Monday, December 16, 2013

चौधरी समूहको नवलपरासी र चितवनमा ४ अर्ब लगानी , सिमेन्ट, साततारे होटल र व्यापारिक मल निर्माणाधीन अवस्थामा

मधुजंग पाण्डे÷राजधानी
नवलपरासी, ३० मंसिर
चौधरी समूहले नवलपरासी र चितवनमा थप करिब ४ अर्ब रुपैया“ लगानीमा नयाँ सिमेन्ट उद्योग, साततारे होटल एवं रिसोर्ट  र अत्याधुनिक व्यापारिक मल सञ्चालनमा ल्याउने भएको छ । सो समूहले नवलपरासीको  दुम्कीवासस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गबाट दुई किलोमिटर उत्तरतर्फको पाँच बिघा जग्गामा १ अर्ब ५० करोड रुपैया“को लगानीमा सञ्चालित सिमेन्ट उद्योगबाट सीजी ब्रान्डका नयाँ सिमेन्टको परीक्षण उत्पादन गरिरहेको छ। खाद्यवस्त, इलेक्ट्रोनिक्स सामान, रियलस्टेटलगायतका क्षेत्रमा ठूलो लगानी गरेको यस समूहले अहिले पहिलो पटक सिमेन्ट उद्योग, मोफसलमा साततारे होटल र अत्याधुनिक सुविधासम्पन्न भव्य व्यापारिक मल सञ्चालनमा थप लगानी गरेको हो ।  चितवनको मेघौलीमा करिब ९० करोड रुपैयाँका लगानीमा निर्माण हुँदै गरेको साततारे होटल एवं रिसोर्ट ‘जिंक जर्नी चितवन’ नामक पर्यटकीय होटलमा संसारभर पाउने सबै सुविधा प्राकृतिक हुने चौधरी समूहको दाबी छ । सो होटल आगामी अगस्टदेखि पूर्णरूपमा सञ्चालनमा आउने बताइएको छ । यसैगरी चितवनको भरतपुर नगरपालिका–१० मा अत्याधुनिक व्यापारिक भवन ‘सीजी ल्यान्डर्माक’ निर्माण कार्य हाल दु्रत गतिमा अघि बढेको छ । अहिले धमाधम निर्माण भइरहेका नयाँ होटल र व्यापारिक भवन सञ्चालनमा आएपछि मोफसलमा पनि लगानी विस्तारका क्रमले तीव्रता पाउने अपेक्षा गरिएको छ । चौधरी समूहका अध्यक्ष विनोदकुमार चौधरीले अब नयाँ नेपाल निर्माणसँगै राजधानी बाहिर पनि राम्रा पर्यटकीय ठूला होटल र व्यापारिक महलमा लगानी गर्नुपर्छ भन्ने सोचका साथ थप लगानी गरेको बताए ।
उनले नेपालको पूर्वाधार निर्माणको जग बलियो भएन भने विदेशमा इज्जत नहुने भएकाले आफूले स्वदेशका ग्रामीण क्षेत्रको लगानी विस्तार कार्यमा जोड दिएको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए । मोफसलका जिल्लामा थालनी भएको चौधरी समूहको यस प्रयासले अब मुलुकभरका अन्य स्थानमा पनि थप नयाँ लगानी हुने अपेक्षा गरिएको छ । 
१ अर्ब ५० करोड रुपैया“को लगानीमा सीजी ब्रान्डका नयाँ सिमेन्ट उत्पादन सुरु गरेको चौधरी समूहले  आगामी साताबाट सीजी ब्रान्डका ओपीसी सिमेन्ट बजारमा ल्याउने र त्यसको २८ दिनपछि पीपीसी सिमेन्ट बजारमा ल्याउने बताएको छ । अहिले सीजी सिमेन्ट उद्योगले परीÔण उत्पादन सुरु गरिसकेको छ ।
सोही  समूहका कार्यकारी निर्देशक बरुण चौधरीले आगामी साता सीजी सिमेन्ट बजारमा ल्याउने तयारी भएको जानकारी दिए । ‘अब सरकारी निकायमा केही प्रक्रिया पूरा गरेपछि हामी सिमेन्ट बजारमा पठाउ“छौं,’ कार्यकारी निर्देशक बरुणले भने, ‘ओपीसी सिमेन्ट बजारमा पठाएको २८ दिनपछि पीपीसीको बिक्री सुरु हुन्छ ।’  दैनिक १५ सय टन Ôमताको यो सिमेन्ट उद्योग निर्माणमा समूहका तर्फबाट कार्यकारी निर्देशक बरुणले यस उद्योगको प्रमुख भूमिका निर्वाह गरेका छन् । यो उद्योगमा १ अर्ब ५० करोड रुपैया“ लगानी भएको पनि उनले जानकारी दिए । यो सिमेन्ट उद्योग उत्पादन Ôमताका हिसाबले नेपालकै ठूलो हो ।
उनले अहिले भारत र स्थानीय कम्पनीबाट क्लिंकर लिएर सिमेन्ट उत्पादन गर्न सुरु गरेको र दुई वर्Èभित्रै पाल्पामा आफ्नै कम्पनीबाट क्लिंकर उत्पादन सुरु गर्ने जानकारी दिए ।  यो समूहले पाल्पामा २० करोड टन Ôमताको खानी सञ्चालनमा ल्याउने तयारी गरेको छ भने त्यहाँ पनि यस्तै सिमेन्ट उद्योग निर्माण गर्ने लक्ष्य लिएको छ । वार्Èिक अर्बौं रुपैया“को सिमेन्ट भारतबाट आयात हुने गरेकामा आगामी तीन वर्Èभित्रै नेपाल आत्मनिर्भर हुने दाबी गर्दै उनले सीजी सिमेन्ट उद्योग धूलो र धु“वारहित भएको बताए । ‘हामीले धूलो बाहिर नफाल्ने अत्याधुनिक मेसिन प्रयोग गरेका छौं,’ उनले भने, ‘चीन र जर्मनमा निर्मित आधुनिक प्रविधि प्रयोग गरेका छौं ।’ वातावरणीय प्रभावका विÈयमा निकै सचेत भएको बताउँदै उनले यस उद्योगले चार मेगावाट विद्युत् खपत गर्ने जानकारी दिए । सीजी सिमेन्टको उत्पादन मूल्य ओपीसीको प्रतिबोरा ६ सय ४० रुपैया“ र पीपीसीको ५ सय ६० रुपैया“ रहेको छ ।

No comments:

Post a Comment