Saturday, August 20, 2011

१४ महिनामा १९ लाखले जहाज चढे




काठमाडौ, ३ भाद्र  - कुनै जमाना थियो, जहाज चढ्न लाम बस्नुपथ्र्यो । त्यसमा पनि महँगो यातायातका रूपमा चिनिने हवाईमार्ग भएर गन्तव्यसम्म पुग्ने निर्णय निकै थोरैले मात्र गर्थे । तर आर्थिक उदारीकरण र खुला आकाश नीतिका कारण खुलेका विमान कम्पनीबाट मध्यम वर्गसम्म पहुँच पुगेको छ । अत्यावश्यक काम पर्दा र चाडपर्वमा घर पुग्न मात्र जहाज चढ्ने प्रवृत्ति हटेको विमान कम्पनी सञ्चालकहरू बताउँछन् । बढेको सेवा र घटेको मूल्यले सामान्य काममा पनि धेरैको रोजाइ हवाई यात्रा बन्ने गरेको छ । 'कतिपय स्थानमा बसबाट जाँदा र जहाजमा जाँदा उस्तैउस्तै भाडा पर्न जान्छ,' बुद्ध एयरका व्यवस्थापक वीरेन्द्र बस्नेत भन्छन्, 'यस्तोमा ५/६ घन्टा बसमा हल्लिँदै जानुभन्दा यात्रुले जहाज नै रोज्छन् ।'
गत वर्ष १४ महिनाको अवधिमा (२०६७ वैशाखदेखि २०६८ असार १६ सम्म) करिब १८ लाख ८९ हजार ४ सय यात्रुले आन्तरिक हवाई सेवा उपयोग गरे । यी यात्रुलाई सेवा दिन
जहाज र हेलिकप्टरको उडान चाप वर्षको (जहाज आवागमन) ८० हजारको हाराहारीमा पुगेको छ । त्रिभुवन विमानस्थलबाट उड्ने हेलिकप्टरका यात्रुको संख्या पनि वाषिर्क १५ हजारको संख्यामा छन् ।
आन्तरिक उडान गर्ने विमान कम्पनीमध्ये कुल यात्रुको ठूलो हिस्सा बुद्ध एयरले लिएको छ भने राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम पुछारतिर छ । यो अवधिमा बुद्धले सबैभन्दा बढी ७ लाख ८६ हजार ८ सय १८ यात्रु बोकेको त्रिभुवन विमानस्थल उडान अनुमति शाखाले जनाएको छ ।'निजी कम्पनी सञ्चालन भएयता प्रतिस्पर्धाले सुविधा बढ्नुका साथै मूल्य घटेकाले यात्रु बढेको देखिन्छ,' शाखा प्रबन्धक राजबहादुर महर्जनले भने, 'यात्रु बढेपछि कम्पनीहरूले उडान थपिरहेका छन् ।' बुद्धले आफ्नो बढ्दो बजारको माग पूरा गर्न हालै मात्र ७२ सिटे नयाँ जहाज थपेको छ । उसले यो जहाजबाट विराटनगर उडान थप गर्नुका साथै नेपालगन्ज र धनगढीमा पनि सेवा सुरु गर्दै छ । हाल बुद्धले भद्रपुर, भैरहवा, तुम्लिङटार र नेपालगन्ज दैनिक २/२, भरतपुर र जनकपुर ३/३, विराटनगर र सिमरा ५/५, पोखरा ४ र धनगढी १ उडान गरिरहेको छ ।
त्यस्तै यतीले ५ लाख ६९ हजार ८ सय ७० यात्रु बोकेर हवाई क्षेत्रको दोस्रो ठूलो खेलाडीका रूपमा आफूलाई स्थापित गरेको छ । यतीले पोखरा दैनिक ८, विराटनगर ७, भद्रपुर ३, नेपालगन्ज, भैरहवा र जनकपुर  २/२, भरतपुर, तुम्लिङटार र धनगढी १/१ दैनिक उडान गर्छ । यतीपछि २ लाख ३१ हजार ३ सय १७ यात्रुसहित अग्नि एयर तेस्रो स्थानमा छ ।
यतीको भगिनी संस्थाका रूपमा रहेको तारा एयरले दुर्गम पहाडी  क्षेत्रमा सेवा सञ्चालन गरिरहेको छ । कुल यात्रुमध्ये ताराले १ लाख १६ हजारलाई सेवा दिएको छ ।
गुणले यो अवधिमा १ लाख १४ हजार ५ सय ५२ यात्रु पायो । यसले पोखरा ३, विराटनगर २, सिमरा २ र भैरहवा १ उडान गर्छ । निगमले भने १४ महिनामा मात्र ५४ हजार ३ सय यात्रु
पायो । सबै निजी विमान कम्पनी बर्सेनि यात्रु बढेका कारण उडान संख्या र गन्तव्य विस्तारतर्फ जुटिरहँदा निगम भने आन्तरिक उडानमा बर्सेनि १७ करोड घाटा बेहोरिरहेको छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete