Monday, August 8, 2011

कोरियन कम्पनीले दोस्रो अन्तराष्ट्रिय विमानस्थलको प्रतिवेदन बुझायो काठमाडौ-तराई जोड्ने द्रुत मार्ग निमार्णमा जोड


काठमाडौ २३ साउन
वाराको निजगढमा निमार्ण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमान स्थलको कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाईड एलएमडब्लुले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सरकारलाई वुझाएको छ । कोरियाको निजी कम्पनी एलएमडब्लुे करिव डेढ वर्ष लागाएर तयार पारेको सो प्रतिवेदन सोमवार पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव डा। गणेशराज जोशीलाई वुझाएको हो ।
यसअघि सो कम्पनीले प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई वुझाएको थियो । प्रारम्भिक अध्ययन प्रतिवेदनमा समेट्न छुटेका विषयलाई समेत समेटेर सो कम्पनीले विमानस्थल निमार्ण सम्वन्धि विस्तृत अध्ययन प्रतिवेदन पेश गरेको जनाएको छ ।
सरकारसंग भएको सहमति अनुसार कोरियाली निजी कम्पनी एलएमडब्लुलाई सो अध्ययनका लागि १० महिना समयाअवधी तोकिएको भएपनि डेढ वर्षमा मात्र विस्तृत प्रतिवेदन सरकारलाई वुझाएको हो ।
विमानस्थल निमार्णको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न २८ करोड रुपैयाँ खर्च भएको एलएमडब्लुका कन्ट्री डाईरेक्टर विनय रावलले जानकारी दिए । उनले निर्माण स्वामित्वकरण साचालन एवं हस्तान्तरणको ढाँचामा बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र वरिपरि क्षेत्रमा विमानस्थल सहर निर्माण परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको वताए । विमानस्थल निर्माणका लागि काडमाडौंलाई तराइसँग जोड्ने द्रुत मार्गको निर्माण प्रमुख हुने सो प्रतिवेदनमा उल्लेख छ ।
सन् २०११ भित्रमा यस मार्गको निर्माण प्रकि्रया अगाडि नवढेमा सो विमानस्थल निर्माण समेत प्रभावित हुन सक्ने एलएमडब्लुको प्रतिवेदनमा उल्लेख छ । वार्षिक ६० करोड यात्रुको आवतजावत गर्न सकिने विमानस्थलसँगै आकर्षक एयरपोर्ट सिटी समेत निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । सो विमानस्थलको निर्माणको पहिलो चरणमा ६५ करोड डलर खर्च लाग्ने कम्पनीले जनाएको छ ।
यस अघि कोरियाली कम्पनीले प्रतिवेदन बुझाएलगत्तै निर्माणकार्य थालनी गर्नका लागि सरकारले आह्वान गर्ने बोलपत्रमा प्रस्ताव पेस गर्नुपर्ने र छनोटमा परेका खण्डमा सो कम्पनीलाई आगामी ३० वर्षसम्म विमानस्थल साचालनको जिम्मा दिइने गरी सो सम्झौता भएको थियो । सरकारले आह्वान गरेको खुला बोलपत्रबाट सो कम्पनी छनोटमा नपरेमा उसले प्रतिवेन तयार गर्दा भएका सबै खर्च छानोटमा परेको कम्पनीले तिर्नुपर्ने सर्तमा दुवैपक्षबीच सम्झौता भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रको लगानीमा सो स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने गरी पूर्वाधार संरचनाको निर्माण तथा साचालनमा निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिले १८ पुस २०६४ मा सिफारिस गरेको थियो । त्यसैगरी सो परियोजना निर्माण स्वामित्वकरण साचालन एवं हस्तान्तरण प्रकि्रयाबमोजिम कार्यान्वययन गर्नेगरी मन्त्रीपरिषद्को आर्थिक तथा पूर्वाधार समितिबाट १ फागुन ०६४ मा निर्णय भएको थियो ।
उच्च स्तरीय कार्यदलले हवाइ दुर्घटना सम्बन्धी प्रतिवेदन बुझायो
काठमाडौ २३ साउन
सरकारले गत वर्ष गठन गरेको हवाइ सुरक्षा सम्बन्धी उच्च स्तरिय कार्यदलले
हवाइ दुर्घटना सम्बन्धी विस्तृत विवरण एवं सुझाव सहितको प्रतिवेदन पर्यटन मन्त्रालयलाई बुझाएको छ । २०६७ साल १४ भदौमा गठन भएको उच्च स्तरिय कार्यदलले अहिलेसम्म भएका हवाइ दुर्घटनामा पहाडी क्षेत्रका विमानस्थलको अवस्था खराव मौसम र प्राविधीक समस्या प्रमुख कारण भएको जनाएको छ ।
अहिलेसम्म भइरहेका हवाइ दुर्घटनाको कारण पक्ता लगाई मुलुकको हवाई सुरक्षा व्यवस्था थप मजबुद मनाउने उदेस्यले सरकारले गठन गरेको हवाई दुर्घटना सम्बन्धी उच्च स्तरिय जाँच आयोग अन्र्तरगतको सो कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन सोमबार पर्यटन तथा नागरिक उड्डन मन्त्री खड्ग बहादुर विश्वकर्मालाई बुझाउँदै कार्यदलका संयोजक मेदिनीप्रसाद शर्माले हालसम्म भएका हवाइ दुर्घटनाको कारण खराव मौसम पहाडी क्षेत्रका विमानस्थलको कमजोर अवस्था र प्राविधीक समस्या नै देखिएको बताएको हुन । कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका विषयबस्तु कार्यान्वयनमा ल्याउनकालागि मन्त्री विश्वकर्माले सोही अवसरमा पर्यटन सचिव गणेशराज जोशीलाई प्रतिवेदन जिम्मा लगाएका छन ।
सो प्रतिवेदनमा सन २०१० र ११ मा नेपाली आकासमा हवाइ दुर्घटना संख्यात्मक रुपमा बढेको देखिएपनि विगतका वर्षहरुको तुलनात्मक रुपमा यसको अनुपातमा भने केही घटेको उल्लेख छ । प्रतिवेदनले सन १९५७ देखि हालसम्म भएका हवाइ दुर्घटनाको अवस्था एवं कारणका बारेमा विस्तृत जानकारी दिने प्रयास गरेको छ । यसैगरि सो प्रतिवेदनमा नीजि वायुसेवा कम्पनी र सरकारको कमजोरीलाई पनि जोड दिएको छ ।
सो कार्यक्रममा कार्यदलका सदस्य एवं त्रिभुवन विमानस्थल कार्यालयका नायव महाप्रवन्धक त्रिरत्न मानन्धरले सन १९५७ देखि हालसम्म नेपाली आकासमा भएको हवाइ दुर्घटनाको विस्तृत विवरण दुर्घटना नियन्तणमा भएका प्रयास उपलब्धी एवं सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सरकारले हवाइ दुर्घटना र सुरक्षा सम्बन्धी कार्यको सत्य तथ्य विविरण संकलन गरि प्रतिवेदन तयार पार्न दिएको निर्देशन अनुरुप यस कार्यदलले नेपाल वायुसेवा निगम यती बुद्ध तारा अग्नी सीता श्रीएरलाइन्स फिस्टेल एयर डाइनेष्ट्री र सिमि्रक एयरसँगको सहकार्यमा सो प्रतिवेदन तयार पारेको बताए । १९५७ देखि २०१० सम्ममा ६५ ओटा हवाइ दुर्घटना भएको जानकारी गराउँदै उनले सन २०१० मा मुलुकभर कुल एक लाख १० हजार ३ सय २४ घन्टा उडान भएको समयमा जम्मा ३ ओटा हवाइ दुर्घटना भएको बताए । यसैगरि सन १९९४ देखि ९६सम्म र २००७ मा एउटापनि हवाइ दुर्घटना नभएको जानकारी गराउँदै पछिल्लो समय दुर्घटनाको संख्या बढेको बताए । सो कार्यक्रममा पर्यटन सचिव जोशीले सरकारलाई प्राप्त भएको यस प्रतिवेदनमा समावेश भएका कुराप्रति सरकारले विशेष चासो दिएर मुलुकको हवाइ सुरक्षा व्यवस्था थप मजवुद पार्ने दावी गरे ।


1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete