Tuesday, February 18, 2014

सोनारकमसँग वैधानिक रुपमा सम्झौता हुने

काठमाडौ, १ फागुन –नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरेबिया जाने कामदारलाई थप व्यवस्थित रुपमा पठाउन साउदी अरेबियास्थित रोजगारदाताहरुको छाता संगठन (सोनार कम )सँग वैधानिक रुपमा नै सम्झौता गर्ने भएको छ ।  संघको निमन्त्रणामा सम्झौता गर्न साउदी अरेबियास्थित रोजगारदाताहरुको छाता संगठन (सोनार कम ) का अध्यक्ष नाहारअल बदाहज सादको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधी बिहीबार काठमाडौ आइपुगेको थियो । वैदेशिक रोजगार व्यवसायीसँग र सोनार कमबीच शुक्रबार ‘व्यवस्थित र थप मर्यादित् रुपमा कामदार साउदी अरेविया पठाउने बारेमा’ सम्झौतापत्रमा हस्ताक्षर हुने बताईएको छ ।
साउदी अरबबाट नेपाल आईपुगेका सो प्रतिनिधी मण्डललाई बिहीबार नै संघले एक कार्यक्रम आयोजना गरि संघमा आवद्ध व्यवसायीहरुको तर्फबाट स्वागत एवं परिचयात्मक कार्यक्रम गरेको थियो । सो कार्यक्रमको सभापतित्व संविधानसभा सदस्य तथा संघका संस्थापक अध्यक्ष महेन्द्र शेरचनले गरेका थिए । साउदीमा कार्यरत कामदारले पाउनुपर्ने तलब भत्ता लगायत अन्य सुविधालाई थप व्यवस्थित बनाई कामदारको हितमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले संघले सो सम्झौता गर्न लागेको हो ।
साउदी अरेबियास्थित रोजगारदाताहरुको छाता संगठन (सोनार कम ) का अध्यक्ष नाहारअल बदाहज सादले साउदी सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा पाउनुपर्ने पारिश्रमिक उपलब्ध गर्ने व्यवस्था मिलाउन आगामी एक महिनाभित्र नयाँ नियम लागु गराउने तयारी गरेको जानकारी दिए । साउदी सरकारले अहिले सोनारकम मातहतमा रहेका १६ ओटा रोजगारदाता कम्पनीहरु मार्फत मात्र नेपाली कामदार लिने गरेको जानकारी दिँदै उनले यहाँका व्यवसायीलाई पनि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ माफत मात्र कामदार पठाउने वातावरण बनाउन आग्रह गरे ।
 नेपाली कामदारलाई पनि राम्रो स्थान दिएर काम गर्ने वातावरण बनाएको दावी गर्दै उनले साउदीमा कार्यरत घरेलु कामदारलाई आइपर्ने समस्यालाई न्युनिकरण सोनारकमले निकै महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सोनारकमले साउदीमा कार्यरत कामदारलाई न्युनतम १ हजार रियाल  मासिक तलब र खानाबस्ने सुविधा दिन र घरेलु कामदारलाई पनि न्युनतम ८ सय रियाल र खाना बस्ने बन्दोबस्त मिलाउन आफुहरुले निकै सहयोग पु¥याउँदै आएको बताए । उनले अहिलेसम्म साउदी पुग्ने कामदार मध्ये सबैभन्दा राम्रो भाषामा दक्ष फिलिपिनी नागरिक हुने र त्यसपछि भारतीय हुने भएकाले उनीहरुलाई नेपाली भन्दा बढी तलब दिने स्पष्ट पारे । श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले साउदी जाने कामदारलाई थप व्यवस्थित रुपमा पठाउने वातावरण बनाउन सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिएका थिए । यसअघि सोनारकमले २०६४ सालमा संघसँग सम्झौता गरेपनि कार्यन्वयन हुन सकेको थिएन । साउदीले नेपाल, श्रीलंका, इन्डोनेसिया, भियतनाम, भारत र फिलिपिन्सस“ग घरेलु कामदारसम्बन्धी श्रम सम्झौता गर्ने घोÈर्णा गरेको थियो । साउदी अरबले सन् २०१० मा एक लाख घरेलु कामदार लिन नेपाल सरकारलाई पत्र पठाएको थियो। तर इस्लामिक कानुनमा सुरÔाको प्रत्याभूति नभएको भन्दै नेपालले कामदार पठाउन मानेको थिएन ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete