Tuesday, November 26, 2013

१० जना निर्माण व्यवसायी प्रत्यक्ष निर्वाचनमा विजयी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका करिब २ दर्जन निर्माण व्यवसायी मध्ये १० जनाले विजयी हासिल गरेका छन भने अन्य पराजित भएका छन । प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा), नेपाली काँग्रेस, एमाले र सद्भावना पार्टीका तर्फबाट १० जना व्यवसायीले विजयी हासिल गरेका हुन । संविधानसभा सदस्य पदकालागि मुलुकका विभिन्न स्थानबाट निर्वाचित भएका निर्माण व्यवसायीहरुमा राप्रपाका तर्फबाट चितवन Ôेत्र नं ५ बाट निर्माण व्यवसायी विक्रम पाण्डे विजयी भएका छन । कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं कालिका समुहका अध्यक्ष पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री पनि हुन । राप्रपाबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका निर्माण व्यवसायी पाण्डेले उनका निकटतम् प्रतिद्धन्दी वैदेशिक रोजगार व्यवसायी एवं नेकपा एमालेका दान वहादुर तामाङलाई २ हजार ३ सय ७५ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन । निर्माण व्यवसायी पाण्डेले कुल १० हजार ७ सय ७९ मत ल्याएर विजयी भएका छन । उनी पछि दोस्रो स्थान हासिल गर्ने एमालेका तामाङले ८ हजार ४ सय ४ मत प्राप्त गरेका थिए । पहिलोपटक संविधानसभा सदस्य पदमा निर्वाचित भएपछिको यस जितसँगै अहिले चितवनमा पाण्डेका समर्थक , आफन्तजन एवं शुभचिन्तक लगायत ठुलो संख्यामा भेला भई भब्यताकासाथ विजयी उत्सव मनाइरहेका छन् । निर्माण व्यवसायी पाण्डेले अखन्ड चितवन र विकास निर्माणलाई आङ्खनो मुख्य नारा बनाएर चुनावी मैदानमा उत्रिएका थिए । यसपालीको निर्वाचनमा सबैभन्दा बढी मुलुकको विकास निर्माणलाई विशेष एजेण्डा बनाएका कालिका समुहका अध्यक्ष व्यवसायी  पाण्डे चितवन स्थित कालिका एफ एम ९५ .२ मेगाहर्जका संस्थापक पनि हुन् । चितवन – ५ मा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक तामाङ एमालेबाट उठेका थिए । तामाङलाई निर्माण व्यवसायी पाण्डेले तिब्र प्रतिस्पर्धाका बाबजुतपनि २ हजार ३ सय ७५ मत बढी  ल्याएर हराएका हुन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङ दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । यसरी विजयी हासिल गर्ने अन्य व्यवसायीहरुमा नेपाली काँग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नं. ३ बाट हिमलुङ एण्ड थोक्कर निर्माण सेवाका प्रवन्ध निर्देशक बहादुरसिंह लामा, काभ्रे क्षेत्र नं. १ बाट कुशेश्वर निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक तिर्थ लामा, स्याङजा क्षेत्र नं. १ बाट राजु थापा, डोटी–१ बाट बीरबहादुर बलायर, रामेछाप–१ बाट आङतावा शेर्पा र मकवानपुर–१ बाट इन्द्र बानियाँ रहेका छन । यसैगरि नेकपा एमाले पार्टीका तर्फबाट प्रत्यक्षमा निर्वाचित हुने व्यवसायीहरुमा रसुवा जिल्लाबाट सूर्यचन्द्र कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक जर्नादन ढकाल र  डोल्पाबाट धनबहादुर बुढा रहेका छन । त्यसैगरि, सद्भावना पार्टीका तर्फबाट धनुषा क्षेत्र नं. ४ मा धुर्बतारा कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक संजय शाह निर्वाचित भएका छन ।  निर्माण व्यवसायीको  क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले चुनावी मैदानमा उत्रिएका शाहले उनका प्रतिस्पर्धी काँग्रेसका रामशरोज यादबलाई १ हजार ४० मत बढी ल्याएर हराएका हुन । शाहले १२ हजार ६ सय ६६ मत ल्याएर विजयी  भएका छन भने दोस्रो स्थान हासिल गर्ने यादवले जम्मा ११ हजार ६ सय २६ मत ल्याएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर निर्माण व्यवसायको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ नेपाली काँग्रेसका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने भने पराजित भएका छन । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न चुनावी मैदानमा उत्रिएर पराजित भएका लामिछानेले यस निर्वाचनलाई अहिलेसम्मकै ऐतिहासिक निर्वाचन भनेका छन । उनले सफलतापूर्वक सम्पन्न भएको यस निर्वाचनले अब मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउने कार्यमा छिटै निकास दिन्छ भन्ने अपेक्षा निर्माण व्यवसायी महासंघले लिएको समेत जानकारी गराए । लामिछानेसँगै पराजित हुने अन्य निर्माण व्यवसायीहरुमा काँग्रेसबाटै दोलखा क्षेत्र नं. १ मा उठेका जिपछिरिङ लामा, भक्तपुर–१ बाट कृष्ण भँडेल रहेका छन । यसैगरि प्रत्यक्ष निर्वाचनमा पराजित हुने अन्य व्यवसायीहरुमा  सिन्धुपाल्चोकबाट धर्मराज भण्डारी, धनकुटाबाट धर्मराज राई, सप्तरी–३ बाट जयप्रकाश ठाकुर लगायत छन । सो निर्वाचनमा काभ्रे–१ बाट विजयी भएका व्यवसायी तिर्थ लामाले राजधानीसँग भने, ‘ म स्वयंम व्यवसायी भएकाले अब निर्माण व्यवसाय प्रवद्र्धन अनुकुलको नयाँ संविधान निर्माणकालागि प्रयत्न गर्ने छु’ । 

No comments:

Post a Comment