Friday, September 2, 2011

लुम्बिनीको पर्यटकीय साजाल विस्तार र साँस्कृतिक स्रोत व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट भैरहवा विमानस्थलको क्षमता बढाइनुपर्नेमा जोड


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १६ भदौ
धार्मिक पर्यटकीय गन्तब्यस्थल लुम्बिनीमा आगामी सोमबार देखि लुम्बिनी क्षेत्रको पर्यटकीय साजाल विस्तार एवं प्राकृतिक र साँस्कृतिक स्रोत व्यवस्थापन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आगामी १९ देखि २१ भदौसम्म साचालन हुने सो सम्मेलनमा नेपाल भारत बंगलादेश र भुटानका पर्यटन विद् एवं सरोकारवालाहरुको सहभागिता रहने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयको समन्वयमा एसियाली विकास बैंक एडिबी ले आयोजना गरेको सो सम्मेलनमा लुम्बिनी देखि दक्षिण एसियाली मुलुकहरुसँगको सिधा हवाई सेवा साजाल विस्तार गर्ने र विभिन्न सार्क राष्ट्रहरुबीचको साँस्कृतिक सम्वन्ध बढाउने विषयमा छलफल हुने छ । यसैगरि सम्मेलनमा बुद्धको जन्मस्थल लुम्बिनीलाई मुख्य आधार बनाएर निर्माण हुँदै गरेको बुद्धिष्ट सर्किट र भैरहवा विमानस्थल देखि सिधा अन्तर्राष्ट्रिय हवाई सेवा विस्ताका चुनौती एवं हालको अवस्थाका बारेमा विशेष छलफल हुने मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयका सह सचिव लोक बहादुर खत्रीले दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजना मार्फत हाल भइरहेका लुम्बिनी क्षेत्रको पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रममा भैरहवा विमानस्थलको स्तरोन्नती र लुम्बिीनी क्षेत्रको जनचेतना अभिबृद्धि गर्ने कार्यलाई प्रथमिक्ताकासाथ अघि बढाउन सो सम्मेलन हुन लागेको बताए ।
लुम्बिनीलाई संसारकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तब्यस्थलको रुपमा विस्तार गर्न अहिलेसम्म भएका विविध कार्य व्यवस्थापनका योजना र सुधारका कार्यक्रमका विषयमा पनि गम्भिर छलफल हुने उनको भनाई छ ।
विभिन्न राष्ट्रसँगको सहकार्यमा हाल बन्दै गरेका भौतिक संरचनाहरुका बारेमा पनि सम्मेलन केन्द्रित हुने जानकारी गराउदै सह सचिव खत्रिले राजधानीसँग भने ुपर्यटक आगमनको संख्या बृद्धि गर्न अपनाइएका बुद्धिष्ट सर्किटका कुरा लुम्बिनीमा सहज पँहुच र हवाईसेवा विस्तार लगायतका विषयमा नेपालले विशेष जोड दिने छु ।
मन्त्रालयका शाखा अधिकृत डोलेन्द्र निरौलाले पर्यटन मन्त्रालयका सह सचिव खत्रिको नेतृत्वमा आगामी आइतबार १८ सदस्य टोली सम्मेलन स्थल लुम्बिनी जाने बताए ।
उनले सो सम्मेलनमा पर्यटन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय वातावरण मन्त्रालय लगायतका निकाएबाट १८ जना र स्थानीय स्तरबाट ५० जना व्यवसायी एवं सरोकारवालाहरु सहभागी हुने बताए ।
सो सम्मेलनमा हाल लुम्बिनी क्षेत्रमा विदेशी बिहारहरुले नियम विपरित गेष्टहाउस साचालन गरि पर्यटकलाई होटल सरह सेवा दिएपछि उत्पन्न स्थानीय होटल व्यवसायीलाई परेको प्रभावका बारेमा पनि आवाज उठ्ने छ ।
विभिन्न मुलुका बिहारले पैसा िलंदै आफ्ना पाहुनालाई ठुला तारे होटल सरह सुविधा दिएकाले लुम्बिनी र भैरहवा क्षेत्रका स्थानीय व्यवसाय धरासायी भएको भन्दै स्थानीय व्यवसायीले बिहार भित्र साचालित गेष्टहाउस हटाइनुपर्ने माग गरेका छन । सोही विषयमा लुम्बिनी विकास कोष मौन रहेकाले आफुहरु मर्कामा परेको भन्ने स्थानीय व्यवसायीको गुनासो प्रति पनि सम्मेलन केन्द्रित हुने बताईएको छ । कोषले बौद्ध बिहार बनाउन लिजमा दिएको जग्गामा विभिन्न मुलुकका करिब १५ ओटा बिहार छन । ती बिहारले ठुला तारे होटल सरह सुविधा दिएर आफ्ना मुलुकका पर्यटकलाई राख्ने गरेको अधिकाँश होटल व्यवसायीको गुनासो छ ।



No comments:

Post a Comment