Tuesday, September 6, 2011

दसैंकालागि हवाई टिकट पाउन कठिन


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १८ भदौ
अहिले देखि नै दसैंका लागि हवाई टिकट पाउँन मुस्कील हुन थालेको छ ।
विगतका वर्षहरुको तुलनामा यसपाली दसैंका लागि हवाई टिकट बुकिङ गर्नेहरुको चाप अत्यधिक बढेकाले यस्तो भएको हवाई टिकट विक्रेताहरुको भनाई छ ।
उनीहरुले बढ्दो असुरक्षित सडक यातायातका कारण दसैं मनाउन गाउँ-घर फर्कनेहरुको भीड बढेकाले हवाई टिकट पाउन मुस्कील भएको बताएका हुन ।
हिन्दुहरुको महान चार्ड बिजया दसमी सुरु हुन अझै आधा माहिना बाँकी हुँदा नै हवाई टिकट पाउन मुस्कील भएको ट्राभल एजेन्सीहरुको भनाई छ । आगामी ११ असोजमा घटस्थापना परेको छ ।
विगतका वर्षहरुमा नौरथा सुरु भएपछि मात्र कारोबार बढ्ने गरेकामा अहिले विगत एक साता देखि नै दसैंका लागि टिकट बुकिङ गर्नेहरुको भीड लाग्न थालेको अधिकाँश ट्राभल व्यवसायीहरुले बताएका छन ।
दरबारमार्ग स्थित एस टुर एण्ड ट्रमभलका बजार प्रवन्धक शुशिलकाजी बानियाँले अहिले देखि नै राजधानीबाट विराटनगर भद्रपुर जनकपुर नेपालगाज तर्फ जान खोज्नेहरुले दसैंका लागि हवाई टिकट बुकिङ गर्न थालेकाले आगामी दसैंमा टिकट पाउनै मुस्कील हुने बताए ।
गत एक सातादेखि नै टिकट पाउन मुस्कील भएको जानकारी गराउँदै उनले राजधानीसित भने ु अहिले देखि नै ट्राभल व्यवसायीले विभिन्न कम्पनीका जहाजको टिकट होल्ड गर्न थालेकाले दसैं सुरु भएलगत्तै ब्ल्याकमेलिङ हुन सक्ने छ ु ।
नीजि वायुसेवा कम्पनीहरुले पनि दशैंकालागि सस्तो फेयर नदिएपनि बुकिङ अत्यधिक रहेको बताए । हवाई टिकटमा हुन सक्ने सम्भावित ब्ल्याकमेलिङलाई नियन्त्रण गर्ने तर्फ तत्काल सम्बन्धीत निकाएले ध्यान नपुर् याए अहिलेको वर्ष धेरै यात्रुहरुको जहाजमा घर जाने सपना अधुरो हुने उनको भनाई छ ।
तराईमा हुने विभिन्न प्रकारका सडक अवरोधका कारण अहिले देखि नै हवाई टिकट खरिद गर्नेहरुको चाप बढेको हो ।
अष्ठमीका दिन नेपालगाज जाने हवाई टिकट बुकिङ गर्न ठमेलको एस टुर एण्ड ट्राभल पुगेका कालिकोटका हरिराज जोशीले सोमबा पनि टिकट पाउन सकेनन । उनलाई आफुसहित ६ वटा टिकट चाहिएको थियो । जोशीले सो ट्राभलले २ वटासम्म मिलाउने प्रयास गर्छु भनेकाले त्यसै फर्किएको बताए ।
अहिले दसैंकै लागि नियमित हवाई उडान साचालन गर्दै आएका अधिकाँश विमान कम्पनीहरुले हवाई यात्रुहरुको चापलाई मध्यनजर गरेर उडान सेवा बृद्धि गर्ने तयारी गरेका छन । चार्डपर्वका बेला स्वभाविक रुपमा बढ्ने यात्रुको चापलाई केही हदसम्म समाधान गर्न सकिन्छकी भनेर उडान सेवा बृद्धि गर्दा पनि राजधानीबाट हवाई यात्रा गर्नेहरुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसकिएको हवाई कम्पनीहरुले जानकारी गराएका छन ।
बुद्ध एयरलाइन्स बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले अहिले ने सतप्रतिशत टिकट बुकिङ भईसकेको बताए । गत एक सातादेखि बुद्धले दसैंकालागि टिकट बुकिङ सुरु गरेको जानकारी गराउँदै उनले तराई क्षेत्रतर्फ हवाई टिकट बुकिङ गर्नेहरुको संख्या विगतका वर्षहरुमा भन्दा करिब ८० प्रतिशतले बृद्धि भएको बताए ।
पूर्वी तराईको भद्रपुर विराटनगर जनकपुर मध्य तथा सुदुरपश्चिमााचलको भैरहवा नेपालगाज र धनगढीका लागि नियमित उडान साचालन गर्दै आएको बुद्ध एयरले यात्रुहरुको चाप अनुसारको आवस्यक्ता हेरी उडान संख्या बृद्धि गरेको जानकारी गराउँदै उनले दसैंकालागि यात्रुहरुको माग अनुरुप टिकट उपलब्ध गर्न गाह्रो परेको बताए ।
श्रेष्ठका अनुसार अहिले विराटनगर भद्रपुर जनकपुर भैरहवा नेपालगाज र धनगढीमा यात्रुहरुको चाप अत्यधिक रुपले बढेको छ ।
अग्नी एयरका बजार प्रवन्धक प्रमोद पाण्डेले अहिले ने ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताए । यसपाली हवाई यात्रुको चाप अत्यधिक बढ्न थालेको जानकारी गराउँदै
उनले राजधानीसित भने ु दशैंमा यात्रुको चाप एवं मर्कालाई बुझेर हवाई उडान बृद्धि गर्ने तयारी भइरहेको छ ु ।
हाल बुद्ध र यति एयरलाइन्सले मुलुकको पूर्वि क्षेत्र विराटनगर सेक्टरमा दैनिक करिब एक दर्जनसम्म उडान साचालन गर्दै आएको छ । यसैगरि अग्नी एयरले विराटनगर जनकपुर भैरहवा पोखरा भद्रपुर र जोमसोममा नियमित उडान साचालन गर्दै आएको छ । भैरहवामा बुद्ध अग्नी र यतिले दैनिक ४÷४ ओटा र धनगढीमा बुद्धको २ वटा जहाज साचालन भईरहेका छन । तार एयरका प्रवन्धक माजनी श्रेष्ठले आगामी दसैंकालागि हाल भएको भन्दा दैनिक ३÷३ ओटा उडान थप गर्न लागेको बताइन ।
सिता एयरका वजार प्रवन्धक द्रीपेन्द्र शाहले दसैकालागि भनेर सिया एयरले नेपालगाजमा एउटा जहाज राखेर त्यहीबाट विभिन्न दुर्गम क्षेत्रको उडान भने बताए । नेपाल वायुसेवा निगमका प्रवक्ता राजुबहादुर केसीले निगमका टिकट दसैं सुरुहुनु भन्दा एक सातादेखि बुकिङ थाल्ने बताए । अहिले देखि नै विभिन्न क्षेत्रमा जाने यात्रुहरुले टिकट बिुकिङ सुरु गनुपर् यो भनिरहेकाले निगमले छिट्टै बुकिङ थाल्नलागेको उनको भनाई छ । केसीले दसैंको टिकट व्यवस्थापनकालागि निगमले कर्मसियल ड्राइरेक्टर मदन खरेललाई सो जिम्मेवारी दिएको बताए ।
विगत डेढ दशकदेखि हवाई टिकटको कारोबार गर्दै आएका कमलादी स्थित एक्सप्लोर पिस ट्राभलका मेनेजर महेन्द्र खनालले विगतका वर्षहरुको तुलनामा यसपाली तराई क्षेत्रमा साचालित हवाईजहाजको टिकट पाउनै मुस्किल भएको बताए ।
खनालका अनुसार हाल दैनिक करिब ५ हजार यात्रुले हवाईमार्गबाट राजधानी र तराई क्षेत्रमा ओहोर-दोहोर गरिरहेका छन ।
यसै विषयलाई मध्यनजर गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सबै वायुसेवा साचालकहरुलाई मन्त्रालयमा बोलाएर दसैंमा हवाई यात्रुलाई कसरी राहन दिन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
मन्त्रालयका सह सचिव सह सचिव सुरेश आचार्यले दसैंमा हवाई यात्रुलाई सकेसम्म राहत दिनकालागि भएको छलफलमा मन्त्रालयले दिएको निर्देशन मान्न सबै कम्पनीका प्रतिनीधी सहमत भएको बताए ।

No comments:

Post a Comment