Tuesday, August 23, 2011

रारामा अब सरकारी रिसोर्ट

काठमाडौं, ५ भदौ
पर्यटकीय दृष्टिले आकर्षक मुगु जिल्लाको रारा ताल क्षेत्रमा सरकारले रिसोर्ट खोल्ने भएको छ । पर्यटकको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै सरकारले चालू आर्थिक वर्षमा ८० लाख रुपैयाँको लगानीमा रिसोर्ट खोल्ने तयारी गरेको हो ।
नेपाल पर्यटन वर्ष सन् २०११ मा पश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य रारालाई सरकारले प्राथमिकतामा राखेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले बताए । उनले भने, “पश्चिम नेपालमात्रै नभई रारा मुलुकै पर्यटन हब बनाउने उद्देश्यले सरकारले रारा क्षेत्रमा रिसोर्ट बनाउने तयारी गरेको हो ।” हाल रारा तालछेउ पर्यटक बसोबासका लागि न्यूनतम सुविधाको डाँफे होटल सञ्चालनमा छ । जसमा ६ कोठा र बढीमा १५ जनालाई बस्ने सुविधा उपलब्ध छ ।
पर्यटकका लागि खान र बस्ने उचित व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक समस्यामा पर्ने गरेका छन् । बसोबासको उचित प्रबन्ध नहुँदा रारा तालको सुन्दरतासँग एक रात बिताउने पर्यटकको इच्छा तुहिने गरेको छ । बसोबासको प्रबन्ध नहुँदा पर्यटकहरू दिउँसो घुमफिर गरी हतार–हतार गन्तव्यका लागि साँझ सदरमुकाम गमगढी वा ताल्चा विमानस्थल फर्किनुपर्ने बाध्यता छ ।
प्राकृतिक रूपले सुन्दर रारा ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहे पनि आसपासका क्षेत्रमा खान र बस्नका लागि घर, होटल र पसल नुहँदा पर्यटक समस्यामा पर्ने गरेका हुन् । यही समस्यालाई मध्यनजर गरी सरकारले चालू आर्थिक वर्षमा ८० लाखको लगानीमा भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ । “ठूलो र सुविधासम्पन्न प्रोजेक्ट भएकाले चालू आवमा त भवन निर्माणमै ठिक्क हुन्छ होला,” मन्त्रालयका सहसचिव तथा योजना विभाग प्रमुख लोकबहादुर खत्रीले बताए । उनका अनुसार भवन निर्माणपश्चात् रिसोर्ट सञ्चालनका लागि निजी क्षेत्रसँग कसरी अघि बढ्ने विषयमा छलफल गरी टुंगो लगाइनेछ । यसैगरी, रारालाई केन्द्रबिन्दु बनाउँदै सरकारले दीर्घकालीन योजना अगाडि बढाएको छ । जसका लागि चालू आवमा ६० लाख रुपैयाँसमेत विनियोजन गरिएको छ ।
रारा पुग्न स्थलमार्गको पहुँच नभएकाले सो क्षेत्रमा पुग्ने एकमात्र हवाईमार्गलाई सहज बनाउन सरकारले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । “सरकारको योजनाअनुरूप राराको ताल्चा विमानस्थललाई पिच गर्ने कार्य अगाडि बढाउँदै छौँ,” प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले बताए । उनका अनुसार पिच कार्यका लागि हाल धावनमार्ग विस्तार कार्य जारी छ । ताल्चा विमानस्थलसँग उडान सञ्चालन गर्न कर्णाली क्षेत्रका जुम्ला, हुम्ला र डोल्पा विमानस्थलको भौतिक पूर्वाधारसमेत विकास गर्ने लक्ष्य सरकारले लिएको छ । नेपालगन्ज र सुर्खेत आधार विमानस्थलबाट पहाडी क्षेत्रका ती विमानस्थलहरूमा उडान सञ्चालन हुने गर्छ । 

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete