Saturday, August 6, 2011

डोल्पा यात्राका मनोरम दृष्यहरु






सफा, शान्त र निर्मल पानी । छिन छिनमा पानीको रंग परिवर्तन भईरहने । कहिले गाढा निलो, कहिले मलिन हरीयो र समयअनुसार परिवर्तन भईरहने पानीको रंग । राज्यको सबै भन्दा गहिरो तथा दोस्रो ठुलो ताल डोल्पाको फोकसुण्डो तालको पानीको रंग हो, जुन समय अनुसार परिवर्तन भईरहन्छ । तालको अली पर एक सानो रीग्मो गाउँ, जहाँ पर्यटकाक लागी बनाएका केही होटलका साथै अन्य घरहरु र तालको नजीकै सेनाको सानो टुकुडी बाहेक अरु केही बस्ती छैन । पर्यटकका लागि चाहिने केही आधारभुत सामाग्रीसहित टेण्ट राखेर बनाइएका अस्थायी दुई होटल । जहाँ सामान्य खाजा सहित तालको किनारैमा बसेर आनन्द लिन सकिन्छ ।
डोल्पा भन्ने वित्तिकै डोल्पाप्रति चासो तथा पर्यटनप्रति चासो राख्नेले एरीक भ्यालीलाई समझन्छन् । एरिक भ्यालीले जब क्याराभान फिल्म बनाए, त्यसपछि मात्र डोल्पाप्रति सबैको ध्यान गयो । एउटा फिल्मले अथवा बृत्तचित्रले पनि पर्यटनलाई कसरी प्रभाव पार्न सक्छ र त्यस क्षेत्रको विकासमा कत्तिको सहयोग पुराउन सक्छ भन्ने उदाहरण बनेको छ एरिक भ्यालीको क्याराभान फिल्म । त्यसै गरी नेपथ्यका गायक अमृत गुरुङलाई जान्छ । उनले ‘सा कर्नाली’ गीतले पनी डोल्पालाई चिनाउनका लागी सघाउ पुरायो ।
एरिक भ्यालीले बनाएकै फिल्मका कारण पनि होला डोल्पा घुम्न आउने पर्यटकमध्ये ६० प्रतिशत फ्रेन्च छन् त्यसपछि बौद्ध धर्मावलम्बीमध्ये जापनी र कोरीयनहरु ।
डोल्पाको पदयात्राको लागी दुई वटा बाटाहरु रहेका छन् । पहिलो तल्लो डोल्पा र अर्को माथिल्लो डोल्पा । तल्लो डोल्पाको लागि दुई हप्ताको यात्रा ठिक हुन्छ भने माथिल्लो डोल्पाको लागी २० दिनको यात्रा ठिक हुन्छ । तल्लो डोल्पाको लागि नेपालगन्जको राझा एयरपोटबाट डोल्पाको जुफाल एयरपोट हुँदै सुरु हुन्छ पदयात्रा । जुफालबाट सुरु भएर डोल्पाको सदरमुकाम दुनै, द्यो, से फोकसुण्डो ताल, जुफाल हुँदै नेपालगन्ज आएर सकीन्छ । यो पदयात्राको क्रममा पर्यटकका लागी चाहिने आधारभुत आवश्यकता साथै स-साना होटलहरु भएता पनि यो क्षेत्रमा बढी क्यामपिङ गर्ने गरिन्छ । क्यापिङका लागि प्राय जसो होटल ब्यबसायीहरुले केही पैसा लिएर स्थान दिने गरेका छन् । तल्लो डोल्पाको पदयात्रा गर्ने क्रममा ४ हजार ५ सय मिटर उचाई भएको दुईवटा भन्ज्याड पार गर्नु पर्दछ । तालमात्र हेर्न नभएर यो यात्रा गर्नका लागि पनि पर्यटकहरुको आउँछन् ।

त्यसै गरी माथिल्लो डोल्पा पनि नेपालगन्जको राझा एयरपोटबाट डोल्पाको जुफाल एयरपोट हुँदै सुरुहुन्छ पदयात्रा । जुफालबाट द्यो, साल्दाङ, भिजेर, से गुम्बा, फोकसुण्डो ताल हुँदै जुफाल आई पुगिन्छ । माथिल्लो डोल्पाको पदयात्रा गर्ने क्रममा ५ हजार ५ सय मिटर उचाई भएको चार ओटा स्थान पार गर्नु पर्ने हुन्छ । उचाई, स्रोत र साधनकेा उचित ब्यबस्थापन नभएको हुँदा यहा यात्रा गर्नका लागी आफैले सबै ब्यबस्था गर्दा राम्रो हुन्छ । माथिल्लो डोल्पाको यात्रा विश्वकै बढी हिउ चितुवा पाईने स्थान भित्र पर्छ । पदयात्राको क्रममा यस क्षेत्रमा प्रसस्त मात्रामा जँगली जनावरहरु पाईने गरेको एसएनभिका पर्यटन सल्लाहकार एव कर्नालीका पर्यटन जानकार मिम हमाल बताउँछन् ।
उनी भन्छन्-’से गुम्बामा लामाले हरेक दिन मृगका बथानलाई नुन खुवाउने समेत गर्दछन् । यार्सा गुम्बा टिप्ने समयमा त यो क्षेत्रमा मेलै लागेको जस्तो हुन्छ । अपर डोल्पामा से गुम्बा र छेजर गुम्बा प्रख्यात रहेको छ । माथिल्लो डोल्पा घुम्नका लागी विदेशीले एक्लै घुम्न नपाउने अध्यागमन विभागले जनाएको छ । यहाँ घुम्नका लागी पर्यटकले दश दिनको पाँच सय डलर शुल्क तिर्नुपर्छ । त्यस्तै तल्लो डोल्पाका लागि दश डलर प्रतिहप्ता शुल्क लाग्छ । माथिल्लो डोल्पाको लागी दुई वा दुई भन्दा बढीले मात्र घुम्न जान पाउने ब्यबस्था गरिएको छ ।
फुर्सद मिल्दा तपाईपनि पर्याप्त सामाग्री र सूचनासहित समूह मिलाएर डोल्मा घुमेर आफ्नो मुलुकको वास्तविक सुन्दरताको भनुभूति गर्न सक्नुहुन्छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete