Tuesday, February 18, 2014

भाषा परीक्षा उत्तीर्ण २ हजार कोरिया जाने सूचीबाट हटे

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ फागुन
करिब साढे दुई वर्Èदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दÔिण कोरिया जाने पर्खाइमा रहेकामध्ये १ हजार ९ सय १७ जना कोरिया जाने योग्य सूची
(रोस्टर) बाट हटेका छन् । उनीहरू अब कोरिया जान पाउ“दैनन् । कोरिया जान योग्य सूची (रोस्टर) मा परेको दुई वर्È पुग्दासमेत रोजगारदाताले माग नगरेको भन्दै कोरियाको मानव संशाधन विकास
(एचआरडी) ले तीन पटकमा १ हजार ९ सय १७ युवाको नाम हटाएको छ । एचआरडीले गत १६ पुसमा १ हजार ५९, माघ १७ मा ४ सय २७ र माघ २० मा ४ सय ३९ को नाम सूचीबाट हटाइसकेको ईपीएस कोरिया शाखाले जनाएको छ ।  हटेका कामदार दुई वर्Èदेखि कोरियाली रोजगारीको पर्खाइमा थिए । रोस्टरबाट हटेका युवा पुनः भाÈापरीÔा उत्तीर्ण गरी रोस्टरमा नै रहनुपर्ने हुन्छ । सन् २०११ को भाÈा परीÔामा कृÈि र उत्पादनमूलक Ôेत्रमा गरी करिब १६ हजार युवा उत्तीर्ण भएका थिए । त्यसमध्ये अब रोस्टरमा १७ सयमात्र छन् । यी पनि आगामी मार्चभित्र कोरिया गइसक्नुपर्नेछ । यो अवधिमा कोरियाले छनोट नगरे उनीहरू स्वतः रोस्टरबाट हट्ने प्रावधान छ । सन् २०११ मा उत्तीर्ण भएकामध्ये करिब ११ हजार युवा कोरिया पुगिसकेका छन् ।
ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बा“स्तोलाले रोस्टरमा राखेको दुई वर्Èसम्म पनि  रोजगारदाताले कामदारलाई श्रम सम्झौता वा छनोट नगरे रोस्टरबाट हट्नुपर्ने व्यवस्थाका कारण सूचीबाट हटेको जानकारी दिए । आगामी मार्चसम्म सन् २०११ को भाÈा परीÔामा उत्तीर्ण गरेका सबै कामदारको रोस्टर अवधि दुई वर्È पुग्छ । यो बेलासम्म कोरिया जान नसकेका कामदार रोस्टरबाट हट्ने उनले बताए ।   सन् २०११ मा पहिलो लटमा रोस्टरमा राखेका कामदारको अवधि दुई वर्È पुगेकाले सूचीबाट हटाइएको सो शाखाले जनाएको छ । रोस्टरमा रहेका कामदारले दुई वर्Èदेखि कोरियाको रोजगारको पर्खाइमा थिए । उनीहरूले कोरिया जान पाउनुपर्ने भन्दै श्रम तथा रोजगार मन्त्रालय र ईपीएस कोरिया शाखामा समेत दबाब दि“दै आएका थिए । दÔिण कोरियामा ८० हजार रुपैया“ लागतमा मासिक ८० हजार कमाउन सकिने भएकाले न्यून कोटामा पनि बढी आवेदन आउने गर्छ । यो वर्È ८ हजार कोटा छुट्ट्याइएकामा ४८ हजार आवेदन परेको थियो । हाल ईपीएसमार्फत करिब २० हजार युवा कोरिया पुगिसकेका छन् ।

विमानस्थलका कर्मचारीको ढिलासुस्तीले कामदारको उडान छुट्ने क्रम बढ्यो 
राजधानी समाचारदाता
काठमाडौं, ३ फागुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको ढिलासुस्तीका कारण वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारको हवाई उडान छुट्ने क्रम बढेको छ । विमानस्थलस्थित श्रम डेक्समा कार्यरत कर्मचारीले समयमै चेक जाँच नगरिदिएपछि सबै कागजात ठीक हुँदाहुँदै पनि कामदारको उडान छुट्ने गरेको अख्यिार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार श्रम डेक्सका कर्मचारीको ढिलासुस्तीका कारण केही दिनअघि मात्र दुवई र मलेसिया जान लागेका १६ जना कामदार विमानस्थलबाटै फर्किएका थिए ।
अख्तियारले  गत मंगलबार गरेको आकस्मिक अनुगमनका क्रममा फेला पारेपछि वास्तविक तथ्य सार्वजनिक गरेको हो । आयोगका अनुसार गत मंगलबार बिहान १२ ः २० बजेको मलेसियन एयरबाट उड्न नपाउने सातजना यात्रुहरूमा विनोद बानिया, गंगाराम कोहार, सोमबहादुर थामी, मनोजकुमार चौधरी, होमबहादुर थापा, दीपबहादुर खत्री र दलबहादुर परियार रहेका थिए । 
यसैगरी, सोही दिन दिउँसो १ ः २५ बजेको एयर अरेबियाबाट उडान नपाएका नौजना कामदारमा दीपेन्द्रकुमार मिश्र, सुदीप श्रेष्ठ, विकेश फाजु, राजेश्वर कापर, झक्कुप्रसाद ओली, दीपेश टमटा, हरिप्रसाद बस्याल, मोहम्मद अब्दुल हसन र विमल प्रधान रहेका थिए ।
 अख्तियारले जारी गरेको विज्ञप्तिमा अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि दुवई र मलेसिया जाने कामदार विमानस्थलभित्र प्रवेश भइसकेपछि पनि श्रम डेस्कलगायत विविध जानकारीको अभावका कारणले समयमा चेक–इन हुन नसकी सम्बन्धित जहाजको उडान छुटेर फिर्ता हुनुपरेको उल्लेख छ । सो सम्बन्धमा सरोकारवाला एयरलाइन्स, विमानस्थलस्थित अध्यागमन कार्यालय, विमानस्थल प्रशासन,  नेपाल नागरिक उड्डयन प्राधिकरण र उडान छुटेका कामदारस“ग आवश्यक सोधपुछ गरी तत्काल सरोकारवाला पÔस“ग छलफल गर्दा अब यस्तो घटना हुन नदिने सम्बन्धित सरोकारवाला निकायले प्रतिबद्धता जनाएको पनि आयोगले जनाएको छ । 
यात्रुसेवालगायतका विÈयमा सम्बन्धित वायुसेवाले विशेÈ ध्यान दिने, विमानस्थल, नागरिक उड्डयन कार्यालयबाट आवश्यक सहजीकरणलगायतका कार्यमा विशेÈ जोड दिने, श्रम डेस्कबाट प्राथमिकताका साथ आवश्यकतानुसार कर्मचारी थपेर चुस्तदुरुस्त ढंगबाट श्रम स्टिकर परीÔणको कार्य गर्ने गराउनेलगायतका विÈयमा सम्बन्धित पÔबाट प्रतिबद्धता प्राप्त भएकाले अब आइन्दा यात्रुहरू फिर्ता हुन नदिनेतर्फ सचेत रहँदै आवश्यकतानुसारको सूचना प्रवाह गरी सेवा प्रवाहमा सुधार ल्याउनसमेत आयोगको टोलीसमÔ प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ । 
अख्तियारले फिर्ता भएका १६ जना कामदारलाई बजेट एयरलायन्सको नन–रिफन्डेबल टिकट भए पनि आयोगको टोलीसँग गरेको प्रतिबद्धता एवं सहमतिअनुसार सम्बन्धित विमानले सोही टिकटबाट गन्तव्यसम्म उडाउने व्यवस्था मिलाइएको समेत आयोगले जानकारी गराएको छ । अख्तियारले जानकारी दिएका घटना त प्रतिनिधि घटना मात्र हो । यसबाहेक विमानस्थलका कर्मचारीको ढिलासुस्तीका कारण अहिले दैनिक एक दर्जनभन्दा बढी कामदारहरू सबै कागजात हुँदाहुँदै पनि त्यसै अल्मलिएर फर्किरहेका छन् । सम्बन्धित व्यवसायी एवं सरोकारवालाले वैदेशिक रोजगार विभागमा भर्खरै नियुक्त भएका नयाँ महानिर्देशक कृष्णहरि पुष्कर कर्णले अब छिट्टै विमानस्थलस्थित श्रम डेक्स पनि सुधार्ने अपेक्षा गरिएको बताएका छन् । उनीहरूले अहिले श्रम डेक्समा कार्यरत नयाँ कर्मचारीलाई कामदारको राहदानीमा टाँसिएको श्रम स्टिकर हेर्ने सफ्टवेयर राम्रोसँग चलाउने ज्ञान नभएर अल्मलिएका कारण कामदारको जहाजको टिकट नै छुट्ने समस्या बढेको बताएका छन् ।

विभागले श्रम स्वीकृतिको काम २ सिफ्टा थाल्यो 
काठमाडौं÷रास– वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको काम दुई सिफ्टमा गर्न थालेको छ । विभागले गत बुधबार नै निर्णय गरी बिहीबारदेखि बिहान ७ बजेदेखि राति ८ बजेसम्म व्यक्तिगत श्रम स्वीकृति दिने र नवीकरण तथा कानुन बनाउने काम थालेको हो ।
व्यक्तिगत श्रम स्वीकृतिको कामका लागि पहिलो सिफ्ट बिहान ७ देखि ३ बजेसम्म र दोस्रो दिउ“सो १२ बजेदेखि सा“झ ८ बजेसम्म चल्ने विभागले जनाएको छ । खटिने कर्मचारीलाई यातायात र खाना एवं खाजाको समेत प्रबन्ध मिलाइएको विभागले जनाएको छ । यसअघि, महानिर्देशकले गर्ने अन्तिम र पूर्वश्रम स्वीकृतिको अख्तियारी विभागले शाखा अधिकृतलाई सुम्पेको छ । मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र यूएईलगायत अन्य मुलुकको काम पनि गर्ने गरी हालै खुलेका शाखामा सम्बन्धित शाखा अधिकृतले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिने नियम बनाइएको बताइएको छ ।  विभागका नवनियुक्त महानिर्देशक कृष्णहरि पुष्कर कर्णले कार्यभार सम्हालेकै दिन गत बुधबार सुधारको थालनी गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले पुष्करकै संयोजकत्वमा गठन गरेको कार्यदलले विभागको कार्यलाई थप व्यवस्थित बनाउन तत्कालीन तथा दीर्घकालीन  सुधारबारे सुझाव पेस गरेको थियो । त्यही कार्यदलको सुझावअनुसार नया“ व्यवस्था गरिएको हो । यसअघि, पुष्कर श्रम विभागमा महानिर्देशक थिए । महानिर्देशक पुष्करले बुधबारदेखि नै विभागका काम द्रूत गतिमा अघि बढाउन ‘डे पोगो’ अपरेसन लागू गरी केही सुधारको थालनी गरेको पनि विभागले जनाएको छ ।  विभागलाई थप चुस्त र व्यवस्थित बनाउन गत बुधबारदेखि नै सुधार थालिएको महानिर्देशक पुष्करले जानकारी दिए । यसैगरी, महानिर्देशकको संयोजकत्वमा एक कार्यदल गठन गरी वैदेशिक रोजगारसम्बन्धी गुनासो २४ सै घन्टा सुन्ने र प्रहरीस“ग समन्वय गरेर काम गर्ने पनि विभागले जनाएको छ । 
पूर्व स्वीकृतिका फाइल हुलाकमार्फत लिने काठमाडौं÷रास– वैदेशिक रोजगार विभागमा गत बुधबार देखि कार्यभार सम्हालेका नया“ महानिर्देशक कृष्णहरि पुष्कर कर्णको संयोजकत्वमा बसेको वैठकले सो निर्णय गरेको हो । सो निर्णय आगामी १० फागुन देखि लागु हुने भएको छ । विभागको निर्णय अनुसार पुर्व स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजात हुलाक मार्फत विभागको पोष्ट बक्स २३२९९ मा पठाउनु पर्ने र फाइल स्वीकृति भएपछि हुलाक मार्फत नै म्यापावरका ठेगानामा पठाइने भएको छ । अब पुर्ब स्वीकृतिकालागि समावेश गरिएका फइलमा राखिएका अपुग कागजबारे विभागको वेबसाईटबाट जानकारी गराइने र अपुग कागजात पनि हुलाक मार्फत नै पठाउनु पर्ने बताईएको छ । सो निर्णय अनुसार हुलाक खर्च भने सम्बन्धीत म्यानपावर कम्पनीले पठाउनु पर्ने पनि विभागले जनाएको छ ।

एमआरपी छाप्ने कम्पनी ओवर्थरका प्राविधिक टोली नेपाल आउ“दैकाठमाडौ÷रास–हस्तलिखित राहदानी पूर्ण प्रतिस्थापन गर्न राहदानी विभागले प्रविधि सुदृढीकरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) ले दिएको समयभित्र प्रतिस्थापनाका लागि प्रविधि सुधार गर्न नेपालको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्ने कम्पनी ओवर्थर टेक्नोलोजिजका प्राविधिक एक साता पछि नेपाल आउ“दै छन् ।आइकाओले १५ नोभेम्बर २०१५ पछि हस्तलिखित राहदानीलाई मान्यता नदिने भएकाले त्यसअघि नै नेपालले सबै राहदानीलाई एमआरपीमा परिर्णत गर्नुपर्ने छ । हाल राहदानी विभागले दैनिक चार हजार राहदानी उत्पादन गर्दै आएको छ । त्यसालाई वृद्धि गरी न्यूनतम ६ हजार पु¥यातउने गरी प्रविधि सुदृढीकरर्ण गर्न विभागले ओवर्थर कम्पनीस“ग प्रस्ताव गरेको छ ।राहदानी विभागले महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्तहरूले दु्रत सेवाबाट एमआरपी को आवेदन र्फम भर्न सक्ने व्यवस्था मिलाएको छ । एमआरपी वितरण गर्ने कार्यलाई थप सहज बनाउन विभागले ६ ओटा केन्द्र सञ्चालन पनि अझै भीड नघटेपछि विभागले द्रुत सेवाबाट राहदानी लिन चाहने हरूलाई छुट्टै काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।
कतारले ल्यायो कामदारमैत्री व्यवस्था
काठमाडौ÷रास– सरकारले आप्रवासी कामदारहरका पÔमा नया“ व्यवस्था ल्याउन लागेको छ । आप्रवासी कामदारहरू कतारमा असुरÔित हुन थालको चर्चा चलिरहेका बेला कतार सरकारले कामदारहरूको पÔमा नया“ व्यवस्था ल्याउन लागेको हो ।कामदारहµको हक, अधिकार, सुरÔा र सुविधामा सुधार तथा अभिबृद्धी हुने केही उल्लेखनिय सुधारहरू यो व्यवस्था लागु भएस“गै हुनेछ । नया“ व्यवस्था अनुसार नयां कामदारहµको भिसा र हवाई टिकट रोजगारदाताले निशुल्क उपलब्ध गराउनु पर्ने छ । यसका साथै सबै कामदारहरूले आफ्नो राहदानी आंफैसँग राख्न पाउनेछन् । विद्यमान कतारको व्यवस्थामा कामदारले भिसा र हवाइ टिकटको खर्च आफैले व्यहोर्नु पर्छ भने आफ्नो पासपोर्टसमेत कंम्पनीलाई बुझाउनु पर्छ ।प्रत्येक कम्पनी र क्याम्पहµमा सबै मुलुकहµका कामदारहµको प्रतिनिधी रहनेगरी
श्रमिक कल्याण मञ्च बनाउन समेत कतार सकार राजी भएको छ । कतार सरकारले आप्रवासीको समस्या सुनुवाई गर्न यस्तो निकायको व्यवस्था गर्न लागेको यो पहिलो पटक हो ।कतारी सरकारले कामदारहरूको कार्यशैलीमा समेत अंकुस लगाएको छ । नया“ व्यवस्थाअनुसार प्रत्येक कामदारले कम्तिमा ६ बर्गमिटरको स्पेश पाउनेगरी एउटा कोठामा ४ जना भन्दा बढी राख्न पाउने छैनन् । बंकबेड (तलमाथि सुत्ने बेड) र बेड शेयरिङमा समेत प्रतिवन्ध प्रतिबन्ध लगाइने छ ।
कतारले ल्याउन लागेको नया“ व्यवस्था अनुसार कुनै पनि कामदारहµलाई उनीहरूको राष्ट्रियता, जाति, धर्म, उमेर, लिंग, बैबाहिक अवस्थाका आधारमा बिभेद गर्न पाइने छैन । कतारकी पूर्ब नेपाली राजदूतले नै नेपालीले अµबी मुलुकका कामदार सरहको तलब सुविधा पाउनै सक्दैनन भनी बिबिसीमा अन्तर्वाता दिदै नेपालीलाई केही महिनाअघि होच्याएपछि यसले निकै ठुलो चर्चा पाएको थियो । कतार सरकारले ल्याउन लागेको नया“ व्यवस्थामा कामदारहरूले म्यानपावर एजेन्टहरूलाई तिरेको पैसाको प्रमाण (रसिद र भर्पाई) देखाएमा रोजगारदाता कम्पनीले सो रकम शोधभर्ना दिनु पर्ने व्यवस्थासमेत गरेको छ । यसका अतिरिक्त नया“ निर्देशिकामा स्वच्छ, सुरÔित, ब्यबस्थित र मर्यादित बैदेशिक रोजगारमा कामदारहµले पाउनु पर्ने हक, अधिकार र सुविधा पाउनुपर्ने विÈयहरू समावेश भएका छन । 

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete