Wednesday, February 26, 2014

नेपाल र चीनबीच हवाई सम्झौता, प्रतिसाता ५६ ओटा सम्म नियमित यात्रु उडान गर्न सकिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १३ फागुन 
नेपाल र चीन सरकारबीच हाल सञ्चालित भन्दा थप नया“ हवाई रुट विस्तार गरि नया“ गन्तव्य विमानस्थल उडानका लागि दुईपक्षीय हवाई सम्झौता भएको छ । 
यस सम्झौता अनुसार अब नेपाली पÔका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुले चीनको ल्हासा, ग्वान्जाओ, कुनमिन, सांघाई, बेइजिङग, चेङगदु र सियानमा गन्तव्य रहने गरी उडान गर्न पाउने र चीनिया“ पÔका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुले नेपालको काठमाडौं र अन्य थप दुई विन्दुमा गन्तव्य रहने गरी उडान गर्न पाउने भएका छन् । सो सम्झौता अनुसार अब नेपालले चीनको थप नया“ गन्तव्य विन्दुको रुपमा सियान विमानस्थल प्राप्त गरेको छ । नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच मंगलबार राजधानीमा सम्पन्न द्धिपÔीय हवाई सेवा सम्झौतामा दुई देसबीच थप हवाई सेवा विस्तार गर्न विभिन्न १० बुँधे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र चीन सरकारको तर्पmबाट त्यहाँको नागरिक उड्डयन प्रशासन शाखाका निमिक्त प्रशासक सिया सिंघुवाले हस्ताÔर गरेका हुन ।  यस सम्झौता अनुसार दुवै पÔका तोकिएका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी प्रतिसाता ५६ ओटा सम्म नियमित यात्रु उडान गर्न सक्ने छन् । यसैगरि प्रत्येक वर्È ७ उडान प्रतिसाताको दरले क्रमशः उडान Ôमता वृद्धि गरी सन् २०१५ मा प्रतिसाता ६३ र सन् २०१६ मा प्रतिसाता ७० उडान Ôमता उपयोग गर्न सकिने छ ।
मालवाहन उडानतर्फ दुवै पÔका तोकिएका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी प्रतिसाता जतिसुकै संख्यामा पनि उडान गर्न सक्नेछन् । यसैगरि, दुवै पÔका तोकिएका वायुसेवा कम्पनीहरुले द्धिपÔीय कोर्ड सेयर व्यवस्थाको अतिरिक्त तेस्रो पÔीय कोर्ड सेयर व्यवस्था समेत उपयोग गरी नियमित यात्रु उडान व्यवस्थित गर्न सक्ने छन् । नेपाली पÔका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुमा यदि तेस्रो पÔको मुलुकको वा नागरिकको अधिकतम स्वामित्व हुने गरी लगानी भएको अवस्थामा चीन उडान गर्नुपूर्व चीनको एरोनटिकल अथोरिटिबाट अनुमोदन गराउनु पर्ने व्यवस्था भएको छ । यस सम्झौताले अब नेपाली पÔका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुले चीनको ल्हासा, ग्वान्जाओ, कुनमिन, सांघाई, बेइजिङग, चेङगदु र सियानमा गन्तव्य रहने गरी उडान गर्न पाउने र चीनिया“ पÔका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुले नेपालको काठमाडौं र अन्य थप दुई विन्दुमा गन्तव्य रहने गरी उडान गर्न पाउने छन् । जसले थप नया“ गन्तव्य विन्दुको रुपमा सियान नेपालले प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले यस सम्झौतामा उल्लेख भएका व्यवस्थाले दुवै मुलुकका बीच हवाई उडान वृद्धि हुन गई नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै दुवै पÔका यात्रु एवं पर्यटकलाई सरल र सुलभ रुपमा सोझो हवाई सेवा प्राप्त हुने बताए ।  उनले सो सम्झौता वार्तामा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट पर्यटन मन्त्रालयका सम्बन्धित सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन लगायतका अधिकारीहरु र नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु सहभागी भएको जानकारी दिए ।  उनले चिनीया“ पÔले त्यहा“को नागरिक उड्डयन प्रशासनको Ôमताले भ्याएसम्म नेपालको विमानस्थल पूर्वाधार विकासका लागि प्राविधिक सहयोगका साथै उडान सञ्चालन, वायुयान मर्मत, सुरÔा निगरानी Ôमता अभिवृद्धि, एयर ट्राफिक व्यवस्थापन, हवाई सुरÔा, सञ्चार सहाय उपकरण सुविधा विकास लगायत अन्य नागरिक उड्डयनको Ôेत्रमा विभिन्न तालिमको अवसर समेत जुराइदिने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
मन्त्रालयका अनुसार चीनसँय तेस्र्रो मुलुकबाट वेट लिजमा प्राप्त गर्ने वायुयानबाट एक अर्काको मुलुकमा उडान गर्नुपूर्व आवेदन गर्दा दायित्व सीमा, बीमा व्यवस्था लगायत अन्य कागजातहरु राखी पेश गर्नुपर्ने र त्यस्तो वेट लिज सम्झौताको प्रावधान बढीमा २ वर्Èभन्दा बढी नगर्ने समझदारी भएको छ । नेपाली पÔले सतही मार्गबाट मानसरोवर जाने तीर्थयात्री÷पर्यटकलाई सुविधा उपलब्ध गराउन नेपालको सिमिकोटबाट हेलिकप्टर उडान गरी चीनको तिब्बतस“ग रहेको प्रवेश विन्दु बर्रिङमा अवतरण गराई भिसा सोही विन्दुबाट जारी गर्ने व्यवस्था मिलाई दिन गरेको अनुरोधलाई चीनिया“ पÔले सकारात्मक रुपमा लिई चीनको सम्बन्धित निकायमा प्रेÈित गरिदिने सहमति जनाएको छ । त्यस्तै, नेपाली पÔले कैलाश पर्वतको धार्मिक महत्वलाई दृष्टिगत गरी आफ्ना वायुयानलाई सिमिकोटबाट उडान गरी सो पर्वत र मानसरोवर तलाउको परिक्रमा उडानमा सहभागी हुन चाहने पर्यटक एवं तीर्थयात्रीलाई सुविधा पु¥याउन मानसरोवर नजिक सञ्चालन भएको गुन्सा विमानस्थलमा अवतरण गर्न दिई अन्तर्राष्ट्रिय विमानस्थलको सुविधा मिलाई दिन चीनिया पÔलाई अनुरोध गरेकोमा चीनिया“ पÔले यो प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको छ । सो सम्झौतामा ट्रान्स हिमालयन एटिएस रुटको रुपमा सुदूरपश्चिम युरोप र मध्यपूर्वबाट उत्तर पूर्वी एसियामा उडान गर्न मितव्ययी र सोझो रुटको रुपमा विकास गरी लागू गर्न उपयुत्त रुट नम्बर १,२, र ३ रुट मिलाउन नेपालले प्रस्ताव गरेकोमा चीनिया“ पÔले सो एटिएस रुटलाई चीनको एनोरोटिकल इन्फरमेसनमा प्रकाशित गरिसकेकाले दुवै पÔका एटिएस डिपार्टमेन्टबीच सम्झौता गरी लागू गर्ने समझदारी भएको छ । यसैगरि, चीनका मान्यता प्राप्त वायुसेवा कम्पनी वा ती कम्पनीका तेस्रो पÔीय कोड शेयर साझेदार वायुसेवा कम्पनीहरुलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रोत्साहन गर्ने सहमति पनि भएको छ । जसका लागि नेपाल पर्यटन बोर्ड र चीनका मान्यता प्राप्त वायुसेवा कम्पनीहरुबीच पारस्परिक हितलाई ध्यानमा राखेर छुट्टै सम्झौता गर्ने सहमति भएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete