Monday, December 2, 2013

भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि टेण्डर

भैरहवा १६ मंसिर- वर्षौदेखि स्तरोन्नतीको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध विमानस्थलको टेण्डर आब्हान गरिएको छ। विमानस्थललाइ स्तारोन्नती गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया स्वरुप बिहीबार बोलपत्र आब्हान गरिएको गौतमबुद्ध विमानस्थल स्तरोन्नती परियोजनाका निमार्ण आयोजना प्रमुख मुरारी भण्डारीले बताए।
मंसिर १३ गतेदेखि बोलपत्र खुला गरिएको हो। 'बोलपत्र दाखिलाका लागि ४५ दिने म्याद तोकिएको छ। सन २०१४ को जनवरी ११ सम्म बोलपत्र दाखिला गर्नु पर्नेछ,' आयोजना प्रमुख भण्डारीले भने।
दुई चरणमा निर्माण सम्पन्न गर्ने कार्य योजना अनुरुप टेण्डर आब्हान गरिएको बताइएको छ। सिभिल वर्क र बिद्युतीय तथा अन्य प्राविधिक उपकरणका लागि छुट्टा छुट्टै टेण्डर गरिने कार्ययोजना अनुरुप हाल सिभिल वर्कका लागि बोलपत्र आब्हान गरिएको भण्डारीले जनाकारी दिए। उनका अनुसार पहिलो चरणमा सिभिल वर्क अन्तरगत पुर्वाधार निमार्ण सम्बन्धी सम्पूर्ण कार्य पूरा गर्नुपर्ने छ। ३ हजार मिटरको रनवे, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्यारलल ट्याक्सी वे, अग्नि नियन्त्रण भवन,एयर कार्गो भवन, एयरपोर्ट एक्सेस रोड, मेन्टिनेन्स भवन, आन्तरिक तथा बाह्य सडक,  सुरक्षा पोष्ट भवन,प्रशासकीय भवन, नदि डाइभर्सन लगायतका आवश्यक सम्पुर्ण भौतिक निमार्णका कामहरु सम्पन्न गरिने छ।
सिभिल वर्कका लागि दाखिला भएका बोलपत्रमा दादृ निकाय एसियाली विकास बैंक तथा नागरिक उड्ययन प्राधिकरणकाबीच छलफल र  सहमतिमा योग्य ठेकेदार कम्पनीको छनौट गरीने छ। ठेक्केदार कम्पनीको छनौट सगैं २०१४ को जुनबाट भौतीक निमार्णको काम सुरु भइसक्ने बताइएको छ।
पुर्वाधार निमाणका काम सकिए लगत्तै दोश्रो चरणमा धावन मार्ग तथा भवनमा जडान गर्नुपर्ने उपकरण तथा अन्य प्राविधिक कुराहरुको व्यवस्थापन तथा खरिदका लागि अर्को बोलपत्र आब्हान गरिनेछ। सन १०१७ सम्ममा विमानस्थलको सम्पूर्ण निमार्ण कार्य सम्पन्न गरिसक्ने लक्ष्य प्राधिकरणको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा स्तरोन्नती गर्न लागिएको गौतमबुद्ध विमानस्थलमा काठमाडौंमा ओर्लिने सबै बिमानहरु अवतरण गर्न सक्ने छन्।
एसियाली विकास बैंकबाट थप आथिर्क सहयोगबारे टुंगो लागेपछि  टेन्डर प्रक्रिया अघि बढेको हो। सन २०१० मा गौतमबुद्ध बिमानस्थललाई मध्यमस्तरको विमानस्थलका रुपमा विस्तार गर्ने योजना सहित सरकार र एसियाली विकास बैंक एडीवीबीच ३५ मिलियन डलर ऋण सम्झौता भएको थियो। तर पछिल्लो समयमा विश्वभरी रहेका गौतमबुद्धका अनुयायी तथा बाह्य पर्यटकलाइ सहज रुपमा लुम्बिनी भित्र्याउन भैरहवामा सुविधा सम्पन्न अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने माग चर्को रुपमा उठ्न थालेपछि सरकारले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना सहित एडीवी सँग थप ३० मिलियन अमेरिकी डलरको ऋण सहयोग माग गरेको थियो। परियोजनाका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि ९० मिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ। एडीवीले उपलब्ध गराउने ऋण बाहेकको रकम नागरिक उड्यन प्राधिकरण तथा सरकारले बेर्होने बताइएको छ।  बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको भैरहवामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनेपछि  बाह्य पर्यटकहरुलाइ सोझै लुम्बिनीसँग जोड्न सकिने भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने आशा लिइएको छ।

No comments:

Post a Comment