Tuesday, September 27, 2011

अग्नीको जहाज आकस्मीक अवतरण, धन्न दुर्घटना टर् यो


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १० असोज
काठमाडौबाट पोखराका लागि मंगलबार अपरान्ह नियमित उडानबाट पोखरातर्फ उडेको अग्नि एयरको जेट स्ट्रिम जहाज प्राविधिक समस्याका कारण त्यहाँ बस्न नसकेपछि पुनः काठमाडौमा आकस्मीक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४ बजेर ८ मिनेटमा पोखराकालागि उडेको ९ एन-एआइक्यु कलसाइनको सो जहाज २५ मिनेट पछि पोखरा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । गत आइतबार तीन सदस्य चालक दल सहित १९ जनाको ज्यान जानेगरि ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्धको एयरको दुखद घटनाको तेस्रो दिन मंगलबार चालकले देखाएको कुशलताले धन्न अग्निको दुर्घटना टरेको हो ।
अग्नि एयरको सो जहाज पोखरामा अवतरण गर्न नसकि ५ बजेर ५ मिनेटमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
आकासमा उडिरहेको जहाजमा एक्कासी फल्स इन्डीकेटरको समस्या आएकाले पोखराबाट डाइभर्ट गरि काठमाडौमा आकस्मीक अवतराण गरेको त्रिवि विमानस्थलको एटिसी टावर शाखाले जनाएको छ ।
विमानस्थलका फ्लाइट अप्रेशन डाइरेक्टर ऋषिकेश शर्माले पोखरामा अवतरण गर्न लाग्दा जहाजमा एक्कासी फल्स इण्डिकेटरको समस्या आएकाले तत्काल डाइर्भट गरि काठमाडौमा सकुशल अवतरण गराएको बताए । सो जहाजमा सवार सबै यात्रु र चालकदल सकुसल छन । उनीहरुलाई केही समयपछि अर्को जहाजमा पठाएको अग्नि एयरले जनाएको छ । अग्निका बजार प्रवन्धक प्रमोद पाण्डेले पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा एक्कासी विमानको ल्याण्ङि गेर झरेको ककपीटमा बक्ति नबलेको र फल्स इण्डिकेटरको समस्या आएकाले चालकले सो जहाज डाइभर्ट गरेर काठमाडौ ल्याएको बताए । यो सामान्य समस्या भएको जानकारी गराउँदै उनले जहाजमा कुनै अरु समस्या भयो भन्ने ठानेर पाइलटले विमान काठमाडौ ल्याएको बताए । उनले यदि आकासमा उडिरहेको जहाजमा कुनै समस्या भएमा क्षेत्रीय विमानस्थलमा दमकल लगायतका आपतकालिन उपकरण तयारी हालतमा नहुनसक्छन भनेर चालकले सो विमान काठमाडौ ल्याएको बताए ।
पाण्डेका अनुसार सो जहाज चालक जी श्रेष्ठले उडाएका थिए ।

विविध कार्यक्रमकासाथ विश्व पर्यटन दिवस मनाइयो


राजधानी समाचारदाता
काठमाडौं, १० असोज
हरेक वर्ष झै ुटुरिजम लिङ्किङ्ग कल्चस्रु भन्ने मुल नाराका साथ यसपालीको ु३२औं विश्व पर्यटन दिवस विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइदै गरेको ुपर्यटन वर्ष-२०११ु मा हासलसम्म भएका उपलब्धी एवं थप गतिविधीका बारेमा जानकारी गराउँदै सो कार्यक्रम सम्पन्न भएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन वोर्ड तथा पर्यटनसम्बद्ध विभिन्न संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस विशेष कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विश्व पर्यटन दिवसका कार्यक्रम सम्पन्न गर्न विभिन्न ३३ भन्दा बढि संघ सस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि मनाएका थिए भने अझै मुलुकका विभिन्न ठाउँमा मनाइने क्रम जारी छ ।
मंगरबार विहानै पर्यटकीय व्यापारिक केन्द्र ठमेलबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बसन्तपुरमा पुगेर सकिएको थियो । सो प्रभातफरीमा पर्यटन क्षेत्रसंग सम्बन्धीत सबै व्यवसायी एवं सरोकारवालाहरु सहभागी थिए । यसैगरि साँझ ठमेल स्ट्रिट कार्निभल भएको थियो । बसन्तपुर दरबार संरक्षण क्षेत्रमा दिनभर साँस्कृतिक कार्यक्रम तथा नेवारी भोज तसला भोय लगायतका कार्यक्रम भएका थिए । यसैगरि विहानैदेखि विभिन्न मुलुकबाट आएका पर्यटकलाई अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरा तथा बाबुछिरी संग्रहालय तीलगंगालगायतका क्षेत्रमा निशुल्क दृष्यावलोकन गराइएको थियो भने पोखरा स्ट्रिट कार्निबल भक्तपुर दरबार संरक्षण क्षेत्रमा विश्वपर्यटन दिवस विशेष कार्यक्रम भएका थिए ।
विश्व पर्यटन दिवको अवसर पारेर गत १७ सेप्टेम्बर देखि सुरु भएको विविध पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम आगामी १ अक्टोवरसम्म साचालन हुने बताइएको छ । सोही अवसरमा वातावरण साइकल र् याली ठमेल क्षेत्रको सरसफाई होटल एसोसिएशन नेपाल र तारा गाउँ विकास समितिसम्बद्ध होटलहरुले खाना र आवासमा छुटको व्यवस्था नाट्टा विशेष कार्यक्रम लगायतका भएका थिए ।
यसवर्ष सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने पर्यटन व्यवसायीलाई विशेष सम्मान लगायतका कार्यक्रम भएन । यसवर्ष विशुद्ध साँस्कृतिक पहिचान दिलाउन त्यस्ता कार्यक्रम नगरेको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले जानकारी गराए । सोही कार्यक्रममा टानले विभिन्न ४ ओटा नयाँ पदयात्रा मार्ग सार्वजनिक गरेको थियो । यसैगरि पर्यटन मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले सो मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेका हुन । सो कार्यक्रम पर्यटन मन्त्रालयका सह सचिव बालकृष्ण घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो ।


पर्यटकको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरै


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ९ असोज
भारतको तमिलनाडुबाट नेपालको पर्यटकीय भ्रमणमा आइपुगेका ८ जना भारतीय नागरिकको पशुपतिनाथ र स्वयम्भु घुम्ने कार्यक्रम अधुरो भएको छ ।
तीन सदस्य चालकदल सहित १९ जनाको ज्यान जानेगरि आइतबार विहान ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्ध एयरलाइन्सको बीचक्राफ्ट जहाजमा परि उनीहरुको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरो भएको हो ।
विश्व सम्पदा सुचिमा सूचिकृत पशुपतिनाथ र स्वयम्भु लगायतका धार्मिक पर्यटकीय गन्तब्यस्थलको भ्रमण गर्ने तिब्र आकाँक्षाकासाथ उनीहरु शनिबार साँझ सोल्टीमोड स्थित ग्राण्ड होटलमा पुगेर बास बसेका थिए । राती होटलमा खाना खानेबेला पशुपतिनाथ र स्वयम्भुको जानकारी लिएका ती भारतीय पर्यटक आइतबार विहानै निस्केको होटल व्यवस्थापनले जनाएको छ ।
ग्राण्ड होटलका बजार प्रवन्धक फुर्वा शेर्पाले विहानै होटलबाट निस्केका भारतीय ८ जनाको समुह कहिल्यै नर्फने गरि गएको बताए । उनले शनिबार स्पाइस जेट एयरको उडानबाट दिल्ली हुँदै काठमाडौ आइपुगेका उनीहरुले शनिबार साँझ ५ बजे होटलमा ुचेक इनु गरेको बताए । शेर्पाका अनुसार उनीहरुले शनिबार देखि मंगलबार सम्मका लागि ४ ओटा कोठा बुक गरेका थिए ।
आइतबार विहान पौने ६ बजे चिया खाएर उनीहरु त्रिभुवन विमानस्थलका लागि गएका थिए । विमानस्थलबाट फर्केर ब्रेकफास्ट खाएपछि पशुपति र स्वयम्भु घुम्ने कार्यक्रम उनीहरुले तय गरेको जानकारी गराउँदै उनले बुद्धको जहाज दुर्घटनाबाट ती पर्यटकको पशुपति र स्वयम्भु घुम्ने सपना अपुरो बनाइदिएको बताए । उनीहरु होटलबाट बाहिरिएको डेढ घण्टापछि विभिन्न साचार माध्यामले माउन्टेन फ्लाइटमा गएको बुद्धको विमान दुर्घटनामा परि मृर्तकको नाम सार्वजनिक गरेपछि मात्र उनीहरु परेको थाहा पाएको बताउँदै शेर्पाले राजधानीसँग भने ु होटल प्रवेश गर्नु अघि नै उनीहरुले पशुपति जानुभन्दा पहिले विश्वको सर्बोच्च शिखर सगरमाथा लागायतका दर्जनौ हिमालको दृस्यावलोकन गर्ने कार्यक्रम तय गरिरहेका रहेछन।ु होटल व्यवस्थापनका अनुसार एस नागराज टि नागराज एल नागराज एचडी नागराज डी तालो सुवरसम डिपी सुवरसम तालो सुवरसम नागराज र पी तालो सुवरसमको पशुपति घुम्ने सपना अधुरै रहेको हो । होटलका बजार प्रवन्धक शेर्पाले उनीहरुको विमान दुर्घटनामा ज्यान गएको खवर पाएपछि भारतीय राजदुतावासको कर्मचारी बोलाएर कालिमाटी प्रहरी प्रभागको प्रहरी बोलाएर कोठामा भएका सामानको मुचुल्का उठाएर सबै सामान परिवारलाई जिम्मा लगाएको बताए । गत १९ अगष्टमा उनीहरुले तामिलनाडुबाटै होटल बुक गरि पैसा बुझाएकाले आफ्नो व्यवसायमा कुनै आर्थिक नोक्सानी नभएको उनको भनाइ छ ।
सोही दुर्घटनामा ज्यान गुमाएका अर्का भारतीय दम्पती पंकज मेहत्ता र छाँया मेहताको नेपालको सन्देश अन्यन्त्र पुर् याउने सपना पनि अधुरो भएको छ । पंकज युनिसेफ नेपालमा स्वस्थ्य विभागका प्रमुख थिए । उनको भर्खरै फिलिपिन्समा सरुवा भएको थियो । आगामी ३० सेप्टेम्वरमा उनी फिलिपिन्स जाने तयारीमा थिए । युनिसेफ कार्यालयले उनलाई शनिबार मात्र विदाइ पार्टी दिएको थियो । सोही बेला उनले आफुले नेपाल छोड्नुपूर्व श्रीमतीलाई हिमाली दृस्यको भ्रमण गराएर लैजाने सपना बुनेका थिए । उनकी श्रीमती छाँयाँ शर्मा किष्ट अस्पतालमा कार्यरत थिइन । उनीहरुका एक छोरा धरानमा पड्दै छन । भारत बैंगलोर स्थायी घर भएका उनीहरु फिलिपिन्स जानुअघि बुद्धको जहाजबाट माउन्टेन फ्लाइटमा गएका थिए ।

खराव मौसममा जर्बरजस्ती उडान भर्दा विमान दुर्घटना


मधुजंग पाण्डे÷राजधानी
काडमाडौ ८ असोज
हवाइ विज्ञ एवं सम्बन्धीत सरोकारवालाहरुले आइतबार बिहान ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त भएको बुद्ध एयरलाइन्सको बीचक्राफ्ट जहाज दुर्घटनाको मुख्य कारण मानिय त्रुटि एको बताएका छन । उनीहरुले मौसम खराव भइरहेकै बेला जर्वरजस्ती उडान गरेकाले सो दुर्घटना भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका बरिष्ट मौसमविद् राजेन्द्र प्रसाद श्रेष्ठले खराब मौसममा चालकले जर्बरजस्ती उडान गरेकाले बुद्ध एयरलाइन्सको जहाज दुर्घटना भएको बताए ।
आइतबार विहान ६। ३० मा १६ जाना यात्रु र ३ सदस्यीय चालक दल सहित माउन्टेन फ्लाइटमा उडेको ९ एनएइके १९०० डि विजक्राफ्ट जहाज विमानस्थलबाट उड्ने बेलादेखि विहान ९ बजेसम्म काठमाडौ उपत्यकाको मौसम खराव भएको जानकारी गराउँदै उनले चालक जनक बहादुर जेबी ताम्राकार र पद्मा अधिकारीले माउन्टेन उडान सकेर फर्कने क्रममा जहाज कन्ट्रोल गर्न नसकेकै कारण सो दुर्घटना भएको हुन सक्ने दावी गरे ।
संधै त्रिभुवन विमानस्थलमा विहान साँढे ६ बजेदेखि साँझ ६।३० सम्म पूर्वानुमान महाशाखाले नागरिक उड्डयन प्राधिकरण कार्यलयलाई नियमित मौसमको अवस्थाकाबारे जानकारी गराउँदै आएको बताउँदै उनले बुद्ध एयरको जहाज खराव मौससमा जर्बरजस्ती भएको मानवीय त्रुटिकै कारण दुर्घटनाग्रस्त भएको दावी गरे ।
सामान्यतया टवीनटर र बीचक्राफ्ट जहाज उड्नकालागि न्युनतम साँढे २ किमी भिजिविलीटी हुनुपर्ने बताउँदै उनले बुद्धको जहाज दुर्घटना हुने समय विमानस्थलको भिजिविलिटी जम्मा ३ किमी रहेको र सोही बेला आकास पुरै बादलले भरिएको जानकारी गराए ।
नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनले पनि जहाज दुर्घटनाको कारण खराव मौसमसँगै भएको मानवीय त्रुटि हुन सक्ने अनुमान गरेका छन । विमानस्थलमा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी राडार मेसिनले काट्न सक्ने सम्भावना भएमा चालकले आफै जहाज कन्ट्रोल गर्नुपर्ने प्राविधीक जानकारी गराउँदै उनले बुद्धको जहाज मानवीय कमजोरीकै कारण दुर्घटना भएको बताए ।
खराव मौसममा आकासमा उडेको जहाजलाई एक्कासी कन्ट्रोट गर्न उपयोग हुने ग्लोबल पोजिसन सिस्टम जिपिएस राख्नुपर्नेमा दुर्घटनाग्रस्त जहाजमा सो नभएको बताउँदै क्याप्टेन शेरचनले भने ु विमानस्थल आइपुग्नुभन्दा ५ नटिकल माइल टाडा रहँदा यो दुर्घटना भएको हो ।ु गत वर्ष भएको तारा एयरको दुर्घटना जाँच आयोगका सदस्य समेत रहेका शेरचनले भने ुबुद्धको जहाज खराब मौसममा भएको मानवीय त्रुटी हुनसक्छु । उनले जसको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिको संयोजकत्वमा गठन भएको ५ सदस्य विमान दुर्घटना जाँच आयोगले बताउने बताए ।
पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह सचिव सुरेश आचार्यले पनि बुद्धको जहाज दुर्घटना मौसम खरावीले भएको बताए । आकास पुरै बाददले ढाकेको बेला आँखाले देख्न सक्ने आइएफआर बाट जहाज उडाउनुपर्नेमा चालकले सो कार्य गर्न नसकेका कारण दुर्घटना भएको अनुमान उनको छ । खराव मौससमा आँखाले जता देख्छ त्यतै जहाज लगेकाले बुद्धको दुघटनाग्रस्त विमान काठमाडौ अवतरण गर्न आउने रुट पनि केही फरक भएको जानकारी गराउदै आचार्यले राजधानीसँग भने ु यसको विस्तृत विवरण ५ सदस्यीय दुर्घटना जाँच आगोगले पक्ता लगाउने छु ।
नेपाल वायुसेवा निगमका महाप्रवन्धक क्याप्टेन केबी लिम्बु र निगमका पाइलट युवराज भट्टराईले पनि खराव मौसमले सन्तुलन विगि्रएको जहाजलाई चालकले नअत्तालिकन आइएफआरबाट उडाएको भए सो दुर्घटना नहुने बताए । बादलभित्र डाँडा हुनसक्छ भन्ने जानकारी हुँदाहुँदैपनि प्राविधिक समस्या आएमा जहाजलाई कन्ट्रोल गर्न सकिने दावी गर्दै उनीहरुले दुर्घटनाग्रस्त जहाजका चालकको मनोबल गिरेका कारण यस्तो भएको बताए । यसअघि भएका विभिन्न विमान दुर्घटना पत्ता लगाउन सरकारले अहिलेसम्म गरेको दुर्घटना जाँच आयोगले पनि सत्य जानकारी नदिएको बताउँदै उनीहरुले बुद्धको जहाज दुर्घटनाको कारण खराव मौसमसँगै भएको मानवीय त्रुटि नै भएको अनुमान गरेका छन ।

दुर्घटना जाँच आयोग गठन
काठमाडौ÷रास- बुद्ध एयरको जहाज दुर्घटनाको विस्तृत विवरण पत्ता लगाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिको संयोजकत्वमा ५ सदस्य दुर्घटना जाँच आयोग गठन गरेको छ । विमान दुर्घटनाबारे छानविन कार्य सुरु भएको मितिले ९० दिनको समय तोकिएको सो आयोगमा नेपाल वायुसेवा निगमका उप निर्देशक पाइलट श्रवण रिजाल गुण एयरलाइन्सका प्रमुख प्राविधिक इन्जिनीयर रामप्रसाद कोइराला रहेका छन । यसैगरि अन्य सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरण अन्र्तरगतका एभिएसन मेडिकल बोर्ड संयोजक डा। रन्जितसिँह बराल र पर्यटन मन्त्रालयका सह सचिव सुरेश आचार्य रहेका छन ।

नेपालमा ६५ वटा विमान दुर्घटना , वर्ष दिनभित्रै चारवटा


काठमाडौं ८ असोज
नेपालमा हालसम्म ६५ वटा विमान दुर्घटना भएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आइतबार बिहान भएको बुद्ध एयरको विमान दुर्घटनासँगै नेपालमा विमान दुर्घटनाको संख्या ६५ वटा पुगेको हो ।
मन्त्रालयको तथ्यांकमा ती दुर्घटनामा ज्यान गुमाउने नेपाली र विदेशी नागरिकको संख्या ५ सय ८८ जना रहेको छ । १३ महिनाअघि ८ भदौमै अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । अमादब्लम हिमालमा फिस्टेल एअरको जहाज दुर्घटना र ओखलढुंगामा तारा एअरको विमान दुर्घटनासँंगै एक वर्षको अवधिमा नेपाली आकाशमा हवाई दुर्घटनाको संख्या चार पुगेको छ । फिस्टेलको दुर्घटनामा चालक दलका दुई सदस्य र तारा एयर दुर्घटनामा सवार १४ जनाकै मृत्यु भएको थियो ।
नेपालमा हालसम्म सबैभन्दा ठूलो हवाई दुर्घटना ललितपुरको भट्टेडाँडामा भएको थियो । सो ठाउँमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक सय ६७ जनाको मृत्यु भएको थियो । सन् १९५५ मार्च ८ मा पहिलोपटक बाराको सिमरामा डकोटा जहाज दुर्घटना भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसयता सन् १९९० सम्म १६ वटा हवाई दुर्घटना भएका थिए । सन् १९९० अघिको १६ वटा दुर्घटनामा १ सय ५४ र त्यसपछिका हवाई दुर्घटनामा ४ सय ३९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
२८ असारं २०२६ मा नेपाल वायुसेवा निगमको जहाज हेटौंंडामा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । सोही वर्ष १६ फागुनमा नेपाली सेनाको जहाज काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।
२०४९ सालमा नेपालमा लगातार दुई ठूला हवाइजहाज दुर्घटना भएका थिए । सोही वर्षको २६ साउनमा नुवाकोटको घोप्टेभीरमा भएको थाई एयरलाइन्स दुर्घटनामा १ सय १३ जना र १२ असोजमा ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तानी एयरलाइन्स दुर्घटनामा १ सय ६७ जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटना नै नेपाली आकाशमा भएको सबैभन्दा ठूला हवाईजहाज दुर्घटना भएको मन्त्रालयले जनाएको छ । नेपालमा सबैभन्दा धेरै दुर्घटना भएको जहाज ट्विनअटर हो यो अहिलेसम्म १७ पटक दुर्घटनामा परिसकेको छ । पर्यटन मन्त्रालयका अनुसार अधिकांश हवाई दुर्घटना पहाडी क्षेत्रमै भएका छन् ।


सन १९५५ देखि हाल सम्म साना ठुला गरि करिब ८ दर्जन विमान दुर्घटना


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ८ असोज
नेपाली भूमिमा पहिलो पटक सन् १९४९ विमान अवतरण गरेको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौचरणको घाँसे मैदानमा अवतरण गरेको विमानमा नेपालका लागि तत्काली भारतीय राजदूत आएका थिए । त्यसपछि सन् १९५० मा हिमालय एभिएसन नामक भारतीय वायु सेवाले गौचरण हालको अन्तर्राष्ट्रिय विमानस्थल बाट कलकत्तामा चार्टर उडान शूरुवात गरेको थियो । नेपालले त्यसपछि बिमान ल्याएर काठमाडौंंबाट भारतका दिल्लीवनारस पटना लगायतका सहरमा उडान सुरु गरेको थियो । सन् १९५० को दशकमा नै देशभित्र पोखरा भैरहवा सिमरा विराटनगर लगायतका क्षेत्रमा उडान सू रु भएको थियो । संन् १९५८ मा शाही नेपाल वायु सेवा निगमको स्थापना भएको थियो । यसै बेला देखि नेपालमा बायुसेवाको व्यवसायिक उडानको विकास आरम्भ भएको थियो । नेपाली आकाशमा उडान गर्न आउने विदेशी जहाज कम्पनीको सङ्ख्या क्रमस थपिदै गए भने देशभित्र सुगम र दुर्गम दुवैतिर विमानस्थलको विस्तार तीब्र गतिमा हुदै गयो । तर विमान र विमानस्थलको संख्या थपिदै जादा नेपाली हवाइ यात्राको सुखद आरम्भले लामो समय पार गर्न भने पाएन । सन् १९५५ मार्च ८ मा कािलंगा एयर सिमरामा दुर्घटनामा पर् यो । दुर्घटनामा दुइजनाले ज्यान गुमाएका थिए यो नै नेपाली आकाशमा भएको पहिलो हवाइ दुर्घटना थियो । त्यस्तै दोस्रो बिमान सन् १९५६ मा इन्डियन एयरलाइन्सको बिमान दुर्घटना भएको थियो । सो बिमान काठमाडौंमा दुर्घटनामा हुदां १४ जनाले ज्यान गुमाएका थिए । सन् १९६० नोभेम्वर ५ तारिखमा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटनामा पर्दा चार जनाले ज्यान गुमाएका थिए । १५ अक्टोबर १९७३ मा नेपाल बायु सेवा निगमको क्यानडामा निर्मित डि एच सी-६ ट्वीनअटर ३००नाइन एन- एबीजी बिमान लुक्ला विमानस्थलनमा दुर्घटना ग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए ।
नेपाल एयर लाइन्सकै विमान दुर्घटना सन् १९९१ जुन ९ मा भएको थियो । क्यानडामा नै निर्माण भएको डिएच सी-६ ट्वीनअटर ३००९एन-एबिए बिमान काठमाण्डौंबाट लुक्लामा खराब मौसमका कारण अवतरणमा समस्या आएपछि दुर्घटना ग्रस्त भएको थियो । उक्त विमान दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रीको मृत्यु भएको थियो ।
३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको अन्तर्राष्ट्रिय बिमान दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाको नै मृत्यु भएको थियो । थाइ एयरको एयर बस काठमाण्डौमा अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसैगरी २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुँदा १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यसैगरी १७ जनवरी १९९५ नेपाल एयरलाइन्सको डिएचसी-६ ट्वीन अटर ३००नाइन एन-एविआइ आर ए १३३ विमान दुर्घटना भएको हो । काठमाण्डौबाट रुम्झाटार जाने क्रममा धावनमार्गमै खरावी भएपछि बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका ३ सदस्य र २१ यात्रु मध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।
। यसैगरी ५ सेप्टेम्बर १९९९ मा नेकोन एयरको १२८ बिमान पोखराबाट काठमाण्डौ आउने क्रममा दुर्घटनाग्रस्त भएको थियो । विएइ ७४८-५०१ सुपर टुबी नाइन एन-एइजी बिमान काठमाण्डौबाट २५ किलोमिटर पश्चिम नेपाल टेलिकमको टावरमा ठोक्किएर दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाका क्रममा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको मृत्यु भएको थियो ।
इसैगरि २५ मे २००४ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा यति एयरलाइन्सको डिएचसी-६ ट्वीनअटर ३०० नाइन एन-एएफडी दुर्घटनाग्रस्त भएको थियो । लुक्ला बिमानस्थलमा पुग्ने क्रममा खराब मौसमका कारण लाम्जुरा पहाडमा बिमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । बिमानमा कोही पनि यात्रु थिएनन् ।
त्यस्तै अक्टोबर १ २००४ मा सिता एयरको डोर्नियर २२८ विमान लुक्ला बिमानस्थलमा अवतरणका कारण दुर्घटना भएको थियो । बिमानको अघिल्लो गियर फसेका कारण दुइ दिनसम्म धावन मार्ग नै अबरुद्ध भएको थियो ।
३० जुन २००५ मा गोरखा एयरलाइन्सको डोर्नियर डु २२८ बिमान लुक्ला बिमानस्थलमा अबतरणका क्रममा दुर्घटना भएको थियो । लुक्ला बिमान स्थलमा धस्सिएर बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका तीन र त्यसमा सवार अन्य नौ यात्रु सामान्य घाइते भएका थिए । तर बिमान भने त्यसपछिका दिनमा चल्न नसक्ने अवस्थामा पुगेको थियो ।
त्यसैगरी ८ अक्टोबर २००८ मा यति एयरलाइन्सको १०३ ट्वीनअटर बिमान अवतरणका क्रममा दुर्घटना भएको थियो । अबतरणका क्रममा एकाएक बिमानमा आगलागी भएपछि त्यसमा सवार १८ जनाको मृत्यु भएको थियो । आगलागी भएको बिमान पाइलटलाई मात्रै सकुसल उद्धार गरिएको थियो ।
११। त्यसैगरी २४ डिसेम्बर २००८ मा नेपाल एयरलाइन्सको डिएचसिजी ट्वीनअटर ३००नाइन एन एविएम उडान भर्ने क्रममा दर्घटना भएको थियो ।
यसपछि नेपाली आकाशमा जहाजको संख्या थपिने र दुर्घटना हुदै जाने क्रम बढेर गएको छ । अहिलेसम्म नेपालमा पाच दर्जन जहाज दुर्घटनामा परीसकेका छन् । पाँच सयभन्दा बढी मानिसको ज्यान गएको छ । मानवीय क्षतिको विवरण र तथ्याङक भए पनि दुर्घटनाबाट कति आर्थिक नोक्सानी भयो भन्ने चाहि विवरण एकिन छैन । नेपालले ९०को दशकमा उदार आकाश नीति लिएका कारण नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या पनि ह्वात्तै बढ्यो । जहाजको संख्या थपिने क्रमसंगै दुर्घटना पनि बढेको देखिन्छ । तर जहाजको बनौट उच्च प्राविधक जोखिम र खतरा मुक्त मानिएकाले जहाजको संख्या थपिदैमा दुर्घटना बढ्छन् भन्ने आधारमा लिइनु हुन्न भन्ने आइकाओको मान्यता छ ।
२०६७ साल ८ साउनमा अग्नी एयरको डोनियर जहाज काठमाडौबाट लुक्कला तर्फ जानेक्रममा मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दल सहित १४ जनाको ज्यान गएको थियो ।
२०६७ साल २१ कात्तिकमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परि चालक सविन बस्नेत र प्राविधीक पूर्ण अवालेको निधन भएको थियो ।
भाइटिकाको दिन बिहानै सोलुखुम्बुको आमदब्लाम हिमाल आरोहणका क्रममा बिरामी भएका जापानी आरोही काजुया हिराइदाको उद्धार गर्न जाँदा बिहान पौने ९ बजे सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । फिस्टेल एयरको ९एन एआइएक्स एस ३५० हेलिकप्टर दुर्घटनामा यात्रु परेका थिएनन ।
२०६७ साल ३१ मंसिरमा तारा एयरको डोनियर जहाज लुक्ला तर्फ जानेक्रममा संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा १४ जना विदेशीको ज्यान गएको थियो । नेपाली आकासमा सन १९५५ देखि अहिलेसम्म साना ठुला गरि ८ दर्जन विमान दुर्घटनामा परेका छन ।

Sunday, September 25, 2011

बुद्ध एयरको विमान दुर्घट्ना, चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु , शवहरु नेपाली सेनाको हेलिकप्टरले त्रिभूवन विमानस्थल ल्यायो




काठमाडौँ, ८ असोज  - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
१८ जनाको शव घट्नास्थलमा भेटिएको उद्दारमा खटिएकाले जनाकएको छ भने घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पठाएका एक जनाको समेत बाटोमै मृत्यु भएपछि विमानमा रहेका सबैको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएक थियो ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।


मृत्युहुनेहरुको नामावली:

चालक दलका सदस्यहरु:

जीवी तम्राकार– क्याप्टेन

पी अधिकारी– सहचालक

अस्मिता श्रेष्ठ– बिमान परिचारिका

यात्रुहरु:

निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म


दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।
दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए। 
ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्‍याइसकिएको छ।
जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा  शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज,  डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा  तालोसुब्रिसम र  पी तालोसुब्रिसम थरका यात्रु छन्।  विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।[दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर ]
दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।
जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।
१४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।




छानबिन समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। 
 

Tuesday, September 20, 2011

एकाउन्न वर्षे पर्यटनको विकास कछुवाको तालमा



मधुजंग पाण्डे
काठमाडौ ३ असोज
नेपालमा पर्यटन विकासको थालनी भएको लामो समय वितेपनि यसको गति भने सुस्त ढंगले अगाडी बढि रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुको संख्या बढेको देखिएपनि त्यसबाट नेपालीले आशातित् रुपमा लाभ लिन सकेका छैनन । नेपालका अन्य साहसिक पर्यटनको क्षेत्रहरु ट्रेकिङ जंगल सफारी र जलयात्रा बन्जीजम्प क्यानोनिङ लगायतका क्षेत्रहरुमा पर्यटकको सहभागिता न्युन छ । होटल तथा रेस्टुरेन्ट व्यवसाय साचालनकालागि नीजि व्यवसायीको सकि्रयतामा पूर्वाधार विस्तारको अभियान लाथिएपनि अझै नेपाल आएका पर्यटकको माग पुरा नभएको अवस्था छ । हवाई क्षेत्रमा पनि राम्रो प्रगती भएको देखिदैन । हाल साचालित अधिकाँश हवाई उडानमा विदेशी विमान कम्पनीहरुको पहुँच बढी छ । मुलुको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई कहिले धमिजा काण्ड कार्यकारी नेतृत्व विवाद नयाँ जहाज खरिदका भएको सुगतरत्न भ्रष्ट्राचार काण्ड हुँदै अहिले मुसा काण्डसम्म ल्याएर कहिल्यै उठन नसक्ने गरि थला पारेको अवस्था छ । सन १९६० बाट सुरु भएको नेपालको पर्यटन उद्योग कछुवाको गतिमा अघि बढिरहेको छ । नेपालमा हवाई इतिहासको कुरा गर्ने हो भने २००६ सालमा राजा त्रिभुवन वीरबिक्रम शाह भारत पुगेर नेपाल फर्कर्ने क्रममा काठमाडौको सिनामंगल स्थित गौचरणमा पहिलोपटक भारतीय विमान अवतरण गरेपछि सुरु भएको नेपाली आकासमा अहिले हवाई यात्रुहरुको संख्या वार्षिक करिब २५ लाख पुगेको छ ।
यसले स्वदेशीलाई भन्दा विदेशी विमान कम्पनीलाई मात्र फाइदा पुर् याएको छ ।
आन्तरिक एवं वाह्य कारणले पारेका असरले गर्दा नेपालको पर्यटन आशा गरेअनुरुप प्रतिफलमुखि नभएको यथार्थ हामिसँग छ । पर्यटन भन्नाले विदेशी पाहुनालाई आफुतिर तान्ने एवं आकर्षण बढाउने एक प्रकारको कलायुक्त क्षेत्र हो । जसले विदेशी पर्यटक आकर्षण गर्ने कला प्रस्तुत गर्न सक्यो र विविध समस्या एवं असरसँग जुध्न सक्यो ती मुलुकहरु फस्टाउदै गए भने हाम्रो देशले पर्यटन उद्योगप्रति पर्ने दीर्घकालिन असरसँग मुकाविला गर्न सकेन त्यसैले हामी अन्य देशको तुलनामा पछि परेको अधिकाँश व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ । मुलुकले भोग्नुपरेको असहज राजनीतिक अवस्था विभिन्न समयमा देखिएको राजनीतिक संक्रमण आपसी खिचातानी व्यक्तिगत स्वार्थ एवं अस्वस्थ प्रतिस्पर्धा र हस्तक्षेपले गर्दा नेपालले आशा गरे अनुरुप आर्थिक समृद्धिको आधार पर्यटन उद्योगको प्रवद्र्धनमा प्रगती गर्न नसकेको उनीहरुको गुनासो छ ।
नेपाल भन्दापछि विश्व पर्यटन बजारमा प्रतिस्पर्धा गरेका मुलुक अहिले वार्षिक करोडौं पर्यटक भित्राउन सक्षम भइसके हामी अझै केही लाख पर्यटक बढाउन दशकौं कुरिरहेका छौं । संसारका अन्य मुलुकहरुले विदेशी पर्यटक आकर्षण गर्न कृत्रिम पर्यटन गन्तब्यस्थल निर्माण गरि उत्कृष्ट सफलता प्राप्त गरिसके भने हामी अझै मुलुकमा भएका अथाह प्राकृतिक स्रोत र साधन भण्डारको उचित सदुपयोग गर्न चुकिरहेका छौं । पर्यटन सम्पदाको हिसावले विश्व मानचित्रमा अर्गणी स्थानमा आउने नेपालको विकास हेर्दा कताकता सिँगो समाज नैं पछाडी परे झै मुलुकको पर्यटन उद्योगको विकास पनि निकै पछि परेको देखिन्छ । अहिलेको वैज्ञानिक युगमा पर्यटक कृत्रिम भन्दा प्राकृतिक वातावरणमा रमाउन अभिरुची राख्दछन । तर हामीले आफुसँग भएको प्रकृतिका अनमोल रत्नलाई उचित रुपमा सदुपयोग गर्न सकिरहेका छैनौं । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अनगिन्ति हिमश्रृँखला विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी हिन्दु इष्टदेव भगवान पशुपतिनाथ नेपालमै छ । यी बाहेक विविध साँस्कृतिक धरोहर साहसिक खेल पर्यटनको सम्भावना पनि नेपालमै छ । संसारमा कही नभएको हिमाल पहाड र तराईमा विभक्त अनुपम हावापानीयुक्त भूमि हामीसँगै छ । मुलुकका ७५ ओटै जिल्लामा साँस्कृतिक धार्मिक एवं प्राकृतिक र जैविक सम्पदाको भण्डार छ । यिनै विविध सम्पदाको कारण अहिले नेपालको गौरब र पहिचाहन अन्य देशको तुलनामा फरक छ । जसलाई उपयुक्त ढंगले प्रदद्र्धन गरि प्रचार-प्रसार मात्र गरेको मुलुकको पर्यटन उद्योगको विकासले तिब्रतर फड्को मार्ने अधिकाँश व्यवसायीको दावी छ ।
हामीसँग भएका यी अथाह सम्पदाको उचित सदुपयोग नभएकै कारण अहिले नेपालको पर्यटन बजारले आशा गरे अनुरुप गति लिन सकेको छैन । नेपाल धार्मिक साँस्कृतिक साहसिक र प्राकृतिक एवं जेविक पर्यटनको उत्कृष्ट गन्तब्य बन्ने एकल हैसियत हुँदाहुँदै पनि हाम्रो पर्यटन बजारले गति नलिएकामा अधिकाँश सरोकारवाला एवं व्यवसायीहरु चिन्तित् छन ।
वरिष्ट पर्यटन व्यवसायी कर्ण शाक्य मुलुको ५० वर्षे पर्यटन विकासको इतिहासका पाना पल्टाउदा नेपालको पर्यटनले किन आशातित् रुपमा फड्र्को मार्न सकेन अब सबै एकजुट भएर लेखाजोखा गर्नुपर्छ भन्छन । छिमेकी देश चीनमा वार्षिक १० करोड पर्यटक भित्रिन्छन भने करिब ५ करोड मात्र चिनीयाँ नागरिक अन्यन्त्र बाहिरिन्छन । यसैगरि वार्षिक ६ करोड पर्यटक भारत भित्रिन्छन भने सोही संख्यामा भारतीयहरु संसारका विभिन्न मुलुकको भ्रमण गर्दछन । यी दुई छिमेकी मुलुको बीचमा रहेर पनि हामीले प्रतिफल किन लिन सकेनौं त शाक्यको प्रस्न गर्छन । भौगोलिक रुपमा यी दुई मुलुक विशाल भएरपनि साँस्कृतिक र प्राकृतिक रुपमा नेपाल सबैभन्दा विशाल रहेको उनको दावी छ । संसारकै सबैभन्दा धेरै बुद्धिष्ट राष्ट चीन र हिन्दु बढी भएको मुलुक भारतको धार्मिक गन्तब्यस्थल नै नेपाल भएको जानकारी गराउँदै उनले बुद्धिष्ट र हिन्दुले जीवनमा एकपटक पुग्नैपर्ने पवित्र बुद्धजन्मस्थल लुम्बिनी र पशुपति क्षेत्र नेपालमै भएकाले मुलुको पर्यटन विकासको सम्भावना राम्रो भएको बताए । परापूर्व कालदेखि जिवन्तरुपमा रहेका यी सम्पदाहरुको उचित संरक्षण एवं प्रवद्र्धन भएमा मात्र मुलुकमा वार्षिक करोडौं पर्यटक भित्रिने उनको दावी छ । संसारकै प्रकृति प्रेमी साहसीक पर्यटकको अन्तिम गन्तब्य सगरमागा र अन्य दजनौं हिमालहरु पनि नेपालमै छ । अब यसभन्दा कुनै मान निर्मित सम्पदा बनाएर विश्वको ध्यान तान्नुपर्ने अवस्था हामीलाई नभएको बताउँदै शाक्यले भने ु मुलुकको पर्यटन विकासलाई कसैको व्यक्तिगत स्वार्थमा मात्र नरुमल्याएर दीर्घकालिन राष्ट्रिय विकासको लक्ष्यसँग जोड्नु अहिलेको आवस्यकता भइसकेको छ ु ।अहिलेसम्म आशातित् रुपमा पर्यटनको विकासले गति लिन नसक्नुको कारण पक्ता लगाई अब सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले नीतिगत रुपमा पर्यटन उद्योगको प्रवद्र्धनमा सरकारको ध्यान जानुपर्ने बताए ।
कसैको लहड र गफमा पर्यटन विकास नहुने दावी गर्दै उनले पर्यटन विकासकालागि नविनतम प्रविधी सहित संस्ाारका अन्य देशभन्दा भरक ढंगले आकर्षणका गतिविधी बढाएमा मात्र मुलुकको पर्यटन उद्योगले आशा गरे अनुरुपले लक्ष्य हिाँसल गर्ने बताए । नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक एवं द्धारिकाज होटलका साचालक अम्बिका श्रेष्ठले अहिले मुलुकको पर्यटन विकास गर्न कार्यक्रम घोषणा गर्नु भन्दापनि काम गरेर देखाउनुपर्ने बेला आएको बताइन । पर्यटन क्षेत्रको प्रवद्र्धनमा नारा होइन विज्ञ सहितको दीर्घकालिन योजना सार्वजनिक हुनुपर्ने धारणा राख्दै उनले पर्यटनलाई देशको स्थायी उद्योगका रुपमा परिभाषित गर्न सरकार चुक्न नहुने बताइन । एक पटक वनाएको योजनाले न्युनतम १० वर्षसम्म पर्यटन विकास गर्ने नीति लिनुपर्छ भन्दै उनले पर्यटन सदावहार चलिरहेने क्षेत्र भएकाले नेतृत्व परिवर्तन वा राजनीतिक परिवर्तनले असर नपार्ने खालको योजना तर्जुमा हुनुपर्नेमा जोड दिएकी छिन । सबैभन्दा पहिले पर्यटनको अर्थ उदेस्य र भावना एवं क्षेत्र ज्ञाताको अगुवाई लिनु राम्रो हुने बताउँदै श्रेष्ठले भनिन ु नेपाल भन्दापछि पर्यटनमा हात हालेका थाइल्याण्ड कोरिया चीन भारत िसंगापुर र मलेसिया जस्ता मुलुकको स्थिती हेर्दा अहिले हामीलाई दुःख लाग्छु । हामीसँग अनगिन्ती अनमोल रत्नको भण्डार भएर पनि मुलुकको पर्यटनमा सबै जनताको सहभागिता एवं पहुँच नपुगेकामा चिन्ता लागेको उनको कथन छ ।
नेपालले ५ लाख पर्यटक भित्राउने लक्ष्य सहित सन १९९८ मा ुनेपाल भ्रमण वर्ष मनाएको दिन देखि अहिलेसम्मको १२ वर्षे अवधीमा वार्षिक ५ लाख पर्यटकको संख्या पुगेको छैन । अहिले हवाई र स्थलमार्गबाट गरि करिब ४ लाख थपिएर वार्षिक ९ लाख पुगेको देखिन्छ । सो संख्यापनि वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ को प्रभावका कारण हो । अब सधै यो रेसियो कायम हुन्छ भन्नेमा अझै व्यवसायी आशावादी छैनन । पर्यटको संख्या बढाउनकै लागि राज्यले ठुलो रकम खर्च गरेर धुमधामकासाथ मनाएको ुनेपाल भ्रमण वर्ष-सन १९९८ पछिको १० वर्षको समयावधीमा मात्र ४ लाख पर्यटकको संख्या बढेको हो । त्यसैले नेपालको पर्यटन विकासको गति कछुवाको तालमा हिँडेको छ भन्न सकिन्छ । मुलुकमा पर्यटन आगमनको संख्या बढाउन राज्य र निजी क्षेत्रको ठुलो धनरासी खर्च भएपनि पर्यटनको विकासले गति लिन सकेको छैन । पछिल्लो समय पर्यटक आगमनको संख्या बढेको देखिएपनि सोही अवधीको समग्र अवस्थाका बारेमा विस्लेषण गर्दा पर्यटक आगमन संख्या बढ्नुको सट्टा झन घटेको देखिन्छ । घट्दो अवस्थामा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनकालागि सरकार र नीजि क्षेत्रको सकि्रएतामा अहिलेसम्म धेरै प्रयास भएपनि सो प्रयास बालुवामा पानी हाले सरह नै भएको छ । पर्यटन प्रवद्र्धनका लाममा मुलुकका विभिन्न ठाउमा भएका महोत्सवउत्सव जस्ता कार्यक्रले पनि लक्ष्य अनुरुप स्थानीयवासीले लाभ लिन पाएका छैनन । जसरका लागि सरकारले सन १९९८ डिसेम्वर ३१ म्ाा नेपाल पर्यटन बोर्ड स्थापना गरि सोही बोर्ड मार्फत अहिलेसम्म विभिन्न स्वदेश र विदेशका विभिन्न सम्भावित क्षेत्रमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम साचालन गर्दै आएको छ । मुलुकको पर्यटन उद्योगलाई विस्तार गर्न सरकारले पहिलो पटक नीजि साझेदारीको नमुनाको रुपमा नेपाल पर्यटन बोर्ड स्थापना गरि प्रवद्र्धनात्मक कार्य थालेको हो । सोही बोर्डको सकि्रयतामा नै अहिले मुलुका केही पर्यटकीय गन्तब्यस्थलका बारेमा सर्वसाधारणले पनि जानकारी पाएका हुन । पर्यटन बोर्डका अनुसार अहिलेसम्म मुलुकभर विश्व सम्पदामा सूचिकृत बसन्तपुर पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र बौद्धनाथ स्वयम्भुनाथ पशुपतिनाथ मुक्तिनाथ लुम्बिनी र चाँगुनाराण खप्तड क्षेत्र लगायत पोखरा चितवन पाल्पा नुवाकोट सगरमाथा क्षेत्र अन्नपूर्ण लाङटाङ मकालु क्षेत्र नेपालका उत्कृष्ट पर्यटकीय गन्तब्यस्थलमा परेका छन । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले यी बाहेक अहिलेसम्म मुलुकभर डेढ सय भन्दाबढी गन्तब्यस्थलहरु उत्कृष्ट स्थानमा परिसकेको बताए । अझ सो संख्या बढ्ने उनको भनाई छ ।
आर्थिक वर्ष २०६८÷६९ को बजेटमा सरकारले पर्यटनलाई प्राथमिक्ता दिएर २ अर्ब ३७ करोड वजेट विनियोजन गरेको छ । आगामी १५ वर्षभित्र नेपाललाई संसारकै उत्कृष्ट गन्तब्यका रुपमा विकास गरि विश्वको नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन आवस्यक पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक कार्यमा सो रकम खर्च गर्ने बताएको छ ।


होटल सम्बन्धी जानकारी ः
होटल एसोसियसन अफ नेपाल हान को तथ्याङक अनुसार अहिले यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ ।
राजधानीका ८ ओटा पाँचतारे होटलहरु सोल्टी र् यायाडिसन अन्नपूर्ण याकएण्ड यति मल्ल र हायात रिजेन्सी पोखराको फुलबारी रिसोर्ट र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ ।
हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म विगि्रएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै अहिले सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताएका छन ।

ट्रेकिङ र ट्राभल एजेन्सीहरुसम्बन्धी जानकारी
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का पूर्व अध्यक्ष सिताराम सापकोटोका अनुसार अहिलेसम्म ७ सय ७२ कम्पनी काठमाडौमा र पोखरामा ७० ओटा गरि ९ सय ४२ ओटा कम्पनी ट्रेकिङ गराउने उदेस्यले दर्ता भएका छन । यसैगरि मुलुकभर ट्राभल एजेन्सीहरुको संख्या करिब २५ सय नाघेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजे_िन्सज नाट्टा ले जनाएको छ ।

सर्वोच्चको आदेश अनुरुप कार्य गर्न सकिएन , महाप्रवन्धक लिम्बु


काठमाडौ ३०
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कुल बहादुर लिम्बुले सर्वोच्च अदालतले दिएको ुपूर्ववत् कार्य गर्नु दिनु भन्ने आदेश अनुरुप आफु कार्यकक्षमा जाँदा निगमका कार्यकारी अध्यक्षले निर्वादरुपमा काम गर्न नदिएको बताएका छन । सर्वोच्च अदालतले गत १६ भदौमा दिएको ुपूर्ववत् कार्य गर्नु दिनु भन्ने आदेश अनुरुप कार्यकक्षमा प्रवेश गर्दा पटक पटक सार्वोच्चको आदेश विवरित कार्यकारी अध्यक्ष मनरुप शाहीले अनधिकृत रुपमा आफ्नो कार्यकक्ष कब्जा गरि काम गर्न नदिएको दावी गरेका छन । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई आवस्यक जहाज खरिद गर्ने कार्यलाई अघि बढाउनासाथ अनेक बहाना बनाएर आफुलाई अवरोध गरेको जानकारी गराउँदै उनले सर्वोच्च अदालतले न्याय दिए पनि माओवादीद्धारा नियुक्त कार्यकारी अध्यक्ष शाहीले निर्वाद रुपमा काम गर्न नदिएको बताएका छन । शुक्रबार रिपोटस्र क्लबमा पत्रकार सम्मेलन आयोजना गरि महाप्रवन्धक लिम्बुले सर्वोच्चको आदेश विपरित निगमका कार्यकारी अध्यक्ष शाहि पक्षधर कर्मचारीहरुले निर्वादरुपमा काम गर्न नदिएको बताएका हुन ।
माओवादीले नियुक्त गरेको शाहीले कानुनलाई नटेरेको दावी गर्दै उनले मन्त्री परिषदले गत १५ असारमा आफुलाई अवकास दिएर शाहीलाई नियुक्त गरेको भएपनि सर्वोच्चले सो निणर्य कार्यान्वयन नगरी आफुलाई पूर्ववत रुपमा काम गर्न अन्तिरिम आदेश दिएको बताए । उनले सर्वोच्चको आदेश नमानि शाहीले महाप्रवन्धको कार्यकक्ष जर्वरजस्ती कब्जा गरि आफुलाई काम गर्न नदिई अभद्ध व्यवहार देखाएको बताए ।
शाहीको यसतो कार्यले निगमको साख गिरेको दावी गर्दै उनले सर्वोच्चको आदेशको अवज्ञा गर्नुभनेको विधिको शासन विरुद्ध भएको बताए ।
निगममा भइरहेको पटक पटकको राजनीतिक हस्तक्षेप एवं शाहीले आफुमाथी गरेको गैर कानुनी कार्यले कानुनी राज्यको खिल्लि उडाएको उनको भनाई छ ।
एउटा सार्वजनिक संस्थामा दुईओटा कार्यकारी हुन नपाउने दावी गर्दै उनले सर्वोच्चको आदेश अनुरुप आफुले पूर्ववत रुपमा कार्य गर्न पाउनुपर्ने बताए । विभिन्न अवरोधका बाबजुद पनि आफुले गत २१ भदौदेखि निगममका हाजिर गर्न थालेको जानकारी गराउँदै महाप्रवन्धक लिम्बुले भने ु कार्यकारी अध्यक्ष शाहीले गरेको अबैध कार्यले हाल निगममा मात्र नभएर मुलुकको छविमा समेत नकारात्मक असर परेको छ ।ु महाप्रवन्धक लिम्बुको चारवर्षे कार्यकाल सकिन अझै धेरै समय बाँकी हुँदाहुँदै तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले बीचैमा हटाएर शाहीलाई नियुक्त गरेका थिए । उनले गत जेठमा निगमलाई तत्काल आवस्यक एयरक्रफ्ट जहाज ल्याउने तयारी भइरहेका बेला आफुलाई एक्कासी हटाएकाले अहिलेसम्म निगमको अवस्था धरासायी भएको जानकारी गराउँदै उनले अहिले निगम व्यवस्थापन थप अन्यौलमा परेको बताए ।

पर्यटकको सख्या बढेपनि व्यापारिक कारोबार न्युन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ२ असोज
विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटक आगमनको संख्या बढेपनि अहिले राजधानीको पर्यटकीय बजार ठमेल लगायत मुलुकभरका अधिकाँश क्षेत्रको व्यापारिक कारोबार आशातित् रुपमा बढेको छैन छ । गत अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको देखिए पनि व्यापारिक कारोबार अपेक्षा गरे अनुरुप छैन । अगष्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन । सोही अनुपातले स्थलमागबाट आउनेहरुको संख्यापनि विगतका वर्षहरुको तुलनामा केही बढेको देखिन्छ । तर व्यापारिक कारोबार नबढेकामा व्यवसायी चिन्तित छन ।
विगत १५ दिन देखि नै वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु भएर राजधानीका होटल भरिए पनि अपेक्षाकृत रुपमा व्यापार नभएको अधिकाँश व्यवसायीको भनाई छ ।
उनीहरुले संख्यात्मक रुपमा पर्यटक आगमन बढेको देखिए पनि बढी खर्च गर्ने युरोपियन मुलुकबाट आउनेको संख्या न्युन भएकाले ठमेल लगायत मुलुकभरका पर्यटकीय बजारमा व्यापारिक कारोबार घटेको बताए ।
ठमेल स्थित वल्डवाइड टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक महेन्द्र खनालले गत एक सातादेखि ठमेलको व्यापारिक करोबारमा गिरावट आउन थालेको बताए । विगतका वर्षहरुको तुलनामा यसपाली बढी खर्च गर्ने खालका पर्यटक नआएको बताउँदै प्रवन्ध निर्देशक खनालले भने ु अहिले ठमेल क्षेत्रको व्यापारिक करोबार ४० प्रतिशतले घटेको छ ।
गत ५ सेप्टेम्वरसम्म आफ्नो ट्राभलबाट दैनिक विभिन्न एयरलाइनका दुई दर्जन भन्दाबढी टिकट विक्री हुने गरेको जानकारी गराउँदै उनले हाल दैनिक ४ओटा टिकट बनाउन समेत मुस्कील परेको बताए ।
यदि आइहाले पनि छिमेकी मुलुक भारतीयहरुको संख्या बढी रहेको जानकारी गराउँदै उनले अहिले विगतका वर्षहरुमा भन्दा न्युन कारोबार भएको बताए । पर्यटकीय मौसम सुरु भएर होटल एवं गेस्टहाउसको बुकिङ उच्च रहेपनि अहिले राजधानीको प्रमुख पर्यटकीय बजार ठमेल दरबारमार्ग बसन्तपुर भक्तपुर पाटन दरबार संरक्षण क्षेत्र र नगरकोटको व्यापारिक कारोबारमा गिरावट आएको उनको भनाई छ ।
होटल एसोसियसन अफ नेपाल हान ले भने अहिले आगामी अक्टोवर र नोयम्बरकालागि होटल बुकिङ उच्च रहेको जनाएको छ ।
हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले आगामी नोवेम्बरसम्मकालागि ९० प्रतिशत भन्दाबढी होटल बुकिङ भएको बताए । उनले अहिले ठुला तारे देखि स-साना पर्यटकीय होटलहरुमा युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या भन्दा छिमेकी मुलुकहरु चीन र भारतबाट आउनेहरुको संख्या केही बढी भएकाले कारोबार घटेको बताए । दरवारमार्ग स्थित यती पश्मिना एवं ह्याण्डीक्राफ्टका प्रवन्धक राजाराम लामिछानेले पसलमा आउनेहरु सबै बढी खर्च गर्न नसक्ने खालका भएकाले व्यापारिक कारोबार न्यन रहेको बताए ।
ठमेल पर्यटन विकास परिषदका एक सदस्यले पनि विगतको वर्षहरुको तुलनामा यसपाली ठमेल लगायत मुलुकभरको व्यापारिक कारोबार घट्न थालेको बताए ।
विगतका वर्षहरुको तुलनामा अहिले ठमेल घुम्न आउने पर्यटकमा सबैभन्दा बढी भारतीय र चीनियाँ भएकाले कारोबाट नभएको जानकारी गराउँदै उनले युरोपियन पर्यटकले झैं यिनीहरुले खर्च नगर्ने भएकाले कारोबारमा गिरावट आएको बताए ।
त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले गत अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

सहुलियत दरको खाद्यान्न विक्री आगामी ६ असोजबाट, साल्ट ट्रेडिङको चिनी थप ५ रुपैयाँ सस्तो



मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ३० भदौ
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी ६ असोजदेखि राजधानीको विभिन्न स्थानबाट सहुलियत दरको खाद्यान्न विक्री वितरण सुरु गर्ने भएको छ । सहुलियत विक्री कार्यक्रम आगामी १५ कातिकसम्म साचालन हुने छ ।
सरकारले गत साता घोषणा गरेको राहत कार्यक्रम एवं उपभोक्तालाई विगतका वर्षहरुकै जसरी दशै तिहार र छठ पर्वमा सहुलियत दरको खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उदेस्यले लिमिटेडले आगामी ६ असोजदेखि राजधानीका विभिन्न क्षेत्रबाट उपभोग्य बस्तुहरु विक्री गर्न लागेको हो ।
साल्ट टेडिङका महाप्रवन्धक उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङ नेस्नल ट्रेडिङ नेपाल खाद्य संस्थान लगायतका संस्थाहरुको सहकार्यमा राजधानीका विभिन्न ठाउँमा सहुलियत दरको एकृकित खाद्यान्न विक्री केन्द्र राखिने बताइन । चार्ड पर्वकाबेला उपभोक्तालाई प्रत्यक्ष राहत दिन सहुलियत दरको विक्री केन्द्र साचालन गर्न लागेको जानकारी गराउँदै उनले अहिले सबै तयारी पुरा हुने क्रममा रहेको बताइन ।
विगतका वर्षहरुमा झैं यसपाली पनि साल्ट ट्रेडिङ लगायतका सरकारी संस्थानहरुबाट दसै तिहार र छठ पर्वमा सर्वधारण उपभोक्ताले सहुलियत दरमा खाद्यान्न एवं दैनिक उपभोग्य बस्तु विक्री वितरण गर्दै आएको जानकारी गराउँदै उनले ७ ओटा विक्री केन्द्र बाहेक काठमाडौ उपत्यकाको चक्रपथ भित्र र बाहिर गरि ५ ओटा गाडीबाट घुम्ति विक्री सेवा साचालन हुने बताइन ।
लिमिटेडका विभागिय प्रवन्धक भगवती राणाले सरकारले गत साता घोषणा गरेको राहत कार्यक्रम एवं सरकारी संस्थानले विगतका वर्षहरुमा झैं विक्री गर्दै आएको चार्डपर्व सहुलियत कार्यक्रम अन्र्तरगत साल्ट ट्रेडिङको स्टलमा चिनी नुन ग्याँस र चामल लगायतका बस्तुहरु हाल साविकको मुल्य भन्दा केही सस्तो हुने बताइन । उनले राजधानीका विभिन्न क्षेत्र साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय परिसर कालिमाटी नेस्नल ट्रेडिङ टेकु नेस्नल टे्रडिङ सिँहदरबार खाद्य संस्थान परिसर थापाथली ललितपुरको विसालबजार साल्ट ट्रेडिङ सहकारी कोटेश्वर र भक्तपुर दरबार क्षेत्र सहित ७ ठाउँमा एकृकित विक्री केन्द्र र ५ ओटा घुम्ति गाडीबाट सहुलियत दरको खाद्यान्न विक्री हुने बताइन । सो विक्री केन्द्रमा अहिले विक्री भईरहेको ६४ रुपैयाँ प्रतिकेजी चिनीको मुल्यमा ५ रुपैयाँ घटाइ प्रति केजी ५९ रुपैयाँ १५ रुपैयाँको प्रति प्याकेट नुनमा २ रुपैयाँ घिउमा प्रतिकेजी १० रुपैयाँ र मोटा चामलमा प्रति केजी ५ रुपैयाँ सहुलियत दिने निर्णय भइसकेको जानकारी गराउँदै राणाले राजधानीसँग भनिन् सहुलियत दरको विक्रीकेन्द्रबाट सर्वसाधारण उपभोक्ताले चार्डपर्वमा छुट मात्र पाउने नभएर यसले बजारको मुल्यबृद्धि नियन्त्रण गर्न समेत सहयोग पुग्छु ।
उनले साल्ट ट्रेडिङ लगायतका सरकारी संस्थानबाट चार्डपर्वका बेला प्रदान गरिने यस्ता सहुलियत दरको विक्री केन्द्र राजधानीमा मात्र नभएर आगामी ६ असोजदेखि मुलुकभर लागु गर्ने तयारी भएको जानकारी गराइन ।
राजधानीको चक्रपथ भित्र ३ ओटा र बाहिर २ ओटा गरि कुल ५ ओटा गाडिबाट विभिन्न ठाउँमा घुम्ति विक्री सेवा साचालन गरिने जानकारी गराउँदै उनले खाद्य संस्थानले विक्री गर्ने मासुमा पनि साविकको मुल्य भन्दा केही सस्तो गर्ने तयारी भइरहेको बताइन । उनले लिमिटेड लगायतको सकि्रयतामा साचालित सो एकृकित विक्री सेवा केन्द्र आगामी १५ कात्तिकसम्म चल्ने बताइन ।
साल्ट ट्रेडिङका विभागिय प्रवन्धक पंकज जोशीले आगामी छठ पर्व सम्मकालागि चिनी नुन लगायतका दैनिक उपभोग्यबस्तुहरुको मौज्दात प्रयाप्त मात्रामा रहेको बताए ।
साल्ट ट्रेडिङसँग अहिले ५० लाख केजी भन्दाबढी चिनी मौज्दात रहेको जानकारी गराउँदै उनले नेस्नल ट्रेडिङसँग पनि ४८ लाख केजी चिनी स्टक रहेको बताए ।
विगतका वर्षहरुमा जस्तो यसपाली चार्डपर्वका बेला सरकारी संस्थानबाट विक्री हुँदै आएका कुनैपनि बस्तुहरुको अभाव नहुने दावी गर्दै जोशीले भने ु अझै हामीसँग आगामी ४ महिनाभन्दा बढी समयसम्म पुग्ने चिनी मौज्दात छु ।

पर्यटनलाई संस्कृतिसँग जोड्ने विश्व पर्यटन दिवसको नारा


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १ असोज
नेपाली साँस्कृतिक पर्यटन प्रति विश्वकै ध्यानाकर्षण गराउने उदेस्यका साथ आगामी १० असोजमा विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन संगठनले हरेक वर्ष २७ सेक्टेम्वरका दिन मनाउँदै आएको विश्व पर्यटन दिवसलाई भब्यताका साथ सम्पन्न गर्न यसपाली सरकारलेुपर्यटनलाई संस्कृतिसँग जोड्नेुनारा तय गरेको छ ।
विगतका वर्षहरुमा भन्दा फरक ढंगले मनाइन लागेको विश्व पर्यटन दिवसमा मुलुकको साँस्कृतिक विविधता प्राकृतिक सौन्दर्यता र धार्मिक सहिष्णुताका कारण विश्व पर्यटन बजारमा नेपाली पर्यटनको गौरभमय उपस्थितीलाई थप विस्तार गरि संसारका सबै क्षेत्रमा पुर् याउन अहिलेको वर्ष ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु टुरिजम लिँकिङ कल्चर को नारा अघि सारेको हो ।
वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ नेपाल भित्रिने पर्यटकलाई नेपाली संस्कृतिको बारेमा जानकारी गराई उनीहरुलाई मुलुकको साँस्कृतिक विविधतामा रमाउने वातावरण बनाउन यसपालीको विश्व पर्यटन दिवसमा ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु नारा तय गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संसारका विभिन्न भागमा छरिएर रहेका विविध संस्कृतिलाई विश्व पर्यटन आकर्षणको स्रोत बनाउने लक्ष्य सहित तय भएको सो नाराले मुलुकको साँस्कृतिक पर्यटनलाई थप उचाइमा पुर् याउने अपेक्षा गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
पर्यटन सचिव गणेशराज जोशीले परापूर्व कालदेखि चल्दै आएका विभिन्न खालका साँस्कृतिक संस्कार चालचलन एवं विविध गतिविधीलाई पर्यटन आकर्षणको केन्द्र बनाउन सहयोग पुग्ने बताए । उनले मन्त्रालय र पर्यटन बोर्डले नीजि व्यवसायीको सहकार्यमा विश्व पर्यटन दिवसको कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ले साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपालको पर्यटनकालागि यस्तो नारा तय हुनु खुसिको कुरा भएको बताए । पर्यटनलाई संस्कृतिको उच्चतम महत्व रहेजस्तै संसारका पर्यटक अर्को ठाउँको संस्कृतिका बारेमा जानकारी लिन भ्रमण गर्ने गरेको जानकारी गराउँदै श्रेष्ठले भने ु जतिधेरै साँस्कृतिक विविधतापूर्ण समाज हुन्छ त्यतिकै मात्रामा पर्यटक आकर्षित हुन्छन ।ु पर्यटक आगमन संख्या बढेमा मुलुकको साँस्कृतिक पर्यटन विकास आर्थिक उन्नती प्रचार-प्रसार लगायत समाज सुधारमा मद्धत पुग्ने बताउँदै उनले भने ु यसवर्षको विश्व पर्यटन दिवसमा तय भएको नाराले मुलुकको पर्यटन उद्योगमा ठुलो आयाम थप्ने अपेक्षा गरिएको छ ।
पर्यटन वर्ष २०११ को प्रचारात्मक अभियान र अन्य विविध गतिविधीका कारण विगतका वर्षहरुको तुलनामा यसपाली पर्यटक आगमनको संख्या आशातित् रुपले बढेको दावी गर्दै उनले वार्षिक रुपमा बढिरहेको पर्यटकको रुचि नै साँस्कृतिक एवं प्राकृतिक मनोराजन भएकाले अहिलेदेखि संस्कृतिलाई पर्यटन सँग जोड्न खाजेको बताए ।
साँस्कृतिक पर्यटनले सामाजिक सद्भाव आपसी सम्बन्ध र समाजमा शान्ति कायम गर्न भूमिका राख्ने हुँदा संयुक्त राष्ट्रसँघले पनि यसवर्षको नारा नै ुटुरिजम िलंकिङ कल्चरु तय गरेको जानकारी गराउँदै उनले यसले नेपाललाई पनि फाइदा पुग्ने बताए । सन् २०१० मा संसार भ्रमणमा पुगेका कुल ९४ करोड पर्यटकको आर्थिक गतिविधी ९ खर्ब २० अर्बको भएजस्तै पर्यटक बृद्धिदर ५ प्रतिशत रहेको छ ।
सन् २०११ मा संसार भ्रमणमा निस्कने पर्यटकको संख्या १ अर्ब पुग्ने अनुमान गरिएको छ ।
यसैगरि विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या सन् २०१० मा ६ लाख २० हजार रहेकामा २०११ को अन्तसम्ममा सो संख्या बृद्धि भई वार्षिक १० लाख पुग्ने अपेक्षा गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०६८÷६९ को बजेटमा पनि आगामी १५ वर्षभित्र नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गरि संसारको नमुना पर्यटकीय मुलुकको रुपमा स्थापित गर्ने लक्ष्य बनाएको छ ।
पर्यटन वर्ष २०११ कार्यान्व्यन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले विश्व पर्यटन संगठनले पनि हरेक वर्ष मनाउने विश्व पर्यटन दिवसको नारा ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु राखेकाले विविध संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको मुलुकको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए ।


Sunday, September 11, 2011

होटल बुकिङ उच्च, अक्टोवर र नोवेम्वरकालागि ९० प्रतिशत कोठा भरियो



मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २५ भदौ
विगतका वर्षहरुको तुलनामा यस वर्ष राजधानीका होटलमा पर्यटकको बुकिङ उच्च बृद्धि भएको छ ।
वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ को प्रचार- प्रसारका कारण अहिले राजधानीका होटल एवं गेष्ट हाउसमा बुकिङ उच्च बृद्धि भएको हो ।
विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्या बढ्न थालेपछि अहिले राजधानीका ठुला तारे होटलको बुकिङ ९० प्रतिशत भन्दा बढी भएको व्यवसायीहरुले बताएका छन ।
साँगि्रला होटलको एक्जुकेटिभ असिस्टेन्ड मेनेजर सन्तोषबिक्रम शाहले अहिले सागि्रला होटलको कोठा बुकिङ ९० प्रतिशत भन्दाबढी रहेको बताए ।
आगामी अक्टोबर- नोवेम्वरकालागि नै उच्च बुकिङ रहेको जानकारी गराउँदै उनले विगतका वर्षहरुको तुलनामा यसपाली होटल बुकिङ निकै राम्रो भएको बताए ।
गत अगष्ट र सेक्टेम्वरमा पनि होटल बुकिङको चाप उच्च रहेको जानकारी गराउँदै उनले अहिले पनि राजधानीका धेरै होटल भरिएको बताए ।
शाहले यसपाली साँगि्रला होटलले पनि मलेसियबाट उच्च गुणस्तरीय फर्निचर ल्याएर थप पूर्वाधार विस्तार गरेको बताए ।
यसैगरि राजधानीका अन्य पाँचतारे होटलहरु सोल्टी र् यायाडिसन अन्नपूर्ण याकएण्ड यति मल्ल र हायात रिजेन्सीले पनि पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन ।
ती होटलका व्यवसायीहरुले पनि पर्यटकीय सिजन सुरु नहुँदै होटलकॊ बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेक्टेम्बर अक्टोबर र नोबेम्बरका लागि आवस्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।
होटल एसोसियसन अफ नेपाल हान ले जानकारी गराए अनुसार गत वर्षको भन्दा अहिलेको वर्ष राजधानीका ठुला तारे होटल लगायत सम्पूर्ण पर्यटकीय होटलको बुकिङमा ८० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
यसैगरि पर्यटकीय गन्तब्यस्थल ठमेल क्षेत्रका होटल एवं गेष्ट हाउसमा पनि आगामी दुई महिना सम्मका लागि कोठा बुकिङ भईसकेको व्यवसायीहरुले बताएका छन् ।
ुइमेल र इन्टरनेटबाट पनि कोठा बुकिङ गर्न सकिन्थ्यो यसपाली बढ्दो पर्यटक चापले इमेलबाट कोठा खोज्न सकिएनु आगामी १५ अक्टोबर देखि १५ दिनसम्म ५० जना पर्यटकलाई होटलको व्यवस्था मिलाउन भैरहवाबाट राजधानी आईपुगेका बुद्ध टुर एण्ड ट्राभलका प्रवन्धक मछिन्द्र श्रेष्ठले राजधानीसित भने ु होटल बुकिङका लागि एक साताभर धेरै होटल चहारियो अझै भेटिएको छैन ु ।
उनले भने ु यदि भेटिहाले पनि आफुलाई आवस्यक कोठा पाउन सकिएकै छैन ु ।
अहिले पर्यटन मौसम सुरु भइसकेको छ । यसको मौका छोपेर आ- आफ्ना व्यवसाय बृद्धि गर्न व्यवसायीहरु धमाधम क्षमता बिस्तार अभियानमा जुटेका छन् । नाम चलेका ठुला तारे होटलहरु देखि स- साना गेष्ट हाउस सम्म सबैले क्षमता विस्तारको क्रममा कोठा थप्ने र सजावटका सामाग्री बढाउन थालेका छन् ।
सिजनको दुई महिनामा मात्र श्रेष्ठले २० ग्रुप पर्यटकलाई राजधानी ल्याउँदै छन् । उनले ल्याउन लागेको एउटा ग्रुपमा २५ देखि ४० जनासम्म विदेशी पर्यटक हुने छन् । आफुले ल्याउन लागेका मध्ये धेरै जसो बंगाली र अन्य पश्चिमा मुलुकहरुका हुने पनि उनले बताए ।
अहिलेको सिजनमा काठमाडौ उपत्यका भित्रका ठमेल नगरकोट धुलिखेल चितवन पोखरा लुम्बिनी पाल्पा र मुक्तिनाथसम्म विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकाँश व्यवसायीहरुको छ ।
श्रेष्ठ जस्तै अहिले राजधानी लगायत मुलुकभरका विभिन्न गन्तब्यस्थलमा पर्यटक भित्राउने छिमेकी राष्ट्र भारतको कोलकत्तामा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल एजेन्सी छन् ।
उनीहरुको यो व्यवसायीक कार्यले आगामी सिजनको दुई महिनामा मात्र करिब १० हजार भन्दाबढी बंगाली नेपाल भित्रिने गर्दछन ।
श्रेष्ठले भने ु यी त राजमार्ग हुँदै आउने हुन हवाई मार्गबाट कत्ति आईपुग्छन् अहिल्यै भन्न सकिने अवस्था छैनु । पर्यटक आगम संख्या बृद्धि सँगै अहिले व्यवसायीले होटलको क्षमता बृद्धि गर्न थालेका छन । ठुला तारे होटलहरुले आगामी सिजनका लागि एकैपटक लाखौं रुपैयाँको लगानी थपिरहेका छन ।
होटल व्यवसायीले आगामी दिनमा पर्यटक आगमन बढ्ने आशाले यस वर्ष सेवा सुविधा थप्नका लागि मात्र लाखौं रुपैयाँ खर्च गरेका हुन ।
पर्यटकलाई नयाँ आकर्षण दिन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि लगानी बढाउनुपरेको उनीहरुको भनाई छ ।
हानको तथ्याङक अनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । ५ तारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र प्रबेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँ पन दिन होटलले लगानी बृद्धि गरेका हुन ।
आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकाँश व्यवसायीको कथन छ ।
अहिलेको वर्ष सिजन सुरु नहुँदैे राजधानीका ८ ओटा पाँच तारे र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ ।
हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म विगि्रएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै यसपाली सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताए ।


एकाउन्न वर्षे पर्यटनको विकास कछुवाको तालमा


मधुजंग पाण्डे
काठमाडौ २४ भदौ
नेपालमा पर्यटन विकासको थालनी भएको लामो समय वितेपनि यसको गति भने सुस्त ढंगले अगाडी बढि रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुको संख्या बढेको देखिएपनि त्यसबाट नेपालीले आशातित् रुपमा लाभ लिन सकेका छैनन । नेपालका अन्य साहसिक पर्यटनको क्षेत्रहरु ट्रेकिङ जंगल सफारी र जलयात्रा बन्जीजम्प क्यानोनिङ लगायतका क्षेत्रहरुमा पर्यटकको सहभागिता न्युन छ । होटल तथा रेस्टुरेन्ट व्यवसाय साचालनकालागि नीजि व्यवसायीको सकि्रयतामा पूर्वाधार विस्तारको अभियान लाथिएपनि अझै नेपाल आएका पर्यटकको माग पुरा नभएको अवस्था छ । हवाई क्षेत्रमा पनि राम्रो प्रगती भएको देखिदैन । हाल साचालित अधिकाँश हवाई उडानमा विदेशी विमान कम्पनीहरुको पहुँच बढी छ । मुलुको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई कहिले धमिजा काण्ड कार्यकारी नेतृत्व विवाद नयाँ जहाज खरिदका भएको सुगतरत्न भ्रष्ट्राचार काण्ड हुँदै अहिले मुसा काण्डसम्म ल्याएर कहिल्यै उठन नसक्ने गरि थला पारेको अवस्था छ । सन १९६० बाट सुरु भएको नेपालको पर्यटन उद्योग कछुवाको गतिमा अघि बढिरहेको छ । नेपालमा हवाई इतिहासको कुरा गर्ने हो भने २००६ सालमा राजा त्रिभुवन वीरबिक्रम शाह भारत पुगेर नेपाल फर्कर्ने क्रममा काठमाडौको सिनामंगल स्थित गौचरणमा पहिलोपटक भारतीय विमान अवतरण गरेपछि सुरु भएको नेपाली आकासमा अहिले हवाई यात्रुहरुको संख्या वार्षिक करिब २५ लाख पुगेको छ ।
यसले स्वदेशीलाई भन्दा विदेशी विमान कम्पनीलाई मात्र फाइदा पुर् याएको छ ।
आन्तरिक एवं वाह्य कारणले पारेका असरले गर्दा नेपालको पर्यटन आशा गरेअनुरुप प्रतिफलमुखि नभएको यथार्थ हामिसँग छ । पर्यटन भन्नाले विदेशी पाहुनालाई आफुतिर तान्ने एवं आकर्षण बढाउने एक प्रकारको कलायुक्त क्षेत्र हो । जसले विदेशी पर्यटक आकर्षण गर्ने कला प्रस्तुत गर्न सक्यो र विविध समस्या एवं असरसँग जुध्न सक्यो ती मुलुकहरु फस्टाउदै गए भने हाम्रो देशले पर्यटन उद्योगप्रति पर्ने दीर्घकालिन असरसँग मुकाविला गर्न सकेन त्यसैले हामी अन्य देशको तुलनामा पछि परेको अधिकाँश व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ । मुलुकले भोग्नुपरेको असहज राजनीतिक अवस्था विभिन्न समयमा देखिएको राजनीतिक संक्रमण आपसी खिचातानी व्यक्तिगत स्वार्थ एवं अस्वस्थ प्रतिस्पर्धा र हस्तक्षेपले गर्दा नेपालले आशा गरे अनुरुप आर्थिक समृद्धिको आधार पर्यटन उद्योगको प्रवद्र्धनमा प्रगती गर्न नसकेको उनीहरुको गुनासो छ ।
नेपाल भन्दापछि विश्व पर्यटन बजारमा प्रतिस्पर्धा गरेका मुलुक अहिले वार्षिक करोडौं पर्यटक भित्राउन सक्षम भइसके हामी अझै केही लाख पर्यटक बढाउन दशकौं कुरिरहेका छौं । संसारका अन्य मुलुकहरुले विदेशी पर्यटक आकर्षण गर्न कृत्रिम पर्यटन गन्तब्यस्थल निर्माण गरि उत्कृष्ट सफलता प्राप्त गरिसके भने हामी अझै मुलुकमा भएका अथाह प्राकृतिक स्रोत र साधन भण्डारको उचित सदुपयोग गर्न चुकिरहेका छौं । पर्यटन सम्पदाको हिसावले विश्व मानचित्रमा अर्गणी स्थानमा आउने नेपालको विकास हेर्दा कताकता सिँगो समाज नैं पछाडी परे झै मुलुकको पर्यटन उद्योगको विकास पनि निकै पछि परेको देखिन्छ । अहिलेको वैज्ञानिक युगमा पर्यटक कृत्रिम भन्दा प्राकृतिक वातावरणमा रमाउन अभिरुची राख्दछन । तर हामीले आफुसँग भएको प्रकृतिका अनमोल रत्नलाई उचित रुपमा सदुपयोग गर्न सकिरहेका छैनौं । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अनगिन्ति हिमश्रृँखला विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी हिन्दु इष्टदेव भगवान पशुपतिनाथ नेपालमै छ । यी बाहेक विविध साँस्कृतिक धरोहर साहसिक खेल पर्यटनको सम्भावना पनि नेपालमै छ । संसारमा कही नभएको हिमाल पहाड र तराईमा विभक्त अनुपम हावापानीयुक्त भूमि हामीसँगै छ । मुलुकका ७५ ओटै जिल्लामा साँस्कृतिक धार्मिक एवं प्राकृतिक र जैविक सम्पदाको भण्डार छ । यिनै विविध सम्पदाको कारण अहिले नेपालको गौरब र पहिचाहन अन्य देशको तुलनामा फरक छ । जसलाई उपयुक्त ढंगले प्रदद्र्धन गरि प्रचार-प्रसार मात्र गरेको मुलुकको पर्यटन उद्योगको विकासले तिब्रतर फड्को मार्ने अधिकाँश व्यवसायीको दावी छ ।
हामीसँग भएका यी अथाह सम्पदाको उचित सदुपयोग नभएकै कारण अहिले नेपालको पर्यटन बजारले आशा गरे अनुरुप गति लिन सकेको छैन । नेपाल धार्मिक साँस्कृतिक साहसिक र प्राकृतिक एवं जेविक पर्यटनको उत्कृष्ट गन्तब्य बन्ने एकल हैसियत हुँदाहुँदै पनि हाम्रो पर्यटन बजारले गति नलिएकामा अधिकाँश सरोकारवाला एवं व्यवसायीहरु चिन्तित् छन ।
वरिष्ट पर्यटन व्यवसायी कर्ण शाक्य मुलुको ५० वर्षे पर्यटन विकासको इतिहासका पाना पल्टाउदा नेपालको पर्यटनले किन आशातित् रुपमा फड्र्को मार्न सकेन अब सबै एकजुट भएर लेखाजोखा गर्नुपर्छ भन्छन । छिमेकी देश चीनमा वार्षिक १० करोड पर्यटक भित्रिन्छन भने करिब ५ करोड मात्र चिनीयाँ नागरिक अन्यन्त्र बाहिरिन्छन । यसैगरि वार्षिक ६ करोड पर्यटक भारत भित्रिन्छन भने सोही संख्यामा भारतीयहरु संसारका विभिन्न मुलुकको भ्रमण गर्दछन । यी दुई छिमेकी मुलुको बीचमा रहेर पनि हामीले प्रतिफल किन लिन सकेनौं त शाक्यको प्रस्न गर्छन । भौगोलिक रुपमा यी दुई मुलुक विशाल भएरपनि साँस्कृतिक र प्राकृतिक रुपमा नेपाल सबैभन्दा विशाल रहेको उनको दावी छ । संसारकै सबैभन्दा धेरै बुद्धिष्ट राष्ट चीन र हिन्दु बढी भएको मुलुक भारतको धार्मिक गन्तब्यस्थल नै नेपाल भएको जानकारी गराउँदै उनले बुद्धिष्ट र हिन्दुले जीवनमा एकपटक पुग्नैपर्ने पवित्र बुद्धजन्मस्थल लुम्बिनी र पशुपति क्षेत्र नेपालमै भएकाले मुलुको पर्यटन विकासको सम्भावना राम्रो भएको बताए । परापूर्व कालदेखि जिवन्तरुपमा रहेका यी सम्पदाहरुको उचित संरक्षण एवं प्रवद्र्धन भएमा मात्र मुलुकमा वार्षिक करोडौं पर्यटक भित्रिने उनको दावी छ । संसारकै प्रकृति प्रेमी साहसीक पर्यटकको अन्तिम गन्तब्य सगरमागा र अन्य दजनौं हिमालहरु पनि नेपालमै छ । अब यसभन्दा कुनै मान निर्मित सम्पदा बनाएर विश्वको ध्यान तान्नुपर्ने अवस्था हामीलाई नभएको बताउँदै शाक्यले भने ु मुलुकको पर्यटन विकासलाई कसैको व्यक्तिगत स्वार्थमा मात्र नरुमल्याएर दीर्घकालिन राष्ट्रिय विकासको लक्ष्यसँग जोड्नु अहिलेको आवस्यकता भइसकेको छ ु ।अहिलेसम्म आशातित् रुपमा पर्यटनको विकासले गति लिन नसक्नुको कारण पक्ता लगाई अब सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले नीतिगत रुपमा पर्यटन उद्योगको प्रवद्र्धनमा सरकारको ध्यान जानुपर्ने बताए ।
कसैको लहड र गफमा पर्यटन विकास नहुने दावी गर्दै उनले पर्यटन विकासकालागि नविनतम प्रविधी सहित संस्ाारका अन्य देशभन्दा भरक ढंगले आकर्षणका गतिविधी बढाएमा मात्र मुलुकको पर्यटन उद्योगले आशा गरे अनुरुपले लक्ष्य हिाँसल गर्ने बताए । नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक एवं द्धारिकाज होटलका साचालक अम्बिका श्रेष्ठले अहिले मुलुकको पर्यटन विकास गर्न कार्यक्रम घोषणा गर्नु भन्दापनि काम गरेर देखाउनुपर्ने बेला आएको बताइन । पर्यटन क्षेत्रको प्रवद्र्धनमा नारा होइन विज्ञ सहितको दीर्घकालिन योजना सार्वजनिक हुनुपर्ने धारणा राख्दै उनले पर्यटनलाई देशको स्थायी उद्योगका रुपमा परिभाषित गर्न सरकार चुक्न नहुने बताइन । एक पटक वनाएको योजनाले न्युनतम १० वर्षसम्म पर्यटन विकास गर्ने नीति लिनुपर्छ भन्दै उनले पर्यटन सदावहार चलिरहेने क्षेत्र भएकाले नेतृत्व परिवर्तन वा राजनीतिक परिवर्तनले असर नपार्ने खालको योजना तर्जुमा हुनुपर्नेमा जोड दिएकी छिन । सबैभन्दा पहिले पर्यटनको अर्थ उदेस्य र भावना एवं क्षेत्र ज्ञाताको अगुवाई लिनु राम्रो हुने बताउँदै श्रेष्ठले भनिन ु नेपाल भन्दापछि पर्यटनमा हात हालेका थाइल्याण्ड कोरिया चीन भारत िसंगापुर र मलेसिया जस्ता मुलुकको स्थिती हेर्दा अहिले हामीलाई दुःख लाग्छु । हामीसँग अनगिन्ती अनमोल रत्नको भण्डार भएर पनि मुलुकको पर्यटनमा सबै जनताको सहभागिता एवं पहुँच नपुगेकामा चिन्ता लागेको उनको कथन छ ।
नेपालले ५ लाख पर्यटक भित्राउने लक्ष्य सहित सन १९९८ मा ुनेपाल भ्रमण वर्ष मनाएको दिन देखि अहिलेसम्मको १२ वर्षे अवधीमा वार्षिक ५ लाख पर्यटकको संख्या पुगेको छैन । पछिल्लो समय पर्यटक आगमनको संख्या बढेको देखिएपनि सोही अवधीको समग्र अवस्थाका बारेमा विस्लेषण गर्दा पर्यटक आगमन संख्या बढ्नुको सट्टा झन घटेको देखिन्छ । घट्दो अवस्थामा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनकालागि सरकार र नीजि क्षेत्रको सकि्रएतामा अहिलेसम्म धेरै प्रयास भएपनि सो प्रयास बालुवामा पानी हाले सरह नै भएको छ । पर्यटन प्रवद्र्धनका लाममा मुलुकका विभिन्न ठाउमा भएका महोत्सवउत्सव जस्ता कार्यक्रले पनि लक्ष्य अनुरुप स्थानीयवासीले लाभ लिन पाएका छैनन । जसरका लागि सरकारले सन १९९८ डिसेम्वर ३१ म्ाा नेपाल पर्यटन बोर्ड स्थापना गरि सोही बोर्ड मार्फत अहिलेसम्म विभिन्न स्वदेश र विदेशका विभिन्न सम्भावित क्षेत्रमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम साचालन गर्दै आएको छ । मुलुकको पर्यटन उद्योगलाई विस्तार गर्न सरकारले पहिलो पटक नीजि साझेदारीको नमुनाको रुपमा नेपाल पर्यटन बोर्ड स्थापना गरि प्रवद्र्धनात्मक कार्य थालेको हो । सोही बोर्डको सकि्रयतामा नै अहिले मुलुका केही पर्यटकीय गन्तब्यस्थलका बारेमा सर्वसाधारणले पनि जानकारी पाएका हुन । पर्यटन बोर्डका अनुसार अहिलेसम्म मुलुकभर विश्व सम्पदामा सूचिकृत बसन्तपुर पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र बौद्धनाथ स्वयम्भुनाथ पशुपतिनाथ मुक्तिनाथ लुम्बिनी र चाँगुनाराण खप्तड क्षेत्र लगायत पोखरा चितवन पाल्पा नुवाकोट सगरमाथा क्षेत्र अन्नपूर्ण लाङटाङ मकालु क्षेत्र नेपालका उत्कृष्ट पर्यटकीय गन्तब्यस्थलमा परेका छन । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले यी बाहेक अहिलेसम्म मुलुकभर डेढ सय भन्दाबढी गन्तब्यस्थलहरु उत्कृष्ट स्थानमा परिसकेको बताए । अझ सो संख्या बढ्ने उनको भनाई छ ।
आर्थिक वर्ष २०६८÷६९ को बजेटमा सरकारले पर्यटनलाई प्राथमिक्ता दिएर २ अर्ब ३७ करोड वजेट विनियोजन गरेको छ । आगामी १५ वर्षभित्र नेपाललाई संसारकै उत्कृष्ट गन्तब्यका रुपमा विकास गरि विश्वको नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन आवस्यक पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक कार्यमा सो रकम खर्च गर्ने बताएको छ ।


होटल सम्बन्धी जानकारी ः
होटल एसोसियसन अफ नेपाल हान को तथ्याङक अनुसार अहिले यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ ।
राजधानीका ८ ओटा पाँचतारे होटलहरु सोल्टी र् यायाडिसन अन्नपूर्ण याकएण्ड यति मल्ल र हायात रिजेन्सी पोखराको फुलबारी रिसोर्ट र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ ।
हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म विगि्रएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै अहिले सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताएका छन ।

ट्रेकिङ र ट्राभल एजेन्सीहरुसम्बन्धी जानकारी
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का पूर्व अध्यक्ष सिताराम सापकोटोका अनुसार अहिलेसम्म ७ सय ७२ कम्पनी काठमाडौमा र पोखरामा ७० ओटा गरि ९ सय ४२ ओटा कम्पनी ट्रेकिङ गराउने उदेस्यले दर्ता भएका छन । यसैगरि मुलुकभर ट्राभल एजेन्सीहरुको संख्या करिब २५ सय नाघेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजे_िन्सज नाट्टा ले जनाएको छ ।




Wednesday, September 7, 2011

जहाज चढेर मुसाले घुम्यो मलेसिया र हङकङ


काठमाडौ, २१ भाद्र  - जहाज होस् त नेपाल वायुसेवा निगमको जस्तो ! जसमा यात्रुले मात्र होइन, मुसाले समेत उडान गर्न पाउँछन् । कहिले मलेसिया पुग्छन् त कहिले हङकङ ।सोमबार गुँडसहित मुसा देखिएको जहाजलाई निगमले राति मलेसिया पुर्‍यायो । मंगलबार बिहान काठमाडौं आएर फेरि त्यही जहाज अपराह्न १२ बजे हङकङका लागि उड्यो । जहाजभित्र मुसा देखिएपछि साँझ ६ बजे त्यहाँबाट फकिर्नुपर्ने विमान हङकङमै ग्राउन्डेड गरिएको छ ।
अघिल्लो दिन सोमबार जहाजमा मुसा देखिएपछि निगमको बैंकक उडान क्याप्टेन युवराज भट्टराईले रद्द गरे । तर राति साढे १० बजे मुसा भेटिएको दाबी गर्दै निगमले क्याप्टेन भट्टराईलाई नै राति क्वालालम्पुर उडान भर्न लगायो । मलेसियाबाट मंगलबार बिहान फर्केपछि क्याप्टेन शिशिर शर्माले हङकङको उडान भर्नुपर्ने भए पनि 'विशेष कारणवश' भन्दै उनी बिदामा बसे र क्याप्टेन भट्टराईलाई नै जहाज लिएर हङकङ उड्न लगाइयो ।'हङकङमा जहाजभित्र फेरि मुसा देखिएको सूचना पायौं,' साँझ निगमका प्रवक्ता राजु केसीले भने, 'जहाजको ककपिटमा देखियो रे ।'
हङकङ विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको हेको (एचएईकेओ) कम्पनीलाई मुसाको खोजी गर्न आग्रह गरिएको उनले बताए । हेकोले मुसा पाए पनि थप चेकजाँचको प्रक्रिया पूरा गरेर मात्र जहाज छोड्ने जानकारी निगमलाई गराएको छ ।
सोमबार काठमाडौं विमानस्थलमा जहाजमा भित्र 'हार्ड' कागजमा गम पोतेर खानेकुरा राखिएको र त्यसमा मुसा टाँसिएपछि मलेसिया उडान गरिएको दाबी केसीले गरे । मुसा समातिएको भन्दै प्रमाणित गर्ने काम इन्जिनियर शंकरबहादुर थापाले गरेको तर्क पनि केसीको थियो ।
नियमअनुसार मुसा फेला नपारी उडान गर्न मिल्दैन । मुसा मार्न नमिल्ने भएकाले पासोमा पार्नु पर्छ । त्यस्तै जहाज उडिरहेको समयमा मुसा देखिए तत्काल नजिकको विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियम छ ।
चालकले भने 'मोबाइलमा फोटो देखाएर उडाउन दबाब दिइयो'
हङकङ- काठमाडौंबाट उडेको जहाज हङकङ अवतरण गर्नुभन्दा करिब १५ मिनेटअघि ककपिटमै मुसा देखिएपछि उडान दल निकै तनावमा परेको थियो । केहीबेरमै विमानलाई सकुशल अवतरण गराउन सफल चालक दलको नेतृत्व गरेका क्याप्टेन युवराज भट्टराईले 'अघिल्लो दिन नै मुसा नभेटी विमान चलाएर ठूलो जोखिम लिनु गम्भीर गल्ती' भएको कान्तिपुरलाई बताए ।
'सोमबार बिहान मुसा देखेपछि मैले उडान क्यान्सिल गरेको थिएँ, तर राति मोबाइलमा मुसाको तस्बिर देखाएर पासोमा पारिसकेको भन्दै मलाई उडान भर्न लगाइयो,' उनले आफूमाथि विमान चलाउन दबाब परेको उल्लेख गर्दै भने, 'यो निगम व्यवस्थापनको ठूलो लापरबाही र अपारदर्शिता हो, आवश्यक छानबिन र कारबाही हुनुपर्छ ।'
'इन्जिनियरहरूले मुसा समातिएको बताएपछि म उडान गर्न तयार भएको हुँ,' उनले भने, 'नागरिक उड्डयनमा यति ठूलो जोखिम लिन मिल्दैमिल्दैन । शतप्रतिशत निश्चित नभई भाग्यो होला भनेर अनुमान गरी कसरी जहाज उडाउन दबाब दिन मिल्छ ?''जहाजभित्र मुसा पसे तार काटिदिने वा अन्य किसिमका हानि पुर्‍याउन सक्ने ठूलो जोखिम हुन्छ,' भट्टराईले भने, 'उडिरहेका बेला मुसा भेटिए नजिकको विमानस्थलमा आकस्मिक अवतरण गराउनुपर्ने नियम नै छ ।' भट्टराई ३० वर्षदेखि निगममा कार्यरत छन् । 
निगमको हङकङस्थित कार्यालयले मुसा नियन्त्रणमा नलिएसम्म उडान नगरिने जनाएको छ । 'हङकङ विमानस्थल सुरक्षा विभागले उडिरहेको जहाजमा मुसा देखिनुलाई अत्यन्तै संवेदनशील मानेको छ,' निगममा हङकङ स्टेसन म्यानेजर गौरीलाल डाँगीले भने, 'अर्को जहाजमा पस्न नपाओस् भनेर सबै ढोका बन्द गरिएका छन् ।' मुसा नपक्री जहाज उडाउनु अत्यन्तै जोखिम हुने बताउँदै विमानस्थल सुरक्षा विभागले उडान रोकेको हो ।'विमानस्थल लगबुक (जहाजको स्थितिबारे जानकारी गराइने पुस्तिका) मा जहाजभित्र मुसा छ भनेर हाम्रा पाइलटले लेखिसके,' उनले भने, 'अब मुसा नपक्री जहाज उडाउन मिल्दैन ।' मुसा समात्न हङकङ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत विज्ञहरूको टोली मंगलबार साँझदेखि नै खटिइसकेको छ । टोलीले मुसा पक्रन न्यूनतम छ घन्टाको समय मागे पनि नसमातिएसम्म उडान गरिने छैन ।
उडान रद्द भएपछि निगमले हङकङमा मात्र मुसाकै कारण करिब दस लाख रुपैयाँको आर्थिक भार बेहोरेको उनले बताए । हङकङ-काठमाडांै उडानमा मंगलबार १५ विदेशीसहित ८४ यात्रु थिए । बोडिङ पास उपलब्ध गराइसकिएकाले तीमध्ये ७५ जना यात्रुलाई होटल उपलब्ध गराउनु परेको निगमले जनाएको छ । यात्रु र चालक दललाई छुट्टाछुट्टै तीन होटलमा राखिएको छ । बैंकक रद्द उडानसमेत जोड्दा मुसाकै कारण निगमले करिब ४० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । काठमाडौंबाट उडेको आरए ४०९ नम्बरको उडान दलका विमान चालकहरूमा युवराज भट्टराई, शुक्रशमशेर जबरा, दिपायल शेरचन र इच्छाराज गुरुङ थिए ।

Tuesday, September 6, 2011

दसैंकालागि हवाई टिकट पाउन कठिन


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १८ भदौ
अहिले देखि नै दसैंका लागि हवाई टिकट पाउँन मुस्कील हुन थालेको छ ।
विगतका वर्षहरुको तुलनामा यसपाली दसैंका लागि हवाई टिकट बुकिङ गर्नेहरुको चाप अत्यधिक बढेकाले यस्तो भएको हवाई टिकट विक्रेताहरुको भनाई छ ।
उनीहरुले बढ्दो असुरक्षित सडक यातायातका कारण दसैं मनाउन गाउँ-घर फर्कनेहरुको भीड बढेकाले हवाई टिकट पाउन मुस्कील भएको बताएका हुन ।
हिन्दुहरुको महान चार्ड बिजया दसमी सुरु हुन अझै आधा माहिना बाँकी हुँदा नै हवाई टिकट पाउन मुस्कील भएको ट्राभल एजेन्सीहरुको भनाई छ । आगामी ११ असोजमा घटस्थापना परेको छ ।
विगतका वर्षहरुमा नौरथा सुरु भएपछि मात्र कारोबार बढ्ने गरेकामा अहिले विगत एक साता देखि नै दसैंका लागि टिकट बुकिङ गर्नेहरुको भीड लाग्न थालेको अधिकाँश ट्राभल व्यवसायीहरुले बताएका छन ।
दरबारमार्ग स्थित एस टुर एण्ड ट्रमभलका बजार प्रवन्धक शुशिलकाजी बानियाँले अहिले देखि नै राजधानीबाट विराटनगर भद्रपुर जनकपुर नेपालगाज तर्फ जान खोज्नेहरुले दसैंका लागि हवाई टिकट बुकिङ गर्न थालेकाले आगामी दसैंमा टिकट पाउनै मुस्कील हुने बताए ।
गत एक सातादेखि नै टिकट पाउन मुस्कील भएको जानकारी गराउँदै उनले राजधानीसित भने ु अहिले देखि नै ट्राभल व्यवसायीले विभिन्न कम्पनीका जहाजको टिकट होल्ड गर्न थालेकाले दसैं सुरु भएलगत्तै ब्ल्याकमेलिङ हुन सक्ने छ ु ।
नीजि वायुसेवा कम्पनीहरुले पनि दशैंकालागि सस्तो फेयर नदिएपनि बुकिङ अत्यधिक रहेको बताए । हवाई टिकटमा हुन सक्ने सम्भावित ब्ल्याकमेलिङलाई नियन्त्रण गर्ने तर्फ तत्काल सम्बन्धीत निकाएले ध्यान नपुर् याए अहिलेको वर्ष धेरै यात्रुहरुको जहाजमा घर जाने सपना अधुरो हुने उनको भनाई छ ।
तराईमा हुने विभिन्न प्रकारका सडक अवरोधका कारण अहिले देखि नै हवाई टिकट खरिद गर्नेहरुको चाप बढेको हो ।
अष्ठमीका दिन नेपालगाज जाने हवाई टिकट बुकिङ गर्न ठमेलको एस टुर एण्ड ट्राभल पुगेका कालिकोटका हरिराज जोशीले सोमबा पनि टिकट पाउन सकेनन । उनलाई आफुसहित ६ वटा टिकट चाहिएको थियो । जोशीले सो ट्राभलले २ वटासम्म मिलाउने प्रयास गर्छु भनेकाले त्यसै फर्किएको बताए ।
अहिले दसैंकै लागि नियमित हवाई उडान साचालन गर्दै आएका अधिकाँश विमान कम्पनीहरुले हवाई यात्रुहरुको चापलाई मध्यनजर गरेर उडान सेवा बृद्धि गर्ने तयारी गरेका छन । चार्डपर्वका बेला स्वभाविक रुपमा बढ्ने यात्रुको चापलाई केही हदसम्म समाधान गर्न सकिन्छकी भनेर उडान सेवा बृद्धि गर्दा पनि राजधानीबाट हवाई यात्रा गर्नेहरुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसकिएको हवाई कम्पनीहरुले जानकारी गराएका छन ।
बुद्ध एयरलाइन्स बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले अहिले ने सतप्रतिशत टिकट बुकिङ भईसकेको बताए । गत एक सातादेखि बुद्धले दसैंकालागि टिकट बुकिङ सुरु गरेको जानकारी गराउँदै उनले तराई क्षेत्रतर्फ हवाई टिकट बुकिङ गर्नेहरुको संख्या विगतका वर्षहरुमा भन्दा करिब ८० प्रतिशतले बृद्धि भएको बताए ।
पूर्वी तराईको भद्रपुर विराटनगर जनकपुर मध्य तथा सुदुरपश्चिमााचलको भैरहवा नेपालगाज र धनगढीका लागि नियमित उडान साचालन गर्दै आएको बुद्ध एयरले यात्रुहरुको चाप अनुसारको आवस्यक्ता हेरी उडान संख्या बृद्धि गरेको जानकारी गराउँदै उनले दसैंकालागि यात्रुहरुको माग अनुरुप टिकट उपलब्ध गर्न गाह्रो परेको बताए ।
श्रेष्ठका अनुसार अहिले विराटनगर भद्रपुर जनकपुर भैरहवा नेपालगाज र धनगढीमा यात्रुहरुको चाप अत्यधिक रुपले बढेको छ ।
अग्नी एयरका बजार प्रवन्धक प्रमोद पाण्डेले अहिले ने ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताए । यसपाली हवाई यात्रुको चाप अत्यधिक बढ्न थालेको जानकारी गराउँदै
उनले राजधानीसित भने ु दशैंमा यात्रुको चाप एवं मर्कालाई बुझेर हवाई उडान बृद्धि गर्ने तयारी भइरहेको छ ु ।
हाल बुद्ध र यति एयरलाइन्सले मुलुकको पूर्वि क्षेत्र विराटनगर सेक्टरमा दैनिक करिब एक दर्जनसम्म उडान साचालन गर्दै आएको छ । यसैगरि अग्नी एयरले विराटनगर जनकपुर भैरहवा पोखरा भद्रपुर र जोमसोममा नियमित उडान साचालन गर्दै आएको छ । भैरहवामा बुद्ध अग्नी र यतिले दैनिक ४÷४ ओटा र धनगढीमा बुद्धको २ वटा जहाज साचालन भईरहेका छन । तार एयरका प्रवन्धक माजनी श्रेष्ठले आगामी दसैंकालागि हाल भएको भन्दा दैनिक ३÷३ ओटा उडान थप गर्न लागेको बताइन ।
सिता एयरका वजार प्रवन्धक द्रीपेन्द्र शाहले दसैकालागि भनेर सिया एयरले नेपालगाजमा एउटा जहाज राखेर त्यहीबाट विभिन्न दुर्गम क्षेत्रको उडान भने बताए । नेपाल वायुसेवा निगमका प्रवक्ता राजुबहादुर केसीले निगमका टिकट दसैं सुरुहुनु भन्दा एक सातादेखि बुकिङ थाल्ने बताए । अहिले देखि नै विभिन्न क्षेत्रमा जाने यात्रुहरुले टिकट बिुकिङ सुरु गनुपर् यो भनिरहेकाले निगमले छिट्टै बुकिङ थाल्नलागेको उनको भनाई छ । केसीले दसैंको टिकट व्यवस्थापनकालागि निगमले कर्मसियल ड्राइरेक्टर मदन खरेललाई सो जिम्मेवारी दिएको बताए ।
विगत डेढ दशकदेखि हवाई टिकटको कारोबार गर्दै आएका कमलादी स्थित एक्सप्लोर पिस ट्राभलका मेनेजर महेन्द्र खनालले विगतका वर्षहरुको तुलनामा यसपाली तराई क्षेत्रमा साचालित हवाईजहाजको टिकट पाउनै मुस्किल भएको बताए ।
खनालका अनुसार हाल दैनिक करिब ५ हजार यात्रुले हवाईमार्गबाट राजधानी र तराई क्षेत्रमा ओहोर-दोहोर गरिरहेका छन ।
यसै विषयलाई मध्यनजर गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सबै वायुसेवा साचालकहरुलाई मन्त्रालयमा बोलाएर दसैंमा हवाई यात्रुलाई कसरी राहन दिन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
मन्त्रालयका सह सचिव सह सचिव सुरेश आचार्यले दसैंमा हवाई यात्रुलाई सकेसम्म राहत दिनकालागि भएको छलफलमा मन्त्रालयले दिएको निर्देशन मान्न सबै कम्पनीका प्रतिनीधी सहमत भएको बताए ।

Monday, September 5, 2011

मुसा आतंकले निगमको उडान प्रभावित


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १९ भदौ
नेपाल वायुसेवा निगमको जहाजमा सोमबार दिनभर मुसा आतंक भई नियमित उडान प्रभावित भएको छ ।
एकसय ३३ जना यात्रु लिएर बै्रकक जान लागेको निगमको बोइङ ७५७ नाइन एन एसीबी जहाजमा एउटा मुसा पसेपछि दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक र यात्रुहरुबीच आतंक नै भएको थियो । लामो समयको प्रयासमा पनि उनीहरुले जहाजभित्र पसेको मुसा बाहिर निस्केको नदेखेकाले दिनभर सोमबार निगमको नियमित उडान प्रभावित भएको हो । सोमबार बिहान ९ बजेको नियमित उडानमा बैंक जान लागेको जहाजमा पसेको मुरा दिनभर खोज्दा पनि नभेटिएपछि विमानस्थलमा मुसा आतंक मच्चिएको हो । करिब ३ घण्टासम्म लगातार खोज्दा मुसा नभेट्टिएपछि सो जहाजको ढोका दिनभर खुला राखिएको निगमले जनाएको छ ।
निगमको अर्को जहाज सि चेककालागि ३ साताकालागि इजरायल गएको र हाल साचालित एउटा मात्र जहाज पनि एक्कासी ग्राउण्डेड भएपछि अहिले निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।
जहाजका क्याप्टेन द्धोय रविन्द्रकुमार शेरचन र युवराज भट्टराइले उडाउन लागेको बेला मुसा पसेको सो जहाज बैंककबाट फर्किएपछि सोमबारबार राती मेलेसिया जाँने नियमित तालिका अनुरुप साँढे ११ बजे क्लालम्पुर उडाउने तयारी भइरहेको निगमका प्रवक्ता राजुबहादुर केसीले जनाकारी गराए । बैंकका जाने सबै यात्रुले बोडेपास लिई सिटमा बसिसकेपछि विमानस्थलबाट उड्न लागेको सो जहाजमा देखिएको मुसा घण्टौंसम्म नभेट्टिएपछि बैंककको उडान प्रभावित भएको हो । निगमका प्रवक्ता केसीले साँझसम्म जहाजमा मुसा नभेट्टिएकाले अब प्राविधिकले जहाज उडाउन हुन्छ भनेकाले राती ११। ३० मा क्लालम्पुर उडान साचालन गर्न लागेको बताए । जहाज उडाउन तयार थियौं खाना ओसा्रर्ने ट्रे बाट फुत्त निस्केको मुसा जहाजमा पसि नभेट्टिएकाले समस्या भएको निगमले जनाएको छ । निगमका पाइलट भट्टराइले जहाजको पछाडिको भागमा पसेर हराएको मुसा बाहिर निस्केको नदेखिएकाले दिनभर विमानस्थलमा आतंक नै मच्चिएको बताए । मुसा नभेट्टिएसम्म जहाज उडाउन मिल्दैन । मुसा मार्न विष प्रयोग गर्न नपाइने भएकाले पासो थपेको जानकारी गराउँदै उनले अहिले सो जहाज ह्याङगरमा राखिएको र राती उड्ने तयारी भइरहेको बताए ।
निगम विमानस्थल कार्यालयका प्रमुख प्रदीप कर्किले जहाज उड्ने बेला क्याविन क्रु ले खानाको ट्रे बाट मुसा उर्फेको जानकारी गराए लगत्तै जहाजका यात्रुलाई ओरालेर दिनभर विमानको ढोका खोलेर राखेको बताए । उनले निगमको जहाजबाट बैंकक जान लागेका सबै यात्रुलाई सोमबार नै थाइ एयरवेजको विमानबाट पठाएको बताए ।

Friday, September 2, 2011

लुम्बिनीको पर्यटकीय साजाल विस्तार र साँस्कृतिक स्रोत व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट भैरहवा विमानस्थलको क्षमता बढाइनुपर्नेमा जोड


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १६ भदौ
धार्मिक पर्यटकीय गन्तब्यस्थल लुम्बिनीमा आगामी सोमबार देखि लुम्बिनी क्षेत्रको पर्यटकीय साजाल विस्तार एवं प्राकृतिक र साँस्कृतिक स्रोत व्यवस्थापन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आगामी १९ देखि २१ भदौसम्म साचालन हुने सो सम्मेलनमा नेपाल भारत बंगलादेश र भुटानका पर्यटन विद् एवं सरोकारवालाहरुको सहभागिता रहने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयको समन्वयमा एसियाली विकास बैंक एडिबी ले आयोजना गरेको सो सम्मेलनमा लुम्बिनी देखि दक्षिण एसियाली मुलुकहरुसँगको सिधा हवाई सेवा साजाल विस्तार गर्ने र विभिन्न सार्क राष्ट्रहरुबीचको साँस्कृतिक सम्वन्ध बढाउने विषयमा छलफल हुने छ । यसैगरि सम्मेलनमा बुद्धको जन्मस्थल लुम्बिनीलाई मुख्य आधार बनाएर निर्माण हुँदै गरेको बुद्धिष्ट सर्किट र भैरहवा विमानस्थल देखि सिधा अन्तर्राष्ट्रिय हवाई सेवा विस्ताका चुनौती एवं हालको अवस्थाका बारेमा विशेष छलफल हुने मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयका सह सचिव लोक बहादुर खत्रीले दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजना मार्फत हाल भइरहेका लुम्बिनी क्षेत्रको पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रममा भैरहवा विमानस्थलको स्तरोन्नती र लुम्बिीनी क्षेत्रको जनचेतना अभिबृद्धि गर्ने कार्यलाई प्रथमिक्ताकासाथ अघि बढाउन सो सम्मेलन हुन लागेको बताए ।
लुम्बिनीलाई संसारकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तब्यस्थलको रुपमा विस्तार गर्न अहिलेसम्म भएका विविध कार्य व्यवस्थापनका योजना र सुधारका कार्यक्रमका विषयमा पनि गम्भिर छलफल हुने उनको भनाई छ ।
विभिन्न राष्ट्रसँगको सहकार्यमा हाल बन्दै गरेका भौतिक संरचनाहरुका बारेमा पनि सम्मेलन केन्द्रित हुने जानकारी गराउदै सह सचिव खत्रिले राजधानीसँग भने ुपर्यटक आगमनको संख्या बृद्धि गर्न अपनाइएका बुद्धिष्ट सर्किटका कुरा लुम्बिनीमा सहज पँहुच र हवाईसेवा विस्तार लगायतका विषयमा नेपालले विशेष जोड दिने छु ।
मन्त्रालयका शाखा अधिकृत डोलेन्द्र निरौलाले पर्यटन मन्त्रालयका सह सचिव खत्रिको नेतृत्वमा आगामी आइतबार १८ सदस्य टोली सम्मेलन स्थल लुम्बिनी जाने बताए ।
उनले सो सम्मेलनमा पर्यटन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय वातावरण मन्त्रालय लगायतका निकाएबाट १८ जना र स्थानीय स्तरबाट ५० जना व्यवसायी एवं सरोकारवालाहरु सहभागी हुने बताए ।
सो सम्मेलनमा हाल लुम्बिनी क्षेत्रमा विदेशी बिहारहरुले नियम विपरित गेष्टहाउस साचालन गरि पर्यटकलाई होटल सरह सेवा दिएपछि उत्पन्न स्थानीय होटल व्यवसायीलाई परेको प्रभावका बारेमा पनि आवाज उठ्ने छ ।
विभिन्न मुलुका बिहारले पैसा िलंदै आफ्ना पाहुनालाई ठुला तारे होटल सरह सुविधा दिएकाले लुम्बिनी र भैरहवा क्षेत्रका स्थानीय व्यवसाय धरासायी भएको भन्दै स्थानीय व्यवसायीले बिहार भित्र साचालित गेष्टहाउस हटाइनुपर्ने माग गरेका छन । सोही विषयमा लुम्बिनी विकास कोष मौन रहेकाले आफुहरु मर्कामा परेको भन्ने स्थानीय व्यवसायीको गुनासो प्रति पनि सम्मेलन केन्द्रित हुने बताईएको छ । कोषले बौद्ध बिहार बनाउन लिजमा दिएको जग्गामा विभिन्न मुलुकका करिब १५ ओटा बिहार छन । ती बिहारले ठुला तारे होटल सरह सुविधा दिएर आफ्ना मुलुकका पर्यटकलाई राख्ने गरेको अधिकाँश होटल व्यवसायीको गुनासो छ ।



Thursday, September 1, 2011

हवाई पर्यटक २६ दशमलब ४ प्रतिशतले बढ्यो

 

काठमाडौ १५ भदौ
अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । विगत केही समयदेखि मुलुकले भोग्नुपरेको असहज राजनीतिक अवस्थामा पनि उत्साहजनक देखिएको सो आगमन बृद्धि गत वर्षको सोही अवधीको तुलनामा २६ दशमलब ४ प्रतिशतले बढी हो ।
अगष्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयको तथ्याङकलाई आधार मानेर बोर्डले सो जानकारी गराएको हो ।
बोर्डका अनुसार दक्षिण एसियाली मुलुकहरुबाट आउनेहरुको संख्या ३८ दशमलब ७ प्रतिशत रहेको छ । जसमा छिमेकी मुलुक भारतबाट आउनेहरुको संख्या ५० प्रतिशतले बढेको छ । यसैगरि एसियाली मुलुकहरुबाट आउनेहरुको संख्या पनि विगतको वर्ष भन्दा उत्साहजनक रहेको छ । अगष्टमा सार्क मुलुकहरु बंगलादेश श्रीलंका र पाकिस्तानबाट आउनेहरुको संख्यामा भने सामान्य गिरावट आएको छ ।
सोही अवधीमा चाइना मलेसिया जापान िसंगापुर र थाइल्याण्डबाट आउनेहरुको संख्यामा पनि उत्साहजनक बृद्धि भएको छ ।
यसैगरि सबैभन्दा बढी पैसा खर्च गर्ने युरोपियन मुलुकहरुबाट आउने पर्यटकको संख्यामा पनि यसपाली उत्साहजनाक बृद्धि भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार युरोपियन मुलुकहरु बेल्जीयम डेनमार्क जर्मनी इटली स्वीडेन युके लगायतका मुलुकहरुबाट आउनेहरुको संख्यामा पनि करिब ५२ प्रतिशत भन्दाबढी बृद्धि भएको छ । यसैगरि अगष्ट महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने पर्यटकको संख्या कुल ४९ हजार ८ सय ५८ जना रहेका छन । यसले मुलुको पर्यटन उद्योगको प्रवद्र्धनमा उत्साहजनक भूमिका खेल्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ । यसले व्यवसायीलाई पनि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।