Wednesday, February 19, 2014

खुम्चियो निगमको उडान, कर्णालीको हवाई सम्पर्क बिच्छेद, निगम एक जहाजमा सिमित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ६ फागुन
कुनै समय आन्तरिक तर्फ १० ओटा ट्वीनअटर जहाज उडाएको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम अहिले एउटा जहाजमा मात्र सिमित भएको छ । आन्तरिक उडान सञ्चालनका क्रममा विभिन्न समयमा एकपछि अर्को गर्दै लगातार दुर्घटनाको श्रृंखला बढेपछि अहिले निगम जहाजबिहीन जस्तै बन्न पुगेको हो ।
पछिल्लो समय निगमले दुइओटा ट्वीनअटर जहाजबाट मुलुकभरका विभिन्न २२ गन्तब्यमा आन्तरिक उडान भर्दै आएको थियो । गत आइतबार एउटा जहाज दुर्घटनामा परेपछि निगम अहिले एउटामा मात्र खुिम्चन पुगेको हो । काठमाडौबाट पोखरा हुँदै जुम्लातर्फ उडेको ९एन एबीबी कलसाइनको ट्वीनअटर विमान आइतबार अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र १५ यात्रु सहित विमानमा सवार १८ जनाकै ज्यान गएको थियो । जसका कारण निगमले मंगलबारदेखि नै आफ्नो २२ गन्तब्यको उडान सेवा आधा भन्दाबढी घटाएर जम्मा १० ओटा गन्तब्यमा मात्र सिमित राखेको छ। निगमले मंगलबारदेखि लागु हुनेगरि सार्वजनिक गरेको नयाँ उडान तालिका अनुसार अब उडान गन्तब्य ताप्लेजुङ, काँगेलडाँडा, रुम्जाटार, भोजपुर, बिराटनगर, तुम्लिङटार, लामिडाँडा, थामखर्क, खानीडाँडा र काठमाडौमा मात्र सिमित भएको छ । आइतबारको ट्वीनअटर दुर्घटनापछि अब काठमाडौबाट सिधै जुम्लाको हवाई सम्पर्क बिच्छेद मात्र भएको छैन । सो जहाज दुर्घटनाले पोखरा र नेपालगञ्जको उडान पुर्ण रुपमा नै बन्द गराईदिएको छ । यस दुर्घटनाले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका सबै क्षत्रको उडान सेवा बन्द गर्नुपरेको निगमले जनाएको छ ।
सबैभन्दा बढी ट्वीनअटर जहाज उडाउँदै आएको निगमबाट अब ट्वीनअटर जहाजको इतिहास नै समाप्त हुने अवस्थामा पुगेको छ । अब निगमसँग आन्तरिक उडानमा सञ्चालित ९एन एबियु कलसाइनको एउटा जहाज मात्र बाँकी छ । सो जहाज सन् १९८४ मा ल्याईएको हो । १९७१ मा ल्याईएको जहाज गत आइतबार दुर्घटनामा परेको हो । अर्को एउटा ९एन एबिएम कलसाइनको जहाज निगमले डेढ वर्ष अघिदेखि तारा एयरलाई १० वर्Èका लागि भाडामा दिएको छ । उडान सञ्चालनमा आवस्यक सबै मर्मत खर्च कटाएर मासिक १२ हजार अमेरिकी डलर निगमलाई बुझाउने सर्तमा ताराले सो जहाज भाडामा लिएको हो । सुरुमा निगमसँग भएका १० ओटा ट्वीनअटर जहाजमध्ये ६ ओटा जहाज विभिन्न समय दुर्घटना भई नष्ट भइसकेका छन् भने दुईओटा लामो समयदेखि ग्राउन्डेड अवस्थामा विमानस्थलमा थन्किएका छन् । ग्राउन्डेड अवस्थामा रहेका ९एन एबिटी र ९एन एबिएक्स कलसाइनको ट्वीनअटर जहाजको इन्जिन साट्नुपर्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएको निगमले जनाएको छ । 
निगमका प्रवक्ता रामहरि शर्माले अहिले ग्राउण्डेट अवस्थामा रहेका जहाजका बिग्रिएको इन्जिन फेर्न सार्वजनिक खरिद ऐन अनुसार खुल्ला बोलपत्र आह्वान गरेकाले  आगामी २ महिनाभित्र मर्मत गरेर उडान थाल्ने बताए । आइतबारको ट्वीनअटर दुर्घटनापछि अब केही समय काठमाडौबाट सिधै जुम्लाको हवाई उडान बन्द हुने जानकारी दिँदै उनले अहिले निगमले सार्वजनिक गरेको नयाँ उडान तालिका आगामी एक साताकालागि पुर्नरबिचार हुने बताए । उनले जुम्लावासीले अहिलेसम्म काठमाडौबाट निगमले मात्र सिधा उडान भर्दै आएको निगमलाई दुर्घटनापछि उडान तालिका नघटाउन आग्रह गरिरहेपनि बाध्यबस केही समयलाई बन्द गर्नुपरेको बताए ।  काठमाडौबाट जुम्लाकालागि प्रति यात्रु स्वदेशीसँग ९ हजार लिएर सेवा दिएपनि घाटा नभएको बताउँदै शर्माले भने, ‘ तिब्र चाहना हुँदाहुँदैपनि जहाज नभएकै कारण निगमले केही समयकालागि जुम्लाको उडान बन्द गर्नुपरेको हो’ । ग्राउण्डेट जहाज मर्मत गरेपछि स्वतः सञ्चालनमा आउने उनले बताए ।
हाल निगमसँग भएको एउटा मात्र ट्वीनअटर जहाज पनि धेरै पटक बिग्रिएर ग्राउन्डेड
भईरहेको पुरानो जहाज हो ।  निगमले पछिल्लो समय चिनबाट ल्याउन लागेका जहाजभन्दा ट्वीनअटर निकै महँगो जहाज भएको बताइएको छ । चिनियाँ नयाँ जहाज आगामी असोजसम्ममा ६ ओटै ल्याईसक्ने निगमले जनाएको छ । नयाँ ल्याउँदै गरेका चिनियाँ जहाजले राम्रो काम गर्न सक्यो भने निगमले आगामी
वर्Èहरुमा चिनियाँ सस्ता जहाज नै  खरिद गर्ने छ । अहिलेसम्म नेपालमा निगम र यती एयरलाइन्सले मात्र ट्वीनअटर जहाजबाट आन्तरिक  उडान सञ्चालन गर्दै आएको छ । यति एयरलाइन्सँग अहिले ५ ओटा ट्वीनअटर विमान रहेको छ । अन्य वायुसेवा कम्पनीहरुले डोर्नियर र बिचक्राफ्ट जहाजबाट उडान भर्दै आएका छन् । सुरÔित जहाजको पहिचान क्यानडामा निर्मित ट्वीनअटर जहाज उच्च पहाडी एवं
हिमाली क्षेत्रको उडाउन निकै सुरÔित र भरपर्दो मानिँदैआएको प्रवक्ता शर्माको दावी छ ।  उनले अहिलेसम्म उच्च पहाडी एवं हिमाली क्षेत्रको उडाउनमा निकै सुरÔित र भरपर्दो मानिँदैआएको ट्वीनअटर दुर्घटनाहुनु निकै दुःखदायी भएको बताए ।  शर्माका अनुसार निगमसँग भएका १० मध्ये ६ ओटा ट्वीनअटर जहाज पहिलोपटक सन् १९७३ मा लुक्लामा पहिलोपटक दुर्घटना भएको थियो । दोस्रो पटक सन् १९८४ मा तुम्लिङटार विमानस्थलबाट उडेको जहाज चकलेटी डाँडामा दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि, १९९१ मा लुक्लामै र सन् १९९५ मा राजधानीको गुहेश्वरी मन्दिर नजिकै दुर्घटना भयो भएको थियो । सन् २०१३ मा जोमसोम स्थित कालीगण्डकी किनारमा र २०१४ फेबुअरी १६ मा अर्घाखाँचीमा ट्वीनअटर जहाज दुर्घटना भई नष्ट्र भएको हो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete