Thursday, February 13, 2014

निगमले पुनः थाल्यो विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ माघ
तिब्र बिबादका बावजुत पनि नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा थालेको छ। निगमले सोमबार देखि नै पुनः विमानस्थलको ग्राउन्ड ह्याण्डलीङ सेवा थालेको हो ।  प्राधिकरण र निगमबीच ग्राउन्ड ह्यान्डलिङ सुविधाबारे भएको पा“च वर्Èे सम्झौताको अन्तिम म्याद सोमबार नै सकिएको थियो  ।
निगमका प्रवक्ता रामहरी शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मन्त्रालयका सचिव शुशिलकुमार घिमिरे, प्राधिकरण र निगमबीच भएको सहमती अनुसार सोमबारदेखि नै पुनः पहिलेकै जसरी विमानस्थलको ग्राउन्ड ह्याण्डलीङ सेवा थालेको बताए ।   उनले यसअघि प्राधिकरणलाई ग्राउन्ड ह्याण्डलीङ सेवा बापत वार्Èिक १० प्रतिशत शुल्क बुझाउँदै आएको निगमले अब सुरुका २ वर्षसम्म साढे १२ प्रतिशत र त्यसपछि बाँकी अर्को ३ वर्ष १५ प्रतिशत वार्षिक शुल्क तिर्ने सहमती भएको जानकारी दिए । उनले आगामी २ वर्षभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकोओ) को मान्यता अनुसार अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाइसक्ने गरि यस्तो सहमती भएको बताए । 
उनले सहमती अनुसार पुनः सेवा थालनी भएपनि दुबै पक्षबीच औपचारिक हस्ताÔर हुन भने बा“की रहेको बताए । उनले छिट्टै हस्ताक्षर हुने जानकारी दिए । मन्त्री स्तरीय निणर्य अनुसार लामो समयदेखिको छलफलपछि बल्ल  अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को  जिम्मा पुनः  राष्ट्रिय ध्वजावाहक निगमले नै पाएको हो ।  यसअघि प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ गर्न अर्को कम्पनी थप्ने तयारी गरेको थियो मन्त्री स्तरीय निणर्यपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीच यस्तो सहमति भएको हो ।
यो सहमति पछि अब आगामी ५ वर्षभित्र निगमले अन्य कुनै कम्पनीसँग प्रतिस्पर्धा गर्नुनपर्ने भएको छ। अहिले निगम ह्यान्डलिङ सेवा सञ्चालन गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने वार्Èिक शुल्क केही बढी तिर्न पनि सहमत भएको छ । यसअघि तिर्दै आएको १० प्रतिशत वार्Èिक शुल्क अबदेखि १२ दशमलव ५ प्रतिशतसम्म तिर्न निगम सहमत भएको हो । जहाज ग्राउन्ड ह्यान्डलिङबारे भएको छलफलमा जे–जे माइन्युटिङ भएका छन्, ती सबैमा अहिले दुवै पÔ सहमत भएको  प्राधिकरणले जनाएको छ ।
 प्राधिकरणका अधिकारीहरुले सम्झौतामा हस्ताÔर हुन बा“की रहे पनि ह्यान्डलिङको काम भने निगमले पहिलेकै जसरी यथावत रुपमा  गर्न पाउने सहमती अनुसार  सेवा दिईरहेको बताएका छन । प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन गत आइतबारबाट एक साताका लागि सिंगापुर गएका कारण सो सम्झौतामा हस्ताÔर हुन बा“की रहेको उनीहरुको भनाई छ ।
ति अधिकारीका अनुसार यसअघि सहमतिमा पुग्नुअघि दुवै संस्थाबीच भएको छलफलपछि तयार गरिएको माइन्युटमा छलफलै नभएका बु“दा थपिएको भन्दै निगम व्यवस्थापनले आपत्ति जनाएको थियो। त्यसमा ग्राउन्ड ह्यान्डलिङ गर्न निगम बाहेक अर्को कम्पनी पनि थप्ने उल्लेख गरिएको थियो। त्यसबाहेक प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क पनि थप्ने उल्लेख नभए पनि पछि थपिएको निगमको दाबी थियो।
त्रिभुवन विमानस्थलमा उडान–अवतरण गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरुलाई आवश्यक पर्ने भर्याङ्ग, ब्यागेज बोक्ने गाडी, यात्रुलाई जहाजसम्म पुर्याउने र ल्याउने ठूला बसलगायत सुविधा उपलब्ध गराउने कामलाई ग्राउन्ड ह्यान्डलिङ भनिन्छ । यस्तो काम अहिले निगमले निकै राम्रोसँग  गरिरहेको दावी गरेको छ ।  प्राधिकरणले २०६५ साल २७ माघमा निगमलाई पा“च वर्Èसम्म ग्राउन्ड ह्यान्डलिङ गर्न दिने सम्झौता गरेको थियो। यसअघि प्राधिकरणले निगमको सेवाको गुणस्तरमा अझै सुधार नआए एवं सेवा शुल्क सयम सापेÔ नभए प्रतिस्पर्धाका आधारमा अर्को सेवाप्रदायक कम्पनी ल्याउने तयारी गरेको थियो।
निगमले आगामी  वर्È ल्याउन लागेको  दुईओटा एयरबस ए ३२०–२०० सिरिजका जहाजबाट थप बृद्धि गर्ने आम्दानी खर्च गरेर भएपनि  सेवा एक वर्È हेर्न ग्राउन्ड ह्यान्डलिङ को जिम्मा पुनः  निगमलाई नै दिईएको हो । 
पर्यटन मन्त्रालय मध्यस्थकर्ता बनेर हालै प्राधिकरण र निगमबीच ग्राउन्ड ह्यान्डलिङ आगामी दुई वर्È निगमलाई दिने, त्यसवापत उठ्ने कूल आयको १० प्रतिशतलाई बढाएर प्राधिकरणलाई १५ प्रतिशत दिनुपर्नेे र बिहान ६ देखि राति साढे १२ बजेपछि अन्य अन्तर्राष्ट्रिय कर्मरसियल  ग्राउन्ड ह्यान्डलिङ कम्पनीलाई प्रतिस्पर्धाका आधारमा ल्याउन सकिने छलफल भएको थियो। निगम व्यवस्थापनले सो छलफलमा ग्राउन्ड ह्यान्डलिङमा नया“ कम्पनी ल्याउनेबारे कुनै कुरा नउठे पनि माइन्युटमा उल्लेख गरिएको भन्दै ती बु“दामा पूर्र्ण असहमति जनाएको थियो।  सो छलफलपछि तयार पारिएको माइन्युटमा निगमका महाप्रबन्धक मदन खरेल र पर्यटन मन्त्री रामकुमार श्रेष्ठले भने हस्ताÔर गरेका थिएनन्। त्यसबेला प्राधिकरणका महानिर्देशक सुमन लगायत मन्त्रालयका अन्य उच्च अधिकारीहµले भने हस्ताÔर गरेका थिए।  सो सहमतीपछि अहिले प्राधिकरण भने वार्षिक सेवा शुल्क १५ बाट घटाएर साढे १२ प्रतिशत र्झाा सहमत भएको थियो । निगमले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा हालसम्म झन्डै १ अर्ब रुपैया“ लगानी गरिसकेको छ। उसले ग्राउन्ड ह्यान्डलिङबाट वार्Èिक २ अर्ब रुपैया“ बराबरको आम्दानी गरिरहेको छ। जसको १० प्रतिशत एवं २० करोड रुपैया“ प्राधिकरणले लिने गर्छ। अब यस शुल्क वार्Èिक २५ करोड हुने बताईएको छ । निगम व्यवस्थापनले एक वर्Èभित्र उपयुक्त उपकरण तथा दÔ जनशक्ति व्यवस्था गरी स्तरीय सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणको सर्तमा भने सहमति जनाएको छ। त्यसैगरी निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा गुणस्तरीय बनाउन आवश्यक प्रक्रिया थालेको र आगामी दुई वर्Èभित्र अन्तर्राष्ट्रिय स्तरको सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ।  अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विभिन्न २७ ओटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित हवाई उडान सञ्चालन गरिरहेका छन्।

1 comment: