । अहिले सातामा ६८ कार्य घन्टा रहेकोमा सन् २०१६ बाट सातामा ५२ घन्टा बनाइने बताईएको छ ।जसका कारण शैÔिक बेरोजगार रहेका १२ प्रतिशत कोरियालीलाई रोजगारी सिर्जना गर्न सहयोग हुने छ । सन् २०१० मा गरिएको एक अध्ययनमा दÔिण कोरियामा श्रमिकले वार्Èिक दुईहजार नौसय १३ घन्टा काम गरेको पाइएको थियो । दÔिण कोरियाको कार्यघन्टा दÔिणपुर्वी एशियाली देशको भन्दा चारसय घन्टा बढी हो । यस्तै पश्चिमी देशको भन्दा एक हजार घन्टा बढी हो । अमेरिका लगायत युरोपेली देशमा वार्Èिक कार्य घन्टा करिव एक हजार नौ सय रहेको छ । 
कार्यस्थलमा पीडादायी भएको कामदारको गुनासोकाठमाण्डौ÷रास– वैदेशिक रोजगारीकालागि कोरियाको रोजगारी निकै आकर्Èक मानिए पनि अहिले दक्षिण कोरियामा काम गर्न इपिएस मार्फत पुगेका नेपाली कामदार त्यहाँको कामप्रति अझै पुर्ण रुपमा सन्तुष्ट छैनन्। वैदेशिक रोजगारीकालागि कोरिया पुग्नेहरुले नेपालमा सोचेजस्तो त्यहाँको काम सहज नरहेको बताएका छन् । हालै नेपाली दुतावास कोरियामा आयोजित कार्यक्रममा सहभागी कामदारहरुले कोरियाली रोजगारदाता कम्पनीका मालिकहरुले कामका बेला रिसाएर गाली गर्ने गरेको गुनासो गरेका छन् । उनीहरुले कोरियाली मालिकलाई नेपाली संस्कृतिको बारेमा केही पनि जानकारी दिनुपर्ने, स्वास्थ्य समस्या हु“दा भाÈागत समस्याका कारण नेपाली डाक्टरको व्यवस्था गर्नुपर्ने, नेपालमा कोरियन भाÈा संस्कृतिको बारेमा दिइने अभिमुखिकरण तालिम अवधिलाई बढाउनुपर्ने लगायत कार्यस्थलमा आइपर्ने विविध समस्या समाधानका उपाए खोज्न समेत  माग गरेका छन् । घर परिवारबाट बिछोडिँदाको पिडा, फरक वातावरण, भाÈा नजानेका कारण डर मानेर काम गर्नु पर्ने वाध्यता , उसले भनेजस्तै काम गर्दा पनि मालिक रिसाएर जथावाभी भन्दा सहनुपर्ने, काम गराउने व्यक्तिको दुव्र्यवहार एवं दिन र राती काम गर्नुपर्ने जस्ता कारणहरुले डिप्रेसन हुने समस्या दिनानुदिन बढी रहेको त्यहाँ कार्यरत नेपाली कामदारहरुले बताएका छन् । उनीहरुले कोरियामा कार्यरत अधिकांश कामदारलाई डिप्रेसन भएर एकान्तमा बस्न रुचाउने, धेरै मदिरा सेवन गर्ने, रिसाउने, झर्किने जस्ता लÔणहरु देखिने र अन्त्यमा आत्महत्या गर्न पुग्ने समेत जानकारी गराएका छन् । 
कात्तिकमा ३२ हजार कामदार  विदेसिए
पुनः जानेहरुको संख्या १४ हजार नाग्यो 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ मंसिर 
स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जाने क्रम दैनिक रुपमा बढिरहेको छ ।  भर्खरै वितेको कात्तिक महिनामा मात्र करिब ३२ हजार कामदार वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ हानिएका छन । लामो समयदेखि जारी राजनीतिक संक्रमण र स्वदेशमा उद्योग धन्दा नफस्टाएका कारण अहिले दैनिक वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढीरहेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार गत कात्तिक महिनामा कुल ३१ हजार ९ सय ४९ जना कामदार  अन्तिम स्वीकृति लिएर विदेसिएका छन । यसैगरी, सोही अवधीमा १४ हजार ४ सय ९३ नेपाली पुनः वैदेशिक रोजगारीमा फर्किएका छन् । जसमध्ये अझै छिमेकी मुलुक भारतको बाटोहुँदै अवैध ढंगले विदेशीएकाहरुको संख्या  ५ हजार तीनसय ७३ रहेएका छन् । यी सबै जोड्दा गत महिना मात्र कामकै लागि वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१ हजार चारसय १५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार, गत कात्तिक महिनामा सबैभन्दा बढी १२ हजार ४६ जना कामदार एसियाली मुलुक मलेसिया तर्फ गएका छन् । त्यसपछि कतार पा“चहजार ६ सय ९१, साउदी अरब चारहजार ९ सय ८३, संयुक्त अरब इमिरेट्स ( युएई) चारहजार ३१ जना र कुवेत तर्फ एकहजार ६ सय २२ जना  वैदेशिक रोजगारीकालागि गएका छन् । यसवर्ष खाडी मुलुकहरु र मलेसिया बाहेक अन्य मुलुकमा जाने कामदारको संख्या भने निकै न्युन भएको विभागले जनाएको छ ।
यसैगरि, गत कात्तिमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या करिव एकहजार ६ सय ४५ जना रहेको छ । गत वर्È भदौमा सरकारले महिला कामदारकालागि लागु गरेको उमेरको ३० वर्Èे हदबन्दीले पनि अहिले खाडी मुलुकहरुमा जाने घरेलु श्रमिकको संख्या केही घटेको देखिएपनि  सो  मापदण्डले सरकार लक्षित मुख्य गन्तव्य राष्ट्रहरुमा भने महिला कामदारको  संख्या उत्साहजनक रुपमा नै बढेको विभागले जानकारी दिएको छ ।
विभागको तथ्याङक अनुसार कुवेतमा सात सय ५२, मलेसियामा पा“चसय दुई, संयुक्त अरब इमिरेट्स ( युएई) मा चारसय १८ र साउदी अरबमा ८५ जना महिला कामदारले अन्तिम श्रम स्वीकृति लिएर गएका छन् । यसअघि, प्रमुख गन्तव्यमा जाने महिलाको संख्या निकै न्युन हुने गर्दथ्र्यो । अझै पनि दैनिक ३०÷४० जना महिला छिमेकी बाटोहुँदै अवैध रुपमा खाडी मुलुकहरुमा पुगिरहेका छन् ।
विभागले वैदेशिक रोजगारीमा जोखिमपूर्ण मानिएको व्यत्तिगत श्रम स्विकृति विगत तीन महिनामा बढेको नै देखाएको छ । उसले भदौमा व्यत्तिगत श्रम स्वीकृतिबाट विदेशीनेको संख्या तीन हजार ८ सय ३२ रहेकोमा कात्तिमा सो संख्या बढेर कुल पा“च हजार तीन सय ७३ पुगेको बताएको छ । वैदेशिक रोजगारीमा जाने मध्ये संस्थागत रुपमा जानेहरु भन्दा व्यक्तिगत भिसामा जाने बढी जोखिममा परिरहेकाले सरकारले अहिले व्यक्तिगत जाने कार्यलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । अझै सरकारी सो प्रयास पुर्ण रुपमा प्रभावकारी भएको छैन ।  सरकारी सोही अभियानमा साथ दिन  श्रम विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित वैदेशिक रोजगार सुधार कार्यदलले व्यत्तिगत श्रम स्विकृतिमा जाने कार्यलाई निकै कडाइ गर्न सुझाव दिएको थियो । त्यसको पालना आर्थिक वर्È २०६९÷०७० मा भएपनि चालु आर्थिक वर्षका वितेका ५ महिनादेखि व्यत्तिगत श्रम स्वीकृति लिनेहरुको संख्या घट्नुको साटो थप बढीरहेको छ । अधिकांश महिला व्यत्तिगत श्रम स्वीकृतिबाट विदेश जाने र जोखिमा परेको घटना दैनिक जसो सार्वजनिक भईरहेकाले सरकारले व्यक्तिगत रुपमा जाने कार्यलाई पुर्ण रुपमा नै बन्देज लगाउने प्रयास गरेको हो ।  तर, अझै सरकारी सो प्रयास प्रभावकारी देखिएको छैन ।
अहिलेसम्म नेपाली कामदारका लागि उत्कृष्ठ मानिएको गन्तव्य मुलुक दÔिण कोरियामा एकसय ८ जनाले मात्र रोजगारी पाउन सफल भएका छन् । यसैगरि, सन् २०१० देखि बन्द रहेको इजरायलमा करिव एकसय नेपाली महिला व्यक्तिगत प्रयासबाट गएका छन् । इजरायल जाने पुरुÈको संख्या २५ जना रहेको छ । विगत चार महिनाको पुर्व स्वीकृतिलाई केलाएर हेर्दा आगामी महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढने अनुमान गर्न सकिन्छ । गत साउनपछि करिव दुईलाख कामदारका मागपत्रको पुर्व स्वीकृति दिइएको पनि विभागले जानकारी दिएको छ । 

 वैदेशिक रोजगारीमा भ्रष्टाचार प्रकरण
 को– को परे अख्तियारको फन्दामा ? 
२५ अधिकृत, १७ नासु, ३ खरिदार, ७ व्यवसायी,  १२ बिचौलिया 
राजधानी समाचारदाता
काठमाडौ, २२ मंसिर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारमा जाने कामदारलाई झुक्याई अनावस्यक सास्ती दिएर ठगी गरेको अभियोगमा पक्राउ गरि विÈेश अदालतमा मुद्दा दायर गरेका ६४ जनामा सबैभन्दा धेरै कर्मचारी छन ।  जसमा वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनाली सहित ४५ जना कर्मचारी, ७ जना वैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलिया रहेका छन्।  त्यसबेला विभागका कार्यरत ४५ जना कर्मचारीमध्ये २५ जना अधिकृत, १७ जना नायब सुब्बा र ३ जना खरिदार सो भ्रष्टाचार प्रक्रणरणमा मुछिएको अख्तियारले जनाएको छ् । गत ३ भदौमा अख्तियारले वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनाली सहित १८ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कमचारी सहित ६४ जना लाई सोही अभियोगमा कार्यस्थलबाटै पक्राउ गरेको थियो । अख्तियारले गत मंगलबार वैदेशिक रोजगारीमाजाने गाउँका निमुखा सर्बसाधारणलाई अनावस्यक दुःख दिई झुक्याएर सेटिङ मिलाई घुस लिएको अभियोगमा समलग्न यि कर्मचारीहरु विरुद्ध विगो असुलको माग सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गत मंगलबार सेटिङ मिलाएर वैदेशिक राजगारीकालागि विभिन्न मुलुक जाने कामदारलाई झुक्याएर घुस लिएको अभियोगमा प्रकाउ गरेका वैदेशिक रोजगार विभाग, अध्यागमनका कर्मचारी, केही मेनपावर र विचौलिया समेत गरि ६४ जना विरुद्ध विगो स्वरुप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  बिचौलियालाई समेत विशेष अदालतमा मुद्दा हाल्ने काम अख्तियारको  यो पहिलो पटक हो ।
वैैदेशिक रोजगारीको Ôेत्रमा चरम ठगी एवं भ्रष्टाचार भईरहेको  जनगुनासोका आधारमा अख्तियारले यस्तो कारवाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।  यसअघि आयोगले लिएको बयानमा सो अभियोगमा समलग्नहरुले भ्रष्टाचार गरेको पुष्टि भएपछि ६४ जना विरुद्ध विगो स्वरुप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका अधिकृतहरुवैदेशिक रोजगार विभाग अन्तिम श्रम स्वीकृति शाखाका निर्देशक एवं शाखा अधिकृत रमेशप्रसाद मैनाली, अन्य अधिकृतहरु अजिता शर्मा, निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, दिपक प्रसाद खतिवडा, विभागककै कम्यूटर अधिकृत हिराध्वज कार्की, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल श्रम कÔमा कार्यरत वैदेशिक रोजगार विभागका अधिृकतहरु ज्ञानेन्द्र शर्मा, पवित्र कु“वर, मुत्ति खनाल, गंगाबहादुर भुजेल, अध्यागमन कार्यालय अधिकृतहरु डिल्लीराज भट्टराई, गोपी प्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, बिजयबहादुर समैमगर, दिवाकर शर्मा, रामकृष्ण पराजुली, नरबहादुर बि.क., बाबुहरी पन्थी, कार्गोग्राफर अधिकृत रामचन्द्र कार्की,, भोजबहादुर ए.डी., वैदेशिक रोजगार विभाग श्रम कÔ विमानस्थमा कार्यरत अधिकृतहरु रिद्धिप्रकाश सिटौला, डिल्लीराम पौडेल, कृष्णप्रसाद सिग्देल रहेका छन ।
नायब सुब्बाहरु
वैैदेशिक रोजगार विभागका नायब सुब्बा तप्तकुमार ( पप्पु ) शाह (कम्पूटर अपरेटर), रामप्रसाद पोखरेल, सन्तोस सुवेदी, चन्द्रहरी लुईटेल, अरबीक भाÈा अनुवादक अब्दुल्लाह मस्तुत, रजाह उल्लाह, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, शंकर कार्की, बरिष्ठ अध्यागमन सहायक रामकुमार ओझा, जयबहादुर सिंह, चिरञ्जीबी अधिकारी, नबराज कोइराला, सञ्जय नेपाल, रुद्र मरासेनी, कोÈराज भट्टराई, अध्यागम विभाग कालिकास्थानका नासु प्रह्लाद लामिछाने रहेका छन । यसैगरी अध्यागमन विभागका खरिदारहरु केशब बञ्जरा, कृष्ण प्रसाद र माधव भट्टराई विरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 व्यवसायीहरुसाम्ना इन्टरनेसनल सर्भिसका सञ्चालक मोहमद मुस्ताफिया, श्रम प्रतिनिधि सुवास कुमार मैनाली, प्रोग्रेसिभ प्लेसमेट सर्भिसका सञ्चालक श्याम प्रसाद श्रेष्ठ, एड्भान्स रिक्यूमेन्ट सर्भिसका मार्केटिङ मेनेजर हर्कबहादुर लिम्बू, जेएचपी ओभरसिज इम्प्लोईमेन्टका सञ्चालक बुद्धिबहादुर तिवारी, आकृति रिक्वीटिङ्ग प्रालिका सञ्चालक टलबहादुर पौडेल र श्रमिक ओरिन्टेसनका सञ्चालक सरोजकुमार मैनाली रहेका ।
बिचौलीयाहरु
वैदेशिक रोजगार परामर्श सेवा केन्द्र प्रा.लि. सिनामंगलका सञ्चालक नारायणप्रसाद पौडेल, याकुक टुर्स एण्ड ट्राभल्सका सञ्चालक शेख जफेर अलाम, गोरेटो टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि राजीबकुमार पञ्जीयार, सोही ट्राभल्सकी सञ्चालीका सोभिता रानाभाट, अभिसेक ट्राभल एण्ड टुर्सका सञ्चालक अशोककुमार श्रेष्ठ, सुरेस ट्राभल्स एण्ड टुर्सका सञ्चालक सुरेस कुमार महतो, आयुष ट्राभल्स एण्ड टुर्सका सञ्चालक शिवशंकर शाह, एलपी ट्राभल्स एण्ड टुर्सका सञ्चालक लालबाबु पाण्डे रहेका छन । यसैगरी बैदेशिक रोजगार विभागमा लेखापढी गर्ने शिवप्रसाद रेग्मी, कोटेश्वर बस्ने खासा व्यापारी सुरेसकुमार श्रेष्ठ, राजधानीको महावौद्धमा पसल गर्दै आएका अनामनगर निवासी सुमन दाहाल, ललितपुर थसिखेलका अरुणकुमार कायस्थ रहेका छन ।

वैदेशिक रोजगार विभागमा कर्मचारी घुस प्रकरण, निर्देशक मैनाली र शाहविरुद्ध विशेष अदालतमा मुद्दा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २१ मंसिर
झुटो विवरण भएका कागजात बनाई सेटिङ मिलाएर कामदार ठगी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्युटर अपरेटर पप्पु शाहविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ अन्तर्गत दोÈी ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।  यसअघि गत मंगलबार पनि अख्तियारले  सेटिङमा संलग्न वैदेशिक रोजगार विभाग,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका कर्मचारी, केही मेनपावर र बिचौलियासमेत गरी ६४ जनाविरुद्ध बिगो स्वरूप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  जसमा ४५ जना सरकारी कर्मचारीहरू थिए । शुक्रबार अख्तियारले विभागका निर्देशक मैनाली र कम्युटर अपरेटर शाहको नाम नै किटेर मुद्दा दायर गरेका ४७ जनासहित विभागका कर्मचारी प्रणालीगत भ्रष्टाचारको आरोपमा मुद्दा खेपेका व्यक्तिहरू हुन् ।
गत ३ भदौमा अख्तियारले विभागका निर्देशक मैनालीसहित १८ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी सहित ६४ जनालाई सोही अभियोगमा कार्यस्थलबाटै पक्राउ गरेको थियो । अख्तियारका उपसचिव एवं सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विभागका कर्मचारीद्वय मैनाली र शाहले कागजातमा दोहोरो अर्थ लाग्ने गलत विवरण लेखी सम्बन्धित व्यक्ति तथा कम्पनीहरूलाई अनावश्यक दुःख दिई आर्थिक लाभ गर्ने बदनियतले सरकारी कागजातमा बेहोरा थपघट गरी गलत विवरण लेखेर अन्तिम श्रम स्वीकृति (श्रम स्ट्रिकर) लगाइदिएर अवैध काम गरेकाले अख्तियारले थप कारबाहीका लागि विशेष अदालतमा मुद्दा लायर गरेको बताए ।
अख्तियारले स्वदेशमा रोजगारी नपाएपछि बाध्यतावश ऋण खोजेर वैदेशिक रोजगारीमा जान लागेका गाउँका निमुखा सर्वसाधारणलाई अनावश्यक दुःख दिई झुक्याएर सेटिङ मिलाएर घुस लिएको अभियोगमा थुनिएका यी कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम कडा सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा सेटिङ प्रकरणमा मुछिएका कर्मचारीहरूले विभिन्न मुलुकतर्फ जाने कामदारलाई झुक्याई आफ्नो कार्यथलोभित्र पारी कामदारको आफ्नै प्रयासमा निकालेको भिसामा उल्लेख भएको रोजगारदाता कम्पनी र पेसाको सट्टा अर्कै कम्पनी एवं पेसासमेत गरी संस्थागत रूपमा अन्तिम श्रम स्वीकृति निकाल्ने गरेको पाइएकाले यस्तो कारबाही गरिएको बताए । उनले वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा कार्यरत कर्मचारीहरू,विमानस्थलस्थित श्रम कक्ष, अध्यागमनका कर्मचारी र बिचौलियाको मिलेमतोमा भइरहेको यस्ता ठगिका घटनाले विमानस्थलबाट छिराईएका निमुखा कामदारले विदेश पुगेर पनि त्यसै फर्कनुपर्ने अवस्था आएकाले सो कार्य नियन्त्रणका लागि अवैध कार्य गर्नेमाथी यस्तो कारबाही भएको बताए । अख्तियारको सो घटनापछि अहिलेसम्म विभागका कर्मचारीले श्रम स्वीकृति दिने कार्यमा ढिलाइ गरेर वैदेशिक रोजगारीमा जाने कामदारलाई अनावश्यक दुःख दिएर सास्ती दिइरहेको गुनासो आइरहेका छन् ।

सरकारसँग व्यवसायीले मागे टिकट खर्चको क्षतिपूर्ति, फर्काइएका कामदारको हवाई टिकट खर्च १ करोड ५ लाख

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, १९ मंसिर
वैदेशिक रोजगार व्यवसायीहरूले विमानस्थलबाटै फर्काइएका ३ सय कामदारको हवाई टिकटमा खर्च भएको करिब १ करोड ५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन सरकारसँग माग गरेका छन् । उनीहरूले जहाज चढ्ने बेला विमानस्थलबाट एक कामदार फर्काइँदा हवाई टिकट र होटल बसाइ गरी करिब ३५ हजार रुपैयाँ त्यसै खेर गएकाले सो रकम सरकारसँग क्षतिपूर्तिबापत उपलब्ध गराउन माग गरेका हुन् ।
व्यवसायीका सो मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले फर्काइएका कामदारको हवाई टिकटमा खर्च भएको रकम क्षतिपूर्ति तिराउन दबाब दिने भएको छ । आइतबार र सोमबार गरी विभिन्न मेनपावरमार्फत सबै कागजात लिएर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै गरेका करिब ३ सय कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका थिए ।
कामदारहरू एयर अरेबिया र पाकिस्तानी एयरलाइन्सबाट यूएई जान लागेका थिए । त्यसबेला विमानस्थलबाट फिर्ता पठाइएका कामदारमध्ये अहिलेसम्म करिब १ सय ७० जना सम्पर्कमा आएको र उनीहरूको टिकट खर्च सरकारले नै बेहोर्नुपर्ने व्यवसायीको माग छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव एवं प्रवक्ता रोहण गुरुङले व्यवसायीको गुनासोलाई मध्यनजर गर्दै संघले फर्काइएका कामदारको हवाई टिकटमा खर्च भएको रकम सरकारसँग क्षतिपूर्ति तिराउन दबाब दिने बताए ।
 राज्यले क्षतिपूर्ति दिनुपर्छ भन्ने त्यस घटनामा सम्बन्धित व्यवसायीका माग रहेकाले संघले आन्तरिक छलफलबाट सरकारलाई दबाब दिने कार्यक्रमको निर्णय गर्ने बताए । एक कामदार जहाज चढ्ने बेलामा विमानस्थलबाट फर्कंदा न्यूनतम ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने जानकारी गराउँदै उनले विमानस्थलको यस घटनालाई संघले गम्भीर रूपमा लिएको बताए । विमानस्थलकै आन्तरिक व्यवस्थापन कमजोर भएका कारण उत्पन्न सो घटनामा अल्मुन ओभरर्सिज, अलअक्समाक्स ओभरर्सिज, एपोलो र प्याराडाइज ओभरर्सिजलगायतका कम्पनीबाट यूएई जाँदै गरेका कामदारलाई अध्यागमन कर्मचारीले फर्काएका थिए ।
विमानस्थलभित्रका अध्यागमन कर्मचारीसँग कामदारको साथमा रहेको इलेक्ट्रोनिक्स भिसा जाँच्ने क्षमता नभएका कारण सो घटना भएकाले अब त्यसबेला वैदेशिक रोजगारीमा जाँदै गरेका कामदारलाई फर्काउँदा हवाई टिकटमा भएको खर्च सरकारलाई नै क्षतिपूर्ति तिराउनुपर्ने सबै व्यवसायीको धारणा रहेकाले संघले दबाब दिने उनले जानकारी दिए । संघले सम्बन्धित व्यवसायीसँग कागजात माग्ने कि भन्ने सोच बनाएको जानकारी दिँदै उनले अहिले पीडित व्यवसायीलाई कामदार पठाउँदा भएको पुरानो र नयाँ हवाई टिकटको फोटोकपी र अन्य बिल संघमा बुझाउन जानकारी गराइएको बताए । गुरुङले घरपरिवारसँग बिदा भएर निस्किसकेका कामदारले थप रकम उपलब्ध गर्न नसक्ने भएकाले सो रकम सरकारबाटै असुल्नुबाहेक व्यवसायीसँग अन्य विकल्प नरहेको बताए । उनले राज्यसँग मुद्दा लड्यो भने लामो समय लाग्ने भएकाले अहिले सामूहिक दबाबमा दिने बताए । गत १४ कात्तिकमा विभागले १ डिसेम्बर (आइतबार) देखि लागू हुने गरी वैदेशिक रोजगार विभागले यूएई जान अन्तिम स्वीकृति दिएकालाई पनि सक्कल भिसाविना जान अनुमति नदिने निर्णय गरेकाले विमानस्थलमा यस्तो अवस्था उत्पन्न भएको थियो । विभागले सो निर्णय गर्दा व्यवसायी र संघलाई कुनै जानकारी नदिएकाले विमानस्थलमा यो समस्या आएको बताइएको छ । सोमबार संघका व्यवसायी प्रतिनिधि र अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलसँग भएको ‘इलेक्ट्रोनिक्स भिसा प्रमाणित भएको अवस्थामा त्यसैलाई सक्कल भिसाको मान्यता दिई जान दिने भन्ने निर्णय’ गरिएपछि अहिले सो समस्या समाधान भएको हो ।

Wednesday, December 4, 2013

विमानस्थल सेटिङ प्रकरण, कर्मचारी र बिचौलिया सहित ६४ जनाबिरुद्ध मुद्दा दायर, ३४ लाख ३९ हजार ५ सय रुपैयाँ विगो दावी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ मंसिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङ मिलाएर वैदेशिक राजगारीकालागि विभिन्न मुलुक जाने कामदारलाई झुक्याएर घुस लिएको अभियोगमा प्रकाउ गरेका वैदेशिक रोजगार विभाग, अध्यागमनका कर्मचारी, केही मेनपावर र विचौलिया समेत गरि ६४ जना विरुद्ध विगो स्वरुप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत ३ भदौमा अख्तियारले वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनाली सहित १८ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कमचारी सहित ६४ जना लाई सो अभियोगमा कार्यस्थलबाटै पक्राउ गरेको थियो । अख्तियारले मंगलबार वैदेशिक रोजगारीमा जाने गाउँका निमुखा सर्बसाधारण मान्छेलाई अनावस्यक दुःख दिई झुक्याएर सेटिङ मिलाएर घुस लिएको अभियोगमा थुनिएका यि कर्मचारीहरु विरुद्ध विगो असुलको माग सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वैदेशिक रोजगार विभाग अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल स्थित श्रमकक्ष, अध्यागमन कार्यालयका,केही मेनपावर र एजेन्टको मिलेमतोबाट हुने यस्ता अवैध कार्यलाई नियन्त्रण गर्न सो मुद्दा दायर गरेको जनाएको छ । आयोगका सह सचिव प्रेमकुमार राईले  अनुसन्धानको क्रममा सेटिङ प्रकरणमा मुछिएका कर्मचारीहरुले विभिन्न मुलुक तर्फ जाने कामदारलाई झुक्याई आफ्नो कार्यथलोभित्र पारि कामदारको आफ्नै प्रयासमा निकालेको भिसामा उल्लेख भएको रोजगारदाता कम्पनी र पेसाको सट्टा अर्कै कम्पनी एवं पेसा समेत गरि संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति निकाल्ने गरेको पाईएकाले यस्तो कारबाही गरिएको बताए । उनले वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा कार्यरत कर्मचारीहरु, विमानस्थ स्थित श्रम कक्ष, अध्यागमनका कर्मचारी र बिचौलियाको मिलेमतोमा भईरहेको यस्ता ठगिका घटनाले विमानस्थलबाट छिराईएका निमुखा कामदारले विदेश पुगेर पनि त्यसै फर्कनुपर्ने अवस्था आएकाले सो कार्य नियन्त्रणकालागि अवैध कार्य गर्नेमाथी यस्तो कारबाही भएको बताए । उनले अख्तियारले विमानस्थल भित्र हुने यस्तो कार्यलाई निरुत्साहित गर्न थप निगरानी गर्ने बताए ।  विमानस्थल भित्र हुने सेटिङका घटनालाई नियन्त्रण गर्न अख्तियारले यसअघि पनि अनुमगन गरेर अवैध धन्दामा संलग्न कर्मचारीलाई रंगेहात समातेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो । अझै पनि विमानस्थलमा यस्ता सेटिङबाट मान्छे पठाउने क्रम रोकिएको छैन । अख्यियारको सो घटना पछि विमानस्थलका कर्मचारीले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनावस्यक दुःख दिएर सास्ती दिईरहेको गुनासो आईरहेका छन ।
आइतबार र सोमबार मात्र वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका करिब ३ सय जना कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिए । यो घटना नयाँ होइन । यसअघि वैदेशिक राजगारीकालागि विभिन्न मुलुक तर्फ जाने कामदारसँग विमानस्थलका अध्यागमन कार्यालयले गत भदौमा पनि कागजपत्र नमिलेको भन्दै ३ सय ७५ कामदारलाई विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । विभिन्न मेनपावर मार्फत सबै कागजात लिएर विदेश जाँदै गरेका निमुखा कामदारमाथी यो भएन, त्यो पुगेन भनेर अनावस्यक सास्ती दिएर गाउँका गरिव सर्वसाधारणमाथी दैनिक जसो हुने यस्ता घटनाले मुलुकको छविमा नै नकारात्मक सन्देश प्रभाव गरेको छ । निकै संघर्ष गर्दा पनि स्वदेशमा रोजगारी नपाएपछि बाध्यवस श्रण खोजेरै भएपनि विदेश जान श्रम स्टिकर लगाएको राहदानी, भिसा, रोजगारदाता कम्पनीको एग्रिमेन्ट पेपर लगायत आवस्यक सबै कागजात लिएर जाँदै गरेका कामदारलाई विमानस्थलका अध्यागमन कर्मचारीले हवाईजहाज चढ्नै लाग्दा फर्काउँदा पिडितलाई कस्तो मर्का प¥यो होला ? जुन पिडा सुन्दैमा अचम्म छ । पिडा भोग्नेले कसरी सहेका होलान ?  विमानस्थभित्रका कर्मचारीबाट दैनिक जसो भईरहेका यस्ता घटनाले वैदेशिक रोजगारीको क्षेत्रमा नै गम्भिर असर पु¥याएको छ । एक जना कामदार जहाज चढ्ने बेला विमानस्थलबाटै फर्कनुपर्दा टिकट र होटल बसाई गरि करिब ३५ हजार रुपैयाँ त्यसै खेर गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङको दावी छ ।  उनले सोमबार व्यवसायी र अध्यागमनका महानिर्देशक सरदचन्द्र पौडेलबीच भएको सम्झौतापछि मंगलबार सो समस्याको जानकारी नआएको बताए ।  अख्तियारको कारबाही पछि अहिले विमानस्थलमा मात्र नभएर वैदेशिक रोजगार विभागका कर्मचारीले पनि श्रम स्वीकृति दिने कार्यलाई ढिलाई गरेर सर्वसाधारणलाई अनावस्यक सास्ती दिईरहेका छन । जसका कारण कामदार मेनपावर व्यवसायी समेत मारमा छन ।   विभागले श्रम स्वीकृति दिन ढिलासुस्ती गरेको त्यहाँ जाने अधिकाँश सरोकारवालाहरुको गुनासो छ । पहिले मेनपावर व्यवसायी र एजेन्टले विभागका कर्मचारी समेतको मिलेमतोमा तयार पारेको सेटिङ मार्फत काम गर्दा भिडभाडको समस्या थिएन । त्यसबेला एकैजनाले सयौं कामदारको राहदानी लगेर श्रम स्वीकृति निकाल्थे । त्यसोगर्दा कामदारले विचौलियालाई निश्चित रकम दिन्थे । कामदारले दिएको रकम विभागका कर्मचारीसम्म पुग्थ्यो ।