Sunday, December 8, 2013

वैदेशिक रोजगार विभागमा कर्मचारी घुस प्रकरण, निर्देशक मैनाली र शाहविरुद्ध विशेष अदालतमा मुद्दा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २१ मंसिर
झुटो विवरण भएका कागजात बनाई सेटिङ मिलाएर कामदार ठगी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्युटर अपरेटर पप्पु शाहविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ अन्तर्गत दोÈी ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।  यसअघि गत मंगलबार पनि अख्तियारले  सेटिङमा संलग्न वैदेशिक रोजगार विभाग,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका कर्मचारी, केही मेनपावर र बिचौलियासमेत गरी ६४ जनाविरुद्ध बिगो स्वरूप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  जसमा ४५ जना सरकारी कर्मचारीहरू थिए । शुक्रबार अख्तियारले विभागका निर्देशक मैनाली र कम्युटर अपरेटर शाहको नाम नै किटेर मुद्दा दायर गरेका ४७ जनासहित विभागका कर्मचारी प्रणालीगत भ्रष्टाचारको आरोपमा मुद्दा खेपेका व्यक्तिहरू हुन् ।
गत ३ भदौमा अख्तियारले विभागका निर्देशक मैनालीसहित १८ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी सहित ६४ जनालाई सोही अभियोगमा कार्यस्थलबाटै पक्राउ गरेको थियो । अख्तियारका उपसचिव एवं सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विभागका कर्मचारीद्वय मैनाली र शाहले कागजातमा दोहोरो अर्थ लाग्ने गलत विवरण लेखी सम्बन्धित व्यक्ति तथा कम्पनीहरूलाई अनावश्यक दुःख दिई आर्थिक लाभ गर्ने बदनियतले सरकारी कागजातमा बेहोरा थपघट गरी गलत विवरण लेखेर अन्तिम श्रम स्वीकृति (श्रम स्ट्रिकर) लगाइदिएर अवैध काम गरेकाले अख्तियारले थप कारबाहीका लागि विशेष अदालतमा मुद्दा लायर गरेको बताए ।
अख्तियारले स्वदेशमा रोजगारी नपाएपछि बाध्यतावश ऋण खोजेर वैदेशिक रोजगारीमा जान लागेका गाउँका निमुखा सर्वसाधारणलाई अनावश्यक दुःख दिई झुक्याएर सेटिङ मिलाएर घुस लिएको अभियोगमा थुनिएका यी कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम कडा सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा सेटिङ प्रकरणमा मुछिएका कर्मचारीहरूले विभिन्न मुलुकतर्फ जाने कामदारलाई झुक्याई आफ्नो कार्यथलोभित्र पारी कामदारको आफ्नै प्रयासमा निकालेको भिसामा उल्लेख भएको रोजगारदाता कम्पनी र पेसाको सट्टा अर्कै कम्पनी एवं पेसासमेत गरी संस्थागत रूपमा अन्तिम श्रम स्वीकृति निकाल्ने गरेको पाइएकाले यस्तो कारबाही गरिएको बताए । उनले वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा कार्यरत कर्मचारीहरू,विमानस्थलस्थित श्रम कक्ष, अध्यागमनका कर्मचारी र बिचौलियाको मिलेमतोमा भइरहेको यस्ता ठगिका घटनाले विमानस्थलबाट छिराईएका निमुखा कामदारले विदेश पुगेर पनि त्यसै फर्कनुपर्ने अवस्था आएकाले सो कार्य नियन्त्रणका लागि अवैध कार्य गर्नेमाथी यस्तो कारबाही भएको बताए । अख्तियारको सो घटनापछि अहिलेसम्म विभागका कर्मचारीले श्रम स्वीकृति दिने कार्यमा ढिलाइ गरेर वैदेशिक रोजगारीमा जाने कामदारलाई अनावश्यक दुःख दिएर सास्ती दिइरहेको गुनासो आइरहेका छन् ।

No comments:

Post a Comment