Thursday, August 25, 2011

तीनखम्बे अर्थनीतिप्रति डेलिसी असन्तुष्ट


 काठमाडौं ८ भदौ

सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषयमा देशका प्रमुख राजनीतिक दलहरुबीच खिचातानी चलिरहँदा नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले यहाँका राजनीतिज्ञले आर्थिक मुद्दामा निकै कम बहस गर्ने गरेको भन्दै आश्चर्य प्रकट गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रको भूमिकाको पक्षमा वकालत गरेका डेलिसीले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाका रुपमा विकास गर्ने सरकारी योजना ुअर्थतन्त्रमा सरकारी नियन्त्रण विस्तार गर्ने प्रयासु हुन सक्ने आशंका व्यक्त गरे । त्यस्तो कदम आत्मघाती हुने उनको चेतावनी थियो ।

ुसहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाका रुपमा चित्रण गर्नुको अर्थ कतै अर्थतन्त्रमाथि सरकारको विस्तारित नियन्त्रणको प्रयास त होइन भनेर चिन्ता गर्ने कतिपय मानिस पनि छन्ु आर्थिक पत्रकार समाज नेपाल सेजन र काठमाडौंस्थित अमेरिकी दूतावासले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा राजदूत डेलिसीले तीनखम्बे अर्थनीतिप्रति कूटनीतिक भाषामा असहमति जनाउँदै भने ुयदि त्यो कुरा साँचो हो भने मेरो तर्क के हुनेछ भने सो कुराले केवल खुला उदारवादी अर्थतन्त्रले मात्रै आर्थिक वृद्धि फस्टाउन सक्छ भन्ने विगत ५० वर्षमा पटक-पटक प्रमाणित अनुभवहरुको खण्डन गर्छ ।ु

ुभारत र साम्यवादी चीनले समेत यो पाठ सिकेको अवस्थामा नेपाल अर्को दिशामा बढ्नु भनेको अवश्य पनि व्यंग्यपूर्ण र आत्मघातक हुनेछु डेलिसीले थपे ।

सरकारले गत २९ चैतमा जारी गरेको देशको आर्थिक स्थिति र सरकारको नीतिगत अवधारणासम्बन्धी श्वेतपत्रमार्फत ुसामन्तवादका सबै रुपहरुको अन्त्य गर्दै सरकारी सहकारी र निजी क्षेत्रको माध्यमद्वारा समृद्ध आधुनिक स्वाधीन न्यायपूर्ण र समावेशी नयाँ नेपाल निर्माणु गर्ने बताएको थियो ।

चालू वर्षको बजेटमा पनि अर्थमन्त्रीले सहकारीलाई अर्थतन्त्रको एक मुख्य खम्बा हुने गरी प्रवद्र्धन र विस्तार योजना समेटेका छन् ।

अमेरिकी राजदूतका रुपमा नेपालमा १६ महिना बिताउँदा राजनीतिक वृत्तमा देशका आर्थिक चुनौतीबारे ज्यादै कम मात्र बहस र छलफल भएको अनुभव गरेका डेलिसीले त्यसबाट आफू अचम्ममा परेको बताए । ुमैले प्रधानमन्त्री स्थानीय राजनीतिक कार्यकर्ता तथा दर्जनौं वरिष्ठ राजनीतिक नेताहरु भेटेको छु । त्यस क्रममा हुने छलफल शान्ति प्रकि्रया संविधान र राज्यसत्तामा आफ्नो वर्चस्व कायम राख्ने दलहरुको योजनामै केन्द्रित रहने गरेको छ ।ु

देशलाई नै नेतृत्व दिन खोज्नेले आफ्नो राजनीतिक मुद्दामा जति ध्यान राष्ट्रको विकास रणनीति अर्थतन्त्रको सुदृढीकरण र रोजगारी सिर्जना दिन नसकेको भन्दै उनले नेपाली राजनीतिज्ञको आलोचना पनि गरे ।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकाको पक्षमा वकालत गरेका डेलिसीले निजी क्षेत्रको कार्यशैलीप्रति पनि उत्तिकै असहमति जनाए । तात्कालिक नाफामा ध्यान दिने कर छल्ने र देशबाहिर पैसा पठाउने निजी क्षेत्रको व्यवहारप्रति उनले असहमति प्रकट गरे । त्यसैगरी नयाँ व्यवसाय सुरु गर्न चाहने युवा उद्यमीलाई सहयोग गर्नुको साटो उल्टै फाइदा लुट्न खोज्ने सरकारी अधिकारी पनि उनको आलोचनाको निसाना बने ।

ुनेपालका व्यापारिक गृहहरुले पनि तत्कालको नाफामा मात्र ध्यान दिने गरेका छन् । कतिपयले कर छल्ने र देशबाहिर पैसा पठाउने प्रयत्न गर्छन्ु डेलिसीले भने ।

उद्यमी व्यापारीबाट जबर्जस्ती चन्दा असुल्ने दलहरुको व्यवहारप्रति गम्भीर असहमति जनाएका डेलिसीले आर्थिक नीतिहरु पनि राष्ट्रलाई भन्दा व्यक्तिलाई फाइदा हुने गरी बन्ने गरेको बताए ।

ुचिन्ताजनक विषय भनेको राजनीतिक नेताहरुले व्यवसायहरुलाई आफ्ना दलका लागि आर्थिक स्रोतका रुपमा हेर्ने दृष्टिकोण हो वा अझ चिन्ताजनक त आफ्नो व्यक्तिगत फाइदाका लागि शोषण गर्ने माध्यमका रुपमा हेर्ने दृष्टिकोण होु राजदूत डेलिसीले भने । नेपालमा आइरहेको विप्रेषणलाई ुलागूऔषधुजस्तै भनेका डेलिसीले विप्रेषणले अल्पकालमा अर्थतन्त्रको विस्तारमा योगदान दिए पनि कठिन आर्थिक विकल्प खोज्नुपर्ने कामलाई झुलाएर राख्ने बताए । जनशक्ति प्राकृतिक सौन्दर्य र जलस्रोतलाई नेपालको विशाल क्षमताका रुपमा हेरेका डेलिसीले नेपालको आर्थिक विकासलाई लक्ष्यकेन्द्रित दिगो र रचनात्मक बनाउन अमेरिकी सरकारको योगदान सुनिश्चित गराउन आफूले प्रयत्न गर्ने बताए ।

ुबाहिरिया भएको नाताले हामीलाई थाहा छ व्यापारका लागि सहयोगी वातावरण निर्माण गर्न आवश्यक राजनीतिक इच्छाशक्ति पैदा गर्न सक्ने हाम्रो क्षमता सीमित छ । सबै नेपाली मिलेर यो परिवर्तन ल्याउनुपर्छु उनले भने । नेपालमा अमेरिकी लगानी िभœयाउन आफूले हरसम्भव प्रयत्न गरिरहेको उल्लेख गर्दै उनले हालसालै नेपाल भ्रमण गरी फर्केको अमेरिकी वाणिज्य महासंघको प्रतिनिधि मण्डलका सदस्यहरु नेपालमा लगानी गर्न उत्साहित रहेको आफूले अनुगमनका क्रममा फेला पारेको बताए ।

नेपालको आर्थिक विकासको प्रवद्र्धनमा प्रतिबद्ध व्यापारिक समुदाय नागरिक समाज ट्रेड युनियनका नेता र राजनीतिक नेतासँग सहकार्य गर्न चाहेको उल्लेख गरेका डेलिसीले वैदेशिक लगानीकर्तालाई नेपाल बोलाउन यहाँका उद्यमी फस्टाउन सक्ने वातावरण तयार गर्नुपर्ने सुझाए ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete