Sunday, September 11, 2011

होटल बुकिङ उच्च, अक्टोवर र नोवेम्वरकालागि ९० प्रतिशत कोठा भरियो



मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २५ भदौ
विगतका वर्षहरुको तुलनामा यस वर्ष राजधानीका होटलमा पर्यटकको बुकिङ उच्च बृद्धि भएको छ ।
वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ को प्रचार- प्रसारका कारण अहिले राजधानीका होटल एवं गेष्ट हाउसमा बुकिङ उच्च बृद्धि भएको हो ।
विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्या बढ्न थालेपछि अहिले राजधानीका ठुला तारे होटलको बुकिङ ९० प्रतिशत भन्दा बढी भएको व्यवसायीहरुले बताएका छन ।
साँगि्रला होटलको एक्जुकेटिभ असिस्टेन्ड मेनेजर सन्तोषबिक्रम शाहले अहिले सागि्रला होटलको कोठा बुकिङ ९० प्रतिशत भन्दाबढी रहेको बताए ।
आगामी अक्टोबर- नोवेम्वरकालागि नै उच्च बुकिङ रहेको जानकारी गराउँदै उनले विगतका वर्षहरुको तुलनामा यसपाली होटल बुकिङ निकै राम्रो भएको बताए ।
गत अगष्ट र सेक्टेम्वरमा पनि होटल बुकिङको चाप उच्च रहेको जानकारी गराउँदै उनले अहिले पनि राजधानीका धेरै होटल भरिएको बताए ।
शाहले यसपाली साँगि्रला होटलले पनि मलेसियबाट उच्च गुणस्तरीय फर्निचर ल्याएर थप पूर्वाधार विस्तार गरेको बताए ।
यसैगरि राजधानीका अन्य पाँचतारे होटलहरु सोल्टी र् यायाडिसन अन्नपूर्ण याकएण्ड यति मल्ल र हायात रिजेन्सीले पनि पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन ।
ती होटलका व्यवसायीहरुले पनि पर्यटकीय सिजन सुरु नहुँदै होटलकॊ बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेक्टेम्बर अक्टोबर र नोबेम्बरका लागि आवस्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।
होटल एसोसियसन अफ नेपाल हान ले जानकारी गराए अनुसार गत वर्षको भन्दा अहिलेको वर्ष राजधानीका ठुला तारे होटल लगायत सम्पूर्ण पर्यटकीय होटलको बुकिङमा ८० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
यसैगरि पर्यटकीय गन्तब्यस्थल ठमेल क्षेत्रका होटल एवं गेष्ट हाउसमा पनि आगामी दुई महिना सम्मका लागि कोठा बुकिङ भईसकेको व्यवसायीहरुले बताएका छन् ।
ुइमेल र इन्टरनेटबाट पनि कोठा बुकिङ गर्न सकिन्थ्यो यसपाली बढ्दो पर्यटक चापले इमेलबाट कोठा खोज्न सकिएनु आगामी १५ अक्टोबर देखि १५ दिनसम्म ५० जना पर्यटकलाई होटलको व्यवस्था मिलाउन भैरहवाबाट राजधानी आईपुगेका बुद्ध टुर एण्ड ट्राभलका प्रवन्धक मछिन्द्र श्रेष्ठले राजधानीसित भने ु होटल बुकिङका लागि एक साताभर धेरै होटल चहारियो अझै भेटिएको छैन ु ।
उनले भने ु यदि भेटिहाले पनि आफुलाई आवस्यक कोठा पाउन सकिएकै छैन ु ।
अहिले पर्यटन मौसम सुरु भइसकेको छ । यसको मौका छोपेर आ- आफ्ना व्यवसाय बृद्धि गर्न व्यवसायीहरु धमाधम क्षमता बिस्तार अभियानमा जुटेका छन् । नाम चलेका ठुला तारे होटलहरु देखि स- साना गेष्ट हाउस सम्म सबैले क्षमता विस्तारको क्रममा कोठा थप्ने र सजावटका सामाग्री बढाउन थालेका छन् ।
सिजनको दुई महिनामा मात्र श्रेष्ठले २० ग्रुप पर्यटकलाई राजधानी ल्याउँदै छन् । उनले ल्याउन लागेको एउटा ग्रुपमा २५ देखि ४० जनासम्म विदेशी पर्यटक हुने छन् । आफुले ल्याउन लागेका मध्ये धेरै जसो बंगाली र अन्य पश्चिमा मुलुकहरुका हुने पनि उनले बताए ।
अहिलेको सिजनमा काठमाडौ उपत्यका भित्रका ठमेल नगरकोट धुलिखेल चितवन पोखरा लुम्बिनी पाल्पा र मुक्तिनाथसम्म विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकाँश व्यवसायीहरुको छ ।
श्रेष्ठ जस्तै अहिले राजधानी लगायत मुलुकभरका विभिन्न गन्तब्यस्थलमा पर्यटक भित्राउने छिमेकी राष्ट्र भारतको कोलकत्तामा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल एजेन्सी छन् ।
उनीहरुको यो व्यवसायीक कार्यले आगामी सिजनको दुई महिनामा मात्र करिब १० हजार भन्दाबढी बंगाली नेपाल भित्रिने गर्दछन ।
श्रेष्ठले भने ु यी त राजमार्ग हुँदै आउने हुन हवाई मार्गबाट कत्ति आईपुग्छन् अहिल्यै भन्न सकिने अवस्था छैनु । पर्यटक आगम संख्या बृद्धि सँगै अहिले व्यवसायीले होटलको क्षमता बृद्धि गर्न थालेका छन । ठुला तारे होटलहरुले आगामी सिजनका लागि एकैपटक लाखौं रुपैयाँको लगानी थपिरहेका छन ।
होटल व्यवसायीले आगामी दिनमा पर्यटक आगमन बढ्ने आशाले यस वर्ष सेवा सुविधा थप्नका लागि मात्र लाखौं रुपैयाँ खर्च गरेका हुन ।
पर्यटकलाई नयाँ आकर्षण दिन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि लगानी बढाउनुपरेको उनीहरुको भनाई छ ।
हानको तथ्याङक अनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । ५ तारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र प्रबेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँ पन दिन होटलले लगानी बृद्धि गरेका हुन ।
आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकाँश व्यवसायीको कथन छ ।
अहिलेको वर्ष सिजन सुरु नहुँदैे राजधानीका ८ ओटा पाँच तारे र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ ।
हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म विगि्रएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै यसपाली सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताए ।


No comments:

Post a Comment