Tuesday, September 20, 2011

पर्यटनलाई संस्कृतिसँग जोड्ने विश्व पर्यटन दिवसको नारा


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १ असोज
नेपाली साँस्कृतिक पर्यटन प्रति विश्वकै ध्यानाकर्षण गराउने उदेस्यका साथ आगामी १० असोजमा विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन संगठनले हरेक वर्ष २७ सेक्टेम्वरका दिन मनाउँदै आएको विश्व पर्यटन दिवसलाई भब्यताका साथ सम्पन्न गर्न यसपाली सरकारलेुपर्यटनलाई संस्कृतिसँग जोड्नेुनारा तय गरेको छ ।
विगतका वर्षहरुमा भन्दा फरक ढंगले मनाइन लागेको विश्व पर्यटन दिवसमा मुलुकको साँस्कृतिक विविधता प्राकृतिक सौन्दर्यता र धार्मिक सहिष्णुताका कारण विश्व पर्यटन बजारमा नेपाली पर्यटनको गौरभमय उपस्थितीलाई थप विस्तार गरि संसारका सबै क्षेत्रमा पुर् याउन अहिलेको वर्ष ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु टुरिजम लिँकिङ कल्चर को नारा अघि सारेको हो ।
वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ नेपाल भित्रिने पर्यटकलाई नेपाली संस्कृतिको बारेमा जानकारी गराई उनीहरुलाई मुलुकको साँस्कृतिक विविधतामा रमाउने वातावरण बनाउन यसपालीको विश्व पर्यटन दिवसमा ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु नारा तय गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संसारका विभिन्न भागमा छरिएर रहेका विविध संस्कृतिलाई विश्व पर्यटन आकर्षणको स्रोत बनाउने लक्ष्य सहित तय भएको सो नाराले मुलुकको साँस्कृतिक पर्यटनलाई थप उचाइमा पुर् याउने अपेक्षा गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
पर्यटन सचिव गणेशराज जोशीले परापूर्व कालदेखि चल्दै आएका विभिन्न खालका साँस्कृतिक संस्कार चालचलन एवं विविध गतिविधीलाई पर्यटन आकर्षणको केन्द्र बनाउन सहयोग पुग्ने बताए । उनले मन्त्रालय र पर्यटन बोर्डले नीजि व्यवसायीको सहकार्यमा विश्व पर्यटन दिवसको कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ले साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपालको पर्यटनकालागि यस्तो नारा तय हुनु खुसिको कुरा भएको बताए । पर्यटनलाई संस्कृतिको उच्चतम महत्व रहेजस्तै संसारका पर्यटक अर्को ठाउँको संस्कृतिका बारेमा जानकारी लिन भ्रमण गर्ने गरेको जानकारी गराउँदै श्रेष्ठले भने ु जतिधेरै साँस्कृतिक विविधतापूर्ण समाज हुन्छ त्यतिकै मात्रामा पर्यटक आकर्षित हुन्छन ।ु पर्यटक आगमन संख्या बढेमा मुलुकको साँस्कृतिक पर्यटन विकास आर्थिक उन्नती प्रचार-प्रसार लगायत समाज सुधारमा मद्धत पुग्ने बताउँदै उनले भने ु यसवर्षको विश्व पर्यटन दिवसमा तय भएको नाराले मुलुकको पर्यटन उद्योगमा ठुलो आयाम थप्ने अपेक्षा गरिएको छ ।
पर्यटन वर्ष २०११ को प्रचारात्मक अभियान र अन्य विविध गतिविधीका कारण विगतका वर्षहरुको तुलनामा यसपाली पर्यटक आगमनको संख्या आशातित् रुपले बढेको दावी गर्दै उनले वार्षिक रुपमा बढिरहेको पर्यटकको रुचि नै साँस्कृतिक एवं प्राकृतिक मनोराजन भएकाले अहिलेदेखि संस्कृतिलाई पर्यटन सँग जोड्न खाजेको बताए ।
साँस्कृतिक पर्यटनले सामाजिक सद्भाव आपसी सम्बन्ध र समाजमा शान्ति कायम गर्न भूमिका राख्ने हुँदा संयुक्त राष्ट्रसँघले पनि यसवर्षको नारा नै ुटुरिजम िलंकिङ कल्चरु तय गरेको जानकारी गराउँदै उनले यसले नेपाललाई पनि फाइदा पुग्ने बताए । सन् २०१० मा संसार भ्रमणमा पुगेका कुल ९४ करोड पर्यटकको आर्थिक गतिविधी ९ खर्ब २० अर्बको भएजस्तै पर्यटक बृद्धिदर ५ प्रतिशत रहेको छ ।
सन् २०११ मा संसार भ्रमणमा निस्कने पर्यटकको संख्या १ अर्ब पुग्ने अनुमान गरिएको छ ।
यसैगरि विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या सन् २०१० मा ६ लाख २० हजार रहेकामा २०११ को अन्तसम्ममा सो संख्या बृद्धि भई वार्षिक १० लाख पुग्ने अपेक्षा गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०६८÷६९ को बजेटमा पनि आगामी १५ वर्षभित्र नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गरि संसारको नमुना पर्यटकीय मुलुकको रुपमा स्थापित गर्ने लक्ष्य बनाएको छ ।
पर्यटन वर्ष २०११ कार्यान्व्यन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले विश्व पर्यटन संगठनले पनि हरेक वर्ष मनाउने विश्व पर्यटन दिवसको नारा ुपर्यटनलाई संस्कृतिसँग जोड्नेु राखेकाले विविध संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको मुलुकको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए ।


No comments:

Post a Comment