Tuesday, February 18, 2014

बेपत्ता विमान दुर्घटनाको आशंका

मधुजंग पाण्डे/राजधानी
काठमाडौं, ५ फागुन 
काठमाडौंबाट पोखरा हुँदै जुम्ला जान लागेको नेपाल वायुसेवा निगमको ‘९ एन एबीबी–डीएचसी ६’ ट्विनअटर विमान आइतबार दिउँसोदेखि बेपत्ता भएको छ । बेपत्ता भएलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सम्भावित ठाउँमा स्थलगत र हवाई खोजी गरे पनि राति अबेरसम्म फेला पार्न सकेको छैन । सो विमानमा चालक दलका तीन सदस्य र १५ यात्रु गरी १८ जना थिए । विमान बेपत्ताको स्थितिमा नै रहेका कारण त्यसमा सवार यात्रुको अवस्था यस्तै छ भन्न सकिने अवस्था छैन । बिहान ११ बजेर ५५ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सो विमान त्यहाँ इन्धन भरेर अपराह्न १२ बजेर ४३ मिनेट जाँदा जुम्लाका लागि उडेको थियो । चालक दलले १ बजेर १३ मिनेट जाँदा सहयोगका लागि भैरहवा विमानस्थललाई अन्तिम सम्पर्क गरेको थियो । चालक दलले खराब मौसमका कारण जुम्ला जान नसकिने भन्दै पोखरा फर्कन अनुमति मागेको थियो । त्यसलगत्तै विमान दुर्घटनामा परेको आशंका गरिएको छ । सो विमान दिउँसो साढे १ बजेसम्म जुम्ला पुगिसक्नुपर्ने थियो । निगमले आन्तरिक उडानमा सञ्चालन गरेको सो जहाज ४३ वर्È पुरानो हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय काठमाडौंले सो विमान अर्खाघाँचीको मरुवाकोट डाँडा क्षेत्रमा दुर्घटनामा परेको आशंका गरेको छ । सो विमानका चालक शंकर श्रेष्ठको मोबाइल फोनको ‘लोकेसन ट्रेस’ र प्राप्त सूचनाका आधारमा स्थानीय बासिन्दासँग भएको कुराकानीपछि प्राधिकरणले सो ठाउँमा विमान दुर्घटना भएको आशंका गरेको हो । प्राधिकरणले सो ठाउँमा विमान दुर्घटना भएको आशंका गरे पनि दुर्घटना क्षेत्र भने यकिन नभइसकेको जनाएको छ । प्राधिकरणले सम्भावित दुर्घटनास्थलमा वर्षा र असिनाजस्ता प्रतिकूल मौसमी अवस्थाका कारण खोजतलास कार्यमा कठिनाइ भएको जनाएको छ ।
‘हालसम्म मरुवकोट डाँडा क्षेत्रमै विमान दुर्घटना भएको मान्न सकिन्छ, त्यहाँ ठूलो आवाजमा विस्फोट भएको सुनिएको र आगलागी पनि भएकाले त्यहीँ विमान दुर्घटना भएको भन्न सकिन्छ,’ प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने ।

बेपत्ताको खबरलगत्तै खोजीका लागि आशंकित क्षेत्रमा नेपाली सेना र फिस्टेल एयरको हेलिकोप्टर त्यसतर्फ गएको थियो । पोखरा र नेपालगन्जबाट सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली सवार सो हेलिकोप्टरले सम्भावित ठाउँमा खोजी गरे पनि विमान फेला पार्न सकेन । प्रतिकूल मौसमका कारण खोजीमा समस्या आएपछि ती हेलिकोप्टर
फर्काइएको थियो । सुरक्षाकर्मीले राति अबेरसम्म पैदलमार्फत पनि सम्भावित दुर्घटना क्षेत्रको खोजी गरेको थियो । यसका लागि सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटा कपिलवस्तु र सशस्त्र प्रहरी गुल्म पाल्पाबाट डीएसपीको कमान्डमा ७० जनाको टोली गएको छ । सोमबार बिहानैदेखि हवाई र पैदलयात्रामार्फत सो विमानको खोजी गरिने भएको छ । बेपत्ता विमानमा चालकदलतर्फ चालक शंकर श्रेष्ठ, सहचालक रवीन्द्र बन्जरा र परिचारिकामा मुना महर्जन छन् । ४५ वर्षीय चालक श्रेष्ठको स्थायी घर हेटौंडा हो । सानेपा बस्दै आएका उनलाई निगमको अनुभवी र दक्ष चालकका रूपमा लिइन्छ । काभ्रेको पनौती–२ निवासी सहचालक बन्जराले मलेसियाबाट पाइलट तालिम गरेका हुन् । यस्तै, विमान परिचारिका महर्जन काठमाडौंकी स्थायी बासिन्दा हुन् । दुर्घटनामा परेको सो जहाज क्यानाडेली विमान कम्पनीले ३ असार २०२८ मा काठमाडौँ ल्याइदिएको थियो । निगम स्रोतका अनुसार सो जहाज यसअघि २१ असार २०४९ मा जुम्लामा नै सामान्य दुर्घटनामा परेको थियो । त्यतिबेला सो जहाजमा तीन जना मात्रै रहेको र कसैलाई केही नभएको र मर्मतपछि पुनः चलाइएको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete