Wednesday, December 4, 2013

विमानस्थल सेटिङ प्रकरण, कर्मचारी र बिचौलिया सहित ६४ जनाबिरुद्ध मुद्दा दायर, ३४ लाख ३९ हजार ५ सय रुपैयाँ विगो दावी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ मंसिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङ मिलाएर वैदेशिक राजगारीकालागि विभिन्न मुलुक जाने कामदारलाई झुक्याएर घुस लिएको अभियोगमा प्रकाउ गरेका वैदेशिक रोजगार विभाग, अध्यागमनका कर्मचारी, केही मेनपावर र विचौलिया समेत गरि ६४ जना विरुद्ध विगो स्वरुप ३४ लाख ३९ हजार ५ सय रुपैयाँ असुल माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत ३ भदौमा अख्तियारले वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनाली सहित १८ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कमचारी सहित ६४ जना लाई सो अभियोगमा कार्यस्थलबाटै पक्राउ गरेको थियो । अख्तियारले मंगलबार वैदेशिक रोजगारीमा जाने गाउँका निमुखा सर्बसाधारण मान्छेलाई अनावस्यक दुःख दिई झुक्याएर सेटिङ मिलाएर घुस लिएको अभियोगमा थुनिएका यि कर्मचारीहरु विरुद्ध विगो असुलको माग सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वैदेशिक रोजगार विभाग अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल स्थित श्रमकक्ष, अध्यागमन कार्यालयका,केही मेनपावर र एजेन्टको मिलेमतोबाट हुने यस्ता अवैध कार्यलाई नियन्त्रण गर्न सो मुद्दा दायर गरेको जनाएको छ । आयोगका सह सचिव प्रेमकुमार राईले  अनुसन्धानको क्रममा सेटिङ प्रकरणमा मुछिएका कर्मचारीहरुले विभिन्न मुलुक तर्फ जाने कामदारलाई झुक्याई आफ्नो कार्यथलोभित्र पारि कामदारको आफ्नै प्रयासमा निकालेको भिसामा उल्लेख भएको रोजगारदाता कम्पनी र पेसाको सट्टा अर्कै कम्पनी एवं पेसा समेत गरि संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति निकाल्ने गरेको पाईएकाले यस्तो कारबाही गरिएको बताए । उनले वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा कार्यरत कर्मचारीहरु, विमानस्थ स्थित श्रम कक्ष, अध्यागमनका कर्मचारी र बिचौलियाको मिलेमतोमा भईरहेको यस्ता ठगिका घटनाले विमानस्थलबाट छिराईएका निमुखा कामदारले विदेश पुगेर पनि त्यसै फर्कनुपर्ने अवस्था आएकाले सो कार्य नियन्त्रणकालागि अवैध कार्य गर्नेमाथी यस्तो कारबाही भएको बताए । उनले अख्तियारले विमानस्थल भित्र हुने यस्तो कार्यलाई निरुत्साहित गर्न थप निगरानी गर्ने बताए ।  विमानस्थल भित्र हुने सेटिङका घटनालाई नियन्त्रण गर्न अख्तियारले यसअघि पनि अनुमगन गरेर अवैध धन्दामा संलग्न कर्मचारीलाई रंगेहात समातेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो । अझै पनि विमानस्थलमा यस्ता सेटिङबाट मान्छे पठाउने क्रम रोकिएको छैन । अख्यियारको सो घटना पछि विमानस्थलका कर्मचारीले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनावस्यक दुःख दिएर सास्ती दिईरहेको गुनासो आईरहेका छन ।
आइतबार र सोमबार मात्र वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका करिब ३ सय जना कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिए । यो घटना नयाँ होइन । यसअघि वैदेशिक राजगारीकालागि विभिन्न मुलुक तर्फ जाने कामदारसँग विमानस्थलका अध्यागमन कार्यालयले गत भदौमा पनि कागजपत्र नमिलेको भन्दै ३ सय ७५ कामदारलाई विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । विभिन्न मेनपावर मार्फत सबै कागजात लिएर विदेश जाँदै गरेका निमुखा कामदारमाथी यो भएन, त्यो पुगेन भनेर अनावस्यक सास्ती दिएर गाउँका गरिव सर्वसाधारणमाथी दैनिक जसो हुने यस्ता घटनाले मुलुकको छविमा नै नकारात्मक सन्देश प्रभाव गरेको छ । निकै संघर्ष गर्दा पनि स्वदेशमा रोजगारी नपाएपछि बाध्यवस श्रण खोजेरै भएपनि विदेश जान श्रम स्टिकर लगाएको राहदानी, भिसा, रोजगारदाता कम्पनीको एग्रिमेन्ट पेपर लगायत आवस्यक सबै कागजात लिएर जाँदै गरेका कामदारलाई विमानस्थलका अध्यागमन कर्मचारीले हवाईजहाज चढ्नै लाग्दा फर्काउँदा पिडितलाई कस्तो मर्का प¥यो होला ? जुन पिडा सुन्दैमा अचम्म छ । पिडा भोग्नेले कसरी सहेका होलान ?  विमानस्थभित्रका कर्मचारीबाट दैनिक जसो भईरहेका यस्ता घटनाले वैदेशिक रोजगारीको क्षेत्रमा नै गम्भिर असर पु¥याएको छ । एक जना कामदार जहाज चढ्ने बेला विमानस्थलबाटै फर्कनुपर्दा टिकट र होटल बसाई गरि करिब ३५ हजार रुपैयाँ त्यसै खेर गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङको दावी छ ।  उनले सोमबार व्यवसायी र अध्यागमनका महानिर्देशक सरदचन्द्र पौडेलबीच भएको सम्झौतापछि मंगलबार सो समस्याको जानकारी नआएको बताए ।  अख्तियारको कारबाही पछि अहिले विमानस्थलमा मात्र नभएर वैदेशिक रोजगार विभागका कर्मचारीले पनि श्रम स्वीकृति दिने कार्यलाई ढिलाई गरेर सर्वसाधारणलाई अनावस्यक सास्ती दिईरहेका छन । जसका कारण कामदार मेनपावर व्यवसायी समेत मारमा छन ।   विभागले श्रम स्वीकृति दिन ढिलासुस्ती गरेको त्यहाँ जाने अधिकाँश सरोकारवालाहरुको गुनासो छ । पहिले मेनपावर व्यवसायी र एजेन्टले विभागका कर्मचारी समेतको मिलेमतोमा तयार पारेको सेटिङ मार्फत काम गर्दा भिडभाडको समस्या थिएन । त्यसबेला एकैजनाले सयौं कामदारको राहदानी लगेर श्रम स्वीकृति निकाल्थे । त्यसोगर्दा कामदारले विचौलियालाई निश्चित रकम दिन्थे । कामदारले दिएको रकम विभागका कर्मचारीसम्म पुग्थ्यो ।

No comments:

Post a Comment