Saturday, February 8, 2014

ईयूको विशेÈज्ञ टोलीले थाल्यो नेपालको हवाई सुरÔा अध्ययन

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, २० माघ 
नेपालको हवाई सुरक्षासम्बन्धी विस्तृत स्थलगत अध्ययन गर्न आएको यूरोपेली युनियन (ईयू)को हवाई सुरÔा टोलीले सोमबारदेखि नेपालको हवाई सुरÔा अध्ययन सुरु गरेको छ । हवाई सुरÔा अडिट गर्न ईयूको ६ जना विशेÈज्ञहरुको टोली शनिबार नेपाल आएका थिए । इयुको टोलीले सोमबार विहान १०.४५ बजेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुस“ग छलफल सुरु गरेको थियो । ‘ईयू टोलीले सोमबार नै अडिटका विÈयमा सम्बन्धीत पÔहरुस“ग छलफल गरेको थियो । प्राधिकरण हवाई सुरÔा विभाग प्रमुख भेÈराज सुवेदीले मंगलबार ( आज ) देखि टोलीले हवाई सुरक्षासम्बन्धी  अडिट सुरु गर्ने कार्यक्रम रहेको जानकारी दिए ।  टोलीले पा“च दिनसम्म नेपालमा रहेर नागरिक उड्डयन सुरक्षा सम्बन्धी अडिट गर्ने बताइएको छ । अध्ययनकालागि हुने अनुगमन एवं स्थलगत अवलोकन अवधिमा टोलीले नागरिक उड्डयन प्राधिकरण, ६ ओटा विमान सञ्चालक कम्पनी लगायत सरोकारवाला निकायहरुको अडिट गर्ने छ । सो अडिटको रिपोर्ट भने तत्काल नआउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अध्ययन टोलीले बुझाएको प्रतिवेदनको रिपोर्ट आगामी मार्च पछि मात्र आउने छ ।   विगत केही महिना देखि हालसम्म नेपाली हवाई सेवा सुरÔित नभएको भन्दै ईयूले कालोसुचीमा राखेको छ । कालोसुचीमा राखेपछि नागरिक उड्डयन प्राधिकरणले असन्तुष्टी जनाउ“दै नेपालको हवाई सुरक्षा सम्बन्धी अडिटका लागि आग्रह गरेको थियो । अडिटको क्रममा इयु विशेषज्ञ टोलीले जुन विमान कम्पनीस“ग चिक्त बुझ्दैन उसलाई कालोसुचीमा राख्ने छ भने जुनस“ग चित्त बुझ्ने छ उसलाई कालोसुचीबाट हटाउने बताएको छ । कालोसुचीमा परेपछि प्राधिकरणले सुधार गर्नुपर्ने काम तिब्र गतिमा अघि बढाएको छ । प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले कालोसुचीबाट हट्नका लागि पूर्ण प्रयास गरिरहेकाले सफलता हात लाग्नेमा आफुहरु विश्वस्त रहेको बताए । नेपालको हवाई आकाश कालोसूचीमा राखिएको ३ महिनापछि नेपाल आएको युरोपेली युनियनको टोलीलाई चित्त बुझाउन सबै प्रकारको तयारी पूरा गरिएको प्राधिकरणले जनाएको छ ।   आगामी बिहीबारसम्म प्राधिकरण र ६ ओटै वायुसेवा सञ्चालक  कम्पनीहµको रिपोर्ट अध्ययनपछि शुक्रबार पुनः आन्तरिक बैठक गर्ने कार्यक्रम सो टोलीले राखेको जानकारी दिँदै प्राधिकरणका महानिर्देशक सुमनले भने,  ‘अहिले हामीले आफ्नो तर्फबाट गर्नसक्ने सम्भव भएसम्मका सबै प्रक्रिया पूरा गरेका छौं’ । उनले टोलीले आगामी २५ माघमा प्राधिकरणस“ग संयुक्त बैठक राखेर २६ माघमा फेरी आन्तरिक बैठक गर्ने कार्यक्रम समय तालिका प्राधिकरणलाई दिएको पनि जानकारी दिए । उनले प्राधिकरणसँगको छलफलको क्रममा ईयूले हवाई उडान अनुमति (एओसी) दि“दाको अवस्था, दुर्घटनाको जा“चबुझ प्रतिवेदन र नेपालमा २०१२ र सेप्टेम्बर २०१३ सेप्टेम्बर भीत्र ३ ओटा दुर्घटना हुनु लगायत धेरै विÈय उठाएको पनि जानकारी दिए ।   ईयुको सो टोली आगामी २७ माघमा फर्कने कार्यक्रम रहेको र फागुन २ गते अडिट टोलीले ईयूलाई प्रतिवेदन दिने र त्यसपछि ईयूले सो प्रतिवेदनपछि मात्र कालोसूची जारी राख्ने वा हटाउने बारे निर्णय लिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो टोलीले आगामी २ फागुनमा नेपालको प्रतिवेदन युरोपेली आयोगमा बुझाउने छ । टोलीले सो प्रतिवेदन आगामी १२, १३ र १४ चैतमा आयोगको मुख्यालय ब्रसेल्समा बस्ने उड्डयन सुरÔा समितिमा पेस गर्ने कार्यक्रम रहेको छ ।
अहिले नेपालको हवाई सुरक्षासम्बन्धी अडिट गर्न आएको यस टोलीले सन् २०१३ को सप्टेम्बरमा बेल्जियमको राजधानी ब्रसेल्समा ईयूले आयोजना गरेको बैठकमा सहभागी  नेपाल वायुसेवा निगम, बुद्ध एयर, तारा एयर, यती एयर, सीता एयर र श्रीएयरको मात्र अडिट गर्ने कार्यक्रम छ । नेपालमा आन्तरिक र बाह्य गरी १५ ओटा वायुसेवा कम्पनीले हवाई सेवा प्रदान गर्दै आएका छन ।
सन् २००९ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले औंल्याएको गुणस्तरका सम्बन्धमा भइरहेको प्रगतिमा असन्तुष्टि जनाउ“दै ३ महिना पहिले नेपालको हवाई Ôेत्रलाई ईयूले कालोसूचीमा राखेको थियो ।  युरोपेली आयोगले गत २० मंसिरमा नेपालका सबै वायुसेवा कम्पनीलाई युरोेपेली युनियन (ईयू) अन्तर्गतका मुलुकमा उडान गर्न निÈेध गरिएको ईयू हवाई सुरÔा सूची सार्वजनिक गरेको थियो । त्यसैगरी उसले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो  । आईकाओले पहिलो पटक सन् १९९९ मा नेपालको हवाई Ôेत्रका बारेमा प्रारम्भिक र २००१ नेपालमा औपचारिक अडिट गरेको थियो ।  त्यसबेला पनि नेपालको हवाई सुरÔामा निकै उठाएको थियो । त्यसपछि पुनः सन् २००४ र २००८ मा पनि आईकाओले अडिट गरेको थियो ।

No comments:

Post a Comment