Sunday, September 11, 2011

एकाउन्न वर्षे पर्यटनको विकास कछुवाको तालमा


मधुजंग पाण्डे
काठमाडौ २४ भदौ
नेपालमा पर्यटन विकासको थालनी भएको लामो समय वितेपनि यसको गति भने सुस्त ढंगले अगाडी बढि रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुको संख्या बढेको देखिएपनि त्यसबाट नेपालीले आशातित् रुपमा लाभ लिन सकेका छैनन । नेपालका अन्य साहसिक पर्यटनको क्षेत्रहरु ट्रेकिङ जंगल सफारी र जलयात्रा बन्जीजम्प क्यानोनिङ लगायतका क्षेत्रहरुमा पर्यटकको सहभागिता न्युन छ । होटल तथा रेस्टुरेन्ट व्यवसाय साचालनकालागि नीजि व्यवसायीको सकि्रयतामा पूर्वाधार विस्तारको अभियान लाथिएपनि अझै नेपाल आएका पर्यटकको माग पुरा नभएको अवस्था छ । हवाई क्षेत्रमा पनि राम्रो प्रगती भएको देखिदैन । हाल साचालित अधिकाँश हवाई उडानमा विदेशी विमान कम्पनीहरुको पहुँच बढी छ । मुलुको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई कहिले धमिजा काण्ड कार्यकारी नेतृत्व विवाद नयाँ जहाज खरिदका भएको सुगतरत्न भ्रष्ट्राचार काण्ड हुँदै अहिले मुसा काण्डसम्म ल्याएर कहिल्यै उठन नसक्ने गरि थला पारेको अवस्था छ । सन १९६० बाट सुरु भएको नेपालको पर्यटन उद्योग कछुवाको गतिमा अघि बढिरहेको छ । नेपालमा हवाई इतिहासको कुरा गर्ने हो भने २००६ सालमा राजा त्रिभुवन वीरबिक्रम शाह भारत पुगेर नेपाल फर्कर्ने क्रममा काठमाडौको सिनामंगल स्थित गौचरणमा पहिलोपटक भारतीय विमान अवतरण गरेपछि सुरु भएको नेपाली आकासमा अहिले हवाई यात्रुहरुको संख्या वार्षिक करिब २५ लाख पुगेको छ ।
यसले स्वदेशीलाई भन्दा विदेशी विमान कम्पनीलाई मात्र फाइदा पुर् याएको छ ।
आन्तरिक एवं वाह्य कारणले पारेका असरले गर्दा नेपालको पर्यटन आशा गरेअनुरुप प्रतिफलमुखि नभएको यथार्थ हामिसँग छ । पर्यटन भन्नाले विदेशी पाहुनालाई आफुतिर तान्ने एवं आकर्षण बढाउने एक प्रकारको कलायुक्त क्षेत्र हो । जसले विदेशी पर्यटक आकर्षण गर्ने कला प्रस्तुत गर्न सक्यो र विविध समस्या एवं असरसँग जुध्न सक्यो ती मुलुकहरु फस्टाउदै गए भने हाम्रो देशले पर्यटन उद्योगप्रति पर्ने दीर्घकालिन असरसँग मुकाविला गर्न सकेन त्यसैले हामी अन्य देशको तुलनामा पछि परेको अधिकाँश व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ । मुलुकले भोग्नुपरेको असहज राजनीतिक अवस्था विभिन्न समयमा देखिएको राजनीतिक संक्रमण आपसी खिचातानी व्यक्तिगत स्वार्थ एवं अस्वस्थ प्रतिस्पर्धा र हस्तक्षेपले गर्दा नेपालले आशा गरे अनुरुप आर्थिक समृद्धिको आधार पर्यटन उद्योगको प्रवद्र्धनमा प्रगती गर्न नसकेको उनीहरुको गुनासो छ ।
नेपाल भन्दापछि विश्व पर्यटन बजारमा प्रतिस्पर्धा गरेका मुलुक अहिले वार्षिक करोडौं पर्यटक भित्राउन सक्षम भइसके हामी अझै केही लाख पर्यटक बढाउन दशकौं कुरिरहेका छौं । संसारका अन्य मुलुकहरुले विदेशी पर्यटक आकर्षण गर्न कृत्रिम पर्यटन गन्तब्यस्थल निर्माण गरि उत्कृष्ट सफलता प्राप्त गरिसके भने हामी अझै मुलुकमा भएका अथाह प्राकृतिक स्रोत र साधन भण्डारको उचित सदुपयोग गर्न चुकिरहेका छौं । पर्यटन सम्पदाको हिसावले विश्व मानचित्रमा अर्गणी स्थानमा आउने नेपालको विकास हेर्दा कताकता सिँगो समाज नैं पछाडी परे झै मुलुकको पर्यटन उद्योगको विकास पनि निकै पछि परेको देखिन्छ । अहिलेको वैज्ञानिक युगमा पर्यटक कृत्रिम भन्दा प्राकृतिक वातावरणमा रमाउन अभिरुची राख्दछन । तर हामीले आफुसँग भएको प्रकृतिका अनमोल रत्नलाई उचित रुपमा सदुपयोग गर्न सकिरहेका छैनौं । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अनगिन्ति हिमश्रृँखला विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी हिन्दु इष्टदेव भगवान पशुपतिनाथ नेपालमै छ । यी बाहेक विविध साँस्कृतिक धरोहर साहसिक खेल पर्यटनको सम्भावना पनि नेपालमै छ । संसारमा कही नभएको हिमाल पहाड र तराईमा विभक्त अनुपम हावापानीयुक्त भूमि हामीसँगै छ । मुलुकका ७५ ओटै जिल्लामा साँस्कृतिक धार्मिक एवं प्राकृतिक र जैविक सम्पदाको भण्डार छ । यिनै विविध सम्पदाको कारण अहिले नेपालको गौरब र पहिचाहन अन्य देशको तुलनामा फरक छ । जसलाई उपयुक्त ढंगले प्रदद्र्धन गरि प्रचार-प्रसार मात्र गरेको मुलुकको पर्यटन उद्योगको विकासले तिब्रतर फड्को मार्ने अधिकाँश व्यवसायीको दावी छ ।
हामीसँग भएका यी अथाह सम्पदाको उचित सदुपयोग नभएकै कारण अहिले नेपालको पर्यटन बजारले आशा गरे अनुरुप गति लिन सकेको छैन । नेपाल धार्मिक साँस्कृतिक साहसिक र प्राकृतिक एवं जेविक पर्यटनको उत्कृष्ट गन्तब्य बन्ने एकल हैसियत हुँदाहुँदै पनि हाम्रो पर्यटन बजारले गति नलिएकामा अधिकाँश सरोकारवाला एवं व्यवसायीहरु चिन्तित् छन ।
वरिष्ट पर्यटन व्यवसायी कर्ण शाक्य मुलुको ५० वर्षे पर्यटन विकासको इतिहासका पाना पल्टाउदा नेपालको पर्यटनले किन आशातित् रुपमा फड्र्को मार्न सकेन अब सबै एकजुट भएर लेखाजोखा गर्नुपर्छ भन्छन । छिमेकी देश चीनमा वार्षिक १० करोड पर्यटक भित्रिन्छन भने करिब ५ करोड मात्र चिनीयाँ नागरिक अन्यन्त्र बाहिरिन्छन । यसैगरि वार्षिक ६ करोड पर्यटक भारत भित्रिन्छन भने सोही संख्यामा भारतीयहरु संसारका विभिन्न मुलुकको भ्रमण गर्दछन । यी दुई छिमेकी मुलुको बीचमा रहेर पनि हामीले प्रतिफल किन लिन सकेनौं त शाक्यको प्रस्न गर्छन । भौगोलिक रुपमा यी दुई मुलुक विशाल भएरपनि साँस्कृतिक र प्राकृतिक रुपमा नेपाल सबैभन्दा विशाल रहेको उनको दावी छ । संसारकै सबैभन्दा धेरै बुद्धिष्ट राष्ट चीन र हिन्दु बढी भएको मुलुक भारतको धार्मिक गन्तब्यस्थल नै नेपाल भएको जानकारी गराउँदै उनले बुद्धिष्ट र हिन्दुले जीवनमा एकपटक पुग्नैपर्ने पवित्र बुद्धजन्मस्थल लुम्बिनी र पशुपति क्षेत्र नेपालमै भएकाले मुलुको पर्यटन विकासको सम्भावना राम्रो भएको बताए । परापूर्व कालदेखि जिवन्तरुपमा रहेका यी सम्पदाहरुको उचित संरक्षण एवं प्रवद्र्धन भएमा मात्र मुलुकमा वार्षिक करोडौं पर्यटक भित्रिने उनको दावी छ । संसारकै प्रकृति प्रेमी साहसीक पर्यटकको अन्तिम गन्तब्य सगरमागा र अन्य दजनौं हिमालहरु पनि नेपालमै छ । अब यसभन्दा कुनै मान निर्मित सम्पदा बनाएर विश्वको ध्यान तान्नुपर्ने अवस्था हामीलाई नभएको बताउँदै शाक्यले भने ु मुलुकको पर्यटन विकासलाई कसैको व्यक्तिगत स्वार्थमा मात्र नरुमल्याएर दीर्घकालिन राष्ट्रिय विकासको लक्ष्यसँग जोड्नु अहिलेको आवस्यकता भइसकेको छ ु ।अहिलेसम्म आशातित् रुपमा पर्यटनको विकासले गति लिन नसक्नुको कारण पक्ता लगाई अब सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले नीतिगत रुपमा पर्यटन उद्योगको प्रवद्र्धनमा सरकारको ध्यान जानुपर्ने बताए ।
कसैको लहड र गफमा पर्यटन विकास नहुने दावी गर्दै उनले पर्यटन विकासकालागि नविनतम प्रविधी सहित संस्ाारका अन्य देशभन्दा भरक ढंगले आकर्षणका गतिविधी बढाएमा मात्र मुलुकको पर्यटन उद्योगले आशा गरे अनुरुपले लक्ष्य हिाँसल गर्ने बताए । नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक एवं द्धारिकाज होटलका साचालक अम्बिका श्रेष्ठले अहिले मुलुकको पर्यटन विकास गर्न कार्यक्रम घोषणा गर्नु भन्दापनि काम गरेर देखाउनुपर्ने बेला आएको बताइन । पर्यटन क्षेत्रको प्रवद्र्धनमा नारा होइन विज्ञ सहितको दीर्घकालिन योजना सार्वजनिक हुनुपर्ने धारणा राख्दै उनले पर्यटनलाई देशको स्थायी उद्योगका रुपमा परिभाषित गर्न सरकार चुक्न नहुने बताइन । एक पटक वनाएको योजनाले न्युनतम १० वर्षसम्म पर्यटन विकास गर्ने नीति लिनुपर्छ भन्दै उनले पर्यटन सदावहार चलिरहेने क्षेत्र भएकाले नेतृत्व परिवर्तन वा राजनीतिक परिवर्तनले असर नपार्ने खालको योजना तर्जुमा हुनुपर्नेमा जोड दिएकी छिन । सबैभन्दा पहिले पर्यटनको अर्थ उदेस्य र भावना एवं क्षेत्र ज्ञाताको अगुवाई लिनु राम्रो हुने बताउँदै श्रेष्ठले भनिन ु नेपाल भन्दापछि पर्यटनमा हात हालेका थाइल्याण्ड कोरिया चीन भारत िसंगापुर र मलेसिया जस्ता मुलुकको स्थिती हेर्दा अहिले हामीलाई दुःख लाग्छु । हामीसँग अनगिन्ती अनमोल रत्नको भण्डार भएर पनि मुलुकको पर्यटनमा सबै जनताको सहभागिता एवं पहुँच नपुगेकामा चिन्ता लागेको उनको कथन छ ।
नेपालले ५ लाख पर्यटक भित्राउने लक्ष्य सहित सन १९९८ मा ुनेपाल भ्रमण वर्ष मनाएको दिन देखि अहिलेसम्मको १२ वर्षे अवधीमा वार्षिक ५ लाख पर्यटकको संख्या पुगेको छैन । पछिल्लो समय पर्यटक आगमनको संख्या बढेको देखिएपनि सोही अवधीको समग्र अवस्थाका बारेमा विस्लेषण गर्दा पर्यटक आगमन संख्या बढ्नुको सट्टा झन घटेको देखिन्छ । घट्दो अवस्थामा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनकालागि सरकार र नीजि क्षेत्रको सकि्रएतामा अहिलेसम्म धेरै प्रयास भएपनि सो प्रयास बालुवामा पानी हाले सरह नै भएको छ । पर्यटन प्रवद्र्धनका लाममा मुलुकका विभिन्न ठाउमा भएका महोत्सवउत्सव जस्ता कार्यक्रले पनि लक्ष्य अनुरुप स्थानीयवासीले लाभ लिन पाएका छैनन । जसरका लागि सरकारले सन १९९८ डिसेम्वर ३१ म्ाा नेपाल पर्यटन बोर्ड स्थापना गरि सोही बोर्ड मार्फत अहिलेसम्म विभिन्न स्वदेश र विदेशका विभिन्न सम्भावित क्षेत्रमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम साचालन गर्दै आएको छ । मुलुकको पर्यटन उद्योगलाई विस्तार गर्न सरकारले पहिलो पटक नीजि साझेदारीको नमुनाको रुपमा नेपाल पर्यटन बोर्ड स्थापना गरि प्रवद्र्धनात्मक कार्य थालेको हो । सोही बोर्डको सकि्रयतामा नै अहिले मुलुका केही पर्यटकीय गन्तब्यस्थलका बारेमा सर्वसाधारणले पनि जानकारी पाएका हुन । पर्यटन बोर्डका अनुसार अहिलेसम्म मुलुकभर विश्व सम्पदामा सूचिकृत बसन्तपुर पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र बौद्धनाथ स्वयम्भुनाथ पशुपतिनाथ मुक्तिनाथ लुम्बिनी र चाँगुनाराण खप्तड क्षेत्र लगायत पोखरा चितवन पाल्पा नुवाकोट सगरमाथा क्षेत्र अन्नपूर्ण लाङटाङ मकालु क्षेत्र नेपालका उत्कृष्ट पर्यटकीय गन्तब्यस्थलमा परेका छन । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले यी बाहेक अहिलेसम्म मुलुकभर डेढ सय भन्दाबढी गन्तब्यस्थलहरु उत्कृष्ट स्थानमा परिसकेको बताए । अझ सो संख्या बढ्ने उनको भनाई छ ।
आर्थिक वर्ष २०६८÷६९ को बजेटमा सरकारले पर्यटनलाई प्राथमिक्ता दिएर २ अर्ब ३७ करोड वजेट विनियोजन गरेको छ । आगामी १५ वर्षभित्र नेपाललाई संसारकै उत्कृष्ट गन्तब्यका रुपमा विकास गरि विश्वको नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन आवस्यक पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक कार्यमा सो रकम खर्च गर्ने बताएको छ ।


होटल सम्बन्धी जानकारी ः
होटल एसोसियसन अफ नेपाल हान को तथ्याङक अनुसार अहिले यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ ।
राजधानीका ८ ओटा पाँचतारे होटलहरु सोल्टी र् यायाडिसन अन्नपूर्ण याकएण्ड यति मल्ल र हायात रिजेन्सी पोखराको फुलबारी रिसोर्ट र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ ।
हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म विगि्रएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै अहिले सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताएका छन ।

ट्रेकिङ र ट्राभल एजेन्सीहरुसम्बन्धी जानकारी
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का पूर्व अध्यक्ष सिताराम सापकोटोका अनुसार अहिलेसम्म ७ सय ७२ कम्पनी काठमाडौमा र पोखरामा ७० ओटा गरि ९ सय ४२ ओटा कम्पनी ट्रेकिङ गराउने उदेस्यले दर्ता भएका छन । यसैगरि मुलुकभर ट्राभल एजेन्सीहरुको संख्या करिब २५ सय नाघेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजे_िन्सज नाट्टा ले जनाएको छ ।




No comments:

Post a Comment