Sunday, January 1, 2012

सन २०११ लाई फर्केर हेर्दा , पुर्वाधार विनाको पर्यटन वर्ष


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १६ पुस
शनिबारदेखि बिदा लिएको पर्यटन वर्ष २०११ का कार्यक्रमले लक्ष्य अनुरुप गति लिन सकेन । नीजि क्षेत्रका व्यवसायी एवं सरोकारलावाहरुले अहिले वितेको पर्यटन वर्षलाई पूर्वाधार विनाको पर्यटन वर्ष भन्न थालेका छन ।  पर्यटन वर्षको प्रचारकै कारण अहिले संख्यात्मक रुपमा पर्यटक आगमन बृद्धि भएको र  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुको संख्या केही बढेको देखिएपनि त्यसबाट नेपालीले आशातित् रुपमा लाभ लिन नसकेको उनीहरुको भनाई छ ।  ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले लक्ष्य अनुरुप पुर्वाधार नभएकै कारण  मुलुकका साहसिक पर्यटनका क्षेत्रहरु ट्रेकिङ, जंगल सफारी र जलयात्रा, बन्जीजम्प, क्यानोनिङ लगायतका क्षेत्रहरुमा अहिले पर्यटकको सहभागिता न्युन रहेको बताए ।  होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनकालागि नीजि व्यवसायीको सक्रियतामा पूर्वाधार विस्तारको अभियान थालिएपनि अझै नेपाल आएका पर्यटकको माग पुरा नभएको उनको तर्क छ । व्यवसायीका अनुसार वितेको पर्यटन वर्षभित्र हवाई क्षेत्रमा पनि राम्रो प्रगती भएको देखिदैन । हाल सञ्चालित अधिकाँश हवाई उडानमा विदेशी विमान कम्पनीहरुको पहुँच बढी छ । मुलुको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई कहिले धमिजा काण्ड, कार्यकारी नेतृत्व विवाद, नयाँ जहाज खरिदमा भएको सुगतरत्न काण्ड, मुसा काण्ड, पांग्रा आतंक हुँदै अहिले दुई ओटा ल्यान्डिङ गियर काण्डसम्म ल्याएर कहिल्यै उठन नसक्ने गरि थला पारेको अवस्था छ । जसले मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहाक निगमको अवस्था दैनिक बिग्रँदै गएको छ । यसले निगमलाई मात्र नभएर मुलुकको शाख नै गिरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि लक्ष्य अनुरुप सुधार नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राम प्रसाद न्यौपानेले स्वीकारेका छन । उनले सन २०११ को १० महिनामा अन्तर्राष्ट्रिय हवाइ यात्रु संख्या लक्ष्य अनुरुप २२ लाख पुगेको दावी गरेका  छन । वितेको पर्यटन वर्षमा  विमानस्थल सुधारका कार्य सबै व्यवस्थीत भइसक्छ भनेर हुँकार गाइएपनि अझै विमानस्थल व्यवस्थापनमा सुधार नआएको अधिकाँश व्यवसायीको गुनासो छ  । ती व्यवसायीका अनुसार  मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कहिले रनवे भासिने त कहिले राडार मेसिन बिग्रिने समस्या जारी छ । नेपाल पर्यटन बोड नेतृत्व विहीन भएको दुई महिना वितिसक्दापनि अझै नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) चयन भएको छैन । प्रमुख कार्यकारी  छनोट गर्ने उप समितिबीच उत्पन्न बिवाद एवं उनीहरुको कार्यकार छनोट प्रक्रिया नसकिएकै बेला सकिएकाले नयाँ सिइओ छान्ने कार्य थप अन्योग्रस्त बनेको हो ।   यी त  बाहिर सर्वजनिक भइसकेको विषयबस्तु हो । विमानस्थलभित्र अझै हेरिनसक्नुको समस्या एवं भनिनसक्नुको पिडा छ । सोही समस्यालाई लिएर अहिले नेपालको भ्रमण सकेर फर्कने विदेशीले पनि यहाँको विमानस्थल व्यवस्थापनको कमजोरीका बारेमा अनेकौं प्रस्न गरिरहेका छन । पदयात्रा भ्रमणमा निस्केका पर्यटकलाई पनि बास बस्न र खानकालागि प्रयाप्त भौतिक पूर्वाधार विस्तार गर्न नसकिएको अवस्था छ । गत वर्ष तामझमकासाथ मनाईएको पर्यटन वर्ष २०११ को वितेको १२ महिनामा पर्यटक आगमन संख्या केही बढेपनि काम उपलब्धीमुलक भएको छैन ।  वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासथ मनाईएको पर्यटन वर्षको अन्तसम्ममा संख्यात्मक हिसावले पर्यटक आगमनको लक्ष्य ७५ प्रतिशत पुरा भएको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित अध्यागमन विभागको तथ्याङक अनुसार  सन २०११ को नोवेम्भरको अन्तसम्ममा कुल ५ लाख १ हजार २ सय ६४ जना पर्यटक हवाइमार्गबाट भित्रिएका छन । यसैगरि सोही अवधीको २७ डिसेम्बरसम्मको तथ्याङक अनुसार ३६ हजार ६ सय ९८ जना हवाइमार्गहुँदै नेपाल आइपुगेका छन । सो तथ्याङक अनुसार हवाइमार्गबाट कुल ५ लाख ३७ हजार ९ सय ६२ जना पर्यटक विभिन्न मुलुकबाट नेपाल आएको देखिन्छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्थलमार्गबाट भित्रिने पर्यटकको संख्या जोड्दा बल्ल साढे ७ लाख पुग्छ । वितेको पर्यटन वर्षको ११ महिनामा स्थलमार्ग भएर आउनेको संख्या १ लाख ६६ हजार पुगेको छ । सन २०१० को १२ महिनामा हवाईमार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधीको तुलनामा यसवर्ष हालसम्मकै उच्च पर्यटक आएको देखिन्छ । पर्यटन बोर्डका अनुसार भर्खरै वितेको सन २०११ मा पर्यटक आगमन संख्यामा २१ दशमलब ५ प्रतिशतले बृद्धि भएको छ । वितेको पर्यटन वर्षको समिक्षा अवधीमा विभिन्न मुलुकबाट आउने पर्यटकको बसाइ अवधी १६ दिन पु¥याउने र उनीहरुले गर्ने दैनिक खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने लक्ष्य पनि पुरा नभएको देखिन्छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्स ( नाट्टा) का अध्यक्ष अर्जुनप्रसाद शर्माले पर्यटन वर्षमा पर्यटकको वसाइ लम्ब्याउने कुनै नयाँ कार्यक्रम नभएकाले लक्ष्य पुरा नभएको बताए । हेरिटेज कनेक्सन टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक श्याममदन केसीले पर्यटन क्षेत्रमा कुनै अवरोध पु¥याउने छैनौं भनेर गरेको सामुहिक प्रतिवद्धता पुरा नभएकाले पर्यटन वर्षको लक्ष्य प्रभावित भएको बताए । पर्यटन वर्ष कार्यान्वईन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले समयमा विनियोजित बजेट उपलब्ध नभएको र राजनीतिक अन्योलताले पर्यटकन वर्षको लक्ष्य प्राप्तीमा केही असर पु¥याएको बताए । समयमा बजेट उपलब्ध नभएकाले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा असर परेको बताउँदै शाक्यले भने, ‘ अहिले हामी मुस्कीलले लक्ष्य प्राप्त गर्ने अवस्थामा आइपुगेका छौं’। उनले नीनि क्षेत्रले झैं सरकारले पनि पूर्व निर्धारित कार्यक्रमलाई कार्यान्वयन गरेको भए पर्यटन वर्षको लक्ष्य स्वत पुरा हुने दावी गरे । अझै सरकारी क्षेत्रबाट लक्ष्य अनुरुपको पूर्वाधार विस्तार नभएको उनको भनाई छ ।

No comments:

Post a Comment