Wednesday, December 4, 2013

विमानस्थलबाटै फर्काए तीनसय कामदार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १७ मंसिर
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका करिब ३ सय जना कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका छन । आइतबार र सोमबार गरि विभिन्न मेनपावर मार्फत सबै कागजात लिएर विदेश जाँदै गरेका करिब ३ सय कामदारलाई अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका हुन । सोमबार मात्र करिब १ सय ६० जना भन्दाबढी कामदार विमानस्थलबाट फर्किएका थिए ।  स्वदेशमा रोजगारी नपाएपछि आफ्ना घर खेत नै बन्धकी राखेर विदेश जान श्रम स्टिकर लगाएका राहदानी, भिसा, रोजगारदाता कम्पनीको एग्रिमेन्ट पेपर लगायत आवस्यक सबै कागजात लिएर जाँदै गरेका कामदारलाई विमानस्थलका अध्यागमन कर्मचारीले सक्कल भिसा नलिएको भन्दै फर्काएको हो । गत १४ कात्तिकमा विभागले १ डिसेम्वर ( आइतबार ) देखि लागुहुनेगरि वैदेशिक रोजगार विभागले यूएई जान अन्तिम स्वीकृति दिएकालाई पनि सक्कल भिसा बिना जान अनुमति नदिने निर्णय गरेकाले अहिले विमानस्थलमा यस्तो अवस्था उत्पन्न भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव एवं प्रवक्ता रोहण गुरुङले करिब ९० प्रतिशत कामदार युएईमा कार्यरत हुँदाहुँदै पनि विभागले सो निर्णय गर्दा व्यवसायी र संघलाई कुनै जानकारी नदिएकाले विमानस्थलमा यो समस्या आएको बताए । विभागले गरेको सो निर्णय सुनेपछि गत १४ मंसिरमा संघका व्यवसायी प्रतिनिधीले अध्यागमन विभागका महानिर्देशक सरदचन्द्र पौडेललाई भेटेर इलेक्ट्रोनिक्स भिसा प्रमाणित भएको अवस्थामा त्यसैलाई सक्कल भिसाको मान्यता दिई जान दिने भन्ने निर्णय भएपनि अहिले अध्यागमन कर्मचारीले सो निणर्यलाई लत्याउन खोजेकाले अहिले धेरै कामदार फर्किन बाध्य भएको बताए ।  विभागको सो कार्यबाट उत्पन्न समस्या समाधन गर्न सोमबार पुन संघका प्रतिनीधी विभाग पुगेर इ भिसालाई मान्यता दिन आग्रह गरेको बताए । उनले सोही आग्रह अनुसार सोमबार विभागका महानिर्देशक पौडेल र व्यवसायीबीच इ भिसालाई पनि मान्यता दिने सम्झौता भएको जानकारी दिए । उनले मंगलबारबाट विमानस्थलमा यस्तो समस्या नहुने समेत जानकारी दिए । उनले इ भिसा र अनलाइन इम्लोइमेन्ट भिसालाई कामदारसँग भएको कागजात रुजु गर्दा सबै विवरण वेभसाइडमा नदेखिएपनि सबै पहिचाहन खुलेपछि मान्यता दिई पठाउने सम्झौता भएको बताए ।
व्यवसायीले घेरे अध्यागमन विभाग
 ‘इ–भिसा’लाई मान्यता दिने

काठमाडौ÷रास– वैदेशिक रोजगार विभागले विदेश जान अन्तिम स्वीकृति दिए पनि अध्यागमन विभागले रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले केही समय अध्यागम विभाग घराउ समेत गरेका थिए ।  दुबईको सरकारी कम्पनी इमिरेट्स पेट्रोलियम प्रोडक्ट कम्पनी (इप्को) लगायतका कम्पनीमा काम गर्न वैदेशिक रोजगार विभागबाट अन्तिम स्वीकृति लिएर विमानस्थल पुगेका कामदारलाई अध्यागमन विभागले रोकेपछि वैदेशिक रोजगार व्यवसायीहरु सोमबार दिनभर आन्दोलनमा उत्रिएका हुन् । यूएईमा ई–भिसा मार्फत काम गर्न जान लागेका नेपाली कामदारलाई अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएपछि सोमबार दिनभर व्यवसायी र अध्यागमन कर्मचारीबीच विवाद भएको थियो । ई–भिसाबाट जान लागेका कामदारको अध्यागमन सिष्टममा सम्पूर्ण विवरण नभेटिएपछि फिर्ता गरिएको विभागका महानिर्देशक शरदचन्द्र पौडेलको दावी छ । अध्यागमनले आइतबार र सोमबार दिउ“सो २ बजेसम्म करिब ३ सय कामदार फिर्ता गरेको व्यवसायीहरुले बताएका छन् । विनाकारण अध्यागमन विभागले कामदारलाई रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले सोमबार अध्यागमन विभागमा कालोपट्टी बा“धेर विरोध प्रदर्शन गरेका थिए । केही समयको बिवादपछि वैदेशिक रोजगार व्यवसायीसंघका प्रतिनिधीले विभागका महानिर्देशक पौडेललाई भेटेर इ भिसा लिएर विमानस्थल पुगेका कामदारलाई छाडिदिन आग्रह गरेका थिए ।  महानिर्देशक पौडेलले प्रक्रिया नमिल्दासम्म छाड्न नमिल्ने बताएका थिए । महानिर्देशकको त्यस्तो प्रतिक्रियापछि व्यवसायीहरु थप आक्रोसित बनेका थिए । त्यसबेला व्यवसायीहरु पनि कालो ब्यानर लिएर अध्यागमन विभागमा पुगेका थिए । ई–भिसा लिएर एकैपटक विमानस्थल पुगेका ६० जना कामदारमध्ये ३ जनालाई विदेश जान अनुमति दिइएको र  ५७ जनालाई फर्काइएको भन्दै व्यवसायीहरुले यसबाट कर्मचारीको नियत प्रष्ट्र झल्किने आरोप समेत लगाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङले अध्यागमनका कर्मचारीका अनावस्यक झमेलाले व्यवसायी र कामदार  निकै मारमा परेको बताए । उनले अध्यागमनका कर्मचारी रातारात धनी बन्न खोज्दा अहिले यस्तो समस्या उत्पन्न भएको बताए ।  विभागका महानिर्देशक पौडेलले भने व्यवसायीको आरोपलाई  अस्वीकार गरे । कर्मचारीबाट कुनै गल्ती नभएको बताउ“दै उनले कामदारको कागजपत्र नपुगेर अध्यागमनले रोकेको स्पष्ट्र पारे  । दुबईका कम्पनीहरुले पठाएको ई–भिसामा त्यस्तो समस्या देखिएको हो। संघका अध्यÔ तामाङले भने, ‘वैदेशिक रोजगार विभागले कागजपत्र पुग्यो, काम गर्न जाउ भन्छ, अध्यागमन विभागले कागजपत्र पुगेन जान पाउ“दैनौ भन्छ’ जसले व्यवसायीलाई मार परेको छ ।’ ई–भिसाको सक्कल कागज कम्पनीमै हुने हु“दा आफुहरुले चाहेको खण्डमा देखाउन नसक्ने व्यवसायीको भनाइ छ । भिसा नम्बर राखेर सिष्टममा हेरेपछि सबै प्रमाण देखिने उनीहरुको दाबी छ । कामदारले जहाजको टिकट खरिद गरेर जान लाग्दा विमानस्थलबाट फर्किएपछि  त्यसको भार व्यवसायीले बोक्नुपर्ने गुनासो पनि उनले गरे ।

No comments:

Post a Comment