Saturday, February 8, 2014

एयरबसलाई ४ अर्ब भुक्तानी

काठमाडौं–राष्ट«िय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई ठूला जहाज खरिद गर्न युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई करिब ४ अर्ब रुपैया“ पठाएको छ।
एयरबसस“ग जहाज खरिद सम्झौता भएयता निगमले उक्त परिण्ाँमबराबरको रकम पठाएको हो। निगमले हालसम्म ६ किस्ता रकम पठाइसकेको छ। प्रत्येक किस्ताबराबर ६६ लाख अमेरिकी डलरहाराहारी हुने गर्छ। ६ किस्तावापत ३ करोड ९६ लाख डलर (३ अर्ब ९६ करोड रुपैया“) पठाइसकेको छ।
”अब सातौं किस्ता रकमवापतको ६६ लाख अमेरिकी डलर (६६ करोड रुपैया“) सोमबार पठाउ“दै छौं,” निगमका सम्बद्ध एक अधिकारीले  भने, ”सोमबार बेलुकासम्म रकम एयरबसमा पुग्छ।”
उनका अनुसार निगमले कर्मचारी सञ्चय कोÈस“ग सातौं किस्ता रकम आइतबार लिएर राष्ट«िय वाण्ँिज्य बैंकस्थित आङ्खनो डलर खातामा राखेको हो। सोमबार एयरबसलाई रकम पठाइने छ। अब पठाउने सातौं किस्ता भए पनि दुई जहाजका लागि १० किस्ता (प्रतिजहाज पा“च किस्ता) का दरले रकम पठाउने सम्झौता एयरबसस“ग भएको छ।
”सोमबार पठाइने सातौं किस्ता पहिलो जहाजको चौथो किस्ता रकम हो,” ती अधिकारीले भने, ”दोस्रो जहाजको चौथो किस्ता भने आगामी चैत तेस्रो सातादेखि वैशाख तेस्रो साताभित्र पठाउ“छौं। अब दुइटै जहाजलाई पठाइने अन्तिम किस्ता भने आपूति मिति र्हेरेर पठाइने छ।”
निगमले १० किस्ता रकम पठाइसक्दा ६ करोड ६० लाख डलर (६ अर्ब ६० करोड रुपैया“) पठाउने छ। सोमबार पठाइने रकमसमेत जोडेपछि निगमबाट एयरबसलाई ४ करोड ६२ लाख डलर (४ अर्ब ६२ लाख रुपैया“) पुग्नेछ। निगमले गत असार ३१ मा दुई जहाजको पहिलो किस्तावापत १ करोड ४७ लाख डलर पठाएको थियो।
निगम र एयरबसबीच असार १३ मा भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एउटा जहाजको ”क्याटालग प्राइस” ७ करोड ५० लाख डलर (त्यसबेलाको ७ अर्ब १२ करोड ५० लाख रुपैया“) रहेको छ।
दुवै कम्पनीबीच २०६९ चैत २३ मा ए३२०–२०० सिरिजका दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताÔर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले २०७० वैशाख ९ मा ती जहाज खरिद गर्न प्रतिबद्धता रकम (बैना) स्वµप एयरबसलाई ५ लाख डलर पठाएको थियो। त्यसपछि जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोÈबीच १० अर्ब रुपैया“बराबरको ऋण्ँ आदान–प्रदान सम्झौता भएको थियो।
सम्झौताअनुसार अन्तर्राष्ट«िय उडान गर्न एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूति र्गर्ने मिति दिएको छ। त्यसपछि अप्िरल (चैत तेस्रो सातादेखि वैशाख तेस्रो साताभित्र) दोस्रो जहाज दिनेछ।
निगम र एयरबसबीच पा“च वर्È (सन् २००८) अघिको क्याटालग प्राइसमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो। सम्बद्ध स्रोतका अनुसार पा“च वर्Èअघिको मूल्यमा २० प्रतिशतसम्म स्कालेसन जोडेपछि जहाजको यकिन भाउ निक्लन्छ। त्यसबेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैया“) मा एउटा ए३२०–२०० सिरिजको जहाज दिने गरी निगमको टेन्डर जितेको थियो।
उक्त भाउमा हाल २० प्रतिशत स्कालेसन जोड्दा ८२ लाख ५७ हजार ८ सय डलर थपिएको थियो। यसमा पुरानो भाउ जोड्दा निगमले एउटा जहाज ४ करोड ९५ लाख ४६ हजार ८ सय डलर (४ अर्ब ७० करोड ६९ लाख ४६ हजार रुपैया“) मा पाउन सक्छ। सञ्चय कोÈले दिने १० अर्ब ऋण्ँबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ। यसमा सिट बढाएर १ सय ६४ बनाउने उसको योजना छ।
सञ्चय कोÈस“ग भएको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋण्ँको सावा“ भुक्तानी अवधि १५ वर्Èसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्छ।
१० अर्ब रुपैया“को १२ प्रतिशतका दरले वर्Èको १ अर्ब २० करोड रुपैया“ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैया“ ब्याज तिर्नुपर्छ। दुई नया“ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैया“सम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।
हाल निगमका दुईवटा बोइङ ७५७ जहाज यहा“बाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छन्। युएईको दुबई उडान स्थगन गरेको छ भने भारत नया“दिल्ली उडान पूणर््ँµपमा बन्द छ। नया“ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ। 

No comments:

Post a Comment