Tuesday, February 11, 2014

जिउँदै स्वर्ग देखियो

मधुजंग पाण्डे
काठमाडौ, २७ माघ
‘दुःख सहेर धैर्य गर्नेलाई भगवानले हेर्दारहेछन ।  घर, परिवार, नातागोता र सारा सन्तानले छोडेपनि अहिले हामीलाई जिउँदै स्वर्ग देखेझै भएको छ । आज हामीले आकासमा चिल जस्तै उडेर जिउँदै स्वर्ग देख्यौं’ । यो आवाज सिम्रिक एयरलाइन्सले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सोमबार बिहान गराएको ४५ मिनेटको ‘माउन्टेन फ्लाइट’ उडानबाट फर्किएकी पशुपति बृद्धाश्रममा आश्रृत ९१ वर्षिय उर्मिला बस्नेतको हो । रसुवा धैबुङ जिबजिबेकी बस्नेत विगत १२ वर्षदेखि पशुपति बृद्धाश्रममा बस्दै आएकी छिन ।  जिवनमै पहिलोपटक जहाज चढेकी बृद्ध बस्नेतले भनिन्, ‘घर, परिवार, नातागोता र सारा सन्तानले छोडेपनि अहिले हामीलाई जिउँदै स्वर्ग देखेझै भएको छ’ । त्यो स्वर्ग विश्वको सर्वेच्च शिखर सगरमाथा देखि गौरीशंकर,लाङटाङ र गणेश हिमालको  दृस्यावलोकन गर्दा देखिएको स्वर्ग हो । त्यो अचम्मको भू स्वर्ग रहेछ । आफुले जन्माएको सन्तानले पनि घरबाट निकालिदिएको थियो । ‘आज आफु जन्मिएको धर्ति माथीको आकाशबाट स्वर्ग खेख्ने अवसर पायौं । अहिले यो बृद्ध शरिर फुलको थुँगा जस्तै हलुका भएको छ । घर परिवारबाट बिछोडिएको लामो समयपछि पनि अहिले यो उडानले हामीलाई निकै आनन्दित बनायो’ उनले भनिन् ।
विगत १३ वर्षदेखि पशुपति बृद्धाश्रममा आश्रृत बानेश्वरकी ८३ वर्षिया लक्ष्मीदेवी थापाले पनि माउन्टेन उडानको जहाजबाट हिमश्रृंखलाको दृस्यावलोकन गर्दा आफुलाई जिउँदै स्वर्ग देखेको अनुभूति भएको बताइन् । पहिलोपटक जहाज चढेर ४५ मिनेटसम्म आकासबाट सगरमाथा लगायत अन्य हिमाल हेर्न पाउँदा आफ्नो बृद्ध शरिर पनि निकै स्फुर्ति भएर फुलको थुँगाजस्तै हलुको भएको बताइन् । ‘घरमा कोही छैन, म टुहुरीलाई बृद्धाश्रमबाट उठाएर यहाँसम्म ल्याएर संसर देखाइदिए । एकैछिन भएपनि स्वर्ग देखाईदिने सिम्रक एयरलाइन्सलाई सफलताको कामना छ ’ थापाले भनिन् ।
काठमाडौ गोकर्णकी ७८ वर्षिय मोहनमायाँ श्रेष्ठले परिवारले बेवास्था गरेपनि एकदिन भगवानले संसर देखाइदिँदो रहेछ भन्ने साँचै सावित भएको बताईन् । उनले पनि जिवनमै पहिलोपटक जहाज चढेर आकासमा चिल सस्तै उड्न पाउँदा निकै रमाइलो लागेको बताईन्।  अर्का ९६ वर्षिय बृद्ध दिलबहादुर रानाभाटले पनि केही समय आकासमा उड्दा आफुलाई स्वर्गिय आनन्द प्राप्ती भएको बताए । उनले यस उडानले घर परिवारको बिछोडले भतभती पोलेको मनमा निकै शितलता प्रदान गरिदिएको बताए  । सिम्रिक एयरलाइन्सले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सोमबार बिहान गराएको ४५ मिनेटको ‘माउन्टेन फ्लाइट’ उडानबाट फर्किएका बृद्ध रानाभाटले घर परिवारले नगरेको काम अर्कैले गरिदिएकोमा आफु निकै भाग्यमानी भएको बताए । सिम्रिक एयरलाइन्सका कर्पोरेट विभागका प्रमुख घनश्यामराज आचार्यले  आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा  पशुपतिबृद्धाश्रमका १२ जना बृद्धबृद्धाहरुलाई माउन्टेन उडानबाट तिर्थ गराएको बताए । यो कम्पनीको पहिलो काम भएको बताउँदै आचार्यले भने , ‘ विभिन्न कारणले घर परिवारबाट बिछोडिएका बृद्धबृद्धाहरुलाई हवाई यात्रा गराइदिनु हाम्रो सामाजिक दायित्व हो’ । यसले कम्पनीलाई थप अघि बढ्न प्रेरित गर्ने उनले बताए ।
एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक प्रज्वल थापाले माउन्टेन उडानबाट फर्किएका बृद्धाश्रममा आश्रित बुढाबुढीहरुलाई जनही ३ हजार रुपैयाँ दिई पछ्यौरा र माला लगाएर पठाउँदा यस एयरलाइन्सको थप सेवा विस्तार कार्यमा धेरै आर्शिवाद् मिल्ने अपेक्षा गरिएको बताए ।  सिम्रिक एयरलाइन्सले सो माउन्टेन उडानमा पशुपति बृद्धाश्रममा आश्रृत ७० वर्ष भन्दा माथीका १२ जना बृद्धबृद्धाहरुलाई यात्रा गराएको थियो । सिम्रिक एयरलाइन्सका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहको नेतृत्वमा सम्पन्न माउन्टेन उडानमा सो वायुसेवाका प्रमुख पाइलट गोपाल सिंह विष्ट तथा वरिष्ट पाइलट रिवाज प्रसाद प्रधान, परिचारिकाहरु सोनी श्रेष्ठ तथा श्रेया बस्नेतबाट जेष्ठ नागरीलाई उडान क्रममा दृष्यावलोकनको सविस्तार वर्णन गरिएको थियो ।

3 comments:

  1. Nice Job, Keep it up.
    यसले चर्चा नपाए अरु कसले पाउने ?

    ReplyDelete
  2. कति राम्रो लेख्नुभएको यस्तो लेख्ने लेखकलाई त सिम्रिक एअरले एक बर्ष होइन आजीवन निशुल्क उडानको व्यवस्था मिलाइदिन सक्नुपर्छ । जसले लेखकलाई मात्र होइन सिम्रिक यअरलाइन्सलाई नै यस्ता सामाजिक काम गर्न थप उत्प्रेरणा र थप सेवा विस्तारको आश्रिवाद मिल्नेछ ।

    ReplyDelete