Saturday, May 31, 2014

भत्तपुरको छालिङमा खुल्यो १ करोडको योगा रिट्रिट एन्ड स्पा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ जेठ
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राख्न सफल आरोही द्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्न जाने क्रममा केही समय आराम गरेको पैदल मार्ग भत्तपुरको तेलकोट नजिकैको छालिङ र साँखु क्षेत्रमा नयाँ आध्यात्मिक पर्यटकीय गन्तब्य सञ्चालनमा ल्याइएको छ । सातौं सगरमाथा दिवसको अवसरमा बिहीबार नेपाल योगा रिट्रिट एण्ड स्पा सेन्टरले सोही क्षेत्रमा एक कार्यक्रम गरि नयाँ आध्यात्मिक योग पर्यटकीय गन्तब्य सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।   स्वदेशी एवं विदेशी पर्यटकलाई पर्यटनको विविधीकरण गरि राजधानी नजिकैको ग्रमिण क्षेत्रमा आध्यात्मीक,योग र धार्मिक पर्यटनको माध्यामबाट मनोरञ्जन दिने अवधारणा सहित विगत केही समयदेखि यस सेन्टर सञ्चालनमा ल्याएको सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुले बताएका छन । 
नेपाल योगा रिट्रिट एण्ड स्पा सेन्टरका अध्यक्ष एवं सञ्चालक राजन सिंम्खडाले विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहण गरेको दिन २९ मे को अवसरमा आफुहरुले यस क्षेत्रमा  योगा रिट्रेट सेन्टरबाट पर्यटकलाई विशेष आध्यात्मीक,योग र धार्मिक पर्यटनको सेवा उपलब्ध गराउन सुरु गरेको बताए । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दश किमी उत्तरी पूर्वि क्षेत्रमा पर्ने भक्तपुरको श्रीवन नजिक छालिङ गाविसको करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको आध्यात्मिक पर्यटन क्षेत्र भित्र कुल १ करोड रुपैयाँको लागनीमा आफुहरुले यस सेन्टर सञ्चालनमा ल्याएको बताए । उनले २०६५ सालबाट स्वामी कमलनयनाचार्य ( मुत्तिनाथ बाबा) को प्रयासमा पुर्वाधार निमाण कार्य थालिएको यस क्षेत्रमा आफुहरुले श्री अखण्डज्योती बाबा च्यारिटेवल ट्रस्टसँगको १० वर्षे सम्झौता अनुसार यहाँबाट कमाइ हुने नाफाको ५० प्रतिशत रकम ट्रस्टलाई दिनेगरि सो सेन्टर सञ्चालनमा ल्याएको बताए ।  ‘विकसित देशका नागरिकमा योगाप्रतिको आकर्षण निकै बढेको छ । अमेरिकाको न्युयोर्कमा योगा स्टुडियो बनिसक्यो । तर, योग र ध्यानको उद्गमस्थल नेपालमा छैन,’ उनले भने, ‘योगप्रति पश्चिमाहरुमा बढ्दो आकर्षण र नेपालमा पर्यटकलक्षित योग र ध्यानस्थलको अभावलाई मध्यनजर गरेर यसमा लगानी गरेका हौं ।’ उनले तेस्रो मुलुकका नागरिक योग र ध्यानकै लागि लाखौंको संख्यामा भारतको हरिद्वार र ऋषिकेश पुग्ने गरेको औंल्याउँदै उनले नेपाल योग र ध्यानको उद्गमस्थल भएकाले त्यसैलाई देखाएर यहाँ पनि असंख्य पर्यटक तान्न सकिने दावी गरे । उनले यस रिसोर्टका भवनहरु मन्दिर जस्तै देखिने गरी पुरै अर्गानिक खानाको व्यवस्था उपलब्ध गराउने लक्ष्यकासाथ बनाइएको बताए । 
उनले सन् १९५३ को २९ मे का दिन पहिलोपटक सगरमाथा आरोहण गर्ने आरोही द्वय तेन्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्न जाने क्रममा केही समय आराम गरेको पैदल बाटो पनि यसै क्षेत्र भएकाले अहिले आफुहरुले यस ठाउँलाई आध्यात्मिक पर्यटन क्षेत्रको विकास गरिएको जानकारी दिए । अहिले आफुहरुले  यस क्षेत्रमा यहाँ आउने पर्यटकलाई आरामदायी राम्रो योगा रिसोर्टको सेवा दिन पूर्वाधार निर्माणमा १ करोड रुपैयाँ खर्च गरिसकेको र अझै थप लगानी थपिने जानकारी गराउँदै उनले शहरी व्यस्त जीवनशैली, कोलाहलमय वातावरण एवं दैनिकको भागदौडबाट केही समय योगको आनन्द लिन चाहने हरुका लागि आफ्नो यस सेन्टरबाट उपलब्ध हुने सेवा निकै बरदान हुनसक्ने अपेक्षा गरिएको बताए ।  उनले अहिले विभिन्न मुलुकबाट आउने र स्वदेशी पर्यटकलाई एक रात तीन दिनको प्याकेज बनाएर भक्तपुरदेखि साखु सम्मको यस क्षेत्रलाई नयाँ पर्यटकीय योगा गन्तब्यको हबको रुपमा विकास गर्न लागिएको बताए ।  सातौं सगरमाथा दिवसको अवसर देखि आगामी केही महिनासम्म स्वदेशी र विदेशी पर्यटकलाई विशेष छुटका साथ यहाँको प्याकेज विक्री गरिने बताए ।  अहिले यस सेन्टरले स्वदेशी एक जनालाई एक रात दुई दिन पुरा प्याकेजको  ५५ सय रुपैयाँ र ४ जनाको समूहमा पुग्नेहरुलाई पूरा प्याकेज खाना, सवारी यात्रा सहितको जम्मा ४५ सय रुपैयाँ र विदेशी एक जनालाई एक रात दुई दिन पुरा प्याकेजको ९७ अमेरिकी डलर मा योग, साधनाको आनन्द लिन सकिने व्यवस्था मिलाईएको बताए । सोही सेन्टरका अर्का सञ्चालक एवं ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) का पूर्व महासचिव मोहन लम्सालले नेपालमा योग र अध्यात्मिक पर्यटनको भविष्य देखेर यसमा लगानी गरेको बताए । योग विज्ञानमा पिएचडी गर्ने पहिलो नेपाली चिन्तामणि गौतमसँग मिलेर छालिङको पञ्चमहालक्ष्मी धाममा यस सेन्टर सञ्चालनमा ल्याएको बताउँदै उनले अहिले यस क्षेत्रमा मुक्तिनाथ मन्दिरका पीठाधीश कमलनयनाचार्यको अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले पञ्च महालक्ष्मी, नेपाल माता र मुक्तिनाथ मन्दिर निर्माण गरिरहेको र तीमध्ये पञ्चमहालक्ष्मी मन्दिर तयार भइसकेको भएपछि अझै बाँकी निर्माणको चरणमा रहेको जानकारी दिए । उनले चितुवा, मृगलगायतका वन्यजन्तुको बासस्थान रहेको श्रीवनसँग यस रिसोर्ट जोडिएकोले त्यहाँ पुग्ने पर्यटकले बेग्लै अनुभूति गर्न पाउने दावी गरे ।
उनले आफूहरुको यस क्षेत्रमा अहिलेसम्म एक करोड लगानी गरिसकेको र थप लगानी बढाउने क्रममा रहेको  बताए ।  उनले तेन्जिङ र हिलारीले सगरमागा आरोहण गर्नुभन्दा करिब ६४ दिन अघि यही क्षेत्रको पैदल बाटोहुँदै जाने क्रममा केही समय विश्राम गरेको स्थानमा ‘तेन्जिङ हिलारी ’नामक मानव मानव निर्मित गुफा पनि यसै क्षेत्रमा रहेकाले यहाँको महत्व थप गाढा रहेको बताए । उनले यस गुफाको लम्बाई २ सय मिटर रहेको बताए । नयाँ आत्यात्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नकालागि मानब निर्मित कृत्रिम ताल निर्माणको योजना रहेको पनि उनले जानकारी दिए । अहिले नेपालमा योग, साधना र आध्यात्म पर्यटनको प्रवद्र्धनमा करोडौं रुपैयाँ लगानी भइरहेको र विदेशी एवं स्वदेशी पर्यटक पनि यसतर्फ निकै आकर्षित हुन थालेको बताउँदै उनले भने, ‘हाम्रो हिन्दु धर्म अनुसार महिलाले बेद पढ्दैनन् तर यहाँ कन्याले वेद पढीरहेको विषय लगायत यहाँका विविध सेवामुलक कार्यले अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित भएको छ ’।
अहिले यस सेन्टरमा योग एवं मेडिटेशन साधना गराइरहेका योगा डा. चिन्तामणी गौतमले अहिले यहाँ अमेरिका, युरोप, एशिया र धेरै संख्यामा नेपालीहरु पनि योग साधना गर्न आइरहेको बताए  । उनले अहिले दुईजना पर्यटन व्यवसायी र एकजना योगगुरु मिलेर एक करोड रुपैयाँ लगानीमा यस क्षेत्रको निर्माणाधीन धार्मिकस्थलमा योगा रिट्रिट तथा स्पा सेन्टर सञ्चालनमा ल्याएको बताए ।  अहिले ‘यहाँ योग विज्ञानमा पिएचडी गर्ने नेपालकै पहिलो योगगुरुले योग र ध्यानको प्रशिक्षण दिन्छन  । चितुवा, हरिणजस्ता वनजन्तु देख्ने मौका पनि पर्यटकलाई मिल्न सक्छ ।  नाफाको आधा हिस्सा उपलब्ध गराउने सर्तमा ट्रस्टले दिएको करिब १० रोपनी जग्गामा रिसोर्ट बनाइएको पनि उनले जानकारी दिए । उनका अनुसार ट्रस्ट आफैंले त्यहाँ सञ्चालन गरेको महिला गुरुकुल (महिलालाई बेद संस्कृत बढाउने स्कुल) को लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न दिएको हो । ट्रस्ट र रिसोर्टबीच जग्गाको लागि १० वर्षे सम्झौता भएको छ ।  अहिले यस रिसोर्ट पुग्ने पाहुनालाई शुद्ध शाकाहारी र अर्गानिक खानामात्र दिइने उनले बताए । ‘यहाँ मासु, मदिरा, धुमपान लगायत तामसी भोजन पाइँदैन,’ गौतमले भने । उनका अनुसार सो रिट्रिट प्याकेजमा काठमाडौंको ठमेलदेखि रिसोर्टसम्म आउने जाने व्यवस्था, दुई जना एउटै कोठामा सुत्ने व्यवस्था, शाकाहारी खाना, चिया, पानी, योग ध्यान, वरपर क्षेत्रमा हाइकिङ लगायत समेटिएको छ ।  यसैगरि, स्पामा आयुर्वेदिक मसाज लगायत अन्य आयुर्वेदिक उपचार पनि हुने बताइएको छ । सो ठाउँमा भब्य मन्दिर बनिरहेकोले भविष्यमा यो महŒवपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थलको हब बन्ने भएकाले यस्ता रिट्रिट सेन्टर मज्जाले चल्ने सञ्चालक द्वय सिंम्खडा र लम्साल बताउँछन ।  अब देशका विभिन्न ठाउँमा यस्ता रिसोर्ट खोलेर आरोग्य र शान्तिको खोजीमा भौंतारिएका पर्यटकलाई नेपाल ल्याउन सकिने पनि उनीहरु बताउँछन् । यो खासगरी विदेशी पर्यटक लक्षित रहेको उनीहरुको भनाइ छ ।  अहिले यस सेन्टरमा  स्वदेशीले प्रतिव्यक्ति ५५ सय रुपैयाँ तिरेपछि काठमाडौंदेखि रिसोर्टसम्म आउनेजाने यातायात, बेलुका डिनर, बिहान ब्रेकफास्ट र लन्चसहित २–२ ओटा योगा र ध्यानमा सहभागी हुन पाउने छन् । यसैगरि १ घन्टाको आयुर्वेदिक मसाज पनि सोही रकममा समावेश रहेको सेन्टरले जनाएको छ । अहिले विदेशीले सोही प्याकेजकालागि प्रति व्यक्ति ९७ डलर तिर्नुपर्छ । 

No comments:

Post a Comment