Thursday, September 1, 2011

हवाई पर्यटक २६ दशमलब ४ प्रतिशतले बढ्यो

 

काठमाडौ १५ भदौ
अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । विगत केही समयदेखि मुलुकले भोग्नुपरेको असहज राजनीतिक अवस्थामा पनि उत्साहजनक देखिएको सो आगमन बृद्धि गत वर्षको सोही अवधीको तुलनामा २६ दशमलब ४ प्रतिशतले बढी हो ।
अगष्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयको तथ्याङकलाई आधार मानेर बोर्डले सो जानकारी गराएको हो ।
बोर्डका अनुसार दक्षिण एसियाली मुलुकहरुबाट आउनेहरुको संख्या ३८ दशमलब ७ प्रतिशत रहेको छ । जसमा छिमेकी मुलुक भारतबाट आउनेहरुको संख्या ५० प्रतिशतले बढेको छ । यसैगरि एसियाली मुलुकहरुबाट आउनेहरुको संख्या पनि विगतको वर्ष भन्दा उत्साहजनक रहेको छ । अगष्टमा सार्क मुलुकहरु बंगलादेश श्रीलंका र पाकिस्तानबाट आउनेहरुको संख्यामा भने सामान्य गिरावट आएको छ ।
सोही अवधीमा चाइना मलेसिया जापान िसंगापुर र थाइल्याण्डबाट आउनेहरुको संख्यामा पनि उत्साहजनक बृद्धि भएको छ ।
यसैगरि सबैभन्दा बढी पैसा खर्च गर्ने युरोपियन मुलुकहरुबाट आउने पर्यटकको संख्यामा पनि यसपाली उत्साहजनाक बृद्धि भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार युरोपियन मुलुकहरु बेल्जीयम डेनमार्क जर्मनी इटली स्वीडेन युके लगायतका मुलुकहरुबाट आउनेहरुको संख्यामा पनि करिब ५२ प्रतिशत भन्दाबढी बृद्धि भएको छ । यसैगरि अगष्ट महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने पर्यटकको संख्या कुल ४९ हजार ८ सय ५८ जना रहेका छन । यसले मुलुको पर्यटन उद्योगको प्रवद्र्धनमा उत्साहजनक भूमिका खेल्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ । यसले व्यवसायीलाई पनि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment