Friday, August 26, 2011

डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो


काठमाडौंं ९ भदौ
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ । निगमले शुक्रबारदेखि नै लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा बढाएको हो । यो वृद्धिसँगै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं उपत्यकामा ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसभन्दा अघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७३ रुपैयाँ ५० पैसा थियो ।
उपभोक्ता अधिकारकर्मीले इन्धन मूल्य वृद्धिप्रति विरोध जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य घटिरहेको समयमा नेपालमा भने मूल्यवृद्धि भएकामा उनीहरुले आपत्ति पनि जनाएका छन् ।
राष्ट्रिय उपभोक्ता माचका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको समयमा इन्धन मूल्यवृद्धिको तीव्र विरोध जनाएका छन् ।
ुसरकारले उपभोक्ताको क्रयशक्ति नहेरीकन इन्धन मूल्य बढाएको छु उनले भने ुकाम चलाउ सरकारले गरेको यस्तो निर्णय तुरुन्तै फिर्ता हुनुपर्छ ।ु उनले पेट्रोलियम पदार्थमा सरकारले राजस्व अधिक मात्रामा लिइरहेकाले यसलाई केही घटाएर बजार सन्तुलन गर्न सकिने जिकिर गरे ।
उपभोक्ता माच नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले चार्डपर्वको मुखैमा इन्धनको मूल्यवृद्धि गर्नुको कारण सरकार र निगमले दिन सक्नुपर्ने बताए । उनले अर्थ मन्त्रालयका उच्च अधिकारीले पैसाको कुनै अभाव नहुने भएकाले इन्धनमा ठूलो मात्रामा राजस्व उठाउने गर्दै आएकाले पनि पेट्रोलियम मूल्य बढ्न पुगेको जिकिर गरे । निगमले भने इन्धनमा सरकारी अनुदान पाउन नसक्दा मूल्यवृद्धिको विकल्प नभएको जनाएको छ । निगम प्रवक्ता मुकुन्द ढुंगेलले डिजेल र मट्टीतेलमा भएको मूल्यवृद्धिपछि पनि निगमको नोक्सानी ५० करोड ५३ लाख रुपैयाँ रहेको बताए । उनका अनुसार यस भन्दाअघि निगमको नोक्सानी ५८ करोड ३८ लाख रुपैयाँ थियो । निगमले डिजेलमा अझै ७ रुपैयाँ ९५ पैसा घाटा भएको जनाएको छ ।
निगमको यस भनाइसँग उपभोक्ता अधिकारकर्मी सहमत छैनन् । उनीहरुले निगमका बारेमा सभासद् भीम आचार्यको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन नभईकन इन्धन मूल्यवृद्धि गरिएको जिकिर गरेका छन् । राष्ट्रिय उपभोक्ता माचका अध्यक्ष श्रेष्ठले समितिले निगम सुधारका बारेमा दिएका सुझावलाई ुधोतीु लगाएर मूल्यवृद्धि गरिएको दाबी गरे । उनले समितिको सुझाव कार्यान्वयन नहुने भए किन सरकारले लाखौं रुपैयाँ समितिका नाममा खर्च गरेको हो त्यहीबारेमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete