Wednesday, February 26, 2014

होटल क्षेत्रमा १ खर्ब ६५ अर्बभन्दा बढी लगानी

मधुजंग पाण्डे/राजधानी
काठमाडौं, १४ फागुन 
नयाँ सरकार गठन भएसँगै अहिले होटलमा लगानी थपिने क्रम बढेको छ । निकै लामो समयदेखि पर्ख र हेरको अवस्थामा रहेका व्यवसायीलाई अहिले राजनीतिक दलहरूबीच नयाँ गठनमा भएको सहमतिका कारण होटल व्यवसायमा पछिल्लो समय लगानी थपिने क्रम बढेको हो ।
पहिले विभिन्न बहानामा हुने गरेका बन्द हडताल एवं अवरोधका गतिविधिहरू पनि नयाँ सरकार गठन भए पनि कम हुँदै जाने आशाका साथ अहिले पर्यटन व्यवसायप्रति नयाँ लगानी गर्ने आकर्षणका कारण होटल क्षेत्रमा थप लगानी भित्रिने क्रम बढेको सम्बन्धित होटल व्यवसायीहरूले बताएका छन् । व्यवसायीका अनुसार होटल क्षेत्रमा स्वदेश र विदेशबाट समेत नयाँ लगानी भित्रिने क्रमसँगै अहिले हाल सञ्चालित पुराना तारे होटलहरूले पनि पहिलेका संरचना भत्काएर पुनः थप लगानी विस्तार गरिरहेका छन् ।
काठमाडौंको ठमेलस्थित वैशाली होटलका आवासीय व्यवस्थापक अरुण पुरीले अहिले यस होटलले पुराना कोठाको संरचना फेरेर नयाँ सुविधा सम्पन्न बनाउनका लागि मात्र करिब २ करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको बताए । उनले पुराना फर्निचर सबै हटाएर अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न डिलक्स कोठा बनाउनका लागि होटलले एकै पटक यति धेरै रुपैयाँ खर्च गरेको बताए । उनले वैशाली होटलले हाल डिलक्स सिंगल प्रतिकोठा एक रातको ९० अमेरिकी डलर र स्विट सिंगल प्रतिकोठा एक रातको १ सय ४० डलरको दुई थरी दर रेटमा पाहुनालाई सेवा दिइरहेको बताए । उनले अहिले आफ्नो होटलमा मात्र नभएर अन्य पर्यटकीय क्षेत्रमा पनि लगानी बढिरहेको बताए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०६९/७० मा होटल क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्थाको लगानी २२ अर्ब ७६ करोड रुपैयाँ छ । यो लगानी अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो । सोही तथ्यांक अनुसार गत आव ०६९/७० को तुलनामा चालू आव ०७०/७१ को बितेका सात महिनामा होटललगायत अन्य पर्यटन क्षेत्रमा करिब ३६ प्रतिशतले लगानी बढेको देखिएको छ । चालू आवको बितेका सात महिनाको अवधिमा होटललगायत अन्य पर्यटन क्षेत्रमा करिब ९ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । योे लगानी गत वर्षको सोही अवधिमा करिब ६ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांककमा उल्लेख छ । सो तथ्यांकअनुसार पर्यटन क्षेत्रमध्ये होटलमा सबैभन्दा धेरै लगानी भएको छ ।
चालू आवको बितेका महिनामा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा गरेको ८६ अर्ब लगानीमध्ये पर्यटन क्षेत्रमा मात्रै १० प्रतिशत रहेको सो तथ्यांकमा उल्लेख छ । पर्यटनमा देखिएको सकारात्मक वृद्धिबाट लिन सकिने लाभलाई मध्येनजर गरी लगानी बढेको होटल एसोसिएसन अफ नेपाल ९हान० ले जनाएको छ । हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले अहिले राजधानीमा मात्र नभएर अहिले मुलुकभर नै होटल क्षेत्रमा थप लगानी वृद्धि भइरहेको बताए । हानका कार्यकारी सदस्य एवं सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेले पछिल्लो समय ठूलाको तुलनामा तीन तारेसम्मका होटेल निर्माण गर्ने क्रम बढेको बताए । उनले साना होटेलबाट प्रतिफल छिट्टै आउने आशाले अहिले पर्यटकीयस्तरका ठूलादेखि साना होटल सञ्चालनप्रति व्यावसायिक आकर्षण बढेको हुन सक्ने बताए । हानका अनुसार आगामी तीन वर्षभित्र राजधानीलगायत मुलुकभरका विभिन्न स्थानमा करिब चार/पाँचओटा पाँचतारे स्तरका होटल तथा रिसोर्ट खुल्नेछ । पाँचतारे होटलमा पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो लगानी हुने भएकाले पनि पछिल्लो समय अन्य व्यवसायको तुलनामा होटलमा लगानी बढेको देखिएको हानको भनाइ छ । हानका अनुसार नेपालमा हालसम्म होटल क्षेत्रमा करिब १ खर्ब ६५ अर्बभन्दा बढी लगानी भइसकेको छ । अहिले पर्यटन उद्योगअन्तर्गतका ट्राभल, ट्रेकिङ, यातायातसहितमा वार्षिक ४० प्रतिशतसम्म र साना होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्म लगानी बढेको पर्यटन उद्योग महाशाखाको अनुमान छ ।
पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसूदन बुर्लाकोटीले अहिले काठमाडौं उपत्यकालगायत मुलुकभरका धेरै ठाउँमा होटलनमा नयाँ लगानी थपिने क्रम बढेको बताए । सो महाशाखाअन्तर्गत होटल शाखाका अनुसार हाल मुलुकभर ठूला पाँचतारे होटल १० ओटा सञ्चालित छन् । जसमा काठमाडांैमा आठ र पोखरामा दुईओटा छन् । चारतारे होटल संख्या दुई छन् । यसैगरी, तीनतारे ३०, दुईतारे ४६, एकतारे ३५ र अन्य पर्यटकीयस्तरका रिसोर्ट, लज, गेस्ट हाउस एवं होटल संख्या ३ सय ७३ ओटा यहाँ दर्ता भएर सञ्चालन भइरहेका छन् । होटल शाखाका शाखा अधिकृत शंकर लामिछानेले अब नयाँ सञ्चालन हुँदै गरेका नयाँ ठूला होटलहरूमा काठमाडौंको बत्तीसपुतलीस्थित थ्रीजी होटलको योजना स्वीकृत भइसकेको र जाउलाखेलस्थित सामसिङ प्रालिको नाममा निर्माण हुँदै गरेको होटल दर्ताको प्रक्रियामा आइरहेको जानकारी दिए । जसमा गैरआवासीय नेपाली संघ ९एनआरएन० का अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुँदै गरेको ठमेल केशरमहलस्थित सेराटन चेनको पाँचतारे होटल, केशरमहलकै छायाँ सेन्टर, सिनामंगल क्षेत्रमा नयाँ खोल्ने भनिएको वैद्य समूह र अम्बानी समूहको ठूला होटल राजधानीमै नयाँ सञ्चालन हुँदै छन् भने चौधरी समूहले चितवनमा ठूलो होटल सञ्चालन गर्न अहिले धमाधम निर्माण गरिरहेको छ । विश्व पर्यटन संगठनका अनुसार अहिले संसारमै अन्तर्राष्ट्रिय पर्यटक ५ प्रतिशतले बढ्नाले पर्यटन व्यवसायीलाई यस क्षेत्रमा लगानी गर्न थप अभिप्रेरित गराएको हो । नेपालमा एकजना विदेशी पर्यटक आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ११ जनाले रोजगारी पाउने अवस्थाका कारण पनि यो क्षेत्रले विस्तारै उचाइ लिन थालेको सम्बन्धित व्यवसायीको भनाइ छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete