Sunday, August 7, 2011

स्मार्टका ग्राहकलाई फोनबाटै उपचार



काठमाडौं, 22 साउन
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन अनुमति पाएको स्मार्ट टेलिकमले त्रिवि शिक्षण अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सुरु गरेको छ । कम्पनीले टेलिफोनको माध्यमबाट दैनिक ५० भन्दा धेरै सर्वसाधारणलाई निःशुल्क औषधि उपचारसम्बन्धी सल्लाह दिँदै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यका क्षेत्रमा सहयोगी बनेको कम्पनीले बताएको छ ।
“हाम्रा ग्राहक भनेका अधिकांश ग्रामीण सर्वसाधारण भएकाले उनीहरूको स्वास्थ्यको पाटोलाई समेट्न खोजेका हौं,” कम्पनीका कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने, “साना–साना स्वास्थ्य समस्या लिएर गाउँबाट सहर जान नपरोस् र एउटा फोनबाट लिन सकिने परामर्शका लागि अनावश्यक पैसा र समय बर्बाद नहोस् भनेर टेलिमेडिसिन सुरु गरिएको हो ।”
स्मार्ट सेल र भीस्याटका ग्राहकले ४२५० मा कल गर्दा शिक्षण अस्पतालका चिकित्सकले बिरामीलाई परामर्श दिनेछन् । कम्पनीले यो सेवा सुगमभन्दा दुर्गमका बासिन्दालाई लक्षित गरिएको बताएको छ ।
बज्राचार्यका अनुसार सर्वसाधारणको फोन उठाउन अपरेटरको व्यवस्था गरिएको छ । अपरेटरले समस्याअनुसार चिकित्सकलाई सूचना पठाउने काम गर्छन् । स्मार्टको यो सेवा अहिले परीक्षणको चरणमा छ ।
पूर्वाञ्चलबाहेकका विकासक्षेत्रमा दूरसञ्चार सेवा नपुगेका ३ सय ९८ गाविसमा सेवा विस्तार गर्ने सर्तमा स्मार्टले अनुमति पाएको हो । कम्पनीले ४० जिल्लामा दूरसञ्चार सेवा पु¥याइसकेको जनाएको छ ।
उसले ग्लोबल सिस्टम मोबाइल (जीएसएम), भीस्याट र फिक्स्ड वायरलेस टेलिफोन (एफडब्लूटी) प्रविधिबाट ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा दिँदै आएको छ । बज्राचार्यका अनुसार हालसम्म बिजुली नपुगेका विकट क्षेत्रका करिब ६ सय प्रयोगकर्ताले स्मार्ट फोन प्रयोग गरिरहेका छन् । अब उनीहरूले पनि फोनकै भरमा शिक्षण अस्पतालको परामर्श पाउने भएका छन् । ‘गाउँले फोन’ भन्नासाथ अहिले स्मार्ट फोनलाई चिन्न थालिएको दाबी बज्राचार्य गर्छन् । कम्पनीले छिट्टै २५ जिल्लाका सबैजसो सदरमुकाममा सेवा पु-याउने लक्ष्य लिएको जनाएको छ ।
ग्रामीण क्षेत्रमा साना–साना बस्ती भएकाले जडान, मर्मत, वितरण र अनुगमन कार्य धेरै खर्चिलो भएको स्मार्टका सम्पूर्ण सेवा वितरणको जिम्मा लिएको टेलीबर्डका निर्देशक शोभन सैंजूले बताए । “पातलो गाउँ भएका स्थानमा पनि रिचार्ज कार्ड तथा सिम अभाव हुन नदिने हाम्रो प्रतिबद्धता छ,” उनले भने “वितरणको पक्ष दरिलो भए कम्पनी माथि उठ्न सक्छ ।”
कम्पनीले यसै सातादेखि सीआरबीटी सेवा सुरु गरिसकेको छ भने छिट्टै जीपीआरएस सुरु गर्ने तयारीमा छ । हालसम्म कम्पनीका करिब ९० वटा बीटीएस टावर सञ्चालनमा छन् भने निकट भविष्यमै १ सयभन्दा धेरै बीटीएस थप्ने योजना उसको छ । हाल कम्पनीका करिब १ लाख १५ हजार ग्राहक छन् ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete